हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन | डोल्पा

एउटा जीवन्त सङ्ग्रहालय

"शान्ति चाहन्छौ भने युद्धको अर्थ बुझ ।"
सूलीगाड सैनिक व्यारेकको प्रवेशद्वारमा राखिएको यो सङ्केत पाटी अर्थपर्ूण्ा छ, किनभने डोल्पाका नागरिकले शान्ति चाहेका छन् । तर, अहिले मुलुकमा चलेको युद्धको अर्थ बुझन सकेका छैनन् । कम्तीमा पनि युद्ध लडिरहेकाहरूले युद्धको अर्थ बुझनुपर्ने हो । उनीहरूले पनि बुझेका छैनन् ।
भौगोलिक रूपले मुगु, जुम्ला, जाजरकोट, रुकुम, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाहरूले घेरिएको डोल्पाको उत्तरी भूखण्ड चीनको तिब्बतसँग जोडिएको छ । यो भौगोलिक विविधताले गर्दा डोल्पा विभिन्न जाति र जनजातिका संस्कृति र संस्कारहरूको एउटा आकर्ष सङ्ग्रहालय बन्न पुगेको छ । हिंसात्मक द्वन्द्वका कारण स्वदेशी र विदेशी पर्यटकहरूका लागि अहिले यो सङ्ग्रहालय दुनैमा सीमित भएको छ । जुफालको सानो विमानस्थलबाट डाँगीवाडा हुँदै दुनैतिर र्झदा नै डोल्पाको सौर्न्दर्यले मानिसहरूको आँखालाई सहज रूपले खिच्दछ । कति रमणीय छ, हिमालपारिको यो जिल्ला ! भेरी नदीको वहावसँगै दुनैतिर लाग्दा डोल्पाका दर्शनीय ठाउँहरूको किटान घण्टामा गरिएको पाइन्छ । जुफालदेखि सदरमुकामसम्म सफा र फराकिलो बाटोबाट हिँड्दा हामी नेपालको एउटा अनकण्टार जिल्लामा छौँ जस्तो लाग्दैन । स्थानीय विकास अधिकारी भन्नुहुन्छ, "अहिले हामी जुफालदेखि दुनैसम्मको बाटोलाई मोटर योग्य बनाउँदै छौँ । हेलिकोप्टरबाट झारेर भएपनि जुफालदेखि दुनैसम्म मोटर कुदाउने लक्ष्य रहेको छ हाम्रो ।"
आफ्नो प्राकृतिक अवस्थितिका कारण दुनै बजार निकै रमाइलो छ । जुफालबाट यातायात सेवा चालु भएपनि बजारमा यात्रुहरूको चाप बढ्ने सम्भावना देखिँदैन । तर, बजारमा फोहोर पक्कै बढ्नेछ । भेरी नदीको किनारमा रहेको यो सानो बस्ती बजारमात्र नभएर डोल्पाको सम्भावनाको ढोका पनि हो । स्थानीय क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी न्यौपाने भन्नुहुन्छ, "डोल्पामा घुम्ने र हर्ेर्ने ठाउँहरू धेरै छन् । तर अहिले जुफाल, सूलीगाड र दुनै वाहेक अन्यत्र घुम्न सकिने वातावरण छैन । युद्धले पूरै डोल्पा आक्रान्त छ ।"
२०५९ सालको चैत महिनामा माओवादीहरूले जुफाल विमानस्थलमा आक्रमण गरे र एक हजार क्वीन्टल चामल लगे । त्यसको निकै पछिसम्म डोल्पा अन्यौलमा रंगमगियो । विमान सेवा सञ्चालन हुन सकेन । थप सुरक्षाको प्रबन्ध भएपछि जुफालदेखि सूलीगाडसम्मको बस्तीमा जनजीवन सामान्य भयो । त्यही आक्रमणपछि सूलीगाडमा सुरक्षा फौज बस्न थाल्यो ।
"यो लडाइँले हामीलाई कुकुर न भेडाको अवस्थामा पुर्यायो" जुफालबाट र्झदा र्झर्दै बाटामा भेटिएका एकजना वृद्ध नागरिकले बडो टीठलाग्दो भाकामा सुनाए, "डोल्पामा सुखचैनले हिँड्ने बाटो यही एउटा हो । अरू बाटाहरू बन्द भएका छन् । पन्ध्र महिनाअघि राजाको सवारी आउँदा पनि हामीले यही कुरा बताएका हौँ । यो जिन्दगीमा धेरै कुरा देखियो । सबैको शासन देखियो र आफ्नै भाइछोरा आफ्नै आँखा अगाडि काटिएको पनि हर्ेर्नु पर्यो ।"
२०५३ सालमा शर्मी गाविसका पाँच जना नागरिकहरू मारिएपछि डोल्पामा माओवादी व्रि्रोहको जरो बलियो भएको हो । त्यसको चार वर्षछि माओवादीले डोल्पाबाटै जिल्ला सदरमुकाम आक्रमणको क्रम शुरु गरे । ८ असोज २०५७ को दुनै आक्रमणमा १६ जना प्रहरी, एकजना सैनिक र १० जना माओवादीको मृत्यु भयो । यो आक्रमणपछि दुनैको जनजीवन सामान्य हुन निकै समय लाग्यो । त्यतिवेला विस्थापित भएका हुनेखाने डोल्पालीहरू अहिलेसम्म दुनै फर्किएका छैनन् । तर, त्यसपछि डोल्पामा ठूलाखालका आक्रमण पनि भएका छैनन् । पछिल्लो पटक गत १६ कात्तिकमा माओवादीहरूले पहाडा गाविसमा रहेको छलमष्टा भवानीको प्रसिद्ध मन्दिर ध्वस्त पारेपछि मन्दिरसँग जोडिएका धामीहरूको २९ परिवार विस्थापित भयो । माओवादीहरूले त्रिपुराकोटस्थित प्रसिद्ध त्रिपुरा भवानीको मन्दिरमा पनि आक्रमणको योजना बनाएका थिए । तर, यसबाट स्थानीय मानिसहरूको भावनामा चोट लाग्ने विश्लेषणपछि भवानीको मन्दिर जोगिएको थियो ।
डोल्पामा यता आएर व्यक्तिहत्याका घटनाहरू निकै कम भएका छन् । इन्सेक प्रतिनिधि विष्णु बुढाका अनुसार जिल्लामा भएका १४१ घटनामा आजसम्म ५६ जनाको ज्यान गएको छ । चन्दा, श्रमदान र शिक्षा क्षेत्रमा माओवादीको हस्तक्षेप निकै बाक्लो छ । माओवादीले दलित मुक्ति मोर्चामार्फ् शिक्षकहरूवाट ८०० रुपैयाँका हिसाबले चौमासिक उठाउने गरेका छन् । जिल्लाका राजनीतिक कार्यकर्ताहरू या त माओवादीमा लागेका छन् या जिल्लाबाट पलायन भइसकेका छन् ।
सुरक्षा फौजले व्रि्रोहीहरू पक्राउ गरेपछि सूचना र्सार्वजनिक गर्ने गरेको छ । जिल्लामा माओवादी विरुद्ध प्रतिकारको वातावरण बनाउने प्रयास पनि नभएको होइन । १९ माघ २०६१ को शाही घोषणापछि २७ चैतमा रल्ली गाउँका जनताले केही माओवादी पक्रिएर सुरक्षामा बुझाइदिए । यो घटनाले निकै ठूलो रुप लियो । माओवादीहरू बदला लिन रल्ली आउने खबर फैलिएपछि गाउँमा भागाभाग भयो । नभन्दै माओवादीहरूले ४ वैशाख २०६२ गाउँ घेरे । तर, सबै गाउँलेहरू रातारात दुनै भागिसकेका थिए । त्यसपछि विस्थापितहरूलाई घर फर्काउन मानवअधिकारवादीहरूले प्रयास शुरु गरे । १८ वैशाखमा स्थानीय जनसरकार प्रमुख रामलाल विकसँगको वार्तापछि ३ जेठमा गाउँलेहरू घर फर्किए । तर, प्रतिकारमा अगुवा मानिएकाहरू भने अझै दुनैमा विस्थापित छन् ।
जीवन बुटी अर्थात् यार्सर्ााम्बाका लागि प्रसिद्ध डोल्पामा यो वर्षत्यसैको खडेरी पर्यो । यसपाला पनि यार्सर्ााम्वा नटिपिएको होइन । तर, टिपिएका यार्सर्ााम्वा उतै माओवादीको कब्जामा परे र उतैबाट विदेशिए । माओवादीहरूले यो वर्षयार्सर्ााम्वाबाट २२ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेका थिए । उनीहरूले आफ्नो लक्ष्य पूरा गरे । टिप्नेहरूले पनि ठगिएको महसूस गर्नु परेन । तर, सरकार ठगियो । पोहोर जेनतेन १६ लाख राजस्व उठेको थियो । यो वर्षके भयो - कोही बताउन तयार छैन ।