| राविन
साय् मि |
 |
मुहूर्त

भनेको/सुनेको
निर्णायक युद्ध जित्न राज्यले सही व्यक्तित्वहरूको चयन
गर्नुपथ्र्यो, जुन काममा आज पनि थुप्रै त्रुटि देखिएको छ । कलङ्कित,
भ्रष्ट, नालायक, कर्तव्यच्यूत, अवसरवादी, चरित्रहीन, पामर, फटाहा,
घृणित र समाजबाट तिरस्कृत घुस्याहा तथा अपमानित व्यक्तिहरूलाई शक्तिशाली
व्यक्तिहरूले म्वाई खान र काखी च्याप्न थालिएमा निर्ण्ाायक युद्धमा
हामी सबै हार्नेछौँ ।
युवराज गौतम, प्रधान सम्पादक
३० असारको मन्त्रिमण्डल विस्तारपछि, ६ साउनको
गोरखापत्रमा प्रकाशित आलेख
श्री ५ मा बिन्ती छ- शुभजन्मोत्सवमा तक्मा बाँड्नुभन्दा
राष्ट्रको विकासमा योगदान पुर्याउने कुनै ठोस काम गर्दा उपयुक्त हुनेथियो
। जस्तो, मौसूफकै निजी खर्चमा पर्ूव-पश्चिम रेलमार्ग, हेटौँडा-काठमाडौँ
सुरुङमार्गजस्ता ठूला विकास निर्माण गरिने घोषणा भएको खण्डमा सम्पर्ूण्ा
जनताको आर्थिक उन्नति हुनेथियो ।
पलेस्वाँ जोशी
नेपालीपत्र साप्ताहिक, ७ साउन २०६२
अङ्क र अर्थ
१.८८ जना
प्रचण्डले निहत्था नागरिकहरूमाथि आक्रमण हुने
छैन भनेपछिको अवधि -४ असार-७ साउन ०६२) मा माओवादीद्वारा प्रत्येक
दिन मारिएका नागरिकको औसत सङ्ख्या ।
१.२० अर्ब डलर
जापानले संयुक्त राष्ट्रसंघलाई
प्रदान गर्ने वाषिर्क अनुदान ।
हिँड्दा-हिँड्दै

मीन बज्राचार्ये |
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा खटेका
डा. महेश मास्के अहिले लोकतन्त्रका लागि नागरिक आन्दोलनमा
सक्रिय छन् । भन्छन्, "१६ वर्षघिको भन्दा अहिलेको नागरिक
समाज धेरै बलियो छ ।"
नागरिक
आन्दोलन किन गर्नुपर्यो ?
१९ माघपछि अग्रगमन पक्षधर राजनीतिक दलहरूले राजतन्त्रको कडा विरोध
गर्नुपथ्र्यो तर त्यो भएन । पेशागत समूह र नागरिक समाजबाट विरोध पर््रदर्शन
हुँदापनि उनीहरूको अपेक्षित उपस्थिति देखिएन । निषेधितक्षेत्र भनेर
नागरिक अधिकार कुण्ठित गरिँदा पनि दलहरूले त्यसलाई तोड्ने सशक्त पहल
नगरेपछि नागरिक समाज आफ्नो दायित्व र कर्तव्यप्रति सचेत छ भन्ने सन्देश
दिन यो कार्यक्रम गरिएको हो ।
अपेक्षा र उपलब्धि के रहृयो ?
कार्यक्रमले राजनीतिक दलहरूलाई आफ्नो जिम्मेवारी गम्भीरतापर्ूवक निर्वाह
गर्न सन्देश दिएको छ । र, राजनीतिक दलहरूको कमजोरीको फाइदा उठाएर जनताको
आधारभूत अधिकार खोस्ने र संविधान मिच्ने दुस्साहसपर्ूण्ा काम गर्ने
प्रतिगामी शक्तिलाई चुनौती दिन पनि सफल भएको छ । यस पटकको नागरिक आन्दोलन
प्रतिगामीका लागि चेतावनी र अग्रगामीका लागि सचेतक र सहयोगी दुवै सावित
भएको छ ।
२०४६ को र अहिलेको आन्दोलनमा के अन्तर
छ ?
त्यसबेला नागरिक समाज यो अवस्थामा थिएन । पेशागत सङ्गठन नै नागरिक
समाजका प्रतिनिधि थिए । वाममोर्चा र नेपाली काङ्ग्रेसजस्ता राजनीतिक
शक्तिप्रति जनताको आशा र विश्वास थियो । 'पञ्चायतको अन्त्य र बहुदलको
स्थापना' भन्ने जनताले बुझने आन्दोलनको नारा थियो । तर, अहिले नारा
प्रस्ट छैन, नेतृत्व पनि लोकप्रिय छैन । नागरिक समाज भने निकै सक्षम
र प्रभावशाली छ ।
|