हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | द्वन्द्व पीडितको व्यथा

राहतमा भेदभाव

भनसुन र पहुँच नहुने द्वन्द्व-पीडितहरूले सरकारी राहत पाउन कठिन त छ नै, सुरक्षाकर्मी, प्रशासन र समाजबाट समेत तिनले अनावश्यक लाञ्छना खप्नर्ुपर्छ ।

जेबी पुन, बुटवलमा


तस्बिरहरूः जेवी पुन
माओवादीद्वारा मारिएका फकिर दाजुभाइका २९ परिवारजनमध्ये धेरैजसो महिला र केटाकेटी छन् ।

चार वर्षघि सुराकीको आरोपमा मारिएका श्रीमान् माओवादी ज्यादतीको सिकार बनेको प्रमाणित गराउन रुपन्देही-बासगढीकी २१ वषर्ीया कल्पना श्रेष्ठ पूरै तीन वर्षस्थानीय प्रशासनसमक्ष धाइरहिन् । माओवादीबाट मारिनेका परिवारलार्इर्र्राहतस्वरुप डेढ लाख रुपैयाँ दिइने सरकारी घोषणा सुनेकी कल्पनाले त्यो रकम दाबी गर्नकै लागि प्रशस्त सास्ती झेल्नुपर्यो । विवाह भएको ११ महिना ननाघ्दै, गर्भमा सात महिनाको बच्चा रहेको अवस्थामा उनका पति मारिएका थिए र माओवादीले हत्याको जिम्मा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको पुष्टि गरिदिए पनि कल्पनाले अहिलेसम्म कुनै राहत पाएकी छैनन् । तर सुराकीकै आरोपमा १० चैत २०६० मा माओवादीबाट मारिएका उनका छिमेकी गिरिराज अर्यालकी विधवा लक्ष्मीले भने सरकारबाट डेढ लाख रुपैयाँ, विधवा भत्ता र तीन छोराछोरीलाई छात्रवृत्ति पाइसकेकी छन् ।
कल्पनाले यो विभेदबारे पटकपटक गुनासो गरिन् तर कतै सुनुवाई भएन । बरु 'गिरीराजले त ठूल्ठूला माओवादी कमान्डर मार्न सेनालाई सहयोग गरेको थियो र पो राहत पायो । त्रि्रो बुढाले के गरेका थिए -' भनेर उल्टै हतोत्साही पारियोे । कल्पना भन्छिन्, "त्यसपछि म धाउनै छाडेँ ।"
गृह मन्त्रालयबाट हुने राहत वितरणमा विभेद देखिएका दृष्टान्त रुपन्देही, कपिलवस्तु र नवलपरासीमा थुप्रै छन् । सुरक्षाकर्मीका परिवारले बाहेक धेरै पीडितहरूले क्षतिपर्ूर्ति पाउन सकेका छैनन् । पाएकाहरूमध्ये केहीले या त भनसुन र पहुँचका आधारमा पाउने गरेका छन् या जनदबाबबाट । एक वर्षघि सुरक्षाकर्मीले चलाएको गोलीबाट मारिएका बेतकुइयाँका रामउग्र कर्ुर्मीको परिवारलाई जनदबाबपछि मात्र रु.१ लाख र उनीसँगै गोली लागी घाइते भएका एक बालकलाई रु.२५ हजार दिइयो । कर्ुर्मी परिवारलाई राहत दिन प्रहरी प्रशासनले आलटाल गर्न खोजेपछि स्थानीय जनताले मृतकको शवसहित नगर परिक्रमा गरेर दबाब सिर्जना गरेका थिए । सेनाको गोलीबाट मारिएकी भैरहवाकी मन्जु लोहनीका आफन्तलाई पनि जनदबाबकै कारण रु.१ लाख दिइएको थियो ।


सेनाद्वारा मारिएका स्व. नाथुप्रसाद चौधरीकी श्रीमती

पर्याप्त दबाबका बाबजूद क्षतिपर्ूर्ति नदिइएका उदाहरण पनि छन् । २७ असोज २०६१ म्ाा सुरक्षाकर्मीले माओवादीको आरोपमा हत्या गरेका रुपन्देही- मानमटेरिया ३ का नाथुप्रसाद चौधरी -३५) र रामकिसन यादव -३६) का आफन्तहरूले आजसम्म कुनै राहत वा क्षतिपर्ूर्ति पाएका छैनन् । उक्त हत्याको विरोधमा गाउँलेहरूले जिल्ला प्रशासन कार्यालय नै घेराउ गरेका थिए ।
राहत वितरण पहुँच र भनसुनका आधारमा हुने गरेको पोल खोल्ने थुप्रै घटनाहरू छन् । गएको वर्षसुरक्षाकर्मीबाट मारिएका रुपन्देही- सिपवा ५ का त्रिभुवन यादवको परिवारले देउवा सरकारका पालामा रु.१ लाख पाएको थियो । यादव नेका प्रजातान्त्रिक गाउँ कमिटीका सभापति थिए । तर उनीसँगै मारिएका एमालेर्समर्थक महेश यादवको भने कुनै सोधखोज भएन ।
सरकार मात्र हैन, माओवादीहरू पनि आफ्ना कार्यकर्ता मारिएपछि तिनका आश्रतिलाई राहतबापत कुनै सहयोग दिइरहेका छैनन् । गएको २९ माघमा रुपन्देही-मर्ुर्गिया, सेरुवामा बासगढीका दर्ुगा पाण्डे -विवेक) सुरक्षा-कारवाहीमा मारिए । यसअघि २९ असोज २०६१ मा उनका भाइ युवराजलाई समेत सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारेका थिए । "नखाई-नखाई हर्ुकाएको एउटा छोरा मारियो, अर्कोलाई सेनाले गायब पार्यो," ५६ वषर्ीया तुलसा पाण्डे भन्छिन्, "म विधवालाई बुढेसकालमा हर्ेर्ने छोराहरू पार्टर्ीी लागि मरे तर उनीहरू -माओवादी) एकपटक पनि सोध्न आएका छैनन्, सहयोगको कुरा त परै जावस् ।"
अघिल्लो वर्षेखि अहिलेसम्म नवलपरासीमा पाँच जनालाई राहतबापत रु.७ लाख ५० हजार बाँडिएको छ । केही समयअघि बर्गदवामा मारिएका झण्डै एकदर्जन मृतकका परिवारले चाहिँ अद्यापि कुनै राहत पाएका छैनन् । "हामीले घटनाको भोलिपल्टै आवश्यक कागजात पठाइदिएका हाँै," प्रजिअ निरञ्जन बराल भन्छन्, "मन्त्रालयबाट किन आएन कुन्नि !" हालै माओवादीबाट गराइएको माडी विस्फोटमा परी मर्ने नवलपरासीका तीन जनाका नाममा भने जनही डेढ लाख रुपैयाँ जिल्लामा आइपुगेको छ । नवलपरासीमा त्यसरी क्षतिपर्ूर्ति पाउनुपर्नेको सङ्ख्या एक सयको हाराहारीमा छ ।


सेनाद्वारा मारिएका स्व. रामकिसन यादवकी विधवा

कपिलवस्तुमा भने क्षतिपर्ूर्ति पाइसकेकाहरूको संख्या नवलपरासीको तुलनामा केही बढी भएको ज्रि्रकाको दाबी छ । ग्ाएको वर्षपीडितहरूमध्ये २५ जनाको नाममा राहत रकम आइपुगेकोमा १७ जनाले लगिसकेको प्रजिअ दीपककुमार जोशी बताउँछन् । तर यो जिल्लामा पनि माओवादीद्वारा मारिएका निर्दोषहरूमध्ये थुप्रैले राहतबापत केही पाएका छैनन् । गएको वर्षप्रतिकार समूहमा बसेको आरोपमा माओवादी सशस्त्र समूहले कपिलवस्तुका वैदुल -४०) र मकसुद -१९) लाई ६६ वषर्ीय बाबु अब्दुल रहमानका आँखैअगाडि गोली हानी मारेका थिए । बम विष्फोट गर्राई घरसमेत क्षत्रि्रस्त बनाइएको थियो । राहत पाइने आश्वासन स्थानीय प्रशासनले दिएपनि अव्दुलले अझैसम्म केही पाएका छैनन् ।

क्षतिपर्ूर्ति र्टार्न हत्कण्डा
सुरक्षा-कारबाहीमा निर्दोष नागरिकहरू पनि पर्ने गरेका छन् । तर उनीहरूलाई माओवादीको आरोप लगाई क्षतिपर्ूर्ति र गैरन्यायिक हत्याको आरोपबाट बँच्न अनेक प्रपञ्च रच्ने गरिएको छ । ग्ााउँलेहरूलाई सादा कागजमा सहीछाप गर्राई 'मृतक माओवादी भएको' कागज बनाउने, मारिएको व्यक्ति आतङ्ककारी थियो भनेर किटानी जाहेरी दिन लगाउने जस्ता काम सेना, प्रहरी र प्रशासनका मानिसहरूबाट हुँदै आएका छन् । रुपन्देही-मानमटेरियाका रामकिसन यादवको हत्या गरेलगत्तै उनकी राम्ररी आँखा नदेख्ने वृद्ध आमा पार्वती र नाथुप्रसाद चौधरीका बाबुलाई सुरक्षाकर्मीले सादा कागजमा जबर्जस्ती ल्याप्चे लाउन लगाएका थिए । रामकिसनकी श्रीमती मालतीका अनुसार, सुरक्षाकर्मीले ल्याप्चेबारे कसैलाई केही नभन्न आदेश दिएका छन् ।
'एकछिनमै छाडिदिन्छौँ' भनी १३ वैशाखमा नियन्त्रणमा लिइएका शिक्षक गङ्गाराम यादवलाई मानवअधिकारवादीहरूको चर्काे दबाबपश्चात् र्सार्वजनिक गरिएको छ । एक स्रोतका अनुसार, उनीमाथि रुपन्देही-मसिना ८ का तीन दाजुभाइ नामदार, जमा र सलीम फकिरको हत्याको आरोपमा मुद्दा चलाइँदैछ । प्रतिकार समूहमा लागेको भन्दै माओवादीले ती तीन जनाको हत्या गरेका थिए । मसिना गाविसका पर्ूव अध्यक्ष मुन्नीलाल लोधका अनुसार, लुम्बिनी इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीले फकिर परिवारलाई राहत दिलाइदिन्छाँै भनी सादा कागजमा उनीसहित थुप्रै गाउँलेको ल्याप्चे लगेका थिए । तर, पीडितहरूले राहतबापत एकपैसा पाएका छैनन् । "हाम्रो ल्याप्चेको दुरुपयोग गरिएको छ," लोध भन्छन्, "सादा कागजमा गङ्गाराम यादव सहितकोे नाम राखी हाम्रो नामबाट किटानी जाहेरी बनाइएको रहेछ । मैले अदालतमा बयान दिँदा मात्र यो कुरा थाहा पाएँ ।"
२१ असार २०६१ मा माओवादीको आरोपमा मारिएका रुपन्देही-सिपवाका त्रिभुवन र महेश यादवको मुचुल्का तयार पारिँदा पनि यस्तै गरिएको थियो । बिहान ५ बजे कमरिया गाविसको दानो पुलनजिकै भाग्न लगाई पछाडिबाट उनीहरूमाथि गोली हानिएको थियो । तर सुरक्षाकर्मीले मधुवनी र महजीदहवामा भिडन्तमा मारिएको मुचुल्का तयार पारी गाईभैँसी चराइरहेकाहरूको ल्याप्चे लगाई लगेको स्थानीय गाउँलेहरू बताउँछन् । केही समयअघि रुपन्देहीको मर्चवारका जनार्दन यादवसहित नेपाली काङ्ग्रेसका पाँच कार्यकर्ताहरूको माओवादीद्वारा भएको हत्यामा पनि यस्तै हत्कण्डा अपनाइएको आफन्तजनको आरोप छ । मृतक जैस मोहम्मदका भाइ वैस मोहम्मदका अनुसार त्यतिखेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनामा असंलग्न र अपरिचित व्यक्तिको नाम राखी जाहेरी दिन दबाब दिएको थियो ।

मर्ने मरे, बाँच्नेलाई सास्ती
सुरक्षाकर्मीले माओवादी र माओवादीले सुराकी भएको आरोपमा हत्या गरेकाहरूका प्रायः सबै आश्रति, गरीब, निरक्षर र दलित जनजातिका छन् । घरमुली मारिएपछि आश्रतिको बिचल्ली हुने गरेको छ । माओवादीद्वारा मारिएका फकिर दाजुभाइका २९ परिवारजनमध्ये धेरै जसो महिला र केटाकेटी छन् । खेती-मजदुरीबाट जीविका चलाइरहेको त्यस परिवारलाई यसपालिको वषर्ात्मा धानको बीउ राख्न समेत मुस्किल पर्यो । चार छोरामध्ये दुइलाई मारेको प्रत्यक्ष देखेका अब्दुल रहमानको बूढो काँधमा दर्ुइ दर्जन परिवारजनको हेरचाह गर्नुपर्ने जिम्मेवारी आइपरेको छ । माओवादीबाट बचेका उनका दर्ुइ छोरा भागेर भारत गएका छन् । "बुढेसकालमा पाल्ने छोराहरू आफ्नै अगाडि मारिए," अब्दुल्ला भन्छन्, "अब यत्रो परिवार कसरी पाल्ने हो खै !"
श्रीमान मरेपछि विधवाहरूलाई बालबच्चा हर्ुकाउन र समाजको वक्रदृष्टिबाट बचेर जीविकोपार्जन गर्न समेत गाह्रो छ । रुपन्देही बासगढीकी कल्पना भन्छिन्, "समाजले सान्त्वना दिनुको साटो लान्छना र अपहेलना मात्र दिइरहेको छ ।" सुरक्षाकर्मीले 'माओवादीका श्रीमती' र माओवादीले 'सुराकीका श्रीमती' भन्दै मानसिक दबाब र सास्ती दिने गरेकाले पनि उनीहरू थप पीडित बनेका छन् । "जताततैबाट पीडा मात्र पाएका छौँ" श्रीमान् मारिएपछि रेष्टुरेण्ट चलाइरहेकी इन्द्रा खड्का भन्छिन्, "विधवा भएर बाँच्न पनि अभिशाप रहेछ ।" उनका श्रीमानको १२ कात्तिक, २०६१ मा माओवादीले हानेको गोलीबाट मृत्यु भएको थियो । कतैबाट साथ र सहयोग नपाउने देखेपछि इन्द्रा रेष्टुरेण्ट छोडेर कुवेत जाने तयारी गरिरहेकी छन् । बुटवलको सुकुम्बासीटोलमा टिनको छानो भएको एउटा घरबाहेक उनीसँग केही छैन । श्रीमान्लाई गोली लाग्दा उपचारका लागि ऋण लिएको रु.३ लाख तिर्न नसकेपछि साहुहरूले उनलाई रातदिन ताकेता गरिरहेका छन् । उनी भन्छिन्, "चार कक्षामा पढ्ने छोरीको फी तिर्न नसक्दा स्कुलले समेत छोरी निकालिदिने भन्न थालेको छ ।" द्वन्द्वपीडित यस्ता महिलाहरूले विधवा-भत्ता समेत पाइरहेका छैनन् ।
मानसिक पीडा उस्तै भएतापनि माओवादीबाट मारिने सुरक्षाकर्मीका विधवाहरूलाई भने अरुलाई जस्तो आर्थिक समस्या देखिँदैन । सरकारले उनीहरूलाई आर्थिक सहयोगसँगै सीपमूलक तालिमको व्यवस्था मिलाइदिएको छ । रुपन्देहीको र्सर्ूयपुरा-जमुनियाका प्रहरी हवल्दार नेत्रबहादुरकी विधवा उमा कुँवरले सरकारबाट मासिक रु.३ हजार पाइरहेकी छन् । उनले राहतस्वरुप एकमुष्ट रु.२ लाख पनि बुझसिकेकी छन् । थप साढे पाँच लाख रुपैयाँ छोरा १६ वर्षपुगेपछि पाउने कुरामा उनी ढुक्क छिन् । उनका श्रीमान् लमजुङको भोर्लेटार चौकीमा भएको माओवादी-आक्रमणमा मारिएका थिए । "बाँच्नलाई आधार छ," उनी भन्छिन्, "तर जाँगर चल्दैन । एक्लो जीवन निरस लाग्छ ।"


राहत नपाएपछि मेकानिक्स !

एउटै नियतिः राज्य-पीडित कल्पना रिजाल (माथि) र माओवादी-पीडित लक्ष्मी अर्याल ।

माओवादीले श्रीमान्को हत्या गरेपछि कल्पना श्रेष्ठ बुटवलस्थित एउटा वर्कशपमा मोटरसाइकल मेकानिक्सको तालिम लिइरहेकी छिन् । राज्य र माओवादीबाट श्रीमान् मारिएका कल्पना जस्ता अन्य पाँच जना महिलाहरू सो वर्कशपमा उनी जसरी नै सीप सिकिरहेका छन् । एक हुन् कमला रिजाल । २८ मङ्सिर २०६१ म्ाा रोजगारीका निम्ति ओमन उड्न तयार भई बसेका उनका श्रीमान् गोपाललाई तीन दिनअघि माओवादी भन्दै सुरक्षाकर्मीले हत्या गरे । उनी तीन वर्षसाउदी अरबमा बसेर घर फर्किएका थिए । विदेश जानका लागि ब्याङ्कबाट श्रीमानले लिएको चालीस हजार रुपैयाँको ब्याज तिर्न समेत कमला अर्समर्थ छिन् । "भएको पसल समेत पचास हजारमा बेचें," उनी भन्छिन्, "उहाँको खल्तीमा पन्ध्र हजार र जग्गाको लालपर्ुजा थियो । तर ती सामान अझै हाम्रो हातमा परेका छैनन् ।" सम्पत्तिको नाममा कल्पना र कमलासँग चार-चार कठ्ठा जमिन मात्र छ । त्यसबाट उनीहरूलाई वर्षरि खान पुग्दैन ।
आफ्ना नौ जना जिल्लास्तरीय नेता मार्न सुरक्षाकर्मीलाई सघाएको आरोपमा माओवादीबाट श्रीमान्को हत्या भएपछि लक्ष्मी अर्याल पनि सोही वर्कशपमा तालिम लिन आइपुगिन्् । माओवादी आरोपमा माओवादीबाट सुरक्षाकर्मीबाट मारिएका श्रीमान्को सम्झनास्वरुप लालाबाला बाहेक केही नभएकी धनमाया न्यौपाने पनि त्यहीँ छिन् । टिकुलीगढ-रुपन्देहीकी उनलाई दर्ुइछाक खान र छोराछोरीलाई स्कूल पठाउन समेत धौ धौ छ । माओवादीले मारेका श्रीमान्को के दोष थियो, तालिम लिइरहेकी अर्की सहयात्री गोमा बस्यालले अझै बुझन सकेकी छैनन् । दुधराक्ष आँधीखोलाकी गोमा छोराछोरीको उज्ज्वल भविष्यका लागि महिलाहरूका लागि नौलो मानिने यो काममा खटिरहेकी छन् ।


दिल-दिमागमा श्रीमान् मरेको पीडा, बालबच्चा हर्ुकाउने अभिभारा बोकेका यी महिलाहरू पर्ूण्ा आत्मविश्वासका साथ मोटरसाइकलका पार्टपर्ुजाहरू- सँग खेलिरहेका देखिन्छन् । शुरुमा अप्ठ्यारो लागे पनि फलामे पार्टपर्ुजाहरूसँग खेल्ने काम यिनलाई सामान्य लाग्न थालिसकेको छ । "महिलाहरूले हवाईजहाज त उडाएका छन्" कल्पना भन्छिन्, "हामीले मोटरसाइकल बनाउन नसक्ने त कुरै भएन ।" सामान्य शिक्षा र कमजोर आर्थिक अवस्थाका यी महिलाहरू तालिम सकिएपछि आफैँ ऋण खोजेर वर्कशप खोल्ने सोचाइमा छन् । "तर हामीसँग पैसा छैन," कमला भन्छिन्, "धितो राख्न जग्गा पनि छैन ।" महिला विकास कार्यक्रम भैरहवाले सरकारको आर्थिक सहयोगमा तालिमको व्यवस्था मिलाएको हो । त्यसबापत उनीहरूले मासिक रु.२८ सय पाउँछन् ।


निर्दोषहरू मारिन्छन्, राहत पाउँदैनन्

२२ मङ्सिर २०६१ मा सुरक्षाफौजले मारेर राप्ती नदी किनारमा फालेको निर्दाेष तिखु मियाँको शव ।

राप्तीका अन्य जिल्लाहरूमा जस्तै प्युठानमा पनि सेना र माओवादी दुवै पक्षबाट निर्दोष व्यक्तिहरू मारिँदै आएका छन् । त्यसरी मारिएकाहरूले आफ्नो ज्यान त गुमाए नै, उनीहरूका असहाय परिवारले राहत र क्षतिपर्ूर्ति पाएका छैनन् ।
२२ मङ्सिरमा प्युठानको बाङ्गेसाल गाविसबाट माओवादीहरू रासन लिएर अर्घर्ााँची जान राप्ती पार गर्दैथिए, लुकेर बसेको सेनाले अन्धाधुन्द गोली चलायो । लखेट्दै तीन माओवादी मारिए भने घाँस दाउरा काट्न जाँदै गरेका तीन निर्दोष गाउँलेको ज्यान गयो, दर्ुइ घाइते भए । मारिनेहरूमा तिखु मियाँ, तुलसा वि.क. र प्रेमबहादुर सार्कीको परिवारले अहिलेसम्म कुनै राहत र क्षतिपर्ूर्ति पाएका छैनन् । घाइतेहरू बीबी खातुन र भीमबहादुर परियार उपचार नपाई छट्पटाइरहेका छन् । त्यसैगरी घाँस काटिरहेको अवस्थामा दाङ्गबाट आएको सेनाको गोली लागेर नयाँगाउँ निवासी मीनबहादुर हाम्जालीकी श्रीमती मारिएकी थिइन् । उनको परिवारले पनि अहिलेसम्म राहत पाएको छैन । यस्ता व्यथा व्यहोर्ने यहाँ धेरै छन् ।
वामपन्थी किल्ला भनेर चिनिने प्युठान जिल्लामा माओवादीको 'नयाँ जनसत्ता' ले पनि जनता सताइएको छ भने अर्कोतिर राज्यका गैर जिम्मेवार रवैयाबाट पनि जनता आजित छन् । प्युठानको यो घटनाले राप्ती अञ्चलभरि माओवादी र राज्यको दोहोरो सत्ताको भयावह तस्बिर प्रस्तुत गर्दछ ।
प्रकाश ज्वाला