|
| •
सरोज धिताल |
 |
पुस्ता संवाद आजकी छोरीलाई चिठी-८
भिलेनहरू कायर हुन्छन्
छोरी,
अस्ति बेलुकी पुराना अल्बमहरू फेरि
एकचोटि पल्टाएँ । धेरै भइसकेछ धूलो नटक्टक्याएको । भित्रका तस्बिरहरू
हर्ेर्दै जाँदा एउटा तस्बिरमा म अडिएँ । तिमीहरूमध्ये कसले हो कुन्नि
त्रि्रो तस्बिरसँगै करीब करीब त्यही उमेरको मेरो बाल्यकालको तस्बिर
पनि टाँसिदिएको रहेछ । मैले निकैबेर ती फोटोहरूलाई हेरिरहेँ । आफ्नो
बाल्यकालको तस्बिरसँगै त्यही उमेरको आफ्नो सन्तानको तस्बिर राखेर हर्ेदा
अचम्मको अनुभूति हुँदोरहेछ । मानिस तैरिने समयको अन्त्यहीन समुद्र,
यस्तो समुद्रमा पनि पुस्ताहरूबीचको दूरीलाई जोड्ने निरन्तरता, पुनरावृत्ति
र समानताका ती अद्भुत पुलहरू, मानिसले खोज्ने परिवर्तनको त्यो अन्त्यहीन
सिलसिला, पर्ूण्ाता र सुन्दरता प्राप्तिको त्यो दिव्य तृष्णा... थरीथरीका
भावहरू आउँदै जाँदै गर्न थाले मनमा । तस्बिरहरू हेरिरहेँ । जो झन्झन्
जीवन्त लाग्न थाले । दर्ुइ भिन्दाभिन्दै पुस्ताका ती बालकहरू एकअर्कालाई
हेरेर हाँसे, हात समाएर खेल्न थाले मेरो कल्पनामा । बेलाबेला मतिर
हेरेर तिनले मसँग प्रश्न गरे जस्तो लाग्न थाल्यो मलाई ।
बालकहरूका मनमा बेलाबेलामा सहजै उठ्ने एउटा प्रश्न त्रि्रो तस्बिरले
सोध्यो, "बुबा, भिलेन हुन्छ - भिलेन किन त्यति खराब हुन्छ -"
यो म बच्चा हुँदा सिनेमा हेरिसकेपछि घर र्फकँदा बाटोमा मेरो मनमा खेलिरहने
प्रश्न पनि हो । त्यो तस्बिरले मलाई फेरि सोध्यो, "किन आफू मर्ने
बेलामा पनि भिलेनले अरूलाई दुःख दिन्छ -"
म घोत्लिइरहेँ- भिन्दाभिन्दै पुस्ताका बच्चाहरूले समयको अन्तराललाई
छिचोलेर सोधेका यी उस्तै प्रश्नहरूमा । अझै पनि म यिनको जवाफ खोज्दैछु,
आफँैसँग ।
शायद हरेक पुस्ताका बच्चाहरूले सोध्ने प्रश्न हुन् यी । तर उमेर बढ्दै
जाँदा यी प्रश्न मानिसको कौतुहलताको पानाबाट मेटिँदै जाँदा रहेछन्
। घाम र छायाँको यो संसारमा, सैतानले पनिर् इश्वरले जत्तिकै हक जमाउन
खोज्ने यो दुनियाँमा, अस्तित्वको सुन्दरता र पर्ूण्ाताका लागि लालायित
मान्छे दुष्टताका विभिन्न रुपहरूसँग यति नजिक भएर हर्ुकन बाध्य हुन्छ
कि दुष्टताको छायाँसँग उसलाई बानी पर्दै जान्छ । तर इतिहासका खास-खास
कालखण्डहरूमा यस्ता परिस्थितिहरू उत्पन्न हुन्छन् कि के बालक, के वृद्ध-
सबै सबै नै बाल सुलभ जस्ता लाग्ने यिनै प्रश्नहरू एकैचोटि फेरि सोधिरहेका
हुन्छन्- चुपचाप आफँैसँग वा चिच्याई चिच्याई आहत र आक्रोशित मानिसहरूको
भीडमा ।
यो देश यतिखेर इतिहासको एउटा त्यस्तै कालखण्डमा प्रवेश गरेको छ र सबै
सोधिरहेका छन्- भिलेन किन भिलेन हुन्छ - किन यति दुष्ट हुन्छ, मान्छे
- किन कोही दुवै कान थुनेर आफँैलाई समाप्त पार्न र सबथोक सिध्याउन
चाहन्छ -
छोरी, म पनि यतिखेर यिनै प्रश्नहरू सोधिरहेको छु-सडकको कोलाहलमा होस्
वा आफँैभित्रको मौन एकान्तमा । तर योभन्दा पनि कठिन अर्को प्रश्न खेल्दैछ
मेरो मनमा- सैतानका यी विभिन्न रुपहरू, यी विभिन्न अवतारहरू जन्माउने
श्रोत कहाँ छ -
'कहीँ त्यो म भित्रै त छैन -' भन्ने शङ्का जब उब्जन्छ, म एकदम अशान्त
हुन्छु, डरले काम्छु । यस्तो शङ्का उब्जेको बेला बाहिर देखिने त्यो
भिलेन त्यति भयावह, त्यति शक्तिशाली लाग्दैन मलाई । असुरक्षाबोधले
ग्रस्त देख्छु उसलाई । ऊ कायर लाग्न थाल्छ । म बुझन थाल्छु- आफू हर्ुर्किने
ठाउँ बाँकी छैन भन्ने ऊ जान्दछ । भित्रबाट ऊ आफूलाई शक्तिसम्पन्न ठान्दैन
। त्यसैले, सीमित पानीले भरिएको भाँडो जस्तो आफूलाई देख्छ । अरूहरू
सशक्तिकृत हुनु भनेको आफूले बोकेको त्यो पानी अर्को भाँडोमा खन्याएर
रित्तिनु हो भन्ने ऊ मान्दछ । बत्ती जस्तो हुनै सक्तैन ऊ- बत्तीले
त अरू बत्तीहरू जति सल्कायो आफ्नो अभीष्ट- त्यो प्यारो प्रकाश उत्ति
नै व्यापक हुन्छ, उत्ति नै चहकिलो हुन्छ भन्ने बुझछ ।
छोरी, यस्तो बेला आफू बाहिरको त्यो भिलेनसँग मलाई डर लाग्दैन । किनकि
जति जति ऊ आफ्नो कुटिल निश्चयमा अघि बढ्छ, ऊ उत्ति नै आफूलाई अप्रिय
बनाउँछ ।
तर ऊ जस्तै खलनायकलाई निरन्तरता दिने त्यो डिम्बाशय म भित्रै छ र उसलाई
हर्ुकाउने ओथारोमा पनि म आफै बसेको त छैन भन्ने प्रश्नले भने मलाई
साँच्चै नै भयभीत पार्छ । यो प्रश्न एउटा अजङ्गको ठूलो ऐना भएर मेरो
अगाडि उभिएको छ । त्यो ऐना अगाडि उभिने साहस म बटुल्दैछु ।
बाल्यकालको त्यो त्रि्रो तस्बिर र त्यस्तै त्यस्तै लाग्ने म सानो छँदाको
तस्बिर अझै पनि मतिर हेरेर प्रश्नहरू सोधिरहेका छन् । नियालेर हेर्यौ
भने तिनले तिमीलाई पनि त्यो प्रश्न गर्नेछन्- जो उत्तरित हुनै पर्छ
। त्यसैले, इतिहासमा खलनायकहरूको निरन्तरता नभइदिए हुन्थ्यो भन्ने
चाहने हामी सबै जिउँदा मान्छेहरू त्यो ठूलो ऐना अगाडि उभिनै पर्छ ।
शायद त्यहाँ मानिसका लिप्साका विभिन्न रुपहरू देखिन्छन् होला, आडम्बरका
विभिन्न अनुहारहरू देखिन्छन् होला, अहम्का अनेक अवतार देखिन्छन् होला
। मान्छेको बच्चा मान्छे नै भएर हर्ुर्किनुको साटो निरन्तर खलनायक
र तानाशाहमा परिणत भइरहने यी सबै कारणहरू देखिन्छन् होला । यिनले जन्माएका
कमजोरीहरूलाई ढाकछोप गर्न खेल्नुपर्ने नाटक, त्यो नाटक खेल्न लगाउनुपर्ने
मास्क, कसैले त्यो मुकुण्डो निकाल्न खोज्दा उठ्ने रिस र त्यो क्रोधले
आफूलाई जबर्जस्ती ठीक साबित गर्न लिने अड्डी, अनि त्यो अड्डीले जन्माउने
मर्ूखता, क्रूरता र अदूरदर्शिताको कथा- शायद त्यो ऐनामा पढ्न पाइन्छ
होला । र, यस्तै हो भने, इतिहासका खलनायकहरूको गर्भाधान, जन्म, विकास
र यो सबको श्रोत मान्छे आफैँभित्र कतै भेटिन्छ होला ।
हो, भयावह लाग्छ यो सब । तर चाहने हो भने मान्छेले आफँैलाई जत्ति राम्रोसँग
अरू कसलाई बुझछ र - आफँैलाई जति माया अरू कसलाई गर्छ होला र - त्यसैले
आफूलाई जति सफा अरू कसलाई राख्न सक्छ र -
आफू बाहिरका खलनायक र तानाशाहको बारेमा कुरा गर्दागर्दै, यिनबाट मुक्तिको
प्रयत्न गर्दागर्दै छोरी, हामी आफैँभित्रको तानाशाहलाई पनि चिन्न थालौँ
! आज यत्ति ।
-
बुबा
drsdhital@wlink.com.np
|