हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्मि

मूहूर्त

 

 


भनेको/सुनेको

“दाइ म त कुहिरोको कागजस्तो भएँ, तपाईँ मभन्दा जेठो हुनुहुन्छ, मन्त्रालय कसरी चलाउनुहुन्छ? सिकाइदिनुस् न!”

प्रभुनारायण चौधरी,
भूमिसुधार तथा व्यवस्था मन्त्री,
नेपाल समाचारपत्र दैनिक, ६ असोज २०६३ (कृषिमन्त्री महन्थ ठाकुरलाई सोध्दै।)


अङ्क र अर्थ

४१% सेरेमोनियल राजतन्त्रसहितको प्रजातन्त्रको पक्षमा रहेका नेपालीहरू। त्यसबाहेक ३७ प्रतिशत लोकतान्त्रिक गणतन्त्र र १२ प्रतिशत नेपाली जनवादी गणतन्त्रको पक्षमा छन्।

५० लाख विकिपेडिया (निःशुल्क इन्टरनेट विश्वकोष) मा उपलब्ध विभिन्न शीर्षकका लेखहरू। २२९ भाषामा उपलब्ध लेखहरूमध्ये सबैभन्दा बढी अङ्ग्रेजी भाषामा १४ लाख लेखहरू छन् भने नेपाली भाषामा १८३ मात्र।

१९ % हुम्ला जिल्लाको साक्षरता। ७५ जिल्लामध्ये हुम्लाको साक्षरता सबैभन्दा कम र काठमाडौँको– सबैभन्दा बढी (७७%) छ।


हिँड्दा-हिँड्दै

दशैँ किनमेलका लागि नेपाल खाद्य संस्थानले सस्तो र सुलभ ढङ्गले आपूर्ति व्यवस्था मिलाएको दाबी गर्दै महाप्रबन्धक बेनीबहादुर रावल भन्छन्, “राजधानीवासीले चामल र मासु पाइँदैन कि भनेर आत्तिनुपर्दैन।”


किरण पाण्डे

दशैँको लागि तयारी कस्तो छ?
८ असोजसम्म १,३०९ खसी–बोका ल्याइसकिएको छ। तीमध्ये एकसय जति बिकी पनि सकेका छन्। कोहलपुर, लाहान र जनकपुरबाट चारहजार खसी–बोका ल्याउने लक्ष्य छ। चामल प्रतिक्वीन्टल रु.९०–१०० सम्म घटाएर बेचिरहेका छौँ। अहिलेकै बजार मूल्यको हाराहारीमा उपभोक्ताले खसी–बोका खरीद गर्न पाउन् भन्ने हाम्रो चाहना छ। राजधानीको बजारमा खसीको मासु प्रतिकिलो रु.३०० पर्छ। दशैँका बेला पनि यही भाउ कायम राख्ने हाम्रो नीति छ।

यति गरेर बजार भाउ नियन्त्रण हुन्छ त?
जत्ति'नि हुन्छ। कहिलेकाहीँ त दशैँका लागि भनेर ल्याएको खसी, बोका, चामल बिक्री नभएर भाउ घटाउनु परेको छ।

खसी कति रूपैयाँ किलोमा बेच्नुहुन्छ?
२३ किलोभन्दा माथिको खसी प्रतिकिलो (जिउँदो) रु.१५२ र त्योभन्दा कम तौल भएको रु.१४६ मा बिक्री गरिरहेका छौँ। ठूलो खसीमा मासु बढी पर्छ भने सानोको भुँडी धेरै हुन्छ। यसैले सानोभन्दा ठूलो अलि महङ्गो पर्ने गर्छ।

तपाईंहरूले ल्याएका खसी–बोका त थोक–बिक्रेताकहाँ पुग्छन् भनिन्छ!
एकदम गलत कुरा हो। त्यस्तो भन्नेले संस्थानको गोदाममा हेर्न आए हुन्छ।

खाद्य संस्थानका धेरैजसो खसी–बोका दुब्ला र मरन्च्याँसे हुन्छन् नि!
हाम्रा खसी–बोका स्वस्थ्य हुन्छन्। तिनको स्वास्थ्य जाँचका लागि हामीसँग 'भेट्रेनरी' डाक्टरहरू हुनुहुन्छ। उहाँहरूले गुणस्तर निर्धारण गर्नुहुन्छ।

तिब्बतबाट च्याङ्ग्रा ल्याउन किन छाडिएको?
देशमा अप्ठेरो परिस्थिति भएकोले विगत ५/६ वर्षदेखि ल्याउन छोडिएको हो।