हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सरोज धिताल

पुस्ता संवाद आजकी छोरीलाई चिठी-८

भिलेनहरू कायर हुन्छन्

छोरी,

अस्ति बेलुकी पुराना अल्बमहरू फेरि एकचोटि पल्टाएँ । धेरै भइसकेछ धूलो नटक्टक्याएको । भित्रका तस्बिरहरू हर्ेर्दै जाँदा एउटा तस्बिरमा म अडिएँ । तिमीहरूमध्ये कसले हो कुन्नि त्रि्रो तस्बिरसँगै करीब करीब त्यही उमेरको मेरो बाल्यकालको तस्बिर पनि टाँसिदिएको रहेछ । मैले निकैबेर ती फोटोहरूलाई हेरिरहेँ । आफ्नो बाल्यकालको तस्बिरसँगै त्यही उमेरको आफ्नो सन्तानको तस्बिर राखेर हर्ेदा अचम्मको अनुभूति हुँदोरहेछ । मानिस तैरिने समयको अन्त्यहीन समुद्र, यस्तो समुद्रमा पनि पुस्ताहरूबीचको दूरीलाई जोड्ने निरन्तरता, पुनरावृत्ति र समानताका ती अद्भुत पुलहरू, मानिसले खोज्ने परिवर्तनको त्यो अन्त्यहीन सिलसिला, पर्ूण्ाता र सुन्दरता प्राप्तिको त्यो दिव्य तृष्णा... थरीथरीका भावहरू आउँदै जाँदै गर्न थाले मनमा । तस्बिरहरू हेरिरहेँ । जो झन्झन् जीवन्त लाग्न थाले । दर्ुइ भिन्दाभिन्दै पुस्ताका ती बालकहरू एकअर्कालाई हेरेर हाँसे, हात समाएर खेल्न थाले मेरो कल्पनामा । बेलाबेला मतिर हेरेर तिनले मसँग प्रश्न गरे जस्तो लाग्न थाल्यो मलाई ।
बालकहरूका मनमा बेलाबेलामा सहजै उठ्ने एउटा प्रश्न त्रि्रो तस्बिरले सोध्यो, "बुबा, भिलेन हुन्छ - भिलेन किन त्यति खराब हुन्छ -" यो म बच्चा हुँदा सिनेमा हेरिसकेपछि घर र्फकँदा बाटोमा मेरो मनमा खेलिरहने प्रश्न पनि हो । त्यो तस्बिरले मलाई फेरि सोध्यो, "किन आफू मर्ने बेलामा पनि भिलेनले अरूलाई दुःख दिन्छ -"
म घोत्लिइरहेँ- भिन्दाभिन्दै पुस्ताका बच्चाहरूले समयको अन्तराललाई छिचोलेर सोधेका यी उस्तै प्रश्नहरूमा । अझै पनि म यिनको जवाफ खोज्दैछु, आफँैसँग ।
शायद हरेक पुस्ताका बच्चाहरूले सोध्ने प्रश्न हुन् यी । तर उमेर बढ्दै जाँदा यी प्रश्न मानिसको कौतुहलताको पानाबाट मेटिँदै जाँदा रहेछन् । घाम र छायाँको यो संसारमा, सैतानले पनिर् इश्वरले जत्तिकै हक जमाउन खोज्ने यो दुनियाँमा, अस्तित्वको सुन्दरता र पर्ूण्ाताका लागि लालायित मान्छे दुष्टताका विभिन्न रुपहरूसँग यति नजिक भएर हर्ुकन बाध्य हुन्छ कि दुष्टताको छायाँसँग उसलाई बानी पर्दै जान्छ । तर इतिहासका खास-खास कालखण्डहरूमा यस्ता परिस्थितिहरू उत्पन्न हुन्छन् कि के बालक, के वृद्ध- सबै सबै नै बाल सुलभ जस्ता लाग्ने यिनै प्रश्नहरू एकैचोटि फेरि सोधिरहेका हुन्छन्- चुपचाप आफँैसँग वा चिच्याई चिच्याई आहत र आक्रोशित मानिसहरूको भीडमा ।
यो देश यतिखेर इतिहासको एउटा त्यस्तै कालखण्डमा प्रवेश गरेको छ र सबै सोधिरहेका छन्- भिलेन किन भिलेन हुन्छ - किन यति दुष्ट हुन्छ, मान्छे - किन कोही दुवै कान थुनेर आफँैलाई समाप्त पार्न र सबथोक सिध्याउन चाहन्छ -
छोरी, म पनि यतिखेर यिनै प्रश्नहरू सोधिरहेको छु-सडकको कोलाहलमा होस् वा आफँैभित्रको मौन एकान्तमा । तर योभन्दा पनि कठिन अर्को प्रश्न खेल्दैछ मेरो मनमा- सैतानका यी विभिन्न रुपहरू, यी विभिन्न अवतारहरू जन्माउने श्रोत कहाँ छ -
'कहीँ त्यो म भित्रै त छैन -' भन्ने शङ्का जब उब्जन्छ, म एकदम अशान्त हुन्छु, डरले काम्छु । यस्तो शङ्का उब्जेको बेला बाहिर देखिने त्यो भिलेन त्यति भयावह, त्यति शक्तिशाली लाग्दैन मलाई । असुरक्षाबोधले ग्रस्त देख्छु उसलाई । ऊ कायर लाग्न थाल्छ । म बुझन थाल्छु- आफू हर्ुर्किने ठाउँ बाँकी छैन भन्ने ऊ जान्दछ । भित्रबाट ऊ आफूलाई शक्तिसम्पन्न ठान्दैन । त्यसैले, सीमित पानीले भरिएको भाँडो जस्तो आफूलाई देख्छ । अरूहरू सशक्तिकृत हुनु भनेको आफूले बोकेको त्यो पानी अर्को भाँडोमा खन्याएर रित्तिनु हो भन्ने ऊ मान्दछ । बत्ती जस्तो हुनै सक्तैन ऊ- बत्तीले त अरू बत्तीहरू जति सल्कायो आफ्नो अभीष्ट- त्यो प्यारो प्रकाश उत्ति नै व्यापक हुन्छ, उत्ति नै चहकिलो हुन्छ भन्ने बुझछ ।
छोरी, यस्तो बेला आफू बाहिरको त्यो भिलेनसँग मलाई डर लाग्दैन । किनकि जति जति ऊ आफ्नो कुटिल निश्चयमा अघि बढ्छ, ऊ उत्ति नै आफूलाई अप्रिय बनाउँछ ।
तर ऊ जस्तै खलनायकलाई निरन्तरता दिने त्यो डिम्बाशय म भित्रै छ र उसलाई हर्ुकाउने ओथारोमा पनि म आफै बसेको त छैन भन्ने प्रश्नले भने मलाई साँच्चै नै भयभीत पार्छ । यो प्रश्न एउटा अजङ्गको ठूलो ऐना भएर मेरो अगाडि उभिएको छ । त्यो ऐना अगाडि उभिने साहस म बटुल्दैछु ।
बाल्यकालको त्यो त्रि्रो तस्बिर र त्यस्तै त्यस्तै लाग्ने म सानो छँदाको तस्बिर अझै पनि मतिर हेरेर प्रश्नहरू सोधिरहेका छन् । नियालेर हेर्यौ भने तिनले तिमीलाई पनि त्यो प्रश्न गर्नेछन्- जो उत्तरित हुनै पर्छ । त्यसैले, इतिहासमा खलनायकहरूको निरन्तरता नभइदिए हुन्थ्यो भन्ने चाहने हामी सबै जिउँदा मान्छेहरू त्यो ठूलो ऐना अगाडि उभिनै पर्छ । शायद त्यहाँ मानिसका लिप्साका विभिन्न रुपहरू देखिन्छन् होला, आडम्बरका विभिन्न अनुहारहरू देखिन्छन् होला, अहम्का अनेक अवतार देखिन्छन् होला । मान्छेको बच्चा मान्छे नै भएर हर्ुर्किनुको साटो निरन्तर खलनायक र तानाशाहमा परिणत भइरहने यी सबै कारणहरू देखिन्छन् होला । यिनले जन्माएका कमजोरीहरूलाई ढाकछोप गर्न खेल्नुपर्ने नाटक, त्यो नाटक खेल्न लगाउनुपर्ने मास्क, कसैले त्यो मुकुण्डो निकाल्न खोज्दा उठ्ने रिस र त्यो क्रोधले आफूलाई जबर्जस्ती ठीक साबित गर्न लिने अड्डी, अनि त्यो अड्डीले जन्माउने मर्ूखता, क्रूरता र अदूरदर्शिताको कथा- शायद त्यो ऐनामा पढ्न पाइन्छ होला । र, यस्तै हो भने, इतिहासका खलनायकहरूको गर्भाधान, जन्म, विकास र यो सबको श्रोत मान्छे आफैँभित्र कतै भेटिन्छ होला ।
हो, भयावह लाग्छ यो सब । तर चाहने हो भने मान्छेले आफँैलाई जत्ति राम्रोसँग अरू कसलाई बुझछ र - आफँैलाई जति माया अरू कसलाई गर्छ होला र - त्यसैले आफूलाई जति सफा अरू कसलाई राख्न सक्छ र -
आफू बाहिरका खलनायक र तानाशाहको बारेमा कुरा गर्दागर्दै, यिनबाट मुक्तिको प्रयत्न गर्दागर्दै छोरी, हामी आफैँभित्रको तानाशाहलाई पनि चिन्न थालौँ ! आज यत्ति ।

- बुबा

drsdhital@wlink.com.np