| रिपोर्ट
| द्वन्द्व पीडितको व्यथा
विस्थापितको बेहाल
गत चैतयता फिदिमको रानीटार गाविसमा मात्रै माओवादीले
२४ वटा घरमा तालाबन्दी गरेका छन् । माओवादीको यस्तो ज्यादती जारी रहेमा
पाँचथरका प्रत्येक गाउँबाट १० देखि ५० घर र १० हजार जनासम्म विस्थापित
हुने देखिन्छ ।
रोहितचन्द्र भट्टर्राई, फिदिममा
तस्बिरहरू रोहितचन्द्र भट्टर्राई
|
तपाईँको नाम ?
लक्ष्मी र्राई ।
फिदिम किन आउनुभएको ?
घरमा माओवादीले ताला लगाइदिए अनि ।
किन नि ?
श्रीमान् सेनामा लागेका भएर अरे !
यहाँ को को हुनुहुन्छ ?
चार वर्षी छोरी र म ।
घरमा के के छन् नि ?
भैँसी, गोरु, कुखुरा, काठपात थिए । हामीलाई लगाएको लुगाबाहेक एकरत्ति
केही ल्याउन दिएनन् ।
घर जानुहुन्न ?
जान दिए पो जानु !
यहाँ के गरेर निर्वाह गर्दै हुनुहुन्छ
त ?
ऋण गरेर । १० हजार ऋण नाघिसक्यो । यताउति भाँडा माझयो, खानेकुरा माग्यो
।
फिदिमको बटुकदल गणमा भर्ती भएका श्रीमान् सुजन र्राईलाई सेनाको जागिर
छुटाउन धम्की दिँदै माओवादीले घरमा ताला लगाइदिएपछि पाँचथर, रानीटार-८,
तमाखेकी लक्ष्मी र्राई -हे. सँगैको तस्बिर) १५ दिनसम्म गाउँमै आफन्तहरूकहाँ
घुमफिर गर्दै बसिन् । तर माओवादीले त्यहाँ पनि टिक्न नदिई दिनैपिच्छे
आएर 'तेरो लोग्नेलाई ले' भन्न थालेपछि उनी फिदिममा तीन सयमा एउटा खाट
र टेबुल मात्रै अट्ने कोठा भाडामा लिएर बसेकी छन् । घरमा मनग्ये सम्पत्ति
हुँदाहुँदै अर्काको घरमा भाँडा माझेर र मागेर खानुपर्दा लक्ष्मीको
मन कम्ति रोएको छैन ।
रानीटार-५, खान्द्रुङका लालबहादुर तामाङ्गको कथा पनि यस्तै छ । गाउँमा
२८ रोपनी जमिन, प्रशस्त गाई, बाख्रा, कुखुरा र खेतीपाती हुँदाहुँदै
फिदिमको साम्दिनमा एक हजार रुपैयाँमा कोठा लिएर गुजारा गर्दैछ, उनको
परिवार । कान्छो छोरो किरण सेनामा भर्ती भएपछि माओवादीले घरमा तालाबन्दी
गरेकाले उनी श्रीमती लालमाया, बुहारी पूजालगायत नौ जनाको परिवारसँगै
विस्थापित भएका हुन् । विरोध गर्न नखोजेको होइन । "तर भाटा हान्ने
भनेपछि केही गर्न सकिएन," पूजा भन्छिन् । शुरुमा केही दिन रानीटारमै
फुपूको घरमा बसेकी छोरी सृजनालाई माओवादीका केटाहरूले 'खोई तेरा बाउआमा,
भाइलाई सेनाबाट फर्काउँछेस् कि तँ पनि जान्छेस्' भन्दै पिटेपछि उनी
पनि यहीँ आएकी छन् ।
दर्ुइदिनअघि मात्र विवाह गरेर सेनामा लागेका रानीटार-६, कागतेका रोहित
र्राईको घरमा पनि माओवादीले ताला लगाइदिए । उनकी विधवा आमा बलीमाया
र श्रीमती छिमेकीकहाँ बस्दै आएका छन् । रोहित भन्छन्, "बल्लबल्ल
जागिर खान थालिएको छ, छोड्ने कुरै भएन । आमाहरूको चाहिँ बिजोग हुनेभो,
के गर्ने के -"
इटहरीमा सशस्त्र प्रहरीको तालिम लिइरहेको माइलो छोरा विमलका कारण रानीटार-६,
नुनथलाका विश्वबहादुर गुरुङ्गको घरमा ताला लाग्यो । माओवादी 'कमाण्डर'
देवान र्राईसहित आएको टोलीले छोरालाई सशस्त्रबाट फिर्ता गर्नुभन्दा
विश्वबहादुरले "मेरो कारणले गएको होइन" भन्ने जवाफ दिए ।
तर के टर्ेर्थे र - नौ जनाको परिवार लिएर रित्तोहात निस्केका विश्वबहादुर
केही दिन मेची राजमार्गको काममा लागे र त्यहीँ छाप्रो बनाएर बसे ।
बर्सर्ाा लागेपछि साम्दिनमा आएर रु.३५० मा एउटा कोठा लिई गुजारा चलाउँदै
छन् । १४ रोपनी जग्गामा आलुखेती गरेर र गाईगोरु, कुखुरा पालेर बसेका
विश्वबहादुर अहिले अरूको खेताला भएका छन् । श्रीमती नरदेवी भन्छिन्,
"उनी खेताला जान्छन्, म यताउता भाँडा माझन जान्छु । घरमा केही
लिन जानै दिँदैनन् । छिमेकीहरू आएर माओवादीले सबैथोक लगे अरे भन्छन्
। बरु गोली हान र मार भनेको, टेरेनन् । यस्तो दुःख दिए ।"
बिहान साढे पाँचबजे आएका माओवादीले नरदेवीकी १० दिनकी सुत्केरी बुहारी
मीनालाई समेत आफ्नो र नानीको लुगा, थाङ्नासमेत बोक्न नदिई बिल्लीबाठ
बनाएर निकाले । "सुत्केरीलाई खुवाउन पकाएको खानेकुरासमेत खान
दिएनन्," नरदेवीले गहभरी आँशु पार्दै भनिन् । मीना अहिले माइती
-नाम्दुखोला) मा छिन् भने उनका श्रीमान् दिपेन्द्र गुरुङ्ग मेची राजमार्गको
कान्छीदोकान-पौवाभञ्ज्याङ्ग खण्डमा काम गर्दैछन् ।
काहिँलो छोरा सन्तोष सेनामा लागेपछि रानीटार-५, मानेडाँडाका खड्गबहादुर
तामाङ्गको घरमा ताला लाग्यो । श्रीमती, चार छोरा र एक छोरीसहित उनी
घरदेखि माथि पाखोमा सानो छाप्रो बारेर बसेका छन् । माओवादीले 'तपाईँहरूको
छोरो हाम्रो छातीमा गोली हान्न गएको छ, अब आफूहरू पनि उतै जानू' भनेको
खड्गबहादुरले सुनाए । "हामीलाई खानलाउन गाह्रो हुन्छ, यसो नगरिदिनुहोस्
भन्दा 'उतै राजासँग मागेर खानू' भनेर निकाले," उनी भन्छन् । त्यसपछि
भाइ धनबहादुरकोमा केही दिन बसेर उनले यो छाप्रो हालेका हुन् । अहिले
उनी घरि बाटोमा, घरि फिदिम बजार गएर कुल्ली काम गर्दै परिवार पाल्छन्
। छाप्रो बनाउँदा, खानेकुरा, लत्ताकपडा र भाँडाकुँडा किन्दा उनलाई
महिनाको सयकडा तीन -वाषिर्क ३६ प्रतिशत) व्याजमा रु.१० हजार ऋण लागिसकेको
छ ।
एउटै छोरा लक्ष्मणलाई सेनामा पठाएका रानीटार-५, भैँसर्ीखर्कका जगतबहादुर
गुरुङ्गलाई 'तपाईँको छोरा सेनामा लागेछ, आजदेखि घर तालाबन्दी' भनेर
निकालेपछि ७५ वषर्ीया आमा दिलमायासहित १० जनाको परिवार लिएर उनी छिमेकी
सुबेदारबाजे -मनबहादुर गुरुङ्ग) को गोठमा बसेका छन् । माओवादीले जगतबहादुरलाई
जमिनमा खेती नगर्न, बस्तुभाउ नहर्ेन उर्दी दिएका छन् । तर पनि उनी
आलु र मकै गोडमेल गर्दैछन्, बस्तुभाउको माया लागेर घाँस हाल्दिन्छन्
। "चिया चाहिँ त्यत्तिकै छाडिदिएका छौँ, एक टिपाइमा एक क्वीण्टल
आउँथ्यो," श्रीमती चन्द्रमायाले भनिन् । यसअघि कहिल्यै मजदुरी
नगरेका जगतबहादुरले शुरुमा एक महिनाजति मेची राजमार्गको सिम्ले खण्डमा
ज्यामी काम गरे । वषर्ा नलागुञ्जेल बाटोमै स्याउलाको छाप्रो बनाएर
ओतिएका पनि थिए । गाउँ आएपछि आम्दानी केही छैन ।
नातिनातिनासमेत ११ जनाको परिवारलाई छिमेकी गङ्गाकहाँ राखेर बनिबुतो
गर्दै आएकी विधवा दिलमाया गुरुङ्गको साहिँलो छोरा तेजबहादुर सेनामा
लागेका थिए । "तीन भाइ लिम्बू आएर 'ममी, आजदेखि तपाईँ यहाँ बस्न
पाउनुहुन्न, छोरासँगै जानू, उतै ज्ञानेन्द्रले खुवाउँछन्, पाल्छन्'
भन्दै घरमा ताला लगाइदिए," उनले भनिन् । मेलापातबाहेक गरिखाने
केही नभएको यो परिवारको ऋण रु.१० हजार नाघिसकेको र दिनदिनै बढ्दै गएको
छ । आफ्नो हुने हो कि होइन थाहा नभए पनि उनले गाईबस्तुको पाप हुन्छ
भनेर घाँसपात गर्ने गरेकी छन् । घर खुलाइदिन कसैले सहयोग गर्छ कि भनेर
सोधखोज गर्न एक्लै फिदिमसम्म पुगेकी दिलमायालाई रेडक्रसले पहल गरिदिने
आश्वासन दिएको छ । "हे परमेश्वर ! खुट्टामा ढोग्थेँ ढोका खोलिदिए
त," उनले रुँदै भनिन् ।
रानीटार-६, नुनथलाका मणिकुमार गुरुङ्गको घरपनि बाँकी रहेन । उनका छोरा
सुरेश सप्तरी, बरमझयिामा सशस्त्र प्रहरीको तालिम गरिरहेका छन् । गोठमा
बाँधेको भैँसीको माया र दैलो उघारिदिन्छन् कि भन्ने आशले मणिकुमार
श्रीमती रुक्मिणीसँगै नजिकै दाजुको घरमा बस्ने गरेका छन् । "माओवादी
नआएका बेला दिउँसो-दिउँसो आफ्नै कटेरामा गएर भात पकाउँछौँ, भैँसीलाई
खोलेघाँस गर्र्छौँ अनि दाजुकोमा गइहाल्छौँ" डेढमहिनाजति बाटोमा
कुल्ली काम पनि गरेका मणिकुमारले भने । श्रीमती रुक्मिणी कहिलेकाहीँ
आउने माओवादीले 'काम गर्दै गर, आम्दानी हामै्र त हो नि' भन्ने गरेको
सुनाउँछिन् ।
रातोदिन आएर 'तपाईँका छोरा हामी लान्छौँ' भनेपछि रानीटार-२ की विधवा
झुकीमाया शिवाले दर्ुइ छोरा राजकुमार र शशितकुमारलाई सेनामा भर्ती
गराएकी थिइन् । "माओवादी केटाहरू आएर छोरा ल्याउन अल्टिमेटम दिए
। नल्याएपछि बारी खनिरहेको बेलामा आएर 'दुस्मनकोमा छोरा किन पठाइस्'
भन्दै मलाई नै कुटे, घुँडा टेकाए र खाल्डामा हाल्ने धम्की दिए,"
उनी सुनाउँछिन् । उनी अहिले कान्छो छोरा मनकुमार र आमासँगै फिदिममा
बसेकी छन् ।
सशस्त्र प्रहरीमा भर्ना भएका रानीटारकै सोमबहादुर गुरुङ्ग, डिकबहादुर
गुरुङ्ग र टीकाराम विश्वकर्माको घरमा पनि माओवादीले तालाबन्दी गरिदिएका
छन् । उनीहरूका बाबुहरू क्रमशः नरबहादुर गुरुङ्ग, मनबहादुर गुरुङ्ग
र गोपीलाल विश्वकर्माका परिवार छिमेकीहरूकहाँ शरण लिएर बसेका छन् ।
रानीटार-८ का भक्तबहादुर मुखियाको घरपरिवारको पनि यस्तै हालत छ ।
गत चैतयता फिदिमको रानीटार गाविसमा मात्रै माओवादीले २४ वटा घरमा तालाबन्दी
गरेका छन्, जसमध्ये १४ घरपरिवार फिदिम, साम्दिन, लालर्ीखर्क, कान्छीदोकानतिर
र बाँकी रानीटारमै बसेका छन् । भैंसर्ीखर्ककी पासाङ शर्ेपा भन्छिन्,
"छिमेकीहरू दयालाग्दो अवस्थामा रुँदै घर छोडेर रित्तोहात हिँडेको
देख्दा म पनि रोएँ । कस्तो जमाना आयो, आयो !" विस्थापितहरू सबैको
घरजग्गा, सम्पत्ति, बस्तुभाउ 'हाम्रो कब्जामा भयो' भनी गएका माओवादीले
घटीबढी भएमा जिम्मेवार हुनुपर्ने शर्तमा नजिकैको छिमेकीलाई कागज गराएर
जिम्मा लगाएका छन् । जिम्मा लिनेलाई अप्ठ्यारो पर्ने डरले कसैले बेच्न
पनि सकेका छैनन् ।
माओवादीले यसअघि फागुनको दोस्रो हप्ता ठाउँठाउँमा सूचना टाँसेर १९
माघपछि, २०५८ देखि १९ माघसम्म र ०५८ अघि सेना/प्रहरीमा भर्ती भएकाहरूलाई
क्रमशः १५ दिन, एक महिना र दर्ुइ महिनाको अल्टिमेटम दिएर जागिर छोड्न
आदेश दिएका थिए । माओवादीका पाँचथर जिल्ला 'सेक्रेटरी' राजेन्द्र खत्री
-अग्नि) यति गर्दा पनि नफर्किएपछि घरसम्पत्ति कब्जा गरेको बताउँछन्
। सेनाबाट फर्किएका लुङ्रुप्पा गाविसका चार जनाको घर फिर्ता गरिएको
दाबी गर्दै उनले अरूको नफर्केसम्म कब्जा गरिने बताएका छन् । माओवादीको
यस्तो ज्यादती जारी रहेमा पाँचथरका प्रत्येक गाउँबाट १० देखि ५० घर
र १० हजार जनासम्म विस्थापित हुने देखिन्छ । रानीटारका पर्ूव प्रधानपञ्च
पदमबहादुर गुरुङ्ग विस्थापितलाई पुनर्स्थापित गर्न सरकार पक्षबाट पनि
कुनै पहल नभएको बताउँछन् ।
पाँचथर माओवादी पीडित संघका अनुसार रानीटार, थर्पु, एक्तिन, ओयाम,
च्याङ्थापु, मेमेङ, पञ्चमी, फाक्तेप, कुरुम्बा, आरुबोटे, माङ्जाबुङ,
मौवा, आङ्सराङ, सिवा र फिदिम गाविसका समेत गरेर सदरमुकाम, फिदिममा
मात्रै सेना र सशस्त्रमा लागेका ३४ घरपरिवारका दर्ुइ सय जना आएका छन्
। संघका अध्यक्ष विलबहादुर थाम्सुहाङ भन्छन्, "गाउँमै अर्काकोमा
बस्नेहरूको रर्ेकर्ड अझै राखिसकिएको छैन ।" ६ वर्षेखि अरू विभिन्न
कारणले माओवादीद्वारा विस्थापित हुनेहरू समेत गरेर फिदिममा जिल्लाभरिबाट
९७ घरपरिवारका ६५० भन्दा बढी मानिस आएका छन् । परिवार सङ्ख्या घटबढ
भइरहन्छ- अघिल्लो वर्ष९२ थियो । बीचमा माओवादीसँग सम्झौता गरेर २९
परिवार घर फर्किए । र, अहिले फेरि थपिएर ९७ पुगेको छ ।
विस्थापितहरूका लागि जिविसले बंगुर पाल्न रु.४ हजारदेखि १५ हजारसम्म
ऋण दिने गरेको छ । माओवादी पीडित संघका अनुसार, अहिलेसम्म यस्तो ऋण
पहिलेका ५१ र नयाँ २२ गरी ७३ परिवारले पाएका छन् । घरजग्गा कब्जा गरिएका
कतिले त यही ऋण पनि खानलाउनमै सिद्ध्याइसकेका छन् । एक वर्षअघिसम्मका
विस्थापितहरूले जिल्ला प्रशासन कार्यालयमार्फ् सरकारबाट जम्मा रु.७
लाख १३ हजार सहयोग पाए पनि सेनामा भर्ना हुनेका परिवारले भने अहिलेसम्म
त्यस्तो राहत पाइसकेका छैनन् । ल
"माओवादी नआएका बेला दिउँसो-दिउँसो आफ्नै कटेरामा गएर भात पकाउँछौँ,
भैँसीलाई खोलेघाँस गर्र्छौँ अनि दाजुकोमा गइहाल्छौँ," घरमा ताला
लागेपछि डेढ महिनाजति बाटोमा कुल्ली काम पनि गरेका मणिकुमारले भने
।
विद्यालयमा पनि भेदभाव
विस्थापित परिवारका बालबालिकालाई विद्यालयमा टिक्न दिइएन । रानीटार
माविमा पढ्दै आएकी कुमारी गुरुङ्ग घरमा ताला लागेपछि स्कूलमा पनि आउन
नदिइएकोले डेढघण्टाको उकालो हिँडेर इथुङ्ग मावि जान थालेकी छन् । कुमारी
भन्छिन्, "सरहरूले 'तिमीहरूको घरमा पनि चावी लगायो, अब स्कूल
नआउनू, आयौ भने हामीलाई अप्ठ्यारो हुन्छ' भन्नुभयो ।" तैपनि १०-१५
दिनसम्म जाँदा शिक्षक र कतिपय विद्यार्थी साथीहरूले समेत नराम्रो व्यवहार
गरेपछि १५-१६ जना विद्यार्थीहरू इथुङ्ग जानथालेका हुन् । कमला गुरुङ्ग
भन्छिन्, "हाम्रो स्कूल डे्रस पनि घरैमा थुनिएकोले साथीहरूको
मागेर लगाउँछौँ ।"
यसअघि माओवादीले रानीटार माविलाई विस्थापितका छोराछोरीलाई नपढाउन र
विद्यार्थीहरूलाई स्कूल नआउन उर्दी जारी गर्दै सूचना टाँसेका थिए ।
"त्यसैको भरमा डरले सरहरूले नाम लेखाइदिएनन्," कुमारीका
बाबु जगतबहादुर भन्छन् ।
|