हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | संक्षेप

ठूलो क्षति, धेरैलाई मर्का


मुकेश पोखरेले

सरकारले बजेटमा भारत निकासी हुने ढुङ्गा, गिट्टी, बालुवाको भन्सार महसुल दोब्बर बनाएपछि रुपन्देही लगायतका सीमावर्ती जिल्लाका २५० भन्दा बढी क्रसर उद्योग, तिनमा भएको झण्डै रु.४ अर्ब बराबरको लगानी र आश्रति डेढ लाख मजदुरको रोजीरोटी जोखिममा परेका छन् । निर्यातमा आश्रति अधिकांश उद्योग बन्द भइसकेका छन् र गिट्टी निकासी ठप्प भएको छ । असारदेखि भारत सरकारले लिने बिक्री करमा पनि १० प्रतिशत वृद्धि गरेकोले भारतीय बजारमा नेपाली गिट्टीको मूल्य बढेकोे थियो । नेपाल रोडा ढुङ्गा उद्योग व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष नारायण ढकाल भन्छन्, "त्यसमाथि सरकारले भन्सार महसुल बढाएर प्रति ट्रक रु.५५० बाट रु.११ सय पुर्याएपछि प्रतिस्पर्द्धर्ाार्नै नसक्ने स्थिति सिर्जना भयो र उद्योग बन्द गर्यौँ ।" उद्योगीहरूले गिट्टी निकासीबाट आफूहरूले वाषिर्क भारु ३ अर्बभन्दा बढी रकम स्वदेश भित्र्याउँदै आएको र यसलाई अझ पर््रबर्द्धन गर्न भन्सार महसुल शून्य दरमा ल्याउनुपर्ने बताएका छन् ।
रुपन्देहीका ३२ वटा क्रसर उद्योगबाट मात्रै दैनिक २५० ट्रक गिट्टी भारत निकासी हुन्थ्यो । ती उद्योग बन्द भएपछि ३० हजार श्रमिक र चार सय ट्रक प्रभावित भएका छन् । डेढ अर्ब रुपैयाँ बराबरको लगानी डुब्ने खतरा छ । संघका अनुुसार गिट्टी निकासीबाट भैरहवा भन्सार कार्यालयलेे वाषिर्क रु.३ करोडभन्दा बढी राजस्व असुल गर्दै आएको थियो । गाविसहरूले सवारी साधनबाट उठाउने करीब रु.१ करोड ५० लाख गुमाउने भएका छन् ।
रुपन्देही जिविसले जिल्लाका नदी-खोलाहरूमा सङ्कलन गरिने ढुङ्गा, गिट्टी, बालुवाको राजस्व ठेक्का माओवादीका कारण अवरूद्ध भएकोे छ । माओवादीले उक्त ठेक्काको निम्ति आफैँ टेण्डर आहृवान गरेपछि असारमै लागिसक्नुपर्ने जिविसको ठेक्का अहिलेसम्म लाग्न सकेको छैन । पाँच-पाँच पटक टेण्डर आहृवान गर्दा पनि निवेदन नपरेपछि अन्ततः जिविसले गिट्टी, बालुवाको राजस्व आफैँ उठाउने निर्ण्र्ाात गरेको छ, तर कसरी उठाउने भन्नेमा जिविस कर्मचारी स्वयम् अन्यौलमा छन् । माओवादीले काम गर्न दिएनन् भने के गर्नुहुन्छ भन्ने प्रश्नमा जिविसका योजना अधिकृत ध्र्र्र्र्रुव श्रेष्ठ भन्छन्, "त्यो त केे हुन्छ थाहा छैन ।" गाडी धनीहरूले खोलामा गई सामान उठाउन मानेका छैनन् । सीताराम उप्रेती भन्छन्, "सरकार त सुरक्षित छैन । हामीले कसरी काम गर्ने !"
अघिल्ला वर्षरूमा ठेकदारहरूबीच हानाथाप हुने यो ठेक्का आ.व २०६०-६१ मा रु.९ करोडमा लागेको थियो । यसपालि जिविसले रु.६ करोड ३५ लाखको न्यूनतम अङ्क राखेर टेण्डर आहृवान गरेको थियो भने माओवादीले रु.६ करोड ५० लाखको मूल्य राखेका छन् ।

मुकेश पोखरेल, भैरहवा
रामकृष्ण भण्डारी, बुटवल


रिलायन्स मिलमा आगो मारमा मजदुर

रविन गिरी

मागेजति चन्दा नदिएको निहुँमा माओवादीले १ साउनको राति बिस्फोटन र आगजनी गरी सुनसरीको खनारस्थित नेपालकै ठूलो धागो कारखाना- रिलायन्स स्पिनिङ मीलको रु.३१ करोड बराबरको क्षति गराएका छन् । २४ सै घण्टा सञ्चालन हुने सो कारखाना आंशिक रूपमा पुनसञ्चालनमा आइसकेको भए पनि पर्ूण्ा क्षमतामा चल्न अरू ५ महिना लाग्ने जानकारी कारखानाका महाप्रबन्धक दिपकबहादुर तिवारीले दिएका छन् । ८ सय मेटि्रक टन धागो तथा कच्चापदार्थ र कारखाना भवन तथा मेशिनहरू ध्वस्त पार्ने सो आगो निभाउन ९ वटा दमकललाई तीन दिन लागेको थियो ।
दश वर्षघि स्थापना भएको सो कारखानामा २ हजार ६ सय १२ मजदुर र कर्मचारी छन् । घटनापछि ५ सय मजदुर कामविहीन बन्न पुगेका छन् ।
माओवादीले उद्योगलाई क्षति पुर्याएर मजदुरहरूको रोजीरोटी खोसेकोमा मजदुर सङ्गठनहरूले विरोध गरेका छन् । रिलायन्स स्पिनिङकै मजदुर सङ्गठन सचिव अर्जुन मिश्र उद्योगले मजदुरहरूलाई राम्रै सेवा सुविधा दिइरहेको अवस्थामा माओवादीले आगजनी गरेर उद्योगसँगै मजदुरहरूको समेत नोक्सानी गरेको बताए । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेण्टस् मजदुर युनियन, नेपाल कारखाना मजदुर काङ्ग्रेस, नेपाल राष्ट्रिय मजदुर संगठन लगायतकाले माओवादीको निन्दा र भर्त्सना गरेका छन् । सो घटनापछि कारखानामा काम गर्ने अधिकांश मजदुरहरूमा छाती, टाउको दुख्ने, आँखा पाक्ने रोग फैलिएको पाइएको छ ।
उद्योगले समयमै माओवादीले चन्दा माग गरेको जानकारी नदिएका कारण सो घटना घटेको सुरक्षा निकायले जनाएको छ ।


बर्बादीतिर चिया

झापा-इलामका चिया बगान र कारखानाहरू मध्य सिजनमा आएर बन्द गरिएका छन् । माओवादीको अखिल नेपाल ट्रेड युनियन महासंघले मासिक रु.५ हजार न्यूनतम तलबलगायतका १५ वटा माग राखेर १ साउनदेखि 'अनिश्चितकालीन चिया क्षेत्र हड्ताल' घोषणा गरेपछि साउनदेखि असोजसम्मको कमाइबाट वर्षरि धान्नुपर्ने चिया उद्यमीहरूलाई अहिले आफ्नै सम्पत्ति निल्नु न ओकल्नु भएको छ । "कारखाना चलाउँ हड्ताल छ, नचलाउँ पिक सिजन छ" भद्रपुरस्थित डाँफे टि प्रोसेसिङ्ग प्रालिका निर्देशक चण्डी पराजुली भन्छन् । हडतालले हरियो पत्ती उत्पादन गर्ने हजारौँ किसान तथा बगानमा काम गर्ने दशौँ हजार मजदुरलाई तत्काल गम्भीर आर्थिक सङ्कट निम्त्याइदिएको छ ।


पाँच जिल्लाका साढे ६ हजार भन्दा बढी बगानमा ३०-३५ हजार मजदुरले रोजगारी पाएका छन् । "अब कहिले काम गर्न पाइने हो र त्यतिञ्जेल के खाएर बाँच्ने हो" टोक्ला बगानमा दैनिक ज्यालादारीमा कार्यरत श्रमिक श्यामदेव उरावको गुनासो छ । बगान परिसरमै झुपडी हालेर बसेका स्थायी कामदारले पनि हड्तालको बेलाको तलब पाउँदैनन् । चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ्ग समस्या हटाउन कतैबाट कुनै पहल नभएकोमा दुःखी छन् । उनी भन्छन्, "अरू उद्योग, कलकारखाना बन्द हुँदा सरकार तुरुन्तै बोल्छ । तर राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने चिया उद्योगमा यति समस्या बढ्दा किन चुँ पनि नगरेको हो -"
कृषि विकास ब्याङ्क, क्षेत्रीय कार्यालय, बिर्तामोडका अनुसार चिया क्षेत्रमा उसको रु.६० करोड ऋण प्रवाह भएको छ । खासगरी किसानहरूले पाँच-सात वर्षा उत्पादन दिन थालेपछि ऋणको किस्ता बुझाउन शुरु गर्छन् । रु.२ लाख ६२ हजार ऋण लिएर दर्ुइ विगाहामा खेती शुरु गरेका साना चिया किसान संघका पर्ूव सचिव गोपाल गिरीको साँवा र व्याज रु.४ लाख ३५ हजार पुगेको छ । उनी भन्छन्, "पोहोरसम्म ग्रेस पिरियड थियो, अब पैसा बुझाउन शुरु गर्नुपर्ने । बल्ल चिया टिप्न थालेको थिएँ, यो हालत छ ।" उनीजस्ता ऋणीहरू झापामा करीब एक हजार र इलाममा चार हजारभन्दा बढी छन् । "कुन दिनमा चियाखेतीमा हाम्फालिएछ" अर्का एक किसान दिपेश ढकाल बिस्मात् गर्छन् । किसानका बगानभित्र चिया टिप्न श्रमिक नपसेको दर्ुइ साता भइसकेको छ । नौ-नौ दिनमा टिप्नुपर्ने चियापत्ती बगानमै छिप्पिएका छन् । टिपिहाले पनि कारखाना नचलेकाले तत्काल प्रशोधन गरी चिया बनाउन सकिँदैन र त्यो पनि बिग्रिन्छ ।
चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, बिर्तामोडका प्रमुख इशुशङ्कर श्रेष्ठ भन्छन्, "चिया उद्योगमा पनि द्वन्द्व पस्यो । मुलुकको आवश्यकता धानेर वाषिर्क रु.६-७ करोडभन्दा बढीको निर्यात समेत गर्न सफल यो उद्योग पनि अब धरासायी हुन बेर छैन ।" बोर्डको तथ्याङ्कअनुसार नेपालमा हाल सिटिसी र अर्थोडक्स गरी वाषिर्क डेढ करोड केजी
तयारी चिया उत्पादन हुने गरेको छ, जसमध्ये नेपालमा वाषिर्क ९० लाख केजी चियाको खपत हुन्छ ।

तीर्थ सिग्देल


काठमाडौंमा बोसिनी

तयारी पोशाकको अन्तरराष्ट्रिय ब्राण्ड बोसिनी ले काठमाडौँको बजारमा एक शो-रुममार्फ् आफ्नो उपस्थिति जनाएको छ । लाइफस्टाइल इण्टरप्राइजेज प्रालिको अगुवाईमा नेपाली बजारमा प्रवेश गरेको यो ब्राण्ड अर्न्तर्गत हाल बसन्त र ग्रीष्म ऋतुका पहिरनहरू उपलब्ध छन् । नयाँ-नयाँ डिजाइन, सहज पहिरन र स्तरीयताका कारण विगत दुई दशकदेखि विश्वकै लोकप्रिय ब्राण्डको रूपमा स्थापित बोसिनी ले नेपाली उपभोक्ताहरूलाई सजिलै आकषिर्त गर्ने विश्वास लाइफस्टाइल इण्टरप्राइजेजले राखेको छ ।

अर्को स्न्याक्स बजारमा

काठमाडौँस्थित ग्यालेक्सी ट्रेडिङले भारतीय कम्पनी एसएम फुड्सका तयारी खाजा (स्नाक्स) बिक्री-वितरण गर्न थालेको छ । पिकनिक, सिम्बा चिपकिन्स र सेनोर पेप्टीयो नामका यी तयारी स्नाक्सहरू इटालियन प्रविधिबाट उत्पादन हुँदै आएका र तिनले भारतीय बजारको ठूलो हिस्सा ओगटिसकेको दाबी कम्पनीको छ ।

 


उडेरै छाड्यो एयर नेपाल

धेरैको अविश्वासलाई चिर्दै एयर नेपाल इन्टरनेशनल -एएनआई) ले ९ साउन २०६२ देखि आफ्नो अन्तरराष्ट्रिय उडान शुरु गरेको छ । थाइल्याण्डको एउटा निजी एयरलाइन्सबाट भाडामा ल्याएको २४५ सीट क्षमताको बोइङ ७६७-३०० बाट एएनआईले तत्काललाई काठमाडौँबाट क्वालालम्पुर र बैंकक बीच हप्तामा दुई
उडान गर्न थालेको छ । २३ साउनपछि दर्ुबई र दोहामा साप्ताहिक तीन उडान थपिने र ६ हिनाभित्र अरू विमान भित्र्याउने योजना रहेको जानकारी कम्पनीले दिएको छ ।