पुस्तक समीक्षा
मूलधारका आत्मकेन्द्रित स्वर
सीके लाल
 |
यस वर्षभानुजयन्तीकै सेरोफेरोमा जन्मथलो तनहुँ भएका
दर्ुइ चर्चित व्यक्तित्वका पुस्तकहरू र्सार्वजनिक भए । र्ससर्ती हर्ेदा
राजनीतिकर्मी रामचन्द्र पौडेलको नयाँ सर्न्दर्भमा समाजवाद तथा पत्रकार
नारायण वाग्लेको पल्पसा क्याफे का बीच कुनै समानता देखिँदैन । पौडेलको
पुस्तक विवेचनात्मक कृति हो भने वाग्लेको प्रस्तुति प्रयोगात्मक उपन्यास
। पल्पसा क्याफे को कागज, छपाई तथा साजसज्जा 'ग्लोबलाइजेशन' अवधारणा
अनुरुप छ, तर समाजवाद को उत्पादन शैलीसमेत समाजवादी पाराकै छ । उपन्यासको
भाषा शैली रोचक भएकाले एकै खेपमा पढेर सिध्याउन खासै गाह्रो हुँदैन
। तर नयाँ सर्न्दर्भमा समाजवाद को विवेचना पुस्तकको शर्ीष्ाक जत्तिकै
पढ्न जटिल छ । एउटै जिल्लाबाट उदाएका तथा आ-आफ्ना पेशार्-धर्मको शर्ीष्ामा
रहेका यी दर्ुइ लेखकहरूको प्रतिष्ठा तथा प्रभावको उँचाइ उस्तै उस्तै
रहे पनि भौतिक रूपमा उनीहरूको कदकाठी फरक भए जस्तै पौडेलको १४३ पृष्ठको
-मूल्य रु.१५०/-) प्रस्तुतिको तुलनामा वाग्लेको २४५ पृष्ठीय -मूल्य
रु.२५०/-) कृति अपेक्षाकृत बढी प्रभावस्पर्शी देखिन्छ । तर 'पुस्तकलाई
गाता हेरेर नठम्याऊ' भन्ने अङ्ग्रेजी उखान त्यसै प्रचलित भएको होइन
। विधा, प्रस्तुति, साजसज्जा, शैली तथा मोटाइ फरक फरक भए तापनि दुवै
लेखकहरू आ-आफ्नै तरिकाले समयका साक्षी बसेका छन् । दुवै पुस्तकमा समसामयिक
नेपालका वेदनाहरूले अभिव्यक्ति पाएका छन् ।
भनिन्छ, बितेका कुराहरूको विश्लेषण इतिहासविद्हरूले गर्छन् । विद्यमान
घटना, चरित्र तथा प्रवृत्तिहरूको चित्रण पत्रकारको विषय हो । तर, भविष्यलाई
कलाकारहरूले जति स्पष्टसँग अरू कसैले देख्न सक्दैनन् । वाग्लेको पुस्तकका
प्रमुखपात्र एक चित्रकार छन् । उनैको आँखाबाट पाठकले नेपालको मध्यपहाडलाई
नजिकबाट नियाल्न पाउँछन् । उद्वेलित तर शान्त, उत्साहित तर क्लान्त,
आशावादी तर निराश-परस्पर विरोधी भावहरूलाई सँगसँगै समेटेर बाँच्न बाध्य
वाग्लेको प्रमुखपात्रले शहरिया परिवेशमा सङ्र्घष्ा गरिरहेका युवापुस्ताका
असङ्ख्य नेपालीहरूको प्रतिनिधित्व गर्दछन् । पुस्तकका पानाहरूमा कहिले
समाचारपत्रका शर्ीष्ाकहरू छटपटिरहेका भेटिन्छन् त कहिले टेलिभिजनका
दृश्यहरू आँखा अगाडि आउँछन् । तर उपन्यासको कलाकारपात्रले पत्रकार-लेखकको
वर्तमान मोहलाई छोड्न सकेको छैन । त्यसैले मूलपात्रका क्यानभासहरूमा
कल्पित भन्दा भोगिएका यथार्थहरूले प्राथमिकता पाएका छन् । आफ्नो समय
तथा परिवेशको पठनीय दस्तावेज हो- वाग्लेको उत्तरआधुनिक शैलीको उपन्यास
। शब्द, वाक्य संरचना एवं बिम्बहरूमा मात्र होइन, पुस्तकका अनौपचारिक
वार्तालापहरूबाट समेत लेखकको अथक प्रयासबाट उब्जिएको स्वाभाविकता स्पष्ट
झल्किन्छ । तर समय र स्थानले पुस्तकका पात्रहरूलाई नराम्रोसँग अँठ्याएकाले
आख्यानको तेस्रो आयाम ओझेलमा पर्न पुगेको कुरा पुस्तक पढिसकेपछि मात्र
बुझन्िछ । पल्पसा के हुन्: त्रासदीको प्रतीक, जिजीविषाको स्वरुप, सङ्र्घष्ाकी
प्रतिमर्ूर्ति, आशाकी देवी वा यी सबै भावहरूको अद्भुत सम्मिश्रण भएकी
सामान्य नारी पात्र - प्रत्येक पाठकले लेखकका अव्यक्त प्रश्नहरूको
उत्तर आ-आफ्नै अन्तस्करण भित्र खोज्नुपर्ने हुन्छ । पढिरहँदा कौतुहलपर्ूण्ा
अनुभूति निरन्तर रहे पनि पढी सिध्याएपछि भने विचलित हुन पुग्दछ पाठकको
मन । सम्भवतः पत्रकार वाग्लेको प्रथम साहित्यिक पुस्तकको विशेषता नै
त्यसभित्र समेटिएका अन्तरद्वन्द्वहरूको सहानुभूतिपर्ूण्ा चित्रण नै
हो ।
पौडेलको पुस्तकले 'नयाँ सर्न्दर्भ' को आधारभूमि पहिल्याउने दाबी गरेको
भएतापनि विषयवस्तु भने पट्यारलाग्दो पाराले समाजवादको जडसूत्रवादी
व्याख्यालाई नै पछ्याउँदै लगेको छ । नेपाली काङ्ग्रेसको शर्ीष्ा तहमा
निरन्तर रूपले विराजमान विद्वान् लेखकले आफ्नो पार्टी अर्थ-राजनीतिक
नीतिहरूको वस्तुपरक त के प्रतिबद्ध समीक्षा समेत गर्ने जाँगर चलाएको
अनुभव हुँदैन । पुस्तकको लोकार्पण समारोहमा प्राध्यापक कृष्ण खनालले
औँल्याए जस्तै राज्य पर्ुनर्संरचनाको बहस प्रादेशिक स्वायत्तता वा
बहुकेन्द्रीयतासम्म पुगिसक्यो तर नेपाली काङ्ग्रेसको नेतृत्व अझै पनि
'विकेन्द्रीकरण' कै सीमितता भित्र अल्झिएको छ । नयाँ सर्न्दर्भमा समाजवाद
लाई आगामी पार्टीधिवेशनका लागि पौडेलको प्रस्तावित घोषणापत्रको रूपमा
समेत लिन सकिँदैन, किनभने पुस्तकको विषयवस्तु १९ माघअघिको राजनीतिक
परिदृश्यमा आधारित छ । तर जनआन्दोलनपछि वैचारिक पुस्तकहरूसँग कुनै
सम्बन्ध नै नराखेका राजनीतिक दलका अखबारी पाठकहरूलाई भने लेखक झक्झकाउन
सफल हुनेछन् ।
लेखकद्वयको जन्मथलो तनहुँको प्रसङ्ग प्रयोजनविहिन होइन । दुवै पुस्तकले
मध्यपहाडका मध्यमवर्गीय तागाधारी व्यक्तिहरूको आँखाबाट समसामयिक परिस्थितिलाई
अवलोकन गरेका छन् । एउटाले कथामार्फ् त अर्कोले सैद्धान्तिक तर्कहरू
तेर्स्याएर नेपाली भाषी 'मूलधार' को सांसारिक दृष्टि तथा संवादलाई
सबलता प्रदान गरेका छन् । तर पौडेलको पुस्तक लोकार्पण समारोहमा मञ्चबाट
बोल्ने दशमध्ये दशै व्यक्ति जन्मले बाहुन रहेको संयोगले देखाएको एकथरी
सांस्कृतिक समुदायको एकाधिकार रहेको राजनीतिक-सामाजिक मूलधारमा सुधार
शुरु नभएसम्म पल्पसा क्याफे वास्तविकता बन्द सक्दैन । समाजवाद सम्भव
हुँदैन । सामेली लोकतन्त्रको सैद्धान्तिक बहस तथा रचनात्मक चित्रणले
समान रूपमा नयाँ 'मूलधार' को परिकल्पनालाई अगाडि र्सार्न सक्नर्ुपर्दछ
।
गोर्खाका राजनेता पृथ्वीनारायण राष्ट्र निर्माता थिए । तनहुँका भानुभक्त
आचार्य आदिकवि हुन् । ठीक छ; निर्रथक विवादमा अल्झिनु जरुरी छैन ।
तर राष्ट्रलाई सशक्तीकरण गर्ने जननेता तथा भावनात्मक नेपालीपनको प्रतिनिधित्व
गर्ने 'भावी कवि' को खोजीलाई मध्यपहाडका पर्ूवाग्रहहरूबाट मुक्त गर्नु
जरुरी छ । अधिकांश नेपालीहरू अब नेपाली परिचयको खोजीमा छन् ।
|