| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
“राजनीति मिले हामी हतियार गिरिजा या अन्नान (सं.रा.सं.
महासचिव) जसलाई पनि बुझाउँछौँ तर राजनीति नमिले फेरि बम र बारुद गर्जिनेछन्।”
सुरेश
आलेमगर,
नेकपा (माओवादी) केन्द्रीय नेता
“उद्योगी–व्यापारीहरू हो, जोखिम नलिई धन कमाउन
खोजेर दलाल नबन्नुहोस्।”
हृदयेश
त्रिपाठी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री
राजधानी दैनिक, ८, १४ असार २०६३
अङ्क
र अर्थ
४४ करोड
विश्वमा दैनिक ४४ करोड मानिसले पत्रपत्रिका किन्छन्। पाँचवर्षअघि भन्दा
यो सङ्ख्या ४ करोडले बढी हो। यसअवधिमा इन्टरनेटमा पत्रपत्रिका हेर्नेको
सङ्ख्या २०० प्रतिशतले बढेको छ।
१५ विश्वकप
फूटबलमा ब्राजिलका खेलाडी रोनाल्डोले गरेको सर्वाधिक गोल सङ्ख्या।
यसभन्दा अगाडि १४ गोल गरेर जर्मनीका गड मुलरले रेकर्ड कायम गरेका थिए।
२२२० मिनेट
सन् १९९० देखि ४ वटा विश्वकप फूटबल प्रतियोगितामा इटालीका पाओलो माल्दिनीले
सबैभन्दा बढी खेल मैदानमा बिताएको समय।
३० करोड
अङ्ग्रेजी बोल्न सिकिरहेका चिनियाँहरूको सङ्ख्या। पश्चिमी देशसँगको
व्यापारवृद्धिसँगै चीनमा अङ्ग्रेजीको मोह एकदमै बढेको छ।
झण्डै एक चौथाई जनसङ्ख्याले मान्ने हिन्दूधर्मलाई राज्य–धर्म
बनाउने देश विश्वमा एउटै पनि छैन।
स्रोत: विकिपीडीया/बीबीसी
हिँड्दा-हिँड्दै
नेपाली क्रिकेटका सर्वाधिक सफल 'अलराउण्डर'
राजविराजका २५ वर्षीय मेहबुब आलमले २
असारमा नेपाल छाडे। सात वर्षदेखि नेपाली राष्ट्रिय टोलीमा पकड जमाएका
आलमले हिमाल सँग भने– “म भविष्य सोचेर कतार जाँदैछु।”

रविन गिरी |
कतार किन जान लागेको?
क्रिकेट खेल्न। त्यहाँको सेट्को क्लबसँग ६ वर्षका लागि सम्झौता भएको
छ। खाने, बस्नेबाहेक प्रत्येक प्रतियोगिता बापत रु.३४ हजार पाउनेछु।
रहर त नेपालमै बसेर अझ थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय म्याचहरू
खेल्ने थियो। सात वर्षसम्म नेपालमा क्रिकेट खेल्दा मैले भविष्य सोचिनँ।
उसोभए नेपालमा क्रिकेट खेलाडीको
भविष्य छैन?
नामका लागि क्रिकेट खेल्ने हुनेखानेका छोराहरूले हो। तर, हामी जस्तो
मान्छे क्रिकेटमै लागेर यहाँ बाँच्न सकिँदैन। म सात वर्षसम्म राष्ट्रिय
टिमबाट खेलेको मान्छे, राम्रो प्रदर्शन पनि गरिरहेको छु। खै त यहाँ
मेरो भविष्य? पढ्ने उमेरमा क्रिकेट खेलेर मैले जस्तै थुप्रै साथीहरूले
भविष्य बिगारे।
यस्ता कुरा गरेकोले क्रिकेट
एशोसिएसन अफ नेपाल (क्यान) ले स्पष्टीकरण माग्यो नि हैन?
क्यानले मेरो भनाइले नयाँ खेलाडीहरूलाई असर गर्छ भन्ने सोचेर स्पष्टीकरण
सोधेको रहेछ। तर, खेलाडीलाई स्पष्टीकरण सोधेर 'टेन्सन' दिनु सट्टा
क्यानले प्रायोजक खोजेर क्रिकेट खेललाई व्यावसायिक बनाउनेतर्फ लाग्नुपर्थ्यो।
नेपाली क्रिकेटको भविष्य कस्तो
देख्नुहुन्छ त?
प्रत्येक खेलाडीले मेरो भविष्य यहीँ बन्छ भनेर विश्वास गर्नसक्ने स्थिति
हुनुपर्छ, यहाँ त्यो छैन। नेपालको 'सिनियर टिम' किन विदेशमा राम्रो
'रिजल्ट' निकाल्न सकिरहेको छैन, थाहा छ? जुनियरहरूलाई भविष्यको चिन्ता
छैन, उनीहरू राम्रो खेल्छन्। तर, सिनियरहरूमा 'करिअर'को बोझ हुन्छ।
क्रिकेटबाट केही आम्दानी हुँदैन अनि कसरी खेल राम्रो हुन्छ?
|