| अर्थ/संक्षेप
'कृति अवार्ड २०६२'
सात विज्ञापन एजेन्सीको हातमा

अनुपप्रकाश |
नेपाली विज्ञापन
व्यवसायीहरूबीच प्रतिष्ठित हुँदै गएको 'कृति अवार्ड २०६२' अन्तर्गत
वर्षको उत्कृष्ट विज्ञापन एजेन्सी सम्मान प्रिज्मा एडभरटाइजिङले हात
पारेको छ। यस पटक विभिन्न विधामा अन्य सात वटा विज्ञापन एजेन्सीले
'कृति अवार्ड' प्राप्त गरेका छन्।
कृति अवार्ड २०६२ का लागि २३ वटा विज्ञापन एजेन्सीका
२ सय २८ वटा मनोनयन पत्र परेका थिए। तीमध्ये १५ एजेन्सीका ६३ वटा विज्ञापन
उत्कृष्ट मनोनयनमा परेका थिए। कुल १३ विधामा वितरित अवार्डमध्ये एडभरटाइजिङ
एभेन्युजले ५ विधामा, वेलकम एडभरटाइजिङ एन्ड मार्केटिङले दुई विधामा,
विजनेस एडभान्टेजले दुई विधामा र एड मिडिया, इको एडभरटाइजिङ, एएनएस
क्रियसन र प्रिज्मा एडभरटाइजिङले एक/एक विधामा सो अवार्ड पाएका छन्।
नेपाल विज्ञापन एजेन्सी संघ (आन) ले यसैपटकदेखि शुरु
गरेको 'लाइफटाइम एचिभमेन्ट अवार्ड' वरिष्ठ विज्ञापन व्यवसायीहरू वंशीधर
पौडेल र जेके स्थापितलाई प्रदान गरियो। सो अवसरमा विज्ञापन एजेन्सीहरूको
एसियाली सङ्गठन (आफा) का निवर्तमान अध्यक्ष पीएस योङले नेपालको विज्ञापन
व्यवसायको विकास तथा प्रबर्द्धनका लागि 'आन'ले निर्वाह गरेको भूमिकाको
सराहना गरे। आनका अध्यक्ष भाष्करराज राजकर्णिकारले 'कृति अवार्ड' आगामी
वर्ष १५ विधामा पुर्याइने जानकारी दिएका छन्।
•
डम्बरकृष्ण
|