|
रिपोर्ट | भूटानी शरणार्थी
शिविरमै हुर्र्कियो सिङ्गो पुस्ता
डम्बरकृष्ण श्रेष्ठ, झापामा
डम्बरकृष्ण श्रेष्ठ
शिविरमा भूटानी युवाहरू- क्रमशः अगोमाया
गुरुङ,युवा खेलाडी सजित लामा र सोनाम तामाङ,माइतराज सुब्बा कवि
तथा शिक्षक प्रकाश धमला र आइतमाया गुरुङ ।
|
स्वदेश फिर्तीको सपना
देख्दादेख्दै मोरङ र झापाका भुटानी शरणार्थी शिविरहरूमा ५० हजारभन्दा
बढी युवाहरूको एउटा सिङ्गो पुस्ता नै हर्र्किसकेको छ । डेढ दशकअघि
नेपाल छिरेको दूधे बालक-बालिकाहरू कलेज जाने उमेरका भएका छन् भने शिविरमै
जन्मेकाहरू पनि धमाधम तन्नेरी र बालिग हुँदैछन् । तर, शरणार्थी शिविरमा
हुर्र्किरहेको यो जमातको पहिचान र भविष्य अझै अन्यौलग्रस्त छ । आफूलाई
के भनेर चिनाउने - भोलि कहाँ जाने - के गरेर आफ्ना चाहनाहरू पूरा गर्ने
जस्ता प्रश्नले यिनलाई नराम्रोसँग सताउन थालेको छ । तर दर्भाग्यवश,
यी तन्नेरीका पीडा र भविष्यबारे कसैले पनि गम्भीरतापर्वक सोचेको पाइँदैन
।
भुटानी शासनले दमन र देशनिकाला गरेपछि शरणार्थीको रूपमा नेपाल आएका
नेपाली मूलका एकलाखभन्दा बढी भुटानीमध्ये झण्डै आधा युवा छन् । भुटानिज
युथ अर्गनाइजेशनका अनुसार, झापाका बेलडाँगी, टिमाई, खुदुनाबारी, गोलधाप
र मोरङको शनिश्चरेमा स्थापित सात वटा शिविरमा बस्दै आएका कुल १ लाख
३ हजार ६५० शरणार्थीमध्ये ५० हजार युवा छन् । शिविरमा सञ्चालित विद्यालयमा
पढ्नेहरूको सङ्ख्या मात्रै ४० हजार छ । तर उनीहरू माथिल्लो तहमा पढ्न,
कतै काम गर्न र घर फर्किन नपाएर निरस जीवन बिताइरहेका छन् ।
बेलडाँगी शिविरमै हर्ुर्किएका माइतराज सुब्बाका कानमा भुटानी शासकले
नेपाली मूलका मानिसहरूमाथि गरेको अत्याचार, बाजे सन्तराज सुब्बालाई
दिएको यातना, घरमा आगो लगाएर उठीबास गराएको घटनाबारे आमाले सुनाएका
विवरणहरू हरदम गुञ्जिरहन्छन् । शिविरमै १० कक्षा पढिरहेका माइतराजले
भुटानको इतिहास, भुगोल र जोङ्खा भाषाको ज्ञान हासिल गरिरहेका छन् ।
शरणार्थीका पीडा र आक्रोश पोख्दै गीत, गजल र कविताहरू लेख्ने सुब्बा
आफ्नो भविष्यबारे पूरै अन्यौलमा छन्, "खै के बन्ने, के गर्ने
केही सोच्न सकिएको छैन । आफ्नै देश र्फकन पाए हुन्थ्यो ।"
डम्बरकृष्ण श्रेष्ठ
शिविरमै बित्न लाग्यो जिन्दगीः भूटानी
शरणार्थीको पहिलो पुस्ता ।
|
दिनेश विश्व पनि मातृभूमिमै आफ्ना सपना साकार पार्न सकिने ठान्दछन्
। उनी भन्छन्, "शरणार्थी भएर त खै केही बन्छु र गर्छर्न्न सकिने
वातावरण नै देख्दिनँ ।" दिनेशका साथी गोपाल लिम्बूको पनि उतै
गएर व्यापार-व्यवसाय गर्ने चाहना छ । भुटानको हागानामा स्कूल पढ्दापढ्दै
लखेटिएका गोपाललाई सानो छँदा सेनाले घरमा दिनहँु मासुभात खाएको सम्झना
छ । उनका काका अझै भुटानको जेलमा छन् । भन्छन्, "चाँडै भुटान
फर्किन पाए हुन्थ्यो, तर १५-१५ पटक वार्ता भइसक्दा पनि अन्यौलमै छौँ
।"
१९ वर्षी पूणिर्मा कार्कीले देश र्फकने र जीवनमा केही गर्ने आशा सँगाल्न
छोडेकी छैनन् । उनको १४ जनाको परिवारमध्ये ६ भाइबहिनी त यहीँ शिविरमै
जन्मिएका हुन् । उनी भन्छिन्, "शरणार्थी भएर यहाँ के गर्न सक्छौँ
र - अवसर नै छैन । भुटान फर्केपछि काम पाइन्थ्यो कि !" बेलडाँगी
शिविरको ग्रीन भ्याली एकेडेमीमा १० कक्षामा पढ्दै गरेका बालकृष्ण अधिकारी,
नन्दलाल खरेल र टीका सुवेदीको विचार पनि पूणिर्माकै जस्तो छ, "अहिलेलाई
हाम्रो सपना, चाहना, लक्ष्य जे भने पनि पढाइ मात्र हो । शरणार्थी समस्या
हल भएपछि नै केही बन्ने, गर्ने कुरा होला ।" १६ वर्षी टीका सुवेदीलाई
आफ्ना बाबु बिष्णुभक्तलाई गोली लागेर एउटा हात नचल्ने भएको घटना सुन्दा
कहाली लाग्छ । तैपनि राम्रो वातावरणमा देश र्फकन पाउने आशा छ ।
सानैदेखि भुटान फर्किने कुरा सुन्दै आएकी एगोमाया गुरुङले नर्स बनेर
रोगीहरूको सेवा गर्ने सपना सँगालेकी छन् । भन्छिन्, "तर कसरी
नर्स बन्ने हो, थाहा छैन । भुटान फर्किन पाइएको छैन । यहाँ हाम्रो
लागि सीपमूलक तालिम र रोजगारमूलक शिक्षाको व्यवस्था छैन ।" नाटक
लेखन, निर्देशन र अभिनयमा रुचि भएका करवीर भुजेल शरणार्थी शिविरमै
देशको माया र भुटान फर्किने सन्देश दिने नाटकहरू देखाउँछन् । भुटान
फर्केर त्यहाँको रङ्गकर्मलाई नयाँ उँचाइ दिने उनको इच्छा छ । सात वर्षछँदा
भुटान छाडेका प्रकाश धमला डाक्टर बन्न चाहन्थे, तर अहिले शरणार्थी
शिविरको ग्रीन भ्याली एकेडेमीमा स्वयंसेवी शिक्षक छन् । भन्छन्, "हामी
शरणार्थीहरूको सपना पूरा हुन गाह्रो हुँदोरहेछ ।"
प्रतिभा छ, अवसर छैन
झापा र मोरङका शरणार्थी शिविरमा कला, साहित्य, खेलकुद, सङ्गीत आदि
क्षेत्रमा सृजनात्मक काम गर्ने अरू पनि थुप्रै युवाहरू छन् । सात वटै
शिविरका कलाकर्मीलाई समेटेर कुमार गुरुङको अध्यक्षतामा अल भुटानीज
आर्टिष्ट एशोसिएशन गठन भएको छ । आर्टिष्ट एशोसिएशनको शनिश्चरे शिविरकी
सह-संयोजक आइतमाया गुरुङ झापा र मोरङका शरणार्थी शिविरमा धेरै प्रतिभाशाली
युवाहरू भए पनि उनीहरूले उचित अवसर नपाएको बताउँछिन् । भन्छिन्, "५-६
वर्षै उमेरमा हामी आयौँ र अवसर नपाए पनि आफ्नै बलबुतामा केही गर्न
खोजिरहेका छौँ ।"
नारायण गोपाल, उदितनारायण, कुमार सानुले जस्तै गाउन सक्ने मेघराज
धिमाल शरणार्थीहरूमाझ प्रतिभाशाली गायकको रूपमा चिनिन्छन् । सातै वटा
शिविरमा हुने कुनै सांस्कृतिक कार्यक्रम नछुटाउने धिमाल नेपाल टेलिभिजन
को 'नेपाल तारा' मा भाग लिन चाहन्थे, तर गएनन् । भन्छन्, "नेपाली
नागरिकता माग्छन् भनेर गइनँ । के गर्नु, शरणार्थी भएपछि कतैको नागरिकता
छैन ।" उनका गीतहरू रर्ेकर्ड भएका छैनन् । तर अवसर नपाए पनि केही
गर्ने अठोट बोकेका मेघराज भन्छन्, "बाहिरका राम्रा मञ्चहरूमा
गाउन र सङ्गीत सिक्न पाए अझै राम्रो गर्थेँ जस्तो लाग्छ ।"
शनिश्चरे शिविरका सजित लामा सितेरियो कराँते खेल्छन् । आफूले नेपालका
राष्ट्रिय खेलाडी कुशल श्रेष्ठ र विक्रम मेचेलाई समेत हराएको दाबी
गर्ने लामा भन्छन्, "मसँग प्रतिभा छ, तर राष्ट्रियता छैन । त्यसैले
मैले नेपालका राष्ट्रिय खेलाडीहरूलाई पराजित गरे पनि कुनै मूल्याङ्कन
हुँदैन ।" सितेरियो कराँतेमा ६ वर्षघि ब्ल्याक बेल्ट लिएका लामा
भन्छन्, "शरणार्थी शिविरमा युवाहरूले गर्ने काम केही छैन । त्यसैले
कति विकृतितिर पनि लागेका छन् ।"
कराँतेकै ब्ल्याक बेल्ट शनिश्चरे शिविरका सोनाम तामाङ पनि सजितको सहयोगीको
रूपमा कराँते सिकाउँछन् । आफ्नै खर्चमा दमक क्याम्पसमा १२ कक्षा पढिरहेका
सोनाम तामाङलाई १० कक्षापछि बाहिर गएर पढ्ने शरणार्थी विद्यार्थीलाई
दिइने गरेको वाषिर्क रु.६ हजार बन्द गरिएकोले पढाइ सिद्ध्याउन समस्या
परेको छ । बाहिर डेरा लिएर राम्रो शिक्षण संस्थामा पढ्न एकजनालाई वाषिर्क
रु.२५ हजार जति खर्च लाग्ने हुनाले प्रायः शरणार्थी विद्यार्थी उच्च
शिक्षा हासिल गर्नसक्ने स्थितिमा छैनन् । कतिले एक वर्षकतै मजदुरी
गरेर अर्को वर्षपढ्ने गरेको तामाङ बताउँछन् । उनी थप्छन्, "तर
यति गरेर १२ कक्षा सके पनि हाम्रा लागि काम छैन, यही शिविरमै आएर थन्किनर्ुपर्छ
।"
भुटानी शरणार्थीका मानवअधिकार र अन्य समस्यालाई अन्तर्रर्ााट्रयस्तरसम्म
पुर्याउन पनि अग्रसर हुनथालेका छन् युवाहरू । गणेश सुवेदीको अध्यक्षतामा
भुटान पिपुल्स पार्टर्ीीे भातृ सङ्गठनको रूपमा ५ हजार ६ सय शरणार्थी
युवाहरू सङ्गठित भुटानिज युथ अर्गनाइजेशन स्थापना भएको छ । शिविरहरूमा
स्टुडेण्ट युनियन अफ भुटान पनि क्रियाशील छ ।
शिविरमा सञ्चालित विद्यालयका अधिकांश शिक्षक-शिक्षिका युवाहरू नै छन्
। बेलडाँगीका शिक्षक उमेश रेग्मीका अनुसार, माथिल्लो कक्षाका अधिकांश
विद्यार्थीहरू नै पढाइ सकिएपछि स्वयंसेवकको रूपमा बाल-बालिकाहरूलाई
पढाउने गर्छन् ।
अगुवाहरूसँग निराश
डम्बरकृष्ण श्रेष्ठ
भविष्य कहाँ बनाउने, कसरी बनाउने -
शिविरमै जन्मिएको, हर्ुर्किएको शरणार्थीहरूको नयाँ पुस्ता ।
|
अधिकांश शरणार्थी युवाहरू आफ्नै अग्रजहरूले युवापुस्ताको मनोभावना
बुझेर कार्यक्रम नल्याएको, भएका कार्यक्रम र सुविधाहरूलाई पनि निरन्तरता
दिन नसकेको आरोप लगाउँछन् । सीपमूलक तालिमहरू नहुनु, कक्षा १० पछि
बाहिर गएर पढ्न दिइएको सहयोग बन्द हुनु, पाठ्यपुस्तक र शैक्षिक सामग्रीहरूमा
कटौती गरिनु, युवाहरूका समस्याबारे छलफल नगर्नु यस्ता केही उदाहरण
हुन् ।
बेलडाँगीकी एगोमाया गुरुङ शरणार्थी समस्याबारे विभिन्न गोष्ठी-सेमिनार
गर्न विदेशबाट पैसा ल्याए पनि युवाहरूमा लक्षित कुनै कार्यक्रम नभएको
बताउँछिन् । उनको भनाइ छ, "युवापुस्तालाई कसैले ध्यान दिएको जस्तो
लाग्दैन । भुटान र्फकने आन्दोलन र अन्य विषयमा युवाहरूको राय बुझन
हाम्रा विद्यालय र छाप्राहरूतिर कोही आएनन् ।" यसरी उपेक्षित
भएकाले पनि धेरै युवाहरूमा निराशा छाएको छ । बेलडाँगी-१ का क्याम्प
सचिव छविलाल थापा भन्छन्, "स्कूल छाडेर र पढाइ सकेर बसेका युवाहरूलाई
कहीँ केही गर्ने ठाउँ छैन । कोही कतै लाखापाखा लागेर काम पनि गर्छन्,
तर धेरैको समय अनावश्यक होहल्ला गरेर, तास र क्यारेम खेलेर बित्दछ
।" एउटै क्याम्पमा ५-६ हजार युवा हुनेभएकाले कहिलेकाहीँ हुने
सीपमूलक तालिममा सबैलाई समेट्न नसकिएको सचिव थापा बताउँछन् । समस्या
समाधानको एउटै उपाय, शान्तिपर्ूण्ा रूपमा भुटान र्फकनु नै हो भन्छन्
उनी ।
भुटानिज युथ अर्गनाईजेशनका अन्तर्रर्ााट्रय सचिव सुरेन घले अन्यौलकै
कारण युवाहरूमा भविष्यप्रतिको ठोस सपना र सोचाइ नभएको बताउँछन् । घलेका
बुबा रुपकुमार भुटानमा आन्दोलन हुनुअघि जेल परेपछि उनको परिवार भारत
विस्थापित भएको थियो । भारतमा इञ्जिनियरिङ गरेका सुरेन विगत तीन वर्षेखि
नेपालमा शरणार्थी युवाहरूका लागि काम गरिरहेका छन् । अहिले शरणार्थी
शिविरहरूमा स्वदेश फिर्ती, नेपालमै स्थायी बसोबास या तेस्रो राष्ट्रमा
स्थायी आप्रवासका तीन वटा मागमा संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च
आयोगलाई गुहार्ने काम भइरहेको छ । तर सुरेन घले युवाहरूलाई स्तरीय
शिक्षा दिएर भुटान फर्काउनु नै राम्रो हुने बताउँछन् । भन्छन्, "केही
युवाहरू तेस्रो मुलुक जान इच्छुक छन्, तर सबैको चाहना भुटान नै र्फकन
पाउँ भन्नेछ ।" |