हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरी कलम | भाषा

आजको नेपाली भोलिको 'हिङ्पाली'

शैली बस्नेत

स्कूलको अङ्ग्रेजी र टिभीको हिन्दीले गर्दा ज्रि्रोमा मात्र बाँच्न बाध्य नेपाली भाषा दिनानुदिन प्रदूषित हुँदै गइरहेको छ । यस्तै हो भने आजको युवा पुस्ताबाट भोलिको पुस्ताले सिक्ने नेपाली एकदम कुरुप 'हिङपाली' -हिन्दी + इङ्गलिस + नेपाली) हुने निश्चित छ ।

स्नातक तह भर्खरै पूरा गरेकी एक काठमाडौँबासी युवतीलाई फोन नम्बर टिप्नु पर्यो । 'पचपन्न त्रिचालीस तीन सय तेत्तीस' भन्दा उनको प्रत्रि्रश्न थियो, 'कति रे - इङ्गलिसमा भन्नुस् न !' कारण उनलाई नेपालीमा कति अङ्कलाई के भनिन्छ राम्ररी थाहा छैन । कखरा पढ्दा नेपाली गणितमाला त पढेकै हो तर, विद्यालयमा अङ्ग्रेजीले बढी प्राथमिकता पायो । मात्र नेपाली विषय नेपाली भाषामा पढाइ भयो, अरू सबै अङ्ग्रेजीमै । फलस्वरुप 'बोर्डिङ स्कूल'का विद्यार्थीहरूलाई 'ए' देखि 'जेड' सम्म त खर्रर आउँछ, तर 'क' देखि 'ज्ञ' भनुन्जेल दाँतबाट पसिना निस्कन थाल्छ । अङ्ग्रेजीमा सबै अङ्क लेख्न पोख्त छन्, तर नेपालीमा सात लेख्न लगायो भने सातको पुच्छर दाहिने घुम्रिन्छ कि देब्रे उनीहरू दोधारमा पर्छन् । ह्रस्व, दर्ीघ, चन्द्रविन्दु आदिको प्रयोगमा त झनै बेहाल हुन्छ । यस्तो वास्तविकता बोकेका थुप्रै नेपाली युवा पाइन्छन् काठमाडौँ भित्र र शायद मोफसलमा पनि । अनि यस्तो प्रसङ्ग उठ्ता पाका पुस्ताहरू दोष जति सीधै युवा पुस्तामाथि थोपर्छन् । तर दोषी के उनीहरू मात्र हुन् त -
काठमाडौँका प्रायःजसो आवासीय विद्यालयहरू नेपाली भाषालाई साँच्चै नै सौतेनी व्यवहार गर्छन् । अङ्ग्रेजीमा बोलेन अर्थात् नेपालीमा बोल्यो भने विद्यार्थीहरूले पाउने दण्डको सूची लामो छ- पिटाइ, कुखुरा बन्नुपर्ने, सबैको अगाडि बेइज्जती, अभिभावकहरूमा कुरा पुर्याउने, थप गृहकार्य आदि । आजका बालबालिकालाई 'टि्वंकल टि्वंकल लिटिल स्टार' र 'ज्याक एण्ड जिल' जस्ता र्'नर्सरी राइम्स्' त कण्ठस्थ आउँछन्, तर, 'ताराबाजी लै लै' भने तिनले थाहै नपाई हराउँदै गइरहेको छ । जुन माटोमा विद्यार्थी हर्ुर्किन्छन्, जुन देशका उनीहरू 'कर्ण्र्ाार' हुन्, त्यही देश, हाम्रो देशको राष्ट्रिय भाषाप्रति यस्तो घृणा किन - यो दर्ुर्व्यवहार किन -
अङ्ग्रेजी अन्तरराष्ट्रिय भाषा हो; आजको आवश्यकता हो । तर के नेपाली भाषा तुच्छ या अनावश्यक हो त - निजी विद्यालयहरूको यस्तो व्यवहारले कलिला विद्यार्थीमा आफ्नै भाषा विरुद्ध कस्तो मानसिक वितृष्णा विकास गर्न सक्छ ! के यो विषयमा कसैले कहिल्यै सोचेको छ - विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना जगाउनु के स्कूलहरूको जिम्मेवारी होइन - आखिर अङ्ग्रेजीलाई काखा र नेपालीलाई पाखा किन त -
नेपाली विषय बाहेक सम्पर्ूण्ा पठनपाठन अङ्ग्रेजी माध्यममा हुने निजी विद्यालय 'प्यारागन पब्लिक स्कूल'का एम. कार्की भन्छन्, "अङ्ग्रेजी भाषा अभिभावकहरूको प्रथम प्राथमिकतामा पर्छ । बजारको माग नै अङ्ग्रेजी भाषा हो । उच्च शिक्षा आर्जनको लागि विद्यार्थीहरू स्वयं अङ्ग्रेजीलाई महत्त्वपर्ूण्ा ठान्छन् ।" यद्यपि नेपाली भाषाले निजी विद्यालयहरूमा पाउनुपर्ने जति न्याय नपाएको कुरामा भने उनी पनि सहमत छन् । यसको कारण अभिभावक, बजारको माग र सरकार पनि हो । राष्ट्रिय भाषालाई एकरुपमा विकास गर्नको लागि सरकारी पक्षले नै विद्यालयहरूलाई ठोस मार्गदर्शन दिनुपर्ने विचार उनी राख्दछन् । अङ्ग्रेजी नबोलेमा रु.१० जरिवाना तिर्नुपर्ने ग्यालेक्सी पब्लिक स्कूलका कृष्णा सापकोटा भन्छन्, "विज्ञान र प्रविधि जस्ता विषय नेपालीमा पढाउन मिल्दैन । तर नेपाली विषय मात्र नेपाली भाषामा पढाउँदा पनि पर्याप्त नहुने सोचेर यस विद्यालयमा सामाजिक शिक्षा पनि नेपालीमै पढाइन्छ । तर पनि विद्यार्थीहरू नेपालीमा कमजोर नै छन् ।" उनको विचारमा पनि अङ्ग्रेजीलाई बढी प्राथमिकता दिनुपर्ने कारण मुख्यतः अभिभावकको इच्छा र विद्यार्थीको उच्च शिक्षा विदेशतिर आर्जन गर्ने आकांक्षा नै हो । हुन पनि सबैजसो अभिभावकले विद्यार्थीको अङ्ग्रेजी राम्रो होस् भनी विशेष रुचि राखे पनि नेपालीप्रति चासो राखेको नगन्य पाइन्छ ।
यस्तो अवस्थामा के नेपाली र अङ्ग्रेजी दुवैलाई समान रूपले विकास गर्दै लान सकिन्न त - यस सर्न्दर्भमा अङ्ग्रेजी भाषा र साहित्यका विज्ञ श्रीधर लोहनी भन्छन्, "अङ्ग्रेजी भाषा विदेशी औषधि र प्रविधि जस्तै हामीलाई चाहिएर लिएको कुरा हो । अङ्ग्रेजी भाषा नजान्ने हो भने एउटा ठूलो ज्ञानको स्रोत गुम्नेछ । तर नेपाली हाम्रो राष्ट्रिय भाषा हो । यसको विकल्प पनि छैन र अङ्ग्रेजीलाई यसको विकल्प मान्नु मर्ूखता हुन्छ । नेपालीमा राम्रोसँग लेख्न, बोल्न र विषय बुझन सक्ने हुनै पर्छ । त्यसैले दुवैलाई सँगसँगै लानर्ुपर्छ ।"
सरकारी अनुदान तथा स्थानीय स्रोत साधनबाट सञ्चालित राजधानीको जनजागृति ज्ञान रश्मि माध्यमिक विद्यालय र निजी क्षेत्रको शुभतारा विद्यालयमा अङ्ग्रेजी भाषामै संवाद गर्नका लागि विद्यार्थीहरूलाई विशेष प्रोत्साहन र मद्दत दिने गरिन्छ । तर, नेपाली बोलेकै कारणले सजाय दिने नियम भने छैन । जनजागृतिका प्रधानाध्यापक कृष्ण कुँवर भन्छन्, "नेपाली बोल्यो भने अङ्ग्रेजी बिग्रिन्छ भन्ने सोचाइ गलत हो ।" उनको विचारमा भाषाहरू सबै आ-आफ्ना ठाउँमा महत्त्वपर्ूण्ा छन् । राष्ट्रिय भाषा हुनाले नेपालीले पहिलो प्राथमिकता पाउनर्ुपर्छ । शुभतारा विद्यालयमा भने विद्यार्थीमा राष्ट्रियताको भावना जगाउन र जोगाउनका लागि हप्तामा एक दिन मङ्गलबार राष्ट्रिय पोशाक दिवसको नियम छ । यस दिन छात्रहरूले दौरा सुरुवाल र छात्राहरूले गुन्यूँ-चोलो लगाउनु अनिवार्य छ । प्रायः सबै निजी विद्यालयमा हाजिरजवाफ, निबन्ध प्रतियोगिता, वक्तृत्वकला, नाटक, सांस्कृतिक कार्यक्रम जस्ता विविध कार्यक्रमहरु चाहिँ नेपाली र अङ्ग्रेजी दुवै भाषामा सञ्चालन गरिन्छ । यसको उद्देश्य विद्यार्थीहरूको सृजनात्मक तथा नेपाली र अङ्ग्रेजी दुवै भाषाको विकासमा मद्दत पुर्याउनु हो । तर, पनि समग्र यथार्थ के हो भने अङ्ग्रेजीले नेपालीलाई विस्तारै पन्छाइरहेको छ ।
अर्कोतर्फ नेपाली भाषा हिन्दी प्रभावबाट झन्झन् आक्रान्त हुँदै गएको छ । व्यावसायिक विज्ञापनको भाषा मात्रै याद गर्ने हो भने पनि थुप्रै त्रुटिहरू भेटिन्छन् । अधिकांश साबुनको विज्ञापनले भन्छ, सुन्दरताको राज । यो विज्ञापनले नेपाली शब्दकोशमा 'रहस्य' भन्ने शब्द नै नरहेको झझल्को दिन्छ । वर्षौँ वर्षरेडियो टेलिभिजनबाट प्रसारित विज्ञापनमा सुनिन्छः सास लिन आसान । हिन्दी गीत बजाउँदा बजाउँदा एफएमका उद्घोषक, उद्घोषिकाहरूको बोलीमा पनि हिन्दीको राग आउने गर्छ । खैर, धड्कन, जुडवा, जस्ता शब्दका ठाउँमा भइहाल्यो/ठीकै छ, ढुकढुकी, स्पन्दन, जुम्ल्याहा जस्ता नेपाली शब्द प्रयोग गर्दा केही फरक नपर्ने कुरा शायद उनीहरूले बिर्सिसकेका हुन्छन् । बेजान कपाल, कमाल, छोले तरकारी, आलुको छिल्का जस्ता कैयौँ शब्द विज्ञापन, हिन्दी गीत र धारावाहिकका माध्यमबाट पाहुनाका रूपमा भित्रिएर युवा ज्रि्रोमा स्थायित्व जमाउँदै छन् । उदाहरण मनग्य भेटिन्छन् । उपचार मुश्किल । युवाहरु सजिलै सोध्छन्, 'इन्ट्रेस्टिङलाई नेपालीमा के भन्छ रे -' 'एभ्रेज' भन्यो भने सजिलै बुझछन् तर, औसत भन्दा एकछिन अक्मकाउँछन् । श्याम/श्वेत लाई अङ्ग्रेजीमा के भन्ने भनेर सोध्यो भने सही उत्तर दिन सक्ने कमै भेटिन्छन् ।
नेपाली गीत/सङ्गीत र पर्दामा समेत प्रशस्त हिन्दी शब्द र छनक पाइन्छ । व्याख्या र विश्लेषण गर्ने हो भने हरेक क्षेत्रमा नेपाली भाषाको शुद्धता खस्कँदै गएको छ । छोराछोरीले अङ्ग्रेजी सिकुन् भन्ने चाहनामा नेपाली सिकाउन बिर्सर्ेे अनि साँझबिहान टिभीमा हिन्दी धारावाहिक र मनोरञ्जनमा लठ्ठ पर्ने शहरी अभिभावक धेरै हदसम्म युवा पुस्ताको कमजोर नेपालीका निम्ति दोषी देखिन्छन् । जब कसैले 'औसत' भनेको के भनेर सिकाउँदै सिकाएन भने त्यो नजान्नुको ठाडै दोष उनीहरूलाई दिन मिल्दैन । विद्यालयमा अङ्ग्रेजी, टिभीमा हिन्दी र ज्रि्रोमा मात्र बाँच्न बाध्य नेपाली भाषा यिनै यावत् कारणले गर्दा दिनानुदिन प्रदूषित हुँदै गइरहेको छ । यस्तै हो भने आजको युवा पुस्ताबाट भोलिको पुस्ताले सिक्ने नेपाली भाषा एकदम कुरुप 'हिङपाली' -हिन्दी±इङ्गलिस±नेपाली) हुने निश्चित छ