हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

छोरीलाई चिठी

हाइस्कुलमा विद्यार्थी छँदा पढ्नुपथ्र्यो 'नेहरूज लर्ेर्टस' शर्ीष्ाक पुस्तक । त्यो असलमा जवाहरललाल नेहरूले ब्रिटिस जेलमा बन्दी हुँदा आफ्नी छोरी इन्दिरा प्रियदर्शिनीलाई अङ्ग्रेजी भाषामा लेखेका चिठीहरूको सँगालो थियो । 'पिताको पत्र छोरीलाई' शर्ीष्ाकमा पछि त्यस सँगालोको नेपाली अनुवाद पनि निस्केको थियो ।
'नेपाली पद्य सङ्ग्रह' थियो अर्को पुस्तक जो नौ र दस कक्षाको कोर्समा थियो । त्यसमा कवि विजय मल्लले लेखेको एउटा कविता थियो 'छोरीलाई मानचित्र पढाउँदा' भन्ने ।
नेहरूभन्दा पहिले उनले जसरी अरूले पनि आफ्नी छोरीलाई चिठी लेखेका थिए या थिएनन् त्यो कुरा यस अल्पज्ञानीलाई थाहा भएन । तर नेहरूले ती चिठी के लेखे त्यसरी नै छोरीलाई चिठी लेख्ने धेरै लेखकहरू आए । विजय मल्ल पनि त्यो कविता लेख्दा पक्कै नेहरूका चिठीहरूबाट प्रभावित भएको हुनर्ुपर्छ । त्यसरी चिठी लेख्नेहरूमा यस घडी अरूको सम्झना नआए पनि पोखराका विश्व पालिखेको लेखको भने सम्झना आइरहेछ । केही वर्षघि उनले पोखरा उपत्यकाको तालतलैया र प्राकृतिक सुन्दरताबारे जानकारी दिने लेख छपाएका थिए चिठीको रूपमा र छोरीलाई सम्बोधन गरेर । आजभोलिकै कुरा गर्दा यही हिमाल खबरपत्रिका मै डा. सरोज धितालको एउटा शृङ्खला नै आइरहेछ उनले छोरीलाई लेखेका पत्रहरूको ।
उसो त बा-आमा, काकाकाकी, मामामाइज्यू, दाजुभाइ, भान्जा-भतिजो, दिदीबहिनी, सालासाली कसैलाई पनि चिठी लेख्न सकिन्छ । तर कोही लेख्दैनन् । नेहरूको सिको गरेर हो वा नेहरूको झैँ छोरी मात्रै भएकाले हो मानिस चिठी लेख्छन् र छपाउँछन् पनि छोरीलाई नै सम्बोधन गरेर । आफैँले जन्माएको सन्तानलाई मात्र चिठी लेख्नर्ुपर्छ भन्ने मान्यता हो भने छोरीलाई मात्र नभई छोरालाई पनि चिठी लेख्न सकिँदो हो । फेरि बाबुले मात्र चिठी लेख्नर्ुपर्छ भन्ने नियम अवश्य छैन होला । आमाले पनि आफ्ना छोरा वा छोरीलाई चिठी लेखे हुँदो हो । तर यस्तो चाहिँ किन नभएको ?


बिहाको तडकभडक
असारको महिना । यो धान रोपाइँको महिना मात्र नभई लगनगाँठो कस्ने सिजन पनि हो । यसपालि असारमा धेरै साइत छैन भन्थे तर बिहाचाहिँ पोहोर परारभन्दा यसै पटक धेरै भएको जस्तो ऋतुराजलाई लाग्यो । शायद उसका दौतरीहरूका छोराछोरीको बिहाको क्रम शुरु भएकाले पनि यसो भएको हुन सक्छ ।
घरआँगनमै बिहाको भोज दिने चलन काठमाडौँमा लगभग हट्दै गएको छ । मन्दिरमा बिहा गरेर त्यहीँ भोज खाने-ख्वाउने चलन पनि पुरानो हुँदैछ । बिहा जहाँ र जसरी गरे पनि भोज भने कुनै 'पार्टर्ीीयालेस' मै दिने नयाँ फेसन चलेको छ । अनि पार्टर्ीी जति धेरै अतिथि निम्त्याउन सक्यो त्यो उति नै गर्वको विषय हुन्छ वरवधूका अभिभावक वा मातापिताका लागि । एउटा बिहाभोजमा पन्ध्र सय निम्तारु भएको र्सगर्व बताउँथे एक जना आतिथेय ।
बिहाको तामझाम र भड्किलोपन त अचेल निम्तोकार्डमै झल्किन्छ । पहिले मानिस सुपारी र पानले नै काम चलाउँथे, अहिले खर्चिलो कार्ड छाप्नेमा सेखासेख छ । कुनै कुनै कार्ड त 'ए फोर' साइजका हुन्छन् । ढाँचा पनि तिनको गजबकै हुन्छ( कुनै कलश आकारको, कुनै घण्टी आकारको, कुनै केराको वा पीपलको पात जस्तो, कुनै हाते पङ्खा आकारको । कुनै स्वर्ण्ााक्षरमा लेखिएका, कुनै 'इम्बोस' गरिएका, कुनै डिजिटल प्रविधिबाट तयार पारिएका ।
निम्तो कार्डमा छापिने संस्कृत श्लोक 'मङ्गलम् भगवान् विष्णु... मङ्गलाय तनोहरि' को ठाउँ पनि अहिले 'वक्रतुण्ड महाकाय... र्सवकार्यषु र्सवदा' भन्ने अर्को संस्कृत श्लोकले लिएको छ ।
बिहाभोजको तडकभडकमा हुने खर्च र निम्ताकार्ड बनाउनमा देखिएको जस्तै सृजनशीलता कुनै उत्पादनमूलक काममा पनि देखिन सके कति राम्रो हुनेथियो होला ?


सौर्न्दर्य विनाशको बाटो
काठमाडौँको धूवाँ, धूलो, गर्मी र भीडबाट उत्पन्न उकुसमुकुसबाट उम्कन मानिसहरू मौका पाउनासाथ 'हिल स्टेसन' भनेर चिनिने नगरकोटतिर भाग्छन्, खासगरी आफ्नै वाहन हुनेहरू । हुन त ककनी र धुलिखेल पनि नभएका होइनन् । तर नगरकोट हेरी ती दुवै ठाउँ पछाडि नै छन् । त्रिशूली जाँदा बाटोमा ककनी पस्न सकिन्छ । अरनिको राजमार्ग र बर्दीबास सडकले त धुलिखेललाई चिरेरै जान्छन् । तर नगरकोट जानलाई नगरकोट नै जानर्ुपर्छ । त्यो आफैँमा एउटा स्वतन्त्र गन्तव्य हो ।
सप्ताहान्त वा बिदाका दिनमा त्यहाँ घुम्न जाने नेपालीहरूको हूलै हुन्छ । नगरकोटको शीतल शान्त वातावरणमा रमाउन तथा सूर्योदय र सर्ूयास्तको दृश्य हर्ेन मानिसहरू त्यहाँ जान्छन् । त्यसैले त्यहाँ होटलहरूको सङ्ख्या पनि हृवात्तै बढेको छ । होटलहरूको त्यही अनियन्त्रित वृद्धि नै त्यस ठाउँको अभिशाप बन्दै गएको छ ।
पहिले पिकनिक खाएर नाच्ने गाउने डाँडा र चउर हराइसकेका छन् । त्यहाँको ठूलो भाग त सेनाले अधीनमा पारेकाले पर्यटकहरूको पहुँच बाहिर छ । पहिले र्सार्वजनिक जस्ता लाग्ने डाँडाहरू पनि होटेलै होटेलले भरिएका छन् । त्यस्ता ठाउँ कसरी रैकरमा परिणत भए त्यो आफैँमा खोजको विषय हो ।
त्यसैले अहिले नगरकोट गयो कि कुनै होटलभित्र पसिहाल्नुपर्ने वा सडकमै उभिनुपर्ने स्थिति छ । कुनै र्सार्वजनिक ठाउँ छैन जहाँ बसेर एकछिन सुस्ताउन सकियोस्, जहाँबाट सर्ूयास्त वा सूर्योदयको आनन्द लिन सकियोस् । त्यसमाथि सडकछेउ जताततै टहराहरू बर्खे च्याउ झैँ उम्रिरहेछन् । तिनको निर्माण कानुनसम्मत होला भनी विश्वास गर्न सकिन्न । त्यस्ता टहरे रेस्टुराँहरूको चर्पी, ढल र फोहोरको समस्या आफ्नो ठाउँमा छँदैछ । सेप्टिक ट्याङ्क हुने ठूला होटेलहरू पनि ढल र फोहोर त खोलाखोल्सीमै विर्सजन गर्ने गर्छन्, जसको वातावरणीय दृश्यपरिणाम सहजै अनुमान गर्न सकिन्छ । गा.वि.स. अर्न्तर्गत भएकोले गृहनिर्माणको कुनै निश्चित मापदण्ड छैन । डाँडाको थुम्कामा पनि होटलका नाममा टावरहरू बनिरहेछन् जसको वास्तुकलामा न कुनै सौर्न्दर्य छ न त त्यहाँको प्राकृतिक वातावरणसित तादात्म्य ।
काठमाडौँका धेरै प्राकृतिक र सांस्कृतिक स्थलहरूले आफ्नो मौलिक सौर्न्दर्य गुमाइसकेका छन्, हाम्रै बाँदरे प्रवृत्तिका कारण । नगरकोट पनि सौर्न्दर्य विनाशको त्यही बाटोतर्फउन्मुख छ । त्यसलाई रोक्ने कसले होला