| रमझम

बबिता शर्मा पौडेल
नौ वटा म्युजिक भिडियोको अनुभव सँगालिसकेकी छन्
एक्काइस वषर्ीया
बबीले । शिखर लाइट्स, सानमिगेल बियर, प्लेब्वाई हृविस्कीका विज्ञापन
क्याम्पेनहरूमा समेत उनको प्रतिभा देख्न सकिन्छ । एक चिनियाँ पत्रिकाको
आवरण मोडल बनिसकेकी बबी कविता-लेखन र नाटकमा समेत उत्तिकै रुचि राख्छिन्
। निमा रुम्बा, अनिल सिंह र रिकी मार्टिनकी फ्यान हुन् उनी । क्यान्डललाइट
डिनरमा डेटिङको मजा लिन रुचाउने बबीलाई पुरुषहरूको आँखा र ओठले आकषिर्त
गर्छ । धनु राशिकी यी स्मार्ट युवती मोडलिङलाई नै 'फूलटाइम करिअर'
बनाउने सोचाइमा छिन् ।
तस्बिर/शृङ्गारः अनुपप्रकाश
स्थान: होटल द्वारिकाज
मोडल स्रोत: ड्रिम्स् अनलिनिटेड मिडिया एण्ड एन्टरटेनमेन्ट
रमझम/साहित्य-संवाद
"हामी बिसे नगर्ची जस्तै
त हौं निज्ञ्"
बाइस वर्षो साधनापछि कवि श्रवण
मुकारुङले लोकप्रियताको लोभलाग्दो उचाइ भेटेका छन् । एउटा प्रमाण
हो - ८ साउनमा हिमाल एशोसिएशन, नेपाली कविता डटकम र गुरुकुल स्कुल
अफ थिएटरद्वारा आयोजित 'बिसे नगर्चीको बयान र अरु कविता' वाचन-कार्यक्रम
। जहाँ टिकट किनेर उनका जीवन्त सिर्जना सुन्न धेरै पारखी पुगे र ३२
कविता-वाचनपछि श्रवणले पाए रु.३५ हजार ५ सयको मीठो आर्थिक सौगात ।
श्रवणको संर्घष्ापर्ूण्ा कवितायात्राको जनसम्मान जस्तै बन्यो कार्यक्रम
। देश खोज्दै जाँदा, हिउँको दरबार, यलम्बर र जीवनको लय शर्ीष्ाकका
कृतिसहित सयौं गीत, कविताका स्रष्टा श्रवण चाहिं यसलाई 'अविस्मरणीय
घटना' ठान्छन् । भन्छन्, "कविताप्रति आमपाठकको विश्वास बढेको
अनुभव गरें मैले ।"

किरण पाण्डे
|
तपाईँले यति धेरै गुणी/पारखी
श्रोता पाउनुको रहस्य के ?
पाठकलाई कविको दृष्टिकोण, रचना-प्रक्रियाले पनि आकषिर्त गर्छ । संभवतः
मैले त्यस्तै केही आकर्षा र्छन सकँे ।
कवि-'सेलिब्रिटी' का रूपमा प्रशंसित हुँदाको
प्रतिक्रिया ?
गौरव अनुभव भइरहेछ । म त भन्छु- लेखक, कविहरूले यस्तो महत्त्वाकाङ्क्षा
राख्नर्ैपर्छ । हामी पनि उदाहरणीय हुनसक्छौँ भन्ने भावना बोकेरै लेख्नर्ुपर्छ
।
रुचाइएको/पढिने कविको 'स्टारडम'ले निजी जिन्दगीलाई
कति सघाउँदो वा कति अल्मल्याउँदो रै'छ ?
केही फरक त पक्कै आउँछ । जस्तो अहिले धेरै फोन र अत्यधिक बधाई आइरहेका
छन् । बाटोमा हिँड्दा फर्की-फर्की हर्ेर्ने, सोधखोज-चिनजान गर्ने क्रम
बढेको छ । एकखाले रमाइलो महसूस गरिरहेको छु । तर म यही समुदायकै सदस्य
हुँ । 'म अर्कै हुँ' भन्ने भावना नलिएकाले पनि तपाईँहरूले देखेको यो
'स्टारडम' मलाई असहज लागेको छैन ।
बिसे नगर्चीको बयान
श्रवण मुकारुङ
मालिक !
म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ -
कहाँनिर छ बिसे नगर्ची -
मालिक !
म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझाो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई -
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झाुप्रो न हो जलाइएको
यत्तिमै यो बिसे उप्रिmनृुपर्ने - थुइक्क बिसे... ।
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए -
हिजोका सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरुप भए -
यो दरौदी किन उल्टो बगेको देख्छु -
यो दरबारै किन खण्डहरजस्तो देख्छु -
म बौलाएँ मालिक ! म बौलाएँ ।
मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल -
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे -
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु -
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
हो मैले मालिकको दिव्योपदेश
पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको छु भने हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला
मालिक !
मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ
अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे -
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला
मालिक !
यस माटोको इतिहाससँगै म हजुरको
राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु -
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ -
कहाँनिर छ बिसे नगर्ची -
मालिक ! म बौलाएँ ।
|
'बिसे नगर्चीको बयान' यतिबिघ्न
रुचाइनुको कारण ?
युगौंदेखि सीमान्तकृत दलित, उत्पीडित, जनजातिहरू भित्रको दमित भावना,
कुण्ठा, वेदनालाई पक्रिएको सिर्जना भएकाले पनि यति 'रेन्पोन्स' मिलेको
हुनसक्छ । ४६ सालको प्रजातन्त्रले सबै जातिहरूमा वर्गीय चेतना ल्यायो,
जातीय उत्थानका आवाजहरू पनि प्रखर रूपमा उठे तर साहित्यमा ती कुरा
त्यति घनत्वका साथ आएका थिएनन् । मलाई लाग्छ- मैले त्यही कुरा कवितामा
ल्याएँ कि !
अनि, अहिलेको समय र राजनीतिक अवस्था पनि एउटा कारण हो । यसको रचना
प्रक्रियासमेत अत्यधिक रुचाइएको मैले अनुभव गरेको छु ।
कस्तो रचना प्रक्रिया ?
यो कविता मैले वक्ताका रूपमा लेखेको छु । बिसे नगर्चीले आफ्नो अनुभूति
आफ्नै भाषामा भनिरहेको छ । त्यो समाज र जातीय बोली मैले उसकै भाषामा
रचना गरें ।
बिसे नगर्चीको मनोदशा उतार्न चाहिँ केले प्रेरित
गर्यो ?
केही समयअघि म गोर्खा गएको थिएँ । दरबार क्षेत्रको पुनर्निर्माण भइरहेको
थियो तर छेवैको नगर्ची गाउँ चाहिँ अतिक्रमित भइरहेको रहेछ । दरबारको
क्षेत्र विस्तारका लागि दमाई बस्तीलाई त्यहाँबाट हटाउने कुरा चलिरहेको
सुनें । मलाई रुन मन लाग्यो, भित्रैदेखि उद्वेलित भएँ । असारको पहिलो
साता रेडियो बचाऊ आन्दोलनका अगुवा रघु मैनालीले अनुरोध गरेपछि मलाई
त्यो उद्वेलनले ड्याङ्गै छोप्यो । अहिलेको राजनीतिक सङ्कट र सञ्चार
माध्यमहरूमाथि भइरहेको सरकारी हस्तक्षेपसँग बिसे नगर्चीको नियति ठ्याक्कै
मिल्यो । बेलुका यो कोणबाट झड्याम्मै लेखें, भोलिपल्ट सुनाएँ, सबैले
रुचाए ।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको बेला
स्रष्टा/कविहरूको दायित्व बढेको हो ?
जरुर । यतिखेर हाम्रो एकदमै ठूलो हात हुन्छ । हामी बीसे जस्तै त हौं
नि शब्द उनिदिने । सियोधागो त हो नि हाम्रो कलम र मसी । हाम्रा नेताहरूले
भन्न खोजेको कुरा पनि यही हो । उनीहरूले कसरी भन्ने मेसो पाएनन् ।
ती कुरालाई हामीले यसरी भनिदिएपछि उनीहरूलाई सहयोग हुन्छ । यो अर्थमा
कवि र कविता चेतनाका संवाहक बनिरहेका हुन्छन् ।
तपाईको यो चेतनामूलक अभियानले अब केके उन्दैछ
त ?
अहिलेको द्वन्द्व सिर्जना हुनुका कारणहरूलाई मिहिन ढङ्गले कवितामा
ल्याउने प्रयासमा छु । तिनमा जनजाति, महिला, दलित- सबै वर्गका मुद्दाहरू
आउनेछन् । पर्ूण्ा, सबल प्रजातन्त्रका लागि लेख्दैछु । मेरो आगामी
सङ्ग्रहमा सिङ्गो नेपालको तस्बिर आउँनेछ । अबको साहित्य समाजमा ओर्लनर्ैपर्छ
भन्ने मेरो आग्रह छ । हिमाल, गुराँस, डाँफेका कविता मात्र लेख्ने जमाना
गए ।
गीत, कविता कुन बेला, कस्तो परिवेशमा लेख्नुहुन्छ
?
लेख्ने निश्चित समय छैन, जुनसुकै बेला विषय फर्ुनसक्छ तर लेख्नुअघि
मभित्र एक किसिमको संयोग, तनाव गुज्रिनर्ुपर्छ । कुनै विषयवस्तुले
छोएपछि पाक्नलाई समय लाग्छ । त्यो आफैँ कसिँदै, तयार हुँदै आउँछ ।
मभित्रको पाठकले यो चाहिँ राम्रो भयो है भनेर अह्राएपछि मात्रै लेख्छु
। त्यसपछि पाउने सन्तुष्टिको महत्त्व नै अर्कै हुन्छ ।
अहिलेजत्तिको सन्तुष्टि, लोकप्रियता पहिले
मिलेको थियो त ?
'माथिमाथि शैलुङ्गेमा' गीत बज्न थालेपछि एकचोटि अनुभव भएथ्यो । कविताहरू
पनि चर्चामा आइरहन्थे । तर अहिले यो कविता एउटा सीमा, घेरालाई तोडेर
बाहिर गयो । कविता पढ्दै नपढ्ने मान्छेले पनि यसलाई पढे, यसप्रति उत्सुकता
देखाए । कविताको सामाजिकीकरण भयो । यसको श्रेय पाउँदा म खुसी छु ।
पेशल
रमझम/सङ्गीत
चम्किला तारा

किरण पाण्डे |
पिपुल्स क्याम्पस, काठमाडौँमा
अध्ययनरत् नवलपरासीकी इन्दिरा जोशी सङ्गीतकी शौखिन हुन् । पठनपाठनमै
व्यस्त उनको जीवनशैली ६ महिनायता एकाएक फेरिएको छ । ख्यात्रि्राप्त
सङ्गीतकारहरूसँगको सङ्गत, नियमित अभ्यास र परीक्षा, राजधानीका 'म्युजिक
कर्न्र्सट'हरूमा सहभागिता, व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणहरूसँगै
शहरका मुख्य स्थानमा आफ्नो तस्बिरसहितका ठूल्ठूला होर्डिङबोर्ड अनि
चुलिँदो लोकप्रियतासँग साक्षात्कार गरिरहेकी उनी भन्छिन्, "सबै
सपना एकैचोटि पूरा भएजस्तै लागिरहेको छ ।" तनहँुकी रूपा पौडेल,
इलामकी झुमा निरौला, पोखराका धर्मेन्द्र सेवाङ, संखुवासभाका भविन
ढुङ्गाना, सुनसरीका दीपक लिम्बू, स्याङ्जाका रुपक डोटेल, झापाकी
दर्ुगा खरेल, काठमाडौँका सिर्जन ल्वागुन र रमेश पोखरेलको अवस्था
पनि यस्तै छ । विभिन्न चरणको प्रतिस्पर्धाबाट छानिएका 'सामसुङ नेपाली
तारा' का यी 'टप टेन' प्रतिभाहरू अहिले टेलिभिजनका लाखौँ दर्शक/श्रोताका
आँखाका तारा बनेका छन् ।
साङ्गीतिक प्रतिभाको खोजी गर्ने टेलिभिजन कार्यक्रमको अवधारणा नेपालमा
नयाँ होइन । डेढ दशकअघि नै शम्भुजीत बास्कोटाले 'प्रतिभाको डबली'
चलाएका थिए । 'नेपाली तारा'को अवधारणा पनि यसैबाट प्रभावित छ भन्छन्
निर्देशक राजेन्द्र शलभ । राष्ट्रियस्तरमा आयोजित यो स्पर्द्धर्ाा्रस्तुति,
उद्देश्य, शैली र प्रभाव धेरै दृष्टिले उदाहरणीय बनेको छ ।
छ महिनाअघि राजेन्द्र शलभ, ब्रजेश खनाल र रञ्जित आचार्य टेलिभिजन
कार्यक्रमको नयाँ 'कन्सेप्ट' माथि छलफल गर्दैथिए । नीलबाराही फिल्मस्
र स्टुडियो फोरबाट उनीहरूले 'साङ्गीतिक प्रतिभाको खोजी' गर्ने निधो
गरे । सोनी टेलिभिजनबाट प्रसारण भइरहेको 'इन्डियन आइडल' साङ्गीतिक-शृङ्खलाको
लोकप्रियताले उनीहरूको ध्यान खिच्यो । धेरथोर प्रेरणा र प्रभाव बटुल्दै
तीनैजना लागे कार्यक्रमको खाका तयार गर्न । अनि शुरु भयो नेपाली
तारा खोज्ने काम । निर्ण्ाायक बनाइए सङ्गीतकारद्वय दीपक जङ्गम, आलोकश्री
र गायिका विमला र्राई । धरानबाट शुरु भएको पहिलो चरणको खोजी नारायणघाट,
बुटबल, पोखरा, नेपालगञ्ज हुँदै काठमाडौँमा टुङ्गयिो । नौ हजार आठ
सय एकहत्तर सहभागीमध्येबाट दर्ुइ सय छ जना प्रारम्भिक छनौटमा परे
। दोस्रो चरणमा छानिए चालीस जना । त्यसपछि बीस र अहिले 'टपटेन' हुँदै
'टपनाइन' ।
गएको साता सङ्गीतकार आलोकश्रीको सङ्गीतमा दश जनाको स्वरसमाहित गीतिसँगालो
समेत र्सार्वजनिक भएको छ । 'प|mेस आवाज' सँग काम गर्ने धोको पूरा
भएको बताउँदै आलोकश्री भन्छन्, "यो अल्बममा नेपाली ताराहरूले
स्थापित गायक-गायिकाभन्दा कम्ती गाएका छैनन् ।" यीमध्येका उत्कृष्ट
पाँचले नेपाली सङ्गीतमा ठूलै तहल्का मच्चाउने दाबी छ आलोकश्रीको
। निर्ण्र्ााहरूको एउटै स्वर छ, "यिनीहरू लोक, आधुनिक र पप
तीनै विधामा खुबी देखाएरै आएका हुन् । सबै 'भर्सर्ााइल सिङ्गर' हुन
सक्छन् ।"
उत्कृष्ट बीस सहभागीलाई काठमाडौँको र्याडिशन होटलमा 'क्लोज क्याम्प'मा
राखिएको थियो । त्यहाँ उनीहरूले व्यक्तित्व- विकासका धेरै कुरा सिके
। छानिएका दश जनाको डे्रसअप, हेएर स्टाइलदेखि धेरै कुरामा आमूल परिवर्तन
आएको छ अहिले । नेपाल इन्भेस्टमेन्ट ब्याङ्कबाट १०/१० हजारको डेबिट
कार्ड समेत पाइसकेका टपटेन प्रतिपर्द्धर्ीीे आ-आफ्नो क्षमताका आधारमा
'स्वीट स्माइल', 'बेस्ट पर्फेन्स', 'सुरशक्ति' र 'फोटोजेनिक' अवार्डसमेत
पाउने भएका छन् । उत्कृष्ट नेपाली ताराले पाउनेछन् एक सहयात्रीसहित
सातदिनको मलेशिया र सिङ्गापुर भ्रमण, मोटरसाइकल, ५१ हजारको डेबिट
कार्डसहित गायनका विभिन्न अवसर ।
अबको निर्ण्र्ााा दर्शकहरूसमेत सहभागी हुनेछन् । यसका लागि दर्शकहरूले
एसएमएस, इमेल र फोनबाट आफ्नो अभिमत पठाउन सक्छन् । दर्शक र निर्ण्ाायकको
आधा-आधा मतका आधारमा हरेक हप्ता एक जना बाहिरिनेछन् । शुरु भइसकेको
छ यो क्रम । १५ साउनमा झुमा निरौला बाहिरिंदा प्रतिस्पर्द्धर्ीी
मात्र हैन, सञ्चालकहरूसमेत भावुक बने । निरौलाले भनेकी थिइन््, "लामो
समयसम्म एउटै परिवारका जस्ता भएर सँगै रहेका साथीसँग छुट्टँिदा निकै
नरमाइलो लाग्दो रहेछ ।" निर्ण्र्ाासुनाउँदा सहभागीहरूको मनोविज्ञानसँग
खेल्नुपर्ने अनुभव सुनाउँदै प्रस्तोता ब्रजेश खनाल भन्छन्, "जो
छानिएको छ, उसलाई अत्याउँदा-अल्मल्याउँदा रमाइलै हुन्छ । तर कोही
बाहिरिएको खबर सुनाउने बेला आफू अलि क्रूर भएजस्तो लाग्छ ।"
कार्यक्रमको विशेषता नै बनिसकेको छ ब्रजेश र रीतु रामदामको मनोरञ्जनात्मक
प्रस्तुति ।
सहभागीमध्ये धेरैजसोले पुराना पुस्ताका नारायणगोपाल, भक्तराज आचार्य,
अरुण थापाका गीतहरू गाए । स्टुडियो फोरमा सहभागीलाई सङ्गीत-प्रशिक्षण
दिएका राजीव शाहका अनुसार रेकर्डिङका क्रममा उनीहरू नेपालका स्थापित
गायकहरूभन्दा कम देखिएनन् । यसरी नौ हप्तापछि देशले एउटा साङ्गीतिक
प्रतिभा पाउने भएको छ- सबैले गर्व गर्न सक्ने । प्रतिस्पर्द्धर्ाा
बाँकी 'टपनाइन' सहभागीको खुबीबारे दर्शकहरूबीच नियमित समीक्षा भइरहेको
छ । भोलिको साङ्गीतिक-उज्यालोको सङ्केत मानिँदैछन् टपटेन नेपाली
तारा ।
कृष्ण शाह यात्री
|