| चिठी
विश्लेषणमा आत्मरति !
 |
राजा आफ्नै भुमरीमा परेको निष्कर्षुक्त आवरण-सामग्री
-हिमाल, १-१५ साउन) आत्मरतिपर्ूण्ा विश्लेषण हो । राजा असफल हुँदैछन्
भनेर प्रजातन्त्रावादीहरूका लागि निर्माण गर्न खोजिएको आत्मरति । कैयौँ
कुरामा असफल हुँदाहुँदै पनि 'सफल नै भइरहने' राजालाई 'आफ्नै भुमरीमा
पर्न आँटेको' भन्नु 'कुण्ठा मेट्नु' मात्रै हो ।
देशको प्रजातान्त्रिक आन्दोलनको एउटा कमजोरी के हो भने राजाले सत्ता
छोड्नुपर्ने कुरालाई मात्रै यसले महत्त्व दिन्छ, त्यसका लागि पहिले
सत्ताको विकल्प चाहिन्छ भन्ने कुरालाई गौण ठान्छ । हाम्रो प्रजातान्त्रिक
आन्दोलन त्यतिमै रमाउने गरेको छ । हाम्रा प्रजातन्त्रवादीहरूसँग राजाले
सत्ता छोडेपछि कसरी देश चलाउने भन्ने चिन्तन २०४६ मा पनि थिएन र आज
पनि देखिएको छैन । विकल्प दिन नसक्नाले नै राजा पुनः सक्रिय भएका हुन्
भन्ने स्वीकार्न प्रजातन्त्रवादी नेता, लेखक, विश्लेषक कोही पनि तयार
नहुनु दर्ुभाग्यपर्ूण्ा हो ।
प्रजातन्त्रवादीलाई संसारको र्समर्थन भएको कुरामा मेरो विमति छैन ।
तर हाम्रो प्रजातान्त्रिक आन्दोलन नै राजाको विकल्प दिने अवस्थामा
छैन भने त्यो र्समर्थनको के अर्थ हुन्छ र - त्यसैले राजा असफल हुने
कल्पनामा रमाएर दिन बिताउनुको सट्टा 'केही गर्न' प्रिय प्रजातन्त्रवादीहरूलाई
मेरो सुझाव ।
केविकल, वालिङ, स्याङ्जा
निरोजस्तै?
१-१५ साउनको हिमाल ले औँल्याएझैँ १९ माघको शाही सुनामीले
देशमा सकारात्मक परिवर्तन ल्याउने कुरामा प्रजातन्त्रप्रति आस्था राख्ने
कसैलाई पनि विश्वास छैन । टङ्क ढकाल, तुलसी गिरी, सत्चित शमशेरजस्ता
केही व्यक्ति उनीहरूको निजी स्वार्थ पूरा भइरहेकाले मात्र यसको वकालत
गरिरहेका छन् ।
गल्तीमाथि गल्ती गर्ने राजा ज्ञानेन्द्र कुनै कोणबाट पनि मुलुकको हितचिन्तक
लाग्दैनन् । कि त उनी मुलुकको हदैसम्मको बर्बादी हेरेर उनका पर्ुखा सुरेन्द्रजस्तो
बहुलठ्ठीपनको आनन्द लिन चाहन्छन् कि त मण्डले र अयोग्य सहयात्री/सल्लाहकारहरूका
कारण उनमा ठीक, बेठीक छुट्याउन सक्ने क्षमता छैन । राष्ट्रिय र अन्तर्रर्ााट्रय
क्षेत्रमा आफ्नो कृत्यबारे केकस्ता प्रतिक्रियाहरू आइरहेछन् भन्ने विषयमा
उनलाई जानकारी र चासो दुवै नभएको अनुभव गर्न सकिन्छ । आफ्नो सुर नछोडेर
जनतालाई सदियौँ पछाडि धकेल्ने यी राजाले अब 'प्रजातन्त्र' शब्दको उच्चारण
नै नगरेदेखि कम्तीमा यो शब्दको पवित्रता घट्ने थिएन ।
जगत अधिकारी
बानेश्वर, काठमाडौँ
आवरण-तस्बिरमा हिमाल ले देखाएजस्तै छ देशको वास्तविकता
। भुमरीमा फस्दै गएका राजा न अगाडि बढ्न सक्छन् न पछि हट्न सक्छन् ।
विस्तारित मन्त्रिमण्डलले त झन् उनलाई दलदलमा फँसाउँदै लाने पक्का छ
। अझै पनि उनी निरङ्कुशता लादिरहन चाहन्छन् भने उनले अब आउने लोकतन्त्रको
सुनामीलाई रोक्न सक्दैनन् र उनी इतिहासमा सीमित हुनेछन् । तत्काल लोकतन्त्र
फिर्ता गर्नुमा नै उनको र देशको कल्याण छ ।
नरेन्द्र पण्डित
कल्लेरी-५, धादिङ
तयार छ युवापुस्ता
'अर्को सुनामी नपर्खौं' -आवरण विचार/राष्ट्रिय राजनीति, १-१५ साउन) घतलाग्दो
छ । साहसिक पत्रकारिताको उदाहरण पनि हो त्यो आलेख । तर, युवापुस्ताले
राजनीतिक दलहरूबाट सत्याग्रहको अगुवाईको अपेक्षा गरेको होला भन्ठान्नु
गलत निष्कर्षहो । युवापुस्तामा राजनीतिक दलहरूप्रतिको दृष्टिकोण सकारात्मक
छैन । त्यसैले देशलाई भयङ्कर सुनामीबाट जोगाउने उपाय मानिएको सत्याग्रहको
शिलान्यास गर्ने आजको शक्ति भनेकै युवापुस्ता हो, जसप्रति हामी आशावादी
हुनर्ैपर्छ ।
देश यो स्थितिमा आइपुग्दा आफ्नो गाउँठाउँबाट लखेटिएका, आँखा अगाडि परिवारका
सदस्यहरूको हत्या देखेका; मानसिक, शारीरिक पीडा व्यहोरेका, विविध कारणले
पढाइबाट वञ्चित युवाहरू अब चुप लागेर बस्न सक्दैनन् भन्ने धेरै उदाहरणहरू
छँदैछन् । माओवादी ज्यादतीको गाउँ गाउँमा साहसिक प्रतिकार गरिएका समाचारहरू
पढिएकै छन् । यी सबै काम युवाहरूले गरिरहेका छन् । यस्ता नेतृत्वहरू
तयार भइसकेका छन् भने सत्याग्रहको नेतृत्व युवाहरूबाट हुन नसक्ने प्रश्नै
उठ्दैन । सत्याग्रहले साँच्चिकै सुन्दर बिहानी ल्याउँछ । त्यसले युवापुस्ताको
नेतृत्वकारी नयाँ बिहानीको पनि सुरुआत गर्नेछ ।
ध्रुव आले
नयाँबजार, काठमाडौँ
'अर्को सुनामी नपर्खौँ' आवरणले देशलाई विषम परिस्थितिबाट
जोगाऊँ भन्ने आग्रह बोकेको छ । हिंसा, आतङ्क भोगिरहेका जनताको घाउमा
वर्तमान सत्ताको निरङ्कुश चरित्रले नुनचुक थपेर असहृय पीडा दिएकै बेला
दन्किँदो आगोमा घिउ थप्ने गरी अर्को सुनामी आयो भने जनताले कसरी थेग्लान्
-
दीपक क्षेत्री
मरेङ्ग-७, खस्कोट, अर्घर्ााँची
खै बुझेको ?
'विस्थापितको बेहाल' -रिपोर्ट/द्वन्द्वपीडितको व्यथा, १-१५ साउन) पढेपछि
माओवादीसँग गुनासो गर्न मन लाग्यो । 'संसारका र्सवहारा एक हौँ' भन्ने
नाराका साथ सङ्र्घष्ामा उत्रिएका माओवादीहरूले कसैका छोरा र श्रीमान्
सेनामा भर्ती हुँदैमा घरमा ताल्चा लगाउनु स्वयम्ले र्सवहारा वर्ग नचिन्नु
हो । सेनामा भर्ती हुनु विपन्न युवाहरूको बाध्यता हो । उनीहरूका निम्ति
विदेश जानका लागि ऋण लिने धरौटी हुँदैन । अन्य जागिर खोजौँ, शैक्षिक
योग्यता र अवसर छैन । खेतीपाती गरौँ, पर्याप्त जमिन छैन । सुजन र्राई,
किरण तामाङ, रोहित र्राईजस्ता सयौं युवाहरू निरङ्कुश राजतन्त्रको रक्षाका
निम्ति सेनामा भर्ना भएका होइनन्, जीविकाका निम्ति मात्र त्यहाँ पुगेका
हुन् भन्ने कुरा माओवादी पक्षले खै बुझेको?
वागमान कुलुङ
छेस्काम-३, सोलुखुम्बु
विस्थापितहरूको बेहालको व्यथा जिम्मेवार निकायहरूका
निम्ति भैंसीका अघि बाँसुरी बजाएझैँ भइसक्यो । भत्केको घरमा देखिएको
गोलीको बिस्कुनले अन्नको बिस्कुनको दोहोलो काढेको देखेर पनि देशका अभिभावक
दरबारको मोजमा व्यस्त छन् ।
लागूऔषधले युवापुस्तालाई निल्न लाग्दा पनि देशका 'प्रबुद्ध' हरू चुपचाप
छन् । नयाँपुस्तालाई डि्रङ्क्स र डान्समा फसाएर स्व्ाार्थको भाँडो भर्नेहरूबारे
युवाहरूलाई सजग गराउने काम सञ्चारमाध्यमहरूले अझ खुलेर गरुन् ।
भुवन देवकोटा
पो.ब.नं. ११३१, काठमाडौँ
देश डुबाउने खेल
'दूरसञ्चार डुबाउने ठूला मान्छेको खेल' -१-१५ साउन) ले आम नेपालीको
दुरावस्थाको एउटा कारण 'ठूला'हरूको पेलाइ पनि हो भन्ने स्पष्ट देखाएको
छ । साधारण जनताको प्रत्यक्ष सम्बन्ध रहेको दूरसञ्चारले जनताकै लागि
ल्याएको नयाँ सेवा, सुविधालाई बिना कारण रद्द गरेर कुनै शक्तिकेन्द्रका
लागि बाटो खुला गरिदिने 'ठूला' हरूलाई धिक्कार छ । टेलिकमलाई डुबाएर
आर्थिक रूपले अशक्त बनाउने चालबाजी गर्नेहरू पनि उनीहरू नै भएको हालैका
घटनाक्रमबाट समेत पुष्टि भएको छ ।
प्रकाश बराल, लमजुङ्ग
pro_baje@yahoo.com
भाषणमा खुला अर्थतन्त्र एक्काइसौं शताब्दीको एजेण्डा हुनर्ुपर्छ भनेर
नेपाली जनतालाई झुक्याउने, व्यवहारमा टेलिफोनजस्तो आधारभूत सुविधाबाट
वञ्चित गराउने सरकारी कर्तुतको भण्डाफोर स्वागतयोग्य छ । निरङ्कुश राज्यसंरचना
भएका सबै देशका उद्योगधन्दाहरूमा सत्ताधारीहरूको रजाइँ चल्छ । १९ माघपछि
हाम्रो देशका व्यावसायिक प्रतिष्ठानहरूमा पनि दरबारियाहरूले आँखा लगाउँदैछन्
। नाफामा चलिरहेको, नियमित राजस्व बुझाइरहेको आशालाग्दो संस्थानलाई लङ्गडो
बनाएर नेपाली जनताको सूचनाको हकलाई कुण्ठित गर्ने 'ठूला' हरू अहिले आफू
मात्र नाङ्गएिका छैनन्, स्वयं राजाको अनुहारमा कालो पोतिरहेका छन् ।
सुब्रमण्यम शर्मा
नेपालगञ्ज-१३, भृकुटीनगर
सत्ताको प्रतिबिम्ब
र्'कर्मचारी पिट्छन् राजाका दूत' -देश/समाचार, १-१५ साउन) सत्ताको चारित्रिक
प्रतिबिम्बझैँ लाग्यो । अहिले कर्मचारीहरू त्यसै पनि सुरक्षाफौजबाट सताइएका
छन्, त्यसमाथि प्रशासकहरूको यस्तो उद्दण्ड प्रवृत्ति छ । निजामती कर्मचारीलाई
गोदेर कामको थालनी गर्ने यस्ता दूतमाथि कतैबाट कारबाही होला भनेर आशा
गर्नु बेकार छ । टीका लगाएर हाकिम भएको अभिमान भिर्नासाथ साना कर्मचारीलाई
दबाउन खोज्ने हो भने फेरि अर्को 'वाद' निस्कनेछ अनि सम्हाल्न गाह्रो
होला ।
संगम अर्याल
सृजनावस्ती, ग्वार्को-१७, ललितपुर
जरुरी छ मन्थन
१ साउनको हिमाल रुपन्देहीमा २ साउनमै पढ्न पाएकोमा हिमाल-व्यवस्थापनलाई
धन्यवाद । सीकेलाल, कनकमणि दीक्षितका लेखहरूले मन छोए । भ्रष्टाचारले
जकडिएको नेपाली समाजबारे कालीप्रसाद रिजालको आलेख 'भ्रष्टाचार र न्याय'
मेरो पहिलो मसला बन्यो । औचित्य र नैतिकताको प्रश्न उठाउनुभएकोमा रिजाललाई
समेत धन्यवाद ।
मेरो आग्रह छ- २६ चैत २०४६ देखि १९ माघ २०६१ भित्र सीमित भएको तपार्इँ
हाम्रो नैतिकताको दायरा अब अलि फराकिलो पार्नुपर्छ । यो परिस्थितिको
माग हो । किनकि अहिले संविधानको मर्मविपरीत राजा नै कानुन बनेका छन्
। कालो सूचीका तुलसी गिरी संविधानमा हुँदै नभएको ओहोदामा पदासीन छन्
। मन्त्री-क्वार्टर रिक्त हुँदाहुँदै गिरी कुन नियतले भाडामा बसेका छन्
- १९ माघपछि करीब रु.१० करोड बाँडिएको छ, त्यसमा अघिल्लो सरकारले बाँडेको
रु.३८ लाखको जस्तै औचित्य र नैतिकताको प्रश्न तपाईँ हाम्रो नजरमा उठ्छ,
उठ्दैन - हत्यामा संलग्न व्यक्ति मन्त्री बनेकोमा त्यसको विरोध गर्ने
तपाईँ हाम्रो नैतिकता कहाँ गयो - यस्ता धेरै प्रश्नहरूमाथि मन्थन गर्नु
जरुरी छ ।
हर्रि्रसाद पौड्याल
सिर्द्धार्थनगर, रुपन्देही
नक्कलमुखी अक्कल !
कथित राष्ट्रवादीहरूले नेपाली एफएमले समाचार भन्नुलाई 'कहीँ नभएको जात्रा'
भन्दै सरकारको सञ्चारविरोधी नीतिलाई र्समर्थन गरेको देख्दा मलाई लाग्यो
- नेपालको पछौटेपनको खास कारण यिनै 'नक्कलमुखी' सोच भएकाहरू नै हुन्
। जसले अरूले जे गर्यो त्यही मात्र गर्ने, आफैँले नयाँ नौलो केही गर्नै
नचाहने तर कसैले गर्न चाहृयो भने विरोध गर्ने र कसरी हुन्छ बिगार्न खोज्ने
प्रवृत्ति बोकेका हुन्छन् । भारतमा वा अरु देशमा एफएमले समाचार भन्दैनन्
भन्दैमा नेपाली एफएमले पनि त्यसै गर्नुपर्छ भन्ने कतै लेखिएको छ र -
समुद्रनारायण पाठक
कर्नास, पर्वत
सुनामीको पर्खाइ
कतै आफ्नै भुमरीमा फसिएला राजन्
गञ्जागोलको गोलचक्करमा फसिएला राजन्
पाएँ भन्दै हतारमा बस्नु ठीक थे'न
अब भूले थ्याच्चै फेरि बसिएला राजन्
सर्ुर्केनी पर्दै आ'छ डोरी ख्यालख्यालमा
त्यही डोरी नै अकस्मात् कसिएला राजन्
गाई लड्दा 'राम' भन्नु धर्म हाम्रो हो
ख्याल राख नत्र शाख नासिएला राजन्
सुनामीको भर छैन, भोलि नै त्यो आउनसक्छ
जोगाइराख्नु किल्ला नत्र भासिएला राजन् ।
प्रकाश आस्था
गोर्ल्याङ-७, नुवाकोट
|