अर्थ
| संक्षेप
ठूलो क्षति, धेरैलाई मर्का

मुकेश पोखरेले |
सरकारले बजेटमा भारत
निकासी हुने ढुङ्गा, गिट्टी, बालुवाको भन्सार महसुल दोब्बर बनाएपछि
रुपन्देही लगायतका सीमावर्ती जिल्लाका २५० भन्दा बढी क्रसर उद्योग,
तिनमा भएको झण्डै रु.४ अर्ब बराबरको लगानी र आश्रति डेढ लाख मजदुरको
रोजीरोटी जोखिममा परेका छन् । निर्यातमा आश्रति अधिकांश उद्योग बन्द
भइसकेका छन् र गिट्टी निकासी ठप्प भएको छ । असारदेखि भारत सरकारले
लिने बिक्री करमा पनि १० प्रतिशत वृद्धि गरेकोले भारतीय बजारमा नेपाली
गिट्टीको मूल्य बढेकोे थियो । नेपाल रोडा ढुङ्गा उद्योग व्यवसायी संघ,
रूपन्देहीका अध्यक्ष नारायण ढकाल भन्छन्, "त्यसमाथि सरकारले भन्सार
महसुल बढाएर प्रति ट्रक रु.५५० बाट रु.११ सय पुर्याएपछि प्रतिस्पर्द्धर्ाार्नै
नसक्ने स्थिति सिर्जना भयो र उद्योग बन्द गर्यौँ ।" उद्योगीहरूले
गिट्टी निकासीबाट आफूहरूले वाषिर्क भारु ३ अर्बभन्दा बढी रकम स्वदेश
भित्र्याउँदै आएको र यसलाई अझ पर््रबर्द्धन गर्न भन्सार महसुल शून्य
दरमा ल्याउनुपर्ने बताएका छन् ।
रुपन्देहीका ३२ वटा क्रसर उद्योगबाट मात्रै दैनिक २५० ट्रक गिट्टी
भारत निकासी हुन्थ्यो । ती उद्योग बन्द भएपछि ३० हजार श्रमिक र चार
सय ट्रक प्रभावित भएका छन् । डेढ अर्ब रुपैयाँ बराबरको लगानी डुब्ने
खतरा छ । संघका अनुुसार गिट्टी निकासीबाट भैरहवा भन्सार कार्यालयलेे
वाषिर्क रु.३ करोडभन्दा बढी राजस्व असुल गर्दै आएको थियो । गाविसहरूले
सवारी साधनबाट उठाउने करीब रु.१ करोड ५० लाख गुमाउने भएका छन् ।
रुपन्देही जिविसले जिल्लाका नदी-खोलाहरूमा सङ्कलन गरिने ढुङ्गा, गिट्टी,
बालुवाको राजस्व ठेक्का माओवादीका कारण अवरूद्ध भएकोे छ । माओवादीले
उक्त ठेक्काको निम्ति आफैँ टेण्डर आहृवान गरेपछि असारमै लागिसक्नुपर्ने
जिविसको ठेक्का अहिलेसम्म लाग्न सकेको छैन । पाँच-पाँच पटक टेण्डर
आहृवान गर्दा पनि निवेदन नपरेपछि अन्ततः जिविसले गिट्टी, बालुवाको
राजस्व आफैँ उठाउने निर्ण्र्ाात गरेको छ, तर कसरी उठाउने भन्नेमा जिविस
कर्मचारी स्वयम् अन्यौलमा छन् । माओवादीले काम गर्न दिएनन् भने के
गर्नुहुन्छ भन्ने प्रश्नमा जिविसका योजना अधिकृत ध्र्र्र्र्रुव श्रेष्ठ
भन्छन्, "त्यो त केे हुन्छ थाहा छैन ।" गाडी धनीहरूले खोलामा
गई सामान उठाउन मानेका छैनन् । सीताराम उप्रेती भन्छन्, "सरकार
त सुरक्षित छैन । हामीले कसरी काम गर्ने !"
अघिल्ला वर्षरूमा ठेकदारहरूबीच हानाथाप हुने यो ठेक्का आ.व २०६०-६१
मा रु.९ करोडमा लागेको थियो । यसपालि जिविसले रु.६ करोड ३५ लाखको न्यूनतम
अङ्क राखेर टेण्डर आहृवान गरेको थियो भने माओवादीले रु.६ करोड ५० लाखको
मूल्य राखेका छन् ।
मुकेश पोखरेल, भैरहवा
रामकृष्ण भण्डारी, बुटवल
रिलायन्स मिलमा आगो मारमा मजदुर

रविन गिरी
|
मागेजति चन्दा नदिएको निहुँमा माओवादीले
१ साउनको राति बिस्फोटन र आगजनी गरी सुनसरीको खनारस्थित नेपालकै ठूलो
धागो कारखाना- रिलायन्स स्पिनिङ मीलको रु.३१ करोड बराबरको क्षति गराएका
छन् । २४ सै घण्टा सञ्चालन हुने सो कारखाना आंशिक रूपमा पुनसञ्चालनमा
आइसकेको भए पनि पर्ूण्ा क्षमतामा चल्न अरू ५ महिना लाग्ने जानकारी
कारखानाका महाप्रबन्धक दिपकबहादुर तिवारीले दिएका छन् । ८ सय मेटि्रक
टन धागो तथा कच्चापदार्थ र कारखाना भवन तथा मेशिनहरू ध्वस्त पार्ने
सो आगो निभाउन ९ वटा दमकललाई तीन दिन लागेको थियो ।
दश वर्षघि स्थापना भएको सो कारखानामा २ हजार ६ सय १२ मजदुर र कर्मचारी
छन् । घटनापछि ५ सय मजदुर कामविहीन बन्न पुगेका छन् ।
माओवादीले उद्योगलाई क्षति पुर्याएर मजदुरहरूको रोजीरोटी खोसेकोमा
मजदुर सङ्गठनहरूले विरोध गरेका छन् । रिलायन्स स्पिनिङकै मजदुर सङ्गठन
सचिव अर्जुन मिश्र उद्योगले मजदुरहरूलाई राम्रै सेवा सुविधा दिइरहेको
अवस्थामा माओवादीले आगजनी गरेर उद्योगसँगै मजदुरहरूको समेत नोक्सानी
गरेको बताए । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेण्टस् मजदुर युनियन,
नेपाल कारखाना मजदुर काङ्ग्रेस, नेपाल राष्ट्रिय मजदुर संगठन लगायतकाले
माओवादीको निन्दा र भर्त्सना गरेका छन् । सो घटनापछि कारखानामा काम
गर्ने अधिकांश मजदुरहरूमा छाती, टाउको दुख्ने, आँखा पाक्ने रोग फैलिएको
पाइएको छ ।
उद्योगले समयमै माओवादीले चन्दा माग गरेको जानकारी नदिएका कारण सो
घटना घटेको सुरक्षा निकायले जनाएको छ ।
बर्बादीतिर चिया झापा-इलामका
चिया बगान र कारखानाहरू मध्य सिजनमा आएर बन्द गरिएका छन् ।
माओवादीको अखिल नेपाल ट्रेड युनियन महासंघले मासिक रु.५ हजार न्यूनतम
तलबलगायतका १५ वटा माग राखेर १ साउनदेखि 'अनिश्चितकालीन चिया क्षेत्र
हड्ताल' घोषणा गरेपछि साउनदेखि असोजसम्मको कमाइबाट वर्षरि धान्नुपर्ने
चिया उद्यमीहरूलाई अहिले आफ्नै सम्पत्ति निल्नु न ओकल्नु भएको छ ।
"कारखाना चलाउँ हड्ताल छ, नचलाउँ पिक सिजन छ" भद्रपुरस्थित
डाँफे टि प्रोसेसिङ्ग प्रालिका निर्देशक चण्डी पराजुली भन्छन् । हडतालले
हरियो पत्ती उत्पादन गर्ने हजारौँ किसान तथा बगानमा काम गर्ने दशौँ
हजार मजदुरलाई तत्काल गम्भीर आर्थिक सङ्कट निम्त्याइदिएको छ ।
पाँच जिल्लाका साढे ६ हजार भन्दा बढी बगानमा ३०-३५ हजार मजदुरले रोजगारी
पाएका छन् । "अब कहिले काम गर्न पाइने हो र त्यतिञ्जेल के खाएर
बाँच्ने हो" टोक्ला बगानमा दैनिक ज्यालादारीमा कार्यरत श्रमिक
श्यामदेव उरावको गुनासो छ । बगान परिसरमै झुपडी हालेर बसेका स्थायी
कामदारले पनि हड्तालको बेलाको तलब पाउँदैनन् । चिया बगान श्रमिक संघका
केन्द्रीय अध्यक्ष दीपक तामाङ्ग समस्या हटाउन कतैबाट कुनै पहल नभएकोमा
दुःखी छन् । उनी भन्छन्, "अरू उद्योग, कलकारखाना बन्द हुँदा सरकार
तुरुन्तै बोल्छ । तर राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने चिया
उद्योगमा यति समस्या बढ्दा किन चुँ पनि नगरेको हो -"
कृषि विकास ब्याङ्क, क्षेत्रीय कार्यालय, बिर्तामोडका अनुसार चिया
क्षेत्रमा उसको रु.६० करोड ऋण प्रवाह भएको छ । खासगरी किसानहरूले पाँच-सात
वर्षा उत्पादन दिन थालेपछि ऋणको किस्ता बुझाउन शुरु गर्छन् । रु.२
लाख ६२ हजार ऋण लिएर दर्ुइ विगाहामा खेती शुरु गरेका साना चिया किसान
संघका पर्ूव सचिव गोपाल गिरीको साँवा र व्याज रु.४ लाख ३५ हजार पुगेको
छ । उनी भन्छन्, "पोहोरसम्म ग्रेस पिरियड थियो, अब पैसा बुझाउन
शुरु गर्नुपर्ने । बल्ल चिया टिप्न थालेको थिएँ, यो हालत छ ।"
उनीजस्ता ऋणीहरू झापामा करीब एक हजार र इलाममा चार हजारभन्दा बढी छन्
। "कुन दिनमा चियाखेतीमा हाम्फालिएछ" अर्का एक किसान दिपेश
ढकाल बिस्मात् गर्छन् । किसानका बगानभित्र चिया टिप्न श्रमिक नपसेको
दर्ुइ साता भइसकेको छ । नौ-नौ दिनमा टिप्नुपर्ने चियापत्ती बगानमै
छिप्पिएका छन् । टिपिहाले पनि कारखाना नचलेकाले तत्काल प्रशोधन गरी
चिया बनाउन सकिँदैन र त्यो पनि बिग्रिन्छ ।
चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, बिर्तामोडका प्रमुख
इशुशङ्कर श्रेष्ठ भन्छन्, "चिया उद्योगमा पनि द्वन्द्व पस्यो
। मुलुकको आवश्यकता धानेर वाषिर्क रु.६-७ करोडभन्दा बढीको निर्यात
समेत गर्न सफल यो उद्योग पनि अब धरासायी हुन बेर छैन ।" बोर्डको
तथ्याङ्कअनुसार नेपालमा हाल सिटिसी र अर्थोडक्स गरी वाषिर्क डेढ करोड
केजी
तयारी चिया उत्पादन हुने गरेको छ, जसमध्ये नेपालमा वाषिर्क ९० लाख
केजी चियाको खपत हुन्छ ।
तीर्थ सिग्देल
काठमाडौंमा बोसिनी
तयारी पोशाकको अन्तरराष्ट्रिय ब्राण्ड बोसिनी ले काठमाडौँको बजारमा एक
शो-रुममार्फ् आफ्नो उपस्थिति जनाएको छ । लाइफस्टाइल इण्टरप्राइजेज प्रालिको
अगुवाईमा नेपाली बजारमा प्रवेश गरेको यो ब्राण्ड अर्न्तर्गत हाल बसन्त
र ग्रीष्म ऋतुका पहिरनहरू उपलब्ध छन् । नयाँ-नयाँ डिजाइन, सहज पहिरन
र स्तरीयताका कारण विगत दुई दशकदेखि विश्वकै लोकप्रिय ब्राण्डको रूपमा
स्थापित बोसिनी ले नेपाली उपभोक्ताहरूलाई सजिलै आकषिर्त गर्ने विश्वास
लाइफस्टाइल इण्टरप्राइजेजले राखेको छ ।
अर्को स्न्याक्स बजारमा
काठमाडौँस्थित ग्यालेक्सी ट्रेडिङले भारतीय कम्पनी एसएम फुड्सका तयारी
खाजा (स्नाक्स) बिक्री-वितरण गर्न थालेको छ । पिकनिक, सिम्बा चिपकिन्स
र सेनोर पेप्टीयो नामका यी तयारी स्नाक्सहरू इटालियन प्रविधिबाट उत्पादन
हुँदै आएका र तिनले भारतीय बजारको ठूलो हिस्सा ओगटिसकेको दाबी कम्पनीको
छ ।
उडेरै छाड्यो एयर नेपाल
धेरैको अविश्वासलाई चिर्दै एयर नेपाल इन्टरनेशनल -एएनआई) ले ९ साउन २०६२
देखि आफ्नो अन्तरराष्ट्रिय उडान शुरु गरेको छ । थाइल्याण्डको एउटा निजी
एयरलाइन्सबाट भाडामा ल्याएको २४५ सीट क्षमताको बोइङ ७६७-३०० बाट एएनआईले
तत्काललाई काठमाडौँबाट क्वालालम्पुर र बैंकक बीच हप्तामा दुई
उडान गर्न थालेको छ । २३ साउनपछि दर्ुबई र दोहामा साप्ताहिक तीन उडान
थपिने र ६ हिनाभित्र अरू विमान भित्र्याउने योजना रहेको जानकारी कम्पनीले
दिएको छ । |