हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

गौरवान्वित छोरी


मीन बज्राचार्य

लेखिका, अध्यापक, कलाकार- बहुचिनारी छ उनको । तर यसपल्ट उनी सम्पादकका रूपमा चर्चामा आइन् । दुई वर्षघि जोन हन्टिङ्गटनसँग मिलेर द र्सकल अफ ब्लिस, बुद्धिष्ट मेडिटेशनल आर्ट लेखेर बौद्धिकवृत्तमा उल्लेख्य छाप छोडेकी डा. डीना बाङ्देल (शाक्य) ले यसपालि पिता लैनसिंह बाङ्गदेलले जीवनको अन्तिम क्षणमा लेखेका जय वर्माको मूर्ती र नेपालको वर्मा वंश पुस्तक सम्पादन गर्नुका साथै अमेरिकाबाट दौडादौड गर्दै काठमाडौँ आएर र्सार्वजनिक गरिन् ।
यसअघि पिता लैनसिंहको इन्भेन्टोरी अफ स्टोन स्कल्पचर्स अफ द काठमाडौँ भ्याली को समेत सम्पादन गरेकी डीना भन्छिन्, "बुवाको लेखन-यात्रा नेपालको वर्मा वंशमा पुगेर टुङ्गियो । नेपाली राष्ट्रियताप्रतिको उहाँको यो अगाध स्नेह हो ।"
२०५६ सालमा नेपालका बौद्ध विहारहरूको वास्तुकला विषयमा विद्यावारिधि गरेकी डीना अमेरिकास्थित द ओहायो स्टेट युनिभर्सिटीमा नेपाल, तिब्बत, चीन र भारतका बौद्ध कलाबारे अध्यापन गरिरहेकी छन् । तिब्बत र भारत दुवैको बौद्ध कलाको मूल स्रोत मानिएको नेपाली बौद्धकला ओझेलमा परेकोमा निकै छट्पटाएकी छन् उनी । त्यसैले यसबारे यथासम्भव प्रचार गर्नु पनि उनको दिनचर्याभित्रै पर्छ । "पश्चिमका विद्यार्थीहरू बौद्ध कला र व्यवहारको सम्बन्धबारे जान्न निकै उत्सुक छन्," यस्तै निष्कर्षा साथ अध्यापन, अनुसन्धानमा सँगसँगै लागिपरेकी डीनाको र्सकल अफ ब्लिस बौद्धकलासम्बन्धी वजनदार दस्तावेज मानिन्छ, जसमा नेपाल, भारत, मङ्गोलिया, तिब्बत र चीनका १६० वटा बौद्ध मूर्तीहरूको विस्तृत परिचय सङ्ग्रह गरिएको छ ।


परदेशी-स्नेह


मीन बज्राचार्य

'धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई ...' यो गीतलाई जीवनको मार्गदर्शन ठान्छन् बीबीसी नेपाली सेवाका सञ्चारकर्मी रवीन्द्र मिश्र । त्यही भावनाले उनलाई देश-निर्माणका निम्ति प्रवासबाट रकम पठाउन प्रेरित गर्यो र 'एक क्यान बियर कम खाउ, पैसा जुटाऔँ र स्वदेश पठाऔँ' भन्दै हेल्प नेपाल नेर्टवर्क (हेन) को पना गर्न अघि सरे । पाँच वर्षा ११ देशमा बिस्तार भइसकेको हेनको यो अभियानले एक लाख अमेरिकी डलरभन्दा बढी रकम उठाइसकेको छ । त्यसबाट नेपालमा शिक्षा, स्वास्थ्य र आपतकालीन राहतसम्बन्धी ३० भन्दा बढी समाजोपयोगी योजना सम्पन्न भइसकेका छन् । मिश्र भन्छन्, "नेपालीले नेपालकै लागि केही गर्नुपर्छ भन्ने भावना जगाउन सक्यौँ । यही हो हाम्रो सफलता ।" यो सफलताको श्रेय हेेनका सबै कार्यकर्ता, सहयोगी र शुभेच्छुकहरूबीच बाँड्न चाहन्छन् उनी ।
अहिले 'वन डलर अ मन्थ फण्ड फर नेपाल' का रूपमा नेर्टवर्कको नयाँ चिनारी बनेको छ । उत्तिकै उदाहरणीय छ सहयोग पुर्याउने तरिका पनि । नेपाल च्याप्टरमार्फ् जहाँ जति सहयोग पठाइन्छ, समुदायले त्यति नै लगानी गर्नुपर्छ । यस्तै सत्प्रयासका निम्ति नेपालमा यस वर्षो नारेक अवार्ड पाएको हेनलेे सन् २००५-६ मा यहाँका द्वन्द्वपीडित बालबालिकाको हितमा केन्द्रित हुने, उनीहरूको लालनपालन र पढाइका निम्ति सकेसम्म धेरै स्रोत जुटाउने लक्ष्य राखेको छ । बालबालिका-आश्रयकेन्द्र स्थापनाका निम्ति बेलायतमै खुलेको नेपाल बालबालिका ट्रष्टसँग सहकार्यसमेत शुरु भइसकेको छ । यो दायित्वबोध गर्ने सबै नेपालीले www.helpnepal.net मार्फ् बुझन र सहयोग गर्न सक्ने जानकारी दिन्छन् मिश्र ।