| रिपोर्ट
| सामाजिक प्रकोप
सावधान ! लागूऔषध दुर्ब्यसन महामारीको
रुप लिँदैछ ।
छोराछोरी/भाइबहिनीका
कोठामा झलिझलिे कागज र सलाई भेटिन्छन् - प्रायः ढोका लगाएर बस्छन्
- बोलाउँदा झोक्किन्छन्, रिसाउँछन् - एकान्त रुचाउँछन् - कोठाको भित्ता
वा कपीमा मानव खोपडी, चमेरो, माकुराको जालो, छुरी आदिको चित्र बनाउँछन्
- सरसफाईमा ध्यान दिँदैनन् - घर आउने-जाने समयको ठेगान हुँदैन - सावधान
! उनीहरू दर्ुर्व्यसनमा फसेका हुनसक्छन् ।
ध्रुब सिम्खडा
विद्यावारिधि गरेका एक अभिभावकले छोरा महेशको उच्चशिक्षा राम्रो होस्
भनेर काठमाडौँको कहलिएको, एक महँगो उच्च माविमा भर्ना गराए । तर, महेश
जाँचमा अनुत्तर्ीण्ा भए । अचम्मित पिताले छोराका लागि घरैमा 'ट्यूसन'को
व्यवस्था मिलाए । तैपनि पढाइ सुध्रिएन । महेशले 'अब पढ्दिनँ' भन्दै
अस्वाभाविक व्यवहार देखाउन थालेपछि मात्र बाबुले छोरा लागूऔषध दर्ुर्व्यसनमा
फँसेको चाल पाए । कहिल्यै यस्तो समस्या नभोगेको परिवारका लागि यो जानकारी
बज्रपात सरह थियो । हाल पुनःस्थापन केन्द्रमा छोराको उपचारमा व्यस्त
ती विद्वान् बाबु आफ्नो पीडा पोख्दै भन्छन्, "संसारका धेरै पुस्तक
पढेँ तर लागू औषधबारे जानकारी लिन भुलेछु ।"
दुःखजिलो गरेर कम्प्युटर इन्जिनियर बनाइसकेपछि थप उच्चशिक्षाका लागि
जापान पठाइएका पवनलाई पिता जीतबहादुर गुरुङले टोकियोको सडकबाट उद्धार
गरेर ल्याउनु पर्यो । छोराको उपचारका क्रममा हदैसम्मको हैरानी खेपेका
गुरुङ भन्छन्, "छोरालाई इन्जिनियर बनाउनुभन्दा पनि लागूऔषधको
दर्ुर्व्यसनबाट जोगाउन सक्नु ठूलो कुरा रहेछ । पढ्दैमा; डाक्टर, इन्जिनियर,
कर्मचारी वा व्यापारी हुँदैमा दर्ुर्व्यसनमा फस्दैनन् भन्ने सोचाइ
गलत रहेछ ।"
राजधानीकै कृष्णकुमार श्रेष्ठले पनि दर्ुर्व्यसनमा फसेको छोरोलाई
सुधार्न धेरै उपाय गरे तर सकेनन् । आखिर जेसुकै गरोस् भनेर छोडिदिए
। छोरा फुटपाथमा पुगे । छोराका थुप्रै साथी ड्रग्सकै कारण मरिसकेका
थिए । बाबुको माया न हो, छोरालाई फेरि घर ल्याएर उपचारकेन्द्रमा पुर्याए
। अहिले ती युवक कुलतबाट बाहिर निस्केर बाबुका बलिया सहारा बनेका छन्
।
लागूऔषध दर्ुर्व्यसन जहाँ पनि जसरी पनि झाङ्गिन सक्दोरहेछ भन्ने कुराका
यी केही उदाहरण मात्र हुन् । प्रायः अभिभावकहरू लाडप्यारमा हर्ुकाइएका
छोराछोरी दर्ुर्व्यसनमा फस्लान् भन्ने आशङ्कासम्म गर्दैनन् । जब थाहा
पाउँछन्, छाँगाबाट खसेझैँ हुन्छन् । जस्तो, काठमाडौँबासी हरिनारायणले
छोरा सुन्दरको कोठामा पस्नासाथ झलिझलिे कागज र सलाई देखे । कोठा अस्तव्यस्त
थियो र त्यहाँबाट अनौठो गन्ध आइरहेको थियो । छोराको बानीव्यहोरामाथि
शङ्का लागेर सोधपुछ गर्न थाले । सुन्दरले सही जवाफ दिएनन्, उल्टै रिसाए
। बाबुले 'नरिसा, राम्रोसँग पढ्' भनेका मात्र के थिए, छोराले कड्किँदै
जवाफ दिए, "मलाई अर्ती दिनुपर्दैन । म पढ्दै पढ्दिनँ ।"
सोधखोज पछि थाहा भयो, ११ कक्षामा पढिरहेका सुन्दर बाबुआमाले पत्तै
नपाई दर्ुर्व्यसनी भइसकेका रहेछन् । अहिले हरिनारायणले छोरालाई चिकित्सकको
सल्लाह अनुसार पुनःस्थापन केन्द्रमा पुर्याएका छन् । अत्यन्त भरोसा
गरेको छोरो नै दर्ुर्व्यसनमा फसेको पाइएपछि उनी ठूलो तनावमा छन् ।
लागूऔषध घर भित्रिएको थाहा नपाउने र थाहा पाएपनि इज्जत जान्छ भनेर
लुकाउने प्रवृत्तिका कारण पनि दर्ुर्व्यसनीहरूको सङ्ख्या बढिरहेको
छ । सामान्यतयाः १४-२२ वर्षा किशोर, युवायुवतीहरू शुरुमा उत्सुकतावश
चुरोट पिउँछन्, त्यसपछि साथसङ्गतमा मदिरा अनि आनन्द लिने रहर गर्दागर्दै
लागूऔषधको फन्दामा फस्न पुग्छन् । स्वास्थ्य, आचरण, व्यवहार र अन्य
निजी क्रियाकलापहरू नियालेर दर्ुर्व्यसनीको पहिचान गर्न सकिन्छ तर
धेरै अभिभावकहरूले छोराछोरी दर्ुर्व्यसनमा फसेको दर्ुइ, तीन वर्षम्म
पत्तै पाउँदैनन् ।
कसरी थाहा पाउने ?
किरण पाण्डे |
कुलतमा फसेकाहरू प्रायः दुब्लाउँदै जाने, विरामी भइरहने, र्सर्ुइबाट
लागूऔषध लिनेहरूका पाखुरा, नाडी, त्रि्रामा खोपेका घाउ देखिने, टीबी,
हेपाटाइटिस बी/सी, एचआइभी पोजिटिभबाट संक्रमित हुनेे, घाउखटिरा देखिने
जस्ता लक्षण देखिन थाल्छन् । न्रि्रा नलाग्ने, यौनइच्छा कम हुने, जीउ
दुख्ने, आँखा-नाकबाट पानी बग्ने, वाक्वाकी लाग्ने, कामज्वरो आउने,
ओठ सुक्ने, हाइहाइ आउनेजस्ता समस्याहरू पनि सँगसँगै देखिन सक्छन् ।
तर यस्ता लक्षणहरू शुरुका वर्षवा महिनामै देखिँदैनन् । शुरु शुरुमा
त विभिन्न बहाना बनाएर पैसा मागिरहने, सीधा आँखामा हेरेर कुरा नगर्ने,
फोन गर्नेबित्तिकै बाहिर जाने, र्झकने, झगडा वा अभद्र व्यवहार गर्ने,
सकेसम्म एक्लै धुमधुम्ती बस्ने, परिवारसँग बसेर लामो कुराकानी नगर्ने,
चार्डपर्व-इष्टमित्रदेखि टाढा रहने, अव्यवस्थित रूपमा कपाल पाल्ने
वा ट्याटु खोप्ने, टिभी हर्ेदा उङ्ने, दिउँसो सुत्ने र राति अबेरसम्म
बस्ने जस्ता आचरणहरू देखा पर्छन् । घरका सामान-पैसा हराउन थालेपछि
भने अभिभावकहरूले छोराछोरी दर्ुर्व्यसनी भए-नभएको यकिन गर्न थाल्नै
पर्छ- भलै आफैँलाई विश्वास नलागेको होस् । विद्यार्थी भए स्कूलमा गयल
हुने, जाँचमा फेल हुने, कर्मचारी/व्यापारी भए काममा ध्यान नदिने, बढी
वा कम उमेरकाहरूसँग हिँड्ने, मसानघाट, पाटी, भत्केको घर, झाडी भएको
खाली जग्गा, मन्दिर, पुलमुनि गएर बस्ने व्यक्तिहरूसमेत दर्ुर्व्यसनमा
फसेका हुन सक्छन् । लुटपाट गर्ने, हरसाँझ डिस्को जान रुचाउने, रातमा
पनि चश्मा लगाउने, गर्मीमा ज्याकेट लगाएर हिँड्ने, पाइन्ट लतार्ने,
च्यातिएको मोजा लगाउने दर्ुर्व्यसनीका अरू थप लक्षणहरू हुन् ।
शारीरिक तथा मानसिक गडबडी ठीक पार्न प्रयोग गरिने प्राकृतिक, अर्धप्राकृतिक
र रासायनिक पदार्थहरू नै लागूऔषध हुन् । न्रि्रा नलाग्ने, मानसिक असन्तुलन
देखिने, बोल्न नचाहने मनोरोगीका सोचाइ र व्यवहारलाई ठीक पार्न तयार
गरिएका पदार्थहरूलाई चिकित्सकहरू मनोद्दिपक पदार्थ
-साइकोएक्टिभ सव्ट्यान्स) भन्छन् । दर्ुर्व्यसनको संसारमा 'स्टि्रट
ड्रग्स' नाउँ पाएका गाँजा, भाङ, धतुरो, चरेस, अफिम आदि स्थानीय तहमै
उत्पादन र उपलब्ध हुन्छन् । तर, हुँदाहुँदा ग्लु -डेन्ड्राइड), जुत्ताको
पलिस, माउसुलीको पुच्छर जस्ता अखाद्य पदार्थबाट तलतल मेटाउन खोज्ने
विक्षिप्त आचरण पनि प्रशस्तै देखिन थालेको छ । खास समस्या पर्दा चिकित्सकको
सल्लाहमा मात्र प्रयोग गरिने औषधिहरू समस्या नै नपरी सेवन गर्दा वा
तोकिएको मात्राभन्दा बढी वा लामो समयसम्म प्रयोग गर्दा त्यसले मानसिक
असर पुर्याउँछ । र, तिनकोे अभावमा प्रयोगकर्तालाई न्रि्रा नलाग्ने,
जीउ दुख्ने जस्ता अनेकौँ समस्या देखिन थाल्छन् । अनि उसलाई त्यस्ता
'ड्रग्स' नभई हुँदैन ।
फैलिँदो समस्याः बदलिँदो 'ट्रेण्ड'
'ड्रग्स' को नशामा फसेपछि व्यक्ति असामाजिक बन्ने र आपराधिक गतिविधिमा
समेत लाग्ने गर्छ । अन्ततः हर क्षेत्रमा असफल हुँदै, विभिन्न रोग निम्त्याउँदै
असमयमै मृत्यु व्यहोर्न पुग्छ । दुर्व्यर्सनीहरूलाई समेत यो कुरा थाहा
हुन्छ तर उनीहरू लागेको नशा सजिलै छोड्न सक्तैनन् । फलतः लागूऔषध दर्ुर्व्यसनको
समस्या दिनहुँ विकराल बन्दै गइरहेको छ । उदाहरण हेरौँ- पाँच कक्षामा
पढ्दै गर्दा चुरोट खान पल्केका दीपेश -हाल पुनःस्थापन केन्द्रमा) तुरुन्तै
गाँजा, चरेसदेखि हेरोइनसम्मको कुलतमा फस्न पुगे । तीन महिनामै उनले
प्रत्यक्ष रु.५ हजार ४ सय र अप्रत्यक्षतः रु.१० हजार 'ड्रग्स' मा उडाए
। -प्रत्यक्ष खर्च भित्र मागेर, चोरेर वा ढाँटेर हात पारेको नगद पर्छ
भने अप्रत्यक्ष खर्चमा महँगा जिन्सी वस्तु सस्तो मूल्यमा बिक्री गर्दा
भएको नोक्सानी समेत पर्छ । जस्तो, रु.१० हजार मूल्य भएको सुनको सिक्री
दर्ुर्व्यसनीले रु.२ हजारमा बिक्री गर्दा उसको वा परिवारको रु.१० हजार
बराबरको खती भएको हुन्छ ।) दश वर्षदर्ुर्व्यसनमा फसेका ज्योति पुनःस्थापन
केन्द्र भर्ना हुँदा उनले घरसम्पत्तिबाट रु.२३ लाख सकिसकेका थिए भने
सम्पन्न परिवारका रमेशले ६ वर्षा रु.३५ लाख सके । १२ वर्षम्म लागूऔषध
सेवन गरेका दीप रु.४३ लाख २० हजार प्रत्यक्ष र रु.५ लाख अप्रत्यक्ष
रूपमा ड्रग्समा खर्च भएको बताउँछन् । -थप विवरण हे.बक्स) लागूऔषधको
दुष्चक्रमा फसेका यस्ता कैयौँ किशोरकिशोरी/युवायुवतीहरूका कारण तिनका
परिवारकै बिल्लीबाठ भएको छ ।
दर्ुर्व्यसन नियन्त्रणमा संलग्न अधिकारीहरूका अनुसार ७-१२ कक्षामा
पढ्ने १४-२२ वर्षा थुप्रै किशोरीकिशोरी तथा युवाहरू दर्ुर्व्यसन-दुष्चक्रमा
फसिरहेका छन् । शरीरमा 'हर्मोन' परिवर्तन हुने उमेरका केटाकेटीमा देखिने
उत्सुकता र अभिरुचिका कारण तिनीहरू अरूको सिको गर्न र ठूलो भएको देखाउन
चुरोट, गाँजा खाने गर्छन् र बिस्तारै लागूऔषधको जञ्जालमा जाकिन पुग्छन्
। बिना काम अनुत्पादक ढङ्गले समय बिताउनुपर्दा वा बाबुआमाले मेहनत
गरेर कमाएको पैसाको महत्त्व नबुझीदिँदा पनि यो समस्या प्रतिदिन चुलिँदो
छ ।
पढेलेखेका, डाक्टर-इञ्जिनियर, धनीमानी व्यापारीहरू पनि दर्ुर्व्यसनमा
छन् । केटाकेटी, युवायुवती, धनी-गरीब केही नभन्ने लागूऔषध-दर्ुर्व्यसनमा
महिलाहरूको सङ्ख्या समेत बढ्दो रहेको सम्बद्ध अधिकारीहरू बताउँछन्
। उनीहरूका अनुसार करीब २५ हजार महिलाहरू लागूऔषध सेवनमा प्रत्यक्ष
संलग्न छन् । पुरुष दर्ुर्व्यसनीहरूझैँ महिलाहरू लत छुटाउन पुनःस्थापन
केन्द्रहरूमा जाने गरेको प्रायः भेटिँदैन । लागूऔषध किन्ने पैसा जुटाउन
भइरहेका चोरी डकैतीजस्ता आपराधिक क्रियाकलाप पनि उनीहरूका लागि सहज
हुँदैनन् । त्यसैले अधिकांश दर्ुर्व्यसनी महिलाहरू आफ्नो खाँचो र चाहना
पूरा गर्न वेश्यावृत्तिमा लाग्ने गरेका छन्, जहाँ यौनरोग र एचआइभी
सङ्क्रमणको भयावह स्थिति छ ।
दर्ुर्व्यसनीहरूको सङ्ख्यात्मक वृद्धिसँगै उनीहरूको रुचि र ड्रग्स-छनौटमा
समेत परिवर्तनहरू देखिन थालेका छन् । वि.सं.२०४६-२०५१ सालसम्म दर्ुर्व्यसनीहरूबीच
खोकीको औषधि 'फेन्सिडिल' लोकप्रिय थियो । २०५२-२०५६ सालसम्म सुइमार्फ्
प्रयोग गरिने 'इन्जेक्टिवल ड्रग्स' टीडी जेसिक उपयोग गर्ने दर्ुर्व्यसनीहरू
बढे । र, २०५७-०५८ सालदेखि हेरोइनको खपत बढ्यो । अहिले मेडिकल ड्रग्स
नाइट्राजेपाम र डाइजेपामको उपयोगसमेत उल्लेख्य रहेको यस क्षेत्रमा
कार्यरत विशेषज्ञहरू बताउँछन् । सरकारका तर्फाट लागूऔषध नियन्त्रकको
भूमिकामा रहेका गृहमन्त्रालय विशेष सेवा महाशाखाका प्रहरी उपरीक्षक
हेमन्त मल्लका अनुसार लागूऔषध उपयोगकोे 'ट्रेण्ड' समयसँगै बदलिइरहेको
छ । भन्छन्, "एकातिर दबाउँदा समस्या नयाँ शैलीमा अर्कोतिर प्रकट
हुन्छ ।" यो भनाइसँग सहमत मनोचिकित्सक ध्रुवमान श्रेष्ठ भन्छन्,
मेरो क्लिनिकमा दैनिक ३-४ जना दर्ुर्व्यसनीहरू जचाउन आउँछन् । स्कूले
केटाकेटी र सडक बालबालिकाले शुरुमा ग्लु सुघ्ने र बिस्तारै धेरै प्रकारका
औषधि मिसाएर र्सर्ुइबाट लागूऔषधको चाहना पूरा गर्ने 'ट्रेण्ड' बढ्न
थालेको श्रेष्ठ बताउँछन् ।
अर्को समस्या औषधिको जथाभावी बिक्रीवितरण पनि हो । चिकित्सकको 'प्रेस्त्रिmप्सन'
बिना समेत औषधि बेचिरहेका देशभरिका १४ हजार औषधि पसलहरू दर्ुर्व्यसनीले
मेडिकल ड्रग्स पाउने प्राथमिक स्रोत बनिरहेका छन् । दोस्रो स्रोत हुन्
भारतीय व्यापारी । तिनका स्थानीय दलालहरूलेे नेपालमा सङ्गठित रूपमै
यसको ओसारपसार गरिरहेका छन् । राजधानीलगायत धेरै ठाउँमा कतिपय प्रहरीहरू
समेत लागूपदार्थ बेचबिखनमा संलग्न भेटिएको र उनीहरूले दिने ड्रग्स
अन्य स्रोतबाट आउने लागूऔषधभन्दा गुणस्तरीय हुने गरेको दर्ुर्व्यसनीहरू
नै बताउँछन् । केही गिरोहले त दर्ुर्व्यसनीका घरघरमै ड्रग्स पुर्याइदिने
समेत गरेका छन् । एक भारतीयले काठमाडौँ-ठमेलस्थित आफ्नो घरमै हेरोइन
ल्याइदिने गरेको बताउँदै पर्ूव दर्ुर्व्यसनी उज्ज्वल भन्छन्, "पैसा
नभएका बेला उधारो पनि छोड्थ्यो ।" भारतको बारपंखीमा १ ग्रामको
ने.रु.२०० पर्ने हेरोइन सिमानामा रु.३००, पोखरामा रु.१००० देखि रु.१२००
सम्म पर्ने खरीदकर्ताहरू बताउँछन् । अर्को मनोद्दीपक नफिर्न को भारतमा
प्रत्रि्राम रु.१४ पर्दा पोखरामा रु.२०० र नेपाल बन्द जस्ता अवसरमा
रु.५०० सम्म पुग्ने गरेको छ । तीन वर्षता भारतबाट बढी मात्रामा 'ब्राउन
सुगर' भित्रिरहेको प्रहरी उपरीक्षक मल्ल बताउँछन् ।
दर्ुर्व्यसनीहरूका अनुसार, एक जनालाई एक दिनमा औसत रु.५०० को हेरोइन
चाहिन्छ । नेपालका करीब डेढ लाख दर्ुर्व्यसनीहरूमध्ये ४० हजार जनाले
हेरोइन सेवन गरे भने पनि एक दिनमा रु.२ करोड, महिनामा रु.६० करोड र
वर्षा रु.७ अर्ब ३० करोड बराबरको हेरोइन कारोबार हुन्छ । यसरी मुलुकको
ठूलो धनराशी लागूऔषधको नशामा विदेशिँदैछ र दलाल-उपभोक्ताहरूको सञ्जाल
हिजोभन्दा आज ठूलो र अभेद्य बनिरहेको छ । सरकारले लागू पदार्थको समस्यालाई
दशौँ योजनामा समावेश गरेपनि यसको उन्मूलनतर्फभने प्रभावकारी पहल गरेको
छैन । गृह सहसचिव तथा मुख्य लागू औषध नियन्त्रक बालगोविन्द बिष्ट चाहिँ
'कामै नभएको' भन्न नमिल्ने बताउँछन् । उनी भन्छन्, "यसअघिका अनुभवहरूको
निचोडका रूपमा हामी यसै वर्षखि आयात र उपयोग नियन्त्रण सम्बन्धी विस्तृत
कार्यक्रम ल्याउँदैछौँ ।"
सरकारी तथ्याङ्कअनुसार, काठमाडौँका तीन वटा जेलमा अहिले ४३१ जना लागूऔषधसँग
सम्बन्धित व्यक्तिहरू थुनामा छन् । र, यो धन्दामा संलग्न रहेको आरोपमा
प्रहरी र सैनिकहरूसमेत कारबाहीमा परेको एक प्रहरी अधिकृत बताउँछन्
। "तर नाम दिन हामी अर्समर्थ छौं," उनी भन्छन् । लागूऔषध
नियन्त्रण ऐन २०३३ ले गरेको उत्पादन र आपर्ूर्ति नियन्त्रणसम्बन्धी
व्यवस्था अप्रभावकारी र अपर्याप्त रहेको फौजदारी कानून विशेषज्ञ डा.
रजितभक्त प्रधानाङ्ग बताउँछन् । भन्छन्, "ऐनमा धेरै कमजोरीहरू
भएकाले संशोधन जरुरी छ ।" उत्पादन नियन्त्रण र मागमा कटौती गरेर
उपचार, पुनःस्थापन र लागूऔषध दर्ुर्व्यसनीको शरीरमा रहेको अन्तरविष
हटाउन 'डिटक्सिफिकेशन' विधि अपनाउनु जरुरी हुने मनोचिकित्सक श्रेष्ठ
बताउँछन् ।
उपचारः कति सम्भव छ ?
समस्या बढ्दै गएपछि पुनःस्थापन र औषधोपचारका लागि सरकारी र निजी क्षेत्रबाट
छिटपुट प्रयास नभएका होइनन् । तर तिनको भूमिका हात्तीको मुखमा जीरा
जति मात्र छ । हाल काठमाडौँ उपत्यका, विराटनगर, धरान, नारायणगढ, बुटवल,
पोखरा लगायत केही शहरी क्षेत्रमा पुनःस्थापन केन्द्रहरू सञ्चालनमा
छन् । प्रहरी परिवार महिला संघद्वारा सञ्चालित आसरा सुधार केन्द्र,
फादर ग्याफ्नेद्वारा स्थापित प्रिmडम सेन्टर जस्तै निजी क्षेत्रका
रिचमण्ड फेलोसिप, युथ भिजन, प्रतीज्ञा/नार्कोनन नेपाल, सोसाइटी सपोर्ट
ग्रुप, वर्ल्ड भिजन इन्टरनेशनल, सहारा -बुटवल), सपोर्ट एण्ड केयर,
नवकिरण -नारायणगढ) लगायतका पुनःस्थापन केन्द्रहरू विभिन्न उपचार विधिमार्फ्
दर्ुर्व्यसन छुटाउने अभियानमा लागेका छन् । ३० जना दर्ुर्व्यसनीहरूलाई
पुनःस्थापन गरिरहेको काठमाडौँ, हात्तीगौडास्थित प्रतीज्ञा/नार्कोननले
स्कूल-स्कूलमा पुगेर विद्यार्थीहरूलाई लागूऔषध दर्ुर्व्यसनबाट टाढा
रहने र फसिसकेको भए त्यसबाट बाहिर आउने उपायबारे अभियान पनि शुरु गरेको
छ ।
किरण पाण्डे |
उपचारका धेरै विधिमध्ये नेपालका सर्न्दर्भमा नयाँ हो अमेरिकी नागरिक
एल्. रोन हर्ुवर्डद्वारा प्रतिपादित 'डिटक्सिफिकेशन नार्कोनन' विधि
। यो विधिको सही प्रयोगबाट नेपालीहरूले दर्ुर्व्यसन-समस्याबाट मुक्ति
पाउन सक्ने क्याम्बोडिया र नेपालका लागि एशोसिएसन बेटर लिभिङ्ग एण्ड
एजुकेशनकी प्रविधि निर्देशक एभिलिन क्लार्कको दाबी छ । उनी भन्छिन्,
"हर्ुबर्डको उपचार-विधिले अहिले प्रतीज्ञा-नार्कोननमा आएका ६५-७५
प्रतिशत दर्ुर्व्यसनीहरू व्यसनमुक्त भएका छन् ।" यो विधिअनुसार,
दर्ुर्व्यसनीको शरीरमा रहेको विषाक्त पदार्थलाई भिटामिन र खनिज दिँदै
कम गर्दै लगिन्छ र विभिन्न प्रकारका शारीरिक अभ्यास र शुद्धीकरणका
प्रक्रियाहरूसँगै ६ महिने विशेष प्रशिक्षण दिइन्छ ।
तेइस दर्ुर्व्यसनीहरूलाई पुनःस्थापन गरिरहेको प्रिmडम सेन्टरका कार्यक्रम
निर्देशक तथा काउन्सेलिङ थेरापिष्ट राजेन्द्र श्रेष्ठ आफ्नो संस्थाले
अपनाएको 'एक्लिक्टिक' -कुनै औषधि नदिइने मनोवैज्ञानिक उपचार विधि)
निकै उपयोगी भएको ठान्छन् । दर्ुर्व्यसन मनो-सामाजिक समस्या भएकोले
यसको हानिबारे सामाजिक चेतना जगाउन सके नियन्त्रणमा सघाउ पुग्ने उनको
दाबी छ । प्रिmडम सेन्टर नेपालकै पहिलो दर्ुर्व्यसनी पुनःस्थापन केन्द्र
हो ।
अन्य संस्थाहरूले पनि आआफ्नै तरिकाले दर्ुर्व्यसनविरुद्ध चेतना र पुनःस्थापन
अभियान चलाइरहेका छन् । फरक-फरक उपचार विधिद्वारा पुनःस्थापन गरिरहेका
केन्द्रहरूको प्रभावकारिताबारे आकलन/विश्लेषण हुन भने बाँकी नै छ ।
यस्ता केन्द्रहरूबीच सामञ्जस्यको अभावका कारण नेपालमा कुन विधि बढी
उपयुक्त भन्ने विषयमा समेत निक्र्योल निकाल्न कठिन छ ।
दर्ुइ वर्षघिसम्म दर्ुर्व्यसनीहरूलाई सरकारी तवरबाटै पाटनस्थित मानसिक
अस्पतालमा 'मेथाडोन' -दर्ुर्व्यसनीको शरीरबाट क्रमशः लागू औषधको प्रभाव
कम गराउन उपयोग गरिने हानिरहित मनोद्दीपक) दिइन्थ्यो । तर यो कार्यक्रम
अहिले स्थगित छ । बाइस वर्षम्म सो अस्पतालमा काम गरेर अवकाशप्राप्त
मनोचिकित्सक ध्रुबमान श्रेष्ठ अन्य अस्पतालमा समेत यो सेवा विस्तार
गर्नुपर्नेमा बन्द नै गर्नु विडम्बनापर्ूण्ा कुरा हो भन्छन् ।
बहस जारी छ, समस्या चुलिँदो छ । लागूऔषधकै कारण मर्ने युवायुवतीको
सङ्ख्या पनि बढ्दो छ । दर्ुर्व्यसनमा फसिसकेकाहरू प्राणघातक रोगको
शिकार हुने र १०-१५ वर्षभत्रै जीवन गुमाउने तथ्यबारे भने धेरै अभिभावकहरू
अझै अनभिज्ञ छन् । धेरै दर्ुर्व्यसनीलाई त आफू कहाँ पुगेँ र कति सुध्रन्छु
भन्ने हेक्कासमेत छैन । प्रतीज्ञा दर्ुर्व्यसन व्यवस्थापन स्कूलका
सल्लाहकार वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज कँुवर भन्छन्, "म
ठीक हुन्छु भन्ने नियत राख्ने दर्ुर्व्यसनीको उपचार सम्भव छ । तर सुध्रिएर
फर्किएकाहरूले पनि दर्ुर्व्यसनमय वातावरणसँग मुकाबिला गर्न सकेनन्
भने उनीहरू फेरि त्यो भयानक भुमरीमा फस्छन्, फसिरहेका छन् ।"
(रिपोर्टमा उल्लिखित केही दर्ुर्व्यसनी र तिनका अभिभावकको नाम
परिवर्तन गरिएको छ ।)
कति खर्चर्/वर्षछि चेत खुल्यो -
राजधानीको एक पुनःस्थापन केन्द्रमा रहेका पर्ूव दर्ुर्व्यसनीहरू
आफैँले तयार पारेको तालिका ।
| व्यक्ति |
सेवन अवधि (वर्ष) |
खर्च प्रत्यक्ष (रु.लाखमा) |
खर्च अप्रत्यक्ष
(रु.लाखमा) |
| दीप |
१२ |
४३.२० |
५ |
| रमेश |
६ |
३२.४० |
३ |
| तुलाचन |
७ |
२५.२० |
- |
| मोहन |
९ |
२१.६० |
१ |
| अभिषेक |
६ |
२१.६० |
१.५ |
| रुपेश (ए) |
७ |
१८.४८ |
.५ |
| प्रज्ज्वल |
६ |
१०.८० |
- |
| रुपेश (बी) |
१ |
१०.८० |
- |
| रिम |
६ |
१०.८० |
५ |
| आकाश |
७ |
१६.८० |
१ |
हामी फस्यौं तर तपाईं बँच्नूस्
स्वदेश तथा विदेशमा उपचार गर्दा समेत कुलतबाट बाहिर आउन नसकेका केही
युवाहरू अहिले प्रतीज्ञा/नार्कोनन नेपालमार्फ् बाहिर आएर स्कूलहरूमा
लागूऔषध दर्ुर्व्यसन र त्यसबाट पर्ने असरबारे शिक्षा दिने काममा सक्रिय
छन् । एक प्रतिष्ठित भारतीय कम्पनीमा काम गरिसकेका व्यवस्थापनमा स्नातक
३० वषर्ीय शैलेन्द्र गिरी, हङकङमा मासिक रु.३ लाख २० हजार तलबको जागिर
भएका ३१ वषर्ीय कमलजङ्ग र्राई, काठमाडाँैको एक प्रतिष्ठित विद्यालयबाट
'ओ लेभल' गरेका ३० वषर्ीय सुविर श्रेष्ठ, अष्ट्रेलियाबाट ट्राभल एण्ड
टुरिजममा स्नातक गरेका सौनकविक्रम शाह हाल नार्कोनन विधिबाट दर्ुर्व्यसन-मुक्त
भई प्रशिक्षक बनेका छन् ।
|
|
शैलेन्द्र गिरी |
सुविर श्रेष्ठ |
| "लागूपदार्थले दर्ुर्व्यसनीलाई मात्र नभई परिवार, समाज
र अन्त्यमा देशलाई नै तहसनहस पार्छ । कसैले पनि उत्सुकतावश रमाइलोका
लागि वा आनन्द लिने वहानामा 'ड्रग्स' सेवन गर्नुहुँदैन । फसिसकेकाहरूले
यसबाट बाहिर आउन पुनःस्थापना केन्द्रको परामर्श लिन ढिलो गर्नुहुन्न
। यसबाट मुक्ति पाउन सकिन्छ भन्ने कुराको उदाहरण म पनि हुँ । समस्या
नलुकाऔँ । म अहिले नयाँ जीवन पाएको अनुभव गरिरहेको छु ।" |
"बाह्र वर्षघि गाँजाबाट दर्ुर्व्यसन थालेको थिएँ ।
टीडीजेसिकसम्म पुगेपछि त्यो कुलत त्यागेको छु । लागूऔषधले व्यक्ति
स्वयं र परिवारलाई कति पीडित बनाउँछ भन्ने कुराको भुक्तभोगी भएका
नाताले स-साना भाइबहिनीहरूलाई लागूऔषध सेवन नगर्न मेरो अनुरोध
छ । 'नो ड्रग्स' भन्छु । रिचमण्ड पुनःस्थापन केन्द्रले नयाँ जन्म
दिएको र प्रतीज्ञाले हर्ुकाउने काम गरेकाले यी दुवै संस्थालाई
धन्यवाद दिन्छु ।" |
| |
|
|
कमलजंग र्राई |
सौनकविक्रम शाह |
| "अठार वर्षघि गाँजा तान्न शुरु गरेको थिएँ । पछि हेरोइनसम्म
पुगेँ । थुप्रै धनसम्पत्ति स्वाहा पारेँ, सडकमा सुतेँ, झाडीमा
लुकेँ, कहिले ढाँटे, जे गरेर भए पनि 'ड्रग्स' जुटाएँ । अहिले म
दर्ुर्व्यसनबाट मुक्त छु । स्कूलहरूमा गएर विद्यार्थीहरूलाई दर्ुर्व्यसनमा
नफस्न शिक्षा र आफ्ना कटु अनुभवहरू बाँडिरहेको छु । साहस र मिहिनेत
गरे दर्ुर्व्यसनबाट बाहिर आउन सकिन्छ भन्ने एउटा उदाहरण मै हुँ
।" |
"म १४ वर्षघि लागू औषध दर्ुर्व्यसनमा फसेको थिएँ । शुरुमा
गाँजाबाट कुलतमा फसेँ । पछि ट्याव्लेट, ब्राउन सुगर हुँदै कोकिनजस्ता
हार्डड्रग्ससम्म सेवन गर्न पुगेँ । भारतको टी. टी. के. अस्पतालबाट
उपचार गराएपछि अहिले म प्रतीज्ञामार्फ् दर्ुर्व्यसनमुक्त भई अरूलाई
यसमा नफस्न सल्लाह दिँदैछु । ड्रग्समा फसेर मैले धेरै गुमाएँ,
अरूले गुमाउन नपरोस् भनेर म दर्ुर्व्यसनमुक्त समाज बनाउन सक्रिय
छु ।" |
खुवाउनेका अघि रोक्ने निरीह !
"लागूऔषधको धन्दा गर्नेहरू हुनेखाने परिवारमा
सङ्गठित रूपमै छिरेका छन् । काठमाडौँ, पोखरा, धरानजस्ता ठाउँमा यो
गिरोहको चलखेलले रोक्ने, नियन्त्रण गर्ने निकायहरूलाई समेत उछिनेको
छ" हिमाल-अन्तरसम्वादमा सहभागी विज्ञहरू भन्छन्, "त्यो समूह
ब्रिटिस सैनिक परिवारमा त झन् योजनाबद्ध रूपमै छिरेको छ ।"
अनुमानभन्दा तेब्बर !
सरकारी आँकडाअनुसार मुलुकभर ५० हजार युवाहरू लागूऔषधको कुलतमा फँसेका
छन् । तर दर्ुर्व्यसन न्यूनीकरणको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरू
यो तथ्याङ्कसँग सहमत छैनन् । तिनको भनाइमा यो तथ्याङ्कले वर्तमान वास्तविकताको
प्रतिनिधित्व गर्दैन । लागूऔषध नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी
बोकेको गृहमन्त्रालयका सह-सचिव बालगोविन्द विष्टलाई पनि त्यस्तै लाग्छ
। त्यसै भएर उनी भन्छन्, "दर्ुर्व्यसनीको वास्तविक सङ्ख्या पत्ता
लगाउन आर्थिक वर्ष२०६२/६३ मा बृहत् अध्ययन गर्ने कार्यक्रम बनिसकेको
छ ।"
मीन बज्राचार्य |
२५ वर्षेखि दर्ुर्व्यसनीको उपचारमा संलग्न मनोचिकित्सक
ध्रुवमान श्रेष्ठको अनुभवमा पछिल्ला दिनमा दर्ुर्व्यसनीहरूको सङ्ख्या
चिन्ताजनक रूपमा बढिरहेको छ । उनी भन्छन् "१० वर्षअघिसम्म मकहाँ
आउने विरामीहरूमध्ये दर्ुर्व्यसनीहरूको सङ्ख्या एक, दर्ुइ प्रतिशत
हुन्थ्यो तर अहिले तिनको सङ्ख्या कहिलेकाहीँ २० प्रतिशतसम्म पुगेको
छ ।" दर्ुर्व्यसनीहरूको पुनःस्थापनमा सक्रिय वरिष्ठ प्रहरी उपरीक्षक
वसन्तराज कुँवर मुलुकभर दर्ुर्व्यसनीहरूको सङ्ख्या डेढलाखको हाराहारीमा
रहेको दाबी गर्छन् । उनको भनाइमा सडकमा भेटिएका, प्रहरीको फन्दामा
परेका तथा लागूपदार्थविरुद्ध क्रियाशील गैरसरकारी संस्थाहरूको सर्म्पर्कमा
रहेका दुर्व्यर्सनीहरू मात्र पर्ूवअध्ययनहरूमा समेटिएका छन् । घरमै
लागूऔषध मगाएर सेवन गर्ने, बाबुआमाले नै 'ड्रग्स' को जोहो गरिदिने
गरेका दर्ुर्व्यसनीहरूसमेत जोड्ने हो भने तिनीहरूको कुल सङ्ख्या सरकारी
अनुमानको तेब्बर हुनसक्छ ।
दर्ुर्व्यसनः मौन आतङ्क
लागूपदार्थको उत्पादन, आयात र बेचबिखनमा पर्याप्त नियन्त्रण नहुनु,
शिक्षितर्-अर्धशिक्षित बेरोजगार युवाहरूको सङ्ख्या बढ्नु, सामाजिक
वातावरण दर्ुर्व्यसनलाई प्रोत्साहन दिने खालको बन्नु तथा शहरबजारका
नवधनाढ्य वर्गका केटाकेटीसँग फर्ुमासी खर्च गर्न पर्याप्त पैसा हुनुजस्ता
कुराहरूलाई दर्ुर्व्यसन बढाउने प्रमुख कारण मानिएको छ । आधुनिकताका
नाउँमा पाश्चात्य संस्कृतिको अनियन्त्रित एवं अन्धाधुन्द अनुकरण र
रात्रिक्लबहरूमा हर्ुकदै गएको 'मस्त वातावरण' को पनि यसमा धेरथोर भूमिका
हुने विज्ञहरूको ठहर छ ।
राजनीतिक अस्थिरता र अन्यौललाई पनि दर्ुर्व्यसन बढाउने अर्को कारण
ठानिन्छ । मुलुकमा जिम्मेवार राजनीति नहुँदा सामाजिक-आर्थिक क्रियाकलापहरू
शिथिल हुने र त्यसबाट मानिसहरूमा नैराश्य पैदा भई कुलत बढ्ने गरेको
विज्ञहरूको कथन छ । डा. श्रेष्ठका अनुसार २०४५/०४६ सालतिर कुलतको समस्या
महामारीकै रूपमा देखिएको थियो र अहिलेको अवस्था पनि त्यस्तै छ । 'नार्को-डलर',
'नार्को-टेरर' भनेजस्तै दर्ुर्व्यसनलाई पनि एक प्रकारको 'मौन आतङ्क'
मानिन्छ । छोराछोरीलाई निगरानीमा नराख्ने प्रवृत्ति र चेतनाको कमीले
दर्ुर्व्यसनीहरू बढेको भन्ने गृह सह-सचिव विष्टको भनाइसँग सहमत छैनन्
प्रहरी उपरीक्षक हेमन्त मल्ल । उनी भन्छन््, "चेतनाको कमी एउटा
कारण होला तर त्यसैले मात्र दर्ुर्व्यसनी बढेका भने होइनन् ।"
उता फौजदारी कानुनविद् डा. रजितभक्त प्रधानाङ्ग र वरिष्ठ प्रहरी उपरीक्षक
वसन्त कुँवरको साझा बुझाइ छ- लागूपदार्थको व्यापार सङ्गठित रूपमा फस्टाइरहेको
छ । उनीहरू भन्छन्, "खुवाउने समूह रोक्ने समूहभन्दा सशक्त छ ।"
भविष्यमाथि प्रहार
विशेष गरेर स्कूले केटाकेटी, कलेजका युवा र सडक बालबालिका नै अहिले
दर्ुर्व्यसनको केन्द्रमा छन् । उनीहरू उत्सुकता र रमाइलोका लागि विभिन्न
प्रवृत्तिका लागूऔषधको सेवन गर्छन् र दर्ीघ-नशामा फस्छन् । छोराछोरीमाथि
बाबुआमाको निगरानी कम हुनु र समय नदिनुले समेत अहिले स्कूल/कलेजका
विद्यार्थीहरूमा दर्ुर्व्यसनीहरू बढिरहेको बताउँछन् त्रिचन्द्र क्याम्पसका
स्ववियू सभापति सरोज थापा । आजभोलि यो समस्या कलेज भन्दा उच्च माविमा
बढी देखिन थालेको उनको आकलन छ । दर्ुर्व्यसनमा निर्लिप्त अधिकांशले
बीचैमा पढाइ छोड्ने भएकाले स्नातक, स्नातकोत्तर तहमा धेरै दर्ुर्व्यसनी
भेटिँदैनन् ।
सरकारी कलेजहरूमा गाउँघरबाट आएका, काम गर्दै पढ्नुपर्नेहरूको बाहुल्य
हुन्छ । शहरी क्षेत्रका निजी कलेज र प्लस टूहरूमा प्रायः दिनभर कमाउन
निस्कने जागिरे आमाबाबुका छोराछोरी पढ्ने गर्छन् । पढाइ समेत प्रायः
बिहान हुने भएकाले दिउँसो फर्ुसदमा रहने यस वर्गका केटाकेटी दर्ुर्व्यसनमा
लाग्ने सम्भावना बढी देखिएको प्रा. प्रधानाङ्ग बताउँछन् । एसएसपी कुँवर
भने लागूपदार्थको अवैध धन्दा गर्नेहरू खर्च गर्न सक्ने परिवारमा सङ्गठित
रूपमै छिरेको बताउँदै भन्छन्, "धरान, पोखरा आदि ठाउँमा अहिले
यो गिरोह सक्रिय छ । ब्रिटिस सैनिकको परिवारमा त झन् योजनाबद्ध रूपमै
यो पसेको छ ।"
छुटकाराः संभव छ/छैन
पुनःस्थापन केन्द्रहरूमा उपचार गराउने दर्ुर्व्यसनीहरू मध्ये ३०-३५
प्रतिशतले कुलतबाट स्थायी मुक्ति पाउने गरेको देखिएको छ । नेपालमा
योभन्दा बढी सफलताको दाबी गर्नेहरू पनि छन् । तर मलेसियामा दर्ुइ वर्षम्म
पुनःस्थापन केन्द्रमा कडा निगरानीमा राखेर उपचार गराउँदा पनि ७० प्रतिशत
दर्ुर्व्यसनी फेरि कुलतमै र्फकने गरेको आँकडाले देखाएको छ । भारत र
पाकिस्तानमा यसरी र्फकनेको सङ्ख्या ९५ प्रतिशत छ । ती देशसँग सामाजिक-आर्थिक
अवस्था मिल्दोजुल्दो रहेको नेपालमा पनि पुनःस्थापनपछि कुलतमा र्फकनेहरूको
सङ्ख्या लगभग उस्तै हुनसक्ने प्रहरी उपरीक्षक मल्लको भनाइ छ । यो भनाइमा
सहमति जनाउँदै डा. श्रेष्ठ भन्छन्, "पुनःस्थापन केन्द्रबाट फर्केकाहरू
९० प्रतिशत पुनः दर्ुर्व्यसनमा र्फकने सम्भावना रहन्छ ।"
एसएसपी कुँवर चाहिँ पुनःस्थापन केन्द्रहरूलाई व्यवस्थित गर्दै जनचेतनामार्फ्
बाहिरको वातावरणलाई दर्ुर्व्यसनमुक्त बनाउनुपर्ने आग्रह गर्छन् । 'डिटक्सिफिकेशन'
लाई बढाउनुभन्दा उपचार गर्राई फर्केकाहरूलाई सामाजिक काममा लगाउनुपर्ने
उनको धारणा छ । स्ववियु सभापति थापा युवाहरूलाई खेलकुद र योगाभ्यासमा
लगाउन सके उपचारमा सफलता मिल्ने बताउँछन् । दर्ुर्व्यसनबाट छुटकारा
पाउन प्रथमतः यसले पुर्याउने हानिबारे जनचेतना फैलाउन जरुरी ठान्छिन्
गोर्खा भूतपर्ूव सैनिक संघ महिला परिवार, काठमाडौँकी अध्यक्ष सुनिता
गुरुङ । लाहुरे परिवारमा दर्ुर्व्यसनले पारेको प्रभावको दर्दनाक चित्रण
गर्दै गुरुङ भन्छिन्, "दर्ुर्व्यसनले नानीहरू मरिरहेका छन्, बाबुआमाहरू
पीडामा छन् । यसले घरघरमा तनाव सिर्जना गरेको छ । बाबु बाहिर छ, छोरालाई
प्रहरीले समातेर थुनिदिएको छ । घरमा आमा एक्लै भएकी छन् ।" सुविधासम्पन्नका
छोराछोरी मात्र दर्ुर्व्यसनमा फस्छन् भन्ने भनाइसित असहमति जनाउँदै
उनी भन्छिन्, "अस्ति मात्र मैले ठमेलमा ग्लु सुङ्दै हिँडेका केटाकेटीहरू
देखेँ । तिनीहरू १३/१४ वर्षा जस्ता देखिन्थे, घरमा भात खाने पैसा नभएका
परिवारका नानीहरू सडकमा दूधको प्लास्टिकमा ग्लु राखेर तान्दै थिए ।"
समस्या एकातिर, ऐन अर्कोतिर
२०३३ सालको लागूऔषध नियन्त्रण ऐनमा संशोधन जरुरी भएको कुरामा सरकारी,
गैरसरकारी सबै निकाय एकमत छन् । ऐनमा थुप्रै कमीकमजोरी भएकाले त्यसमा
समयसापेक्ष सुधार आवश्यक भएको डा. प्रधानाङ्गको धारणा छ । अहिलेसम्म
लागूऔषध नियन्त्रणबारे राष्ट्रिय अवधारणा नै बन्न नसकेको बताउँदै गृह
सहसचिव विष्ट भन्छन्, "ऐन अपर्याप्त भएको महसूस भइसकेको छ । सुधार
जरुरी छ ।" तर प्रहरी उपरीक्षक मल्लको भनाइमा कार्यान्वयन पक्ष
मजबूत पार्ने हो भने भएको कानुनबाटै धेरै नियन्त्रण गर्न सम्भव छ ।
कार्यविधि कानूनको अभावले कारबाही चलाउन अप्ठेरो भइरहेको बताउँछन्
प्रहरी नायब उपरीक्षक दिवसराज उदास । भन्छन्, "एकचोटि हामीले
दर्ुर्व्यसनी हो/होइन परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल पठायौँ ।
तर उसले तीन महिना परीक्षण गर्नुपर्छ भनेर लेखी पठायो । यस्ता समस्या
आइरहन्छन् ।"
(लागूपदार्थ दर्ुर्व्यसनको बढ्दो समस्याबारे
हिमाल द्वारा आयोजित अन्तरसम्वादमा मनोचिकित्सक ध्रुवमान श्रेष्ठ,
गृह सह-सचिव बालगोविन्द विष्ट, वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवर,
प्रहरी उपरीक्षक हेमन्त मल्ल, कानुनविद् डा. रजितभक्त प्रधानाङ्ग,
गोर्खा भूपू सैनिक संघकी प्रतिनिधि सुनिता गुरुङ, प्रहरी नायब उपरीक्षक
दिवसराज उदास, विद्यार्थी नेता सरोज थापासहित प्रतीज्ञा/नार्कोनन पुनःस्थापन
केन्द्रका केही प्रशिक्षकहरूको सहभागिता थियो ।)
|