आवरण | दल-माओवादी
मेल
खाँचो छ, सम्भव पनि छ
पुष्कर गौतम
अहिले अन्तरराष्ट्रिय शक्तिहरूले शाही
सेनालाई फौजी सहयोग र सात दललाई राजनीतिक र्समर्थन दिइरहेका छन् ।
यसले नेपालमा प्रभाव र चासो राख्ने प्रमुख विदेशी शक्तिहरूले राजा
र सेना होइन, सात दल र सेनालाई चाहिँ एकठाउँमा राखेर हेरेको स्पष्ट
पार्छ । यदि शाही सेनाको भावी स्वरुप, संरचना र हैसियतबारे सात दलले
ठोस समझदारी र दृष्टिकोण निर्माण गरी त्यसमा माओवादीलाई समेत विश्वासमा
लिनसक्ने हो भने देशमा विल्कुलै नयाँ किसिमको राजनीतिक समीकरण जन्मन
सक्ने स्पष्ट सम्भावना देखिन्छ । माओवादी र राजनीतिक दलहरूबीच सहकार्य
हुन सकेमा सेनालाई प्राप्त भइरहेको बाहृय सहयोग र र्समर्थन तत्कालका
निम्ति कटौती पनि हुनसक्छ । तर त्यसका लागि माओवादीले प्रजातान्त्रिक
मूलप्रवाहमा आउने र राजनीतिक चरित्र देखाउन सक्नुर्पर्छ ।
विगत ६ महिनाका गतिविधि हेर्दा भारतमा माओवादी बढ्ने क्रममा छन् ।
यसबाट नयाँदिल्ली र नारायणहिटीको सम्बन्धमा पर्ने प्रभाव देखिन बाँकी
छ । भारतमा माओवादी बढ्दा भारतको केन्द्रीय गठबन्धनमा अन्तरविरोध सिर्जना
भई उसको ध्यान स्वाभाविक रूपमा आन्तरिक सुरक्षामा बढी केन्द्रित हुन्छ
। तर दक्षिण एसियाली माओवादीहरूको ठहरमा अबको जनयुद्ध नेपाल वा भारतमध्ये
कहाँ चर्कने भन्ने कुरा नारायणहिटी र नयाँदिल्लीबीचको तत्काल हुने
गठबन्धनको प्रक्रियाले निर्धारण गर्नेछ । यदि भारतले माओवादी मुद्दालाई
'साझा मुद्दा' बनाएर राजाको १९ माघको कदमलाई राजनीतिक वैधानिकता प्रदान
गरेमा तत्कालका निम्ति युद्ध भारतमा चर्कनेछ । उनीहरूका अनुसार, राजा
र भारतबीचको राजनीतिक सम्बन्धमा अहिलेकै जस्तो चिसोपन यथावत् रहँदा
चाहिँ तत्कालीन युद्ध नेपालमै चर्कनेछ । नेपालका राजा माओवादी युद्धलाई
अन्ततः भारतको बनाउन चाहन्छन्, किनकि भारत नै नेपालका माओवादीको 'स्रोत
केन्द्र' हो भन्ने विश्वास नारायणहिटीलाई छ ।
तर भारतले नेपालको माओवादी समस्यालाई वार्ताबाट हल गर्न आग्रह गरिरहेको
छ । उसले सात राजनीतिक दलको एजेण्डालाई महत्त्व दिएबाट पनि -जहाँ माओवादीको
निकासका लागि संविधानसभामा जाने भनिएको छ) दल र माओवादीको सहकार्यमा
नै भारतले समस्याको समाधान देखेको पुष्टि हुन्छ । राजालाई धेरै तर
निर्रथक सहयोग गरेर आफ्नो देशका माओवादीलाई उत्तेजित बनाउन भारत सरकार
चाहँदैन । वमपन्थीहरूको सशक्त उपस्थितिका कारण पनि भारतको केन्द्रीय
सरकार माओवादी नियन्त्रण गर्ने नाममा त्यहाँ अनावश्यक अन्तरविरोध न
चर्कियोस् भन्ने चाहन्छ । अहिले भारतले आफ्नो आन्तरिक सुरक्षालाई बढी
ध्यान दिएको र नेपालका माओवादीलाई राजनीतिक आँखाले हेरेको स्पष्ट हुन्छ
। यर्सथ भारतमा माओवादी घटेर वा बढेर तत्काल नेपालको राज्यसत्तालाई
कुनै फाइदा हुने देखिँदैन । यस हिसाबले माओवादीको 'हाउगुजी' देखाएर
भारतको राजनीतिक र्समर्थन लिँदै दललाई तह लगाउने राजाको सपना पूरा
हुन झन् झन् गाह्रो हुँदै गएको छ ।
माओवादीको स्थिति
माओवादीले अब पनि राजनीतिक अभियान अथवा ठूलो फौजी आक्रमणको बाटोमा
आफूलाई होम्न सकेनन् भने तिनको जनयुद्ध छिटै नै पलायनको बाटोमा लाग्नेछ
। यो तथ्यलाई आत्मसात् गरेर नै प्रचण्डले बाबुरामलाई पुनर्स्थापना
गरेर कृत्रिम भए पनि एकता कायम गरेको देखाएका हुनसक्छन् । माओवादीका
पोलिटब्यूरो सदस्य वर्षान पुन -अनन्त) ले गत महिना भनेका थिए, "अब
हामी तेस्रो र उत्कर्षो फौजी-राजनीतिक तयारीको चरणमा छौँ ।" उनको
'राजनीतिक तयारी' भनेको सात दलसँग लोकतान्त्रिक मोर्चा बनाउनु र 'फौजी
आक्रमण' भनेको 'सदरमुकाम र सडक हुँदै शहर' पस्ने प्रयास गर्नु हो ।
तर ठूला फौजी आक्रमणले चाहिँ अहिले शाही सत्तालाई नै फाइदा पुर्याउँछन्
।
शहरबाट बाहिरिएका नेपालका माओवादीहरू अब तर्राईबाट पुनः पहाड छिर्नुपर्ने
स्थिति आएको छ । किनभने भारतको पहलमा तर्राईका सीमा क्षेत्रमा कडा
निगरानी र शाही सेनाको पकड बलियो हुँदै गएको छ । अघोषित रूपमा नेपाल
र भारतका सुरक्षा फौजहरूले अहिले सीमा क्षेत्रमा 'को-अर्डिनेशन अप्रेशन'
गर्न थालिसकेका छन् । भारतले १९ माघयता राजालाई राजनीतिक र्समर्थन
नगरेपनि शाही सेनालाई फौजी सहयोगमा खासै कमी ल्याएको छैन, बरु 'मधुवन
आक्रमण' पछाडि त्यस्तो सहयोगको गुणात्मक मात्रा बढेको छ । यर्सथ, नेपालका
माओवादीको राजनीतिक गतिविधि शहर र तर्राईबाट विस्थापित हुँदै मध्यपहाडमा
खुम्चिनुपर्ने बाध्यता आएको छ । यसले पनि, माओवादीलाई दलहरूसँग सहकार्य
गर्न बाध्य पारेको छ ।
माओवादी जनयुद्धको एउटा घोषित लक्ष्य शाही सेनालाई जनता -संसद) को
नेतृत्वमा ल्याउने हो । यस हिसाबले सेनाको बारेमा दल, माओवादी र भारतलगायतका
वैदेशिक शक्तिको अडान सिद्धान्ततः एउटै हुनपुगेको छ । त्यसलाई कार्यरुप
दिन सात राजनीतिक दलको पहल नै अहिले केन्द्रीय विषय भएको छ । अन्तरराष्ट्रिय
जगतको नजरमा यतिबेला राजा- राजनीतिक र फौजी दुवै एजेण्डामा परेका छैनन्,
र त्यसले दल र माओवादीलाई मिलनविन्दुतर्फअघि बढ्न ठूलो सहयोग पुगेको
छ । माओवादीको र सात दलको राजनीतिक फ्यूजन भएमा नयाँ नेपालको निर्माण
हुनसक्छ ।
सहकार्यको आधार
सहकार्यको निम्ति सात दल र माओवादीबीच कुनै वैचारिक वा सैद्धान्तिक
पर्खाल अब बाँकी छैन । माओवादीको गन्तव्य यदि उनीहरूले भनेको 'एक्काइसौँ
शताब्दीको जनवाद' नै हो भने त्यो काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद
र एमालेको बहुदलीय जनवाद भन्दा तात्विक फरक हुने छैन । तत्कालीन राजनीतिक
प्रश्नलाई ध्यान दिँदा सात दलको १८ बुँदे प्रतिबद्धता र प्रचण्डको
अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधानसभाको चुनावको सार वस्तु पनि
एउटै भेटिन्छ । फेरि शाही सेनालाई संसदअर्न्तर्गत राख्ने कुरामा पनि
दुवै पक्ष मूलतः सहमतिमा पुगेका देखिन्छन् । सात दलको 'पर्ूण्ा प्रजातन्त्र'मा
राजाको स्थान बारे प्रस्ट किटान अहिल्यै भएमा माओवादीसँगको सहकार्यतर्फो
यात्रा अरू तीब्र हुनेछ ।
प्रजातान्त्रिक शक्तिहरू -काङ्ग्रेस) मा कम्युनिष्ट भनेका मूलतः प्रजातन्त्र
विरोधी हुन्छन् भन्ने कुरा स्थापित छ । त्यस्तै, साम्यवादी -माओवादी)
हरू काङ्ग्रेसलाई प्रतिक्रियावादी -राजा या विदेशी) को इशारामा चल्ने
शक्तिको रूपमा लिन्छन् । अन्तरराष्ट्रिय जगतमा प्रजातान्त्रिक र साम्यवादी
आन्दोलन एकअर्काका शत्रुको रूपमा देखा परेका पनि हुन् । तर नेपालको
विशेष भूराजनीतिक स्थिति र ऐतिहासिक विकास प्रक्रियामा विशेषतः राजतन्त्रको
कारणले साम्यवादी र प्रजातन्त्रवादी एकअर्काका परिपूरक हुनुपर्ने परिस्थिति
देखिएको छ । ३० वर्षपञ्चायत टिक्नु काङ्ग्रेस-कम्युनिष्ट फुट्नुको
परिणाम हो भने ०४६ सालको आन्दोलन तिनीहरू एकीकृत हुनुकै परिणाम हो
। त्यसैगरी १९ माघको राजाको कदम उनीहरू फुट्नुकै परिणाम हो । अहिले
प्रजातान्त्रिक आन्दोलनको नेतृत्व सात दल र साम्यवादी आन्दोलनको नेतृत्व
माओवादीले गर्ने भएकाले उनीहरूबीचको सहकार्य राजतन्त्रविरोधी आन्दोलनमा
मात्र सीमित नरहेर भविष्यको नेपालको खाका बारे पनि मोटामोटी सहमति
हुनर्ुपर्दछ ।
व्यवहारतः राजा, काङ्ग्रेस र एमालेको वर्गीय आधार एउटै हो । तिनलाई
सहयोग दिने अन्तरराष्ट्रिय शक्तिहरू एउटै हुन् । तिनको राज्यको मूल
संरचना अर्थात् सेना, अड्डा, अदालत, कर्मचारीतन्त्र पनि उस्तै हो ।
यसरी हर्ेदा, राजा, काङ्ग्रेस र एमालेमा वर्तमान सत्तामा कसले नेतृत्व
लिने भन्नेबारे मात्र विवाद रहेको जस्तो देखिन्छ । राजाले घरेलु पूँजीपति
वर्ग र बहुराष्ट्रिय निगमको नेपाली एजेण्ट आफू हुने र त्यसका लागि
अन्तर्रर्ाा्रय शक्तिकेन्द्रको ध्यान आफूतर्फतान्ने भरमग्दुर प्रयास
गरिरहेका छन् । यसरी राजाले आफ्नो पुरानो वर्गीय आधारमा हात हालेपछि
राजनीतिक दलहरू नयाँ र क्रान्तिकारी कार्यक्रम ग्रहण गर्न बाध्य भएका
छन् । तिनले आफ्नो अस्तित्वका लागि पनि नयाँ वर्गीय आधार खोज्नु जरुरी
भएको छ । यसै भएर काङ्ग्रेस-एमाले 'प्रतिनिधिसभाको पुनर्स्थापनादेखि
संविधानसभासम्म' जान तयार भएका हुन् । तर यति मात्र पर्याप्त छैन ।
सात दलको जीवन अब करीब करीब समाजवाद-उन्मुख अर्थ-राजनीतिक कार्यक्रममा
मात्र जोगिन सक्छ ।
माओवादी पनि आजको दुनियाँमा माओको 'नयाँ जनवाद' असम्भव भएको ठान्दै
'एक्काइसौँ शताब्दीको जनवाद' लिएर बहुदलीय प्रजातन्त्रसम्म आइपुगेको
हो । यसरी सिद्धान्ततः दलहरू यथास्थितिबाट क्रान्तिकारितातर्फर माओवादी
जडसूत्रबाट प्रजातन्त्रीकरणतर्फउन्मुख भएका देखिन्छन् । यो दल र माओवादीको
तात्कालीन सहकार्यको मात्र नभएर भावी नेपालको प्रजातान्त्रिक आन्दोलन
एवं राजनीतिक व्यवस्थाको मोटामोटी खाका पनि हुनसक्छ ।
सहकार्यका फाइदा र
चुनौती |
|
माओवादीलाई
१. गुमेको राजनीतिक छवि सुध्रने ।
२. युद्धले राजनीतिक आवरण र वैधानिकता पाउन सक्ने ।
३. राष्ट्रिय-अन्तरराष्ट्रिय घृणा सहानुभूतिमा बदलिन सक्ने ।
४. अवतरणको लागि ढोका खुल्ने ।
५. अराजक भएका कार्यकर्ताहरूलाई नियन्त्रण गर्न अवसर मिल्ने
।
६. आफ्नो लोकप्रियता र नैतिक धरातल थाहा हुने ।
७. शहर र तर्राईमा समेत युद्धकार्य गर्न सहज हुने ।
दलहरूलाई
१. हिंसाको पर्ूण्ा वा आंशिक अन्त्य गर्न सक्दा जनतामा विश्वास
र लोकप्रियता बढ्ने ।
२. राजाको पेलान र दबाब सहन सक्ने क्षमता बढ्ने ।
३. गाउँगाउँसम्म राजनीतिक प्रचार र शहरमा आन्दोलन उठाउन सहज
हुने ।
४. तत्काल युद्धविराम सम्भव हुने ।
५. राजालाई विदेशको फौजी सहयोग/र्समर्थन रोकिने ।
६. पर्ूण्ा प्रजातन्त्र पर्ुनर्वहालीको लक्ष्य प्राप्तिप्रति
आश्वस्त हुन मिल्ने ।
चुनौती
१. प्रजातान्त्रिक र साम्यवादीहरूबीच जरा गाडेको वैचारिक/ राजनीतिक
अविश्वास र तुष ।
२. माओवादीका बन्दुक र सेना व्यवस्थित गर्ने चुनौती ।
३. राजा र दलको वर्गीय आधार एउटै भएकाले माओवादी दलसँग आश्वस्त
हुन समय लाग्ने । माओवादी हिंसामा मूलतः काङ्ग्रेस र एमाले नै
मारिएकोले माओवादीसँग विश्वस्त हुन दलहरूलाई पनि समय लाग्ने
।
४. पार्टीाओवादीबीचको सहकार्य नरुचाउने आन्तरिक तथा बाहृय शक्तिहरूले
त्यस्तो सहकार्य भाँड्न पर्याप्त कसरत गर्ने । पार्टी माओवादीभित्र
समेत फूट पैदा हुने सम्भावना ।
५. सहकार्यपछि के गर्ने भन्ने अन्यौल टुङ्ग्याउन कठिन ।
६. राजा वा राजसंस्थाको भविष्यबारे सहमतिकोविन्दु पहिल्याउन
कठिन ।
|
|