हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

सिटीजन को नयाँ 'शो–रुम'

नेपालीहरूमाझ वर्षौँदेखि लोकप्रिय रहेको जापानी घडी सिटीजन को नयाँ 'शो–रुम' राजधानीको नयाँसडकमा खुलेको छ। टाइम प्वाइन्ट प्रा.लि. का प्रबन्ध निर्देशक पवनकुमार अग्रवालका अनुसार उक्त शो–रुमबाट मूलतः सिटीजन का 'इको ड्राइभ' घडीहरू बिक्रीवितरण हुनेछन्। ब्याट्रीबिनाका यी घडी सूर्य वा बत्तीको प्रकाशबाट उर्जा लिएर चल्छन्।

नयाँ पेय बजारमा

डेनमार्कको कार्ल्सवर्ग ब्रुअरीको प्राविधिक सहयोगमा गोर्खा ब्रुअरी लिमिटेडले नयाँ हल्का पेयपदार्थ जोली स्याण्डी र जोली लेमोनेड बजारमा ल्याएको छ। १ प्रतिशतभन्दा कम 'अल्कोहल' रहेको जोली स्याण्डी कागती र बियरको मिश्रण हो भने जोली लेमोनेड अल्कोहलरहित भिटामिन 'सी'युक्त पेय पदार्थ हो। युवावर्गलाई लक्षित गर्दै बजारप्रवर्द्धन शुरु गरिएको ३३० मिलिलिटरको बोतल र क्यानमा उपलब्ध जोली स्याण्डी को उपभोक्ता मूल्य क्रमशः रु.३५ र रु.४० र जोली लेमोनेड को रु.२५ तोकिएको छ।

हुण्डाईको बिक्री प्रवर्द्धन योजना

१८ औँ विश्वकपको अवसर पारेर हुण्डाई इलेक्ट्रोनिक्सले हुण्डाई एसएमएस वर्ल्डकप नामक बिक्री प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ। मेरो मोबाइल का प्रयोगकर्तामा सीमित यस योजनाअन्तर्गत सहभागीहरूले विश्वकपका हरेक प्रतियोगिताका सम्भावित विजेता राष्ट्रको नाम एस.एम.एस.मार्फत् पठाएर हुण्डाई टेलिभिजन सेटलगायत अन्य आकर्षक उपहार जित्न तथा विश्वकपसम्बन्धी विभिन्न जानकारी हासिल गर्न सक्नेछन्।

युम्याक्स कम्प्युटरको पहिलो शो–रुम

सिद्धि कम्प्युटर टे्रडर्सले नेपालमा युम्याक्स ब्राण्ड कम्प्युटरको पहिलो 'शो–रुम' खोलेको छ। ताइवानी कम्पनी युम्याक्स द्वारा निर्मित पाँच विभिन्न मोडलका कम्प्युटरका साथै मेमोरी कार्ड, स्क्यानर, डिजिटल क्यामरालगायत अन्य कम्प्युटर उपकरणहरू बिक्रीवितरणमा राखिएका छन्। युम्याक्स कम्प्युटरमा तीन वर्षको ग्यारेन्टी रहेको जानकारी कम्पनीले दिएको छ।