हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

बुद्धिको भाँडामा बिर्को

यस स्तम्भकारले यसै स्तम्भमार्फत् केही समयअघि मात्र हालका अर्थमन्त्रीसँग आफ्नो अपेक्षा जाहेर गरेको थियो । त्यो अपेक्षा थियो- जसरी पत्रकारहरूले पत्रपत्रिकामा प्रकाशित गरेका लेखरचनाको पारिश्रमिकमा कुनै कर तिर्न पर्दैन त्यसैगरी लेखक या कविहरूले आफ्ना रचनाको प्रकाशनबाट प्राप्त गर्ने लेखकस्वमा पनि सरकारले कर छुट गरिदेला भन्ने । अहिलेका अर्थमन्त्रीले पछिल्लो समयमा 'एपार्टमेन्ट होटल'को व्यापार थालेर आफ्नो पहिचान एक व्यापारीको बनाए पनि उनी बेलाबखत कलम चलाउने गर्थे । एकजना लेखकले अर्को लेखकको दुःख बुझला भनी ठानेर उनीबाट त्यस्तो आशा राखिएको थियो ।
तर भयो त्यसको ठीक उल्टो । उनले लेखकहरूलाई उनीहरूले आर्जन गरेको लेखकस्वमा कर छुट दिनु त कता हो कता लेखकको कृतिमाथि नै पो कतै नभएको कर थपिदिए । उनले कनिकुथी प्रस्तुत गरेको नयाँ बजेटमा व्यवस्था भएबमोजिम अब बाहिरबाट नेपाल भित्रिने पुस्तकहरूमा पाँच प्रतिशत आयात शुल्क लाग्नेछ । त्यति मात्र होइन त्यसमाथि अर्को डेढ प्रतिशत थप स्थानीय कर पनि लाग्नेछ । नेपालमै पुस्तकहरू छापिन्छन् जरुर, तर हाम्रो आफ्नै आन्तरिक आवश्यकता यहाँ छापिने पुस्तकहरूबाट मात्रै पूरा हुन सक्दैन ।
नयाँ नियमअनुसार अब हृयारी पोटरका पुस्तकहरू मात्र होइन, हाम्रा आफ्नै सम्राट उपाध्यायको 'गुरु अफ लभ' र मञ्जुश्री थापाको 'फर्गेट काठमाडौँ' पढ्न पनि नेपाली पाठकले साढे छ प्रतिशत बढी मोल तिर्नुपर्नेछ ।
पुस्तकलाई ज्ञानको माध्यम मानिन्छ । त्यसैले यस उपर भन्सार-तन्सार, भ्याट-स्याट संसारभरि कतै लाग्दैन । पुस्तकको पैठारीमा भन्सार शुल्क लगाउने यस नियमलाई जसरी मन्त्री राणाका पर्ुखाहरूले गरेका थिए त्यस्तै जनताको 'बुद्धिको भाँडामा बिर्को' लगाउने सरकारको प्रयास किन नभन्ने ?


पचपन्नकी रिञ्छेन
रिञ्छेनलाई धेरैजनाले 'भाउजू' भनी बोलाउँछन् र यो साइनो उनले कमाएको गोपाल योञ्जनका कारण हो । पहिले गोपाल दाइलाई चिन्नेहरूले उनकी धर्मपत्नीलाई भाउजू भन्नु स्वाभाविक हो । आफ्नो चाहिँ चिनजान पहिले रिञ्छेनसित भयो अनि उनको कारणबाट विख्यात सङ्गीतकार गोपाल योञ्जनसित । पर्यटन क्षेत्रमा कार्यरत रहँदाखेरिको कुरा थियो त्यो । अर्थात् आजभन्दा घटीमा पनि दर्ुइ दसकअघिको ।
त्यसबेलादेखिको दोस्ती अहिलेसम्म कायमै छ र त्यो देखेर तिमीहरू कसरी मिल्छौ भनी सोध्नेहरू पनि छन् । किनभने कालोलाई कालो भन्न सक्ने, आफूलाई लागेका कुरा भन्न नहिच्किचाउने हक्की र खरो स्वभाव छ रिञ्छेनको- जो सुकैसित मिल्न नसक्ने । तर एउटै काम सधैँ गरिरहन नरुचाउने, भिन्नभिन्न काममा हात हाल्नुपर्ने, मन परेको काम आर्थिक लाभ नभए पनि गर्नुपर्ने जस्ता केही समान स्वभाव छन् हाम्राकस् । साहित्य, सङ्गीत र कलाप्रतिको झुकाव पनि मिल्दोजुल्दो छ । केही अनुष्ठानहरू छन् जसमा हामीसँगै काम गरिरहेका हुन्छौँ । हाम्रो दोस्तीका आधार तिनै हुन् ।
रिञ्छेनको ठूलो शक्ति भनेको उनको सृजनशीलता हो र त्यसले ल्याउने गतिशीलता हो । काठमाडौँ शहरका र केही 'ट्राफिक आइल्यान्ड'हरूले उनको सृजनशीलताको साक्षी दिइरहेकै छन् । अर्को मान्नुपर्ने उनको गुण हो जीवनप्रतिको सकारात्मक दृष्टिकोण । वैधव्यको जीवनलाई उनले जसरी मुकाबिला गरिन् र गरिरहेकी छिन्, त्यो आफैँमा एउटा अनुकरणीय छ ।
यो सबै भन्ने कारण के हो भने रिञ्छेनले हालसालै आफ्नो ५५ औँ जन्मदिन मनाइन् निकट मित्रहरूको एउटा सानो झुण्डमाझ ।
देव आनन्दले आफ्नो उमेरको कुरा गर्दा कहिल्यै पनि 'म उमेरले बूढो भएँ' भन्दैनन् । 'म उमेरले पाको भएँ' भन्ने गर्छन् उनी । त्यस्तै जीवनप्रतिको अदम्य उत्साह र समाजका लागि केही गरौँ भन्ने जुन भावना छ रिञ्छेनको त्यसले उनलाई बूढी होइन पाको मात्र बनाउँछ । त्यही पाकोपनको शुभकामना !


वैँशालु यौवनको जवानी
किरण कपाली आजभन्दा लगभग तीन दसकअघि नै नेपाली सङ्गीतको आकाशमा आसलाग्दो किरण बनेर झुल्किएका थिए । तर के कारणले हो समयको बादलले त्यस किरणलाई ढाकिदियो । यति लामो अन्तरालपछि त्यस बादललाई च्यातेर किरण फेरि झुल्किएका छन्- आफ्नो एकल गायनको नयाँ सीडी लिएर ।
किरणले ऋतुराजलाई बोलाउने साइनो नै 'साथी' हो, जुन साइनो उनले तीन दसकअघि नै लगाएका थिए । त्यसैले 'साथी'को सीडी र्सार्वजनिक गरिने कार्यक्रममा नजाने कुरै भएन । गइयो र खुशी लाग्यो गायकका रूपमा किरणको पुनरागमन भएकोमा ।
त्यही खुसीमा ऋतुराजलाई ठट्टा पनि सुझयो किरणको सीडीको शर्ीष्ाक देखेर । यसै पनि तित्राको जस्तो मुख छ उसको, प्याच्च भनिहाल्नुपर्ने ।
उनको सीडीको शर्ीष्ाक राखिएको छ 'वैँशालु यौवन' । त्यो शर्ीष्ाक देख्दा 'मायाको बारीमा पिरतीको फूल' भन्ने गीत याद आयो । के माया र पिरती बेग्लाबेग्लै अर्थ दिने शब्द हुन् - हुन त हामीकहाँ 'बाइरोडको बाटो' भने जस्तै 'सिस्र्टर्नी-दिदी', 'बुट-जुत्ता', 'क्याप-टोपी', 'पे-डेको दिनमा' भन्ने गर्छन् । त्यही मेसोमा कसो किरणको सीडीको शर्ीष्ाक 'वैँशालु यौवनको जवानी' राखिएन ।
यो त ठट्टा भयो । तर गम्भीरतापर्ूवक भन्नुपर्दा भाषाका कुरामा गायक, सङ्गीतकार र खासगरी रचनाकारले ध्यान दिनुपर्ने होइन
र ?


आए कविताका दिन
उनर्ीर् इश्वर वल्लभ होइनन्, न त उनी वैरागी काइँला हुन् जसको संलग्नतामा 'तेस्रो आयाम' नामको साहित्यिक अभियान थालिएको थियो । उनी भूपि शेरचन पनि होइनन्, जसको कवितावाचन सुन्न त्रिभुवन विश्वविद्यालयमा भीड लाग्थ्यो ।
उनी त श्रवण मुकारुङ हुन्( एकजना युवा फूलटाइम कवि ! उनी जति फूलटाइम कवि त शायद लक्ष्मीप्रसाद देवकोटा पनि थिएनन्, न त हरिभक्त कटुवाल नै ।
त, फूलटाइम कवि श्रवण मुकारुङले आफ्ना कविता सुनाए र श्रोताहरूले पैसा तिरेर उनको कविता श्रवण गरे । श्रोताले आनन्द पाए, कवि श्रवणले ३५ हजार रुपैयाँको थैलो ।
यो अभूतपर्ूव घटना थियो जो सम्भव भएको थियो विवेकशील आयोजक र संवेदनशील श्रोताहरूका कारण । डेढ घण्टाको निर्धारित कार्यक्रम तन्किएर दर्ुइ घण्टा पुग्दा पनि 'गुरुकुल'को प्रेक्षालयबाट कोही श्रोता बाहिरिएनन् । बरु ताली बजाएर 'वन्स मोर' पो भनिरहेका थिए ।
नयाँ जमानाको यस्ता नयाँ सहृदयी श्रोताहरू पाएर अब नेपाली कविता र कवि दुवैको दिन फिर्ने हो कि?