हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

मनु अधिकारी
वातावरण विज्ञानमा स्नातक तह प्रथम वर्षा अध्ययनरत् मनु वातावरणविद् बन्न चाहन्छिन् । उनका अतिरिक्त रुचि हुन् स्वीमिङ, बास्केटबल र मोडलिङ ।

तस्बिर/शृङ्गारः डीजी प्लस, काठमाडौं
पहिरनः गसिप, तेस्रो तल्ला विशालबजार, काठमाडौँ


रमझम/कला

प्रयास प्राञ्जलीको


किरण पाण्डे
प्रदर्शनी-कक्षमा गोविन्दबहादुर'गोठाले'का साथ प्राञ्जली ।

नव-कलाकार प्राञ्जली सिंह (१८) को एकल कला पर््रदर्शनीको नाम हो 'रियल्म अफ रियालिज्म' । लाजिम्पाट आर्ट ग्यालरीमा -२७ असार-७ साउन) मा भइरहेको यो पर््रदर्शनीले एउटा र्सार्थक लक्ष्य राखेको छ- पेन्टिङ बिक्रीबाट उठेको रकम द्वन्द्वपीडित महिलाका तथा जेलमा आमाबाबुसँग बसिरहेका बालबालिकाको शिक्षाका लागि उपयोग गर्ने । प्राञ्जलीसमेत संलग्न रहेको युवासमूह 'दिदीबहिनी'ले यस्ता समाजउपयोगी, सहयोगी काम गर्दै आएको छ । त्यसमा आफ्ना कलाकृतिको उपयोग गर्न पाउँदा दङ्ग छिन् प्राञ्जली ।
तीन दिनमा सात वटा पेन्टिङ बिकेपछि निकै उत्साहित प्राञ्जलीका प्रायः पेन्टिङमा फूल र परम्परागत भाँडाहरूको विविध स्वरुप देख्न सकिन्छ । "हामीले देखिरहेका, प्रयोग गरिरहेका सामान्य कुरालाई पनि महत्त्व दिनर्ुपर्छ भन्ने लागेर तिनको चित्र बनाएकी हुँ,ँ" उनी भन्छिन्, "भाँडा, फूलहरूमा पनि शान्त, सौम्य प्रेमभाव झल्कन्छ भन्ने देखाउन खोजेकी छु ।" उनले पेन्टिङमा वाटर कलर, डर््राई पेस्टल कलर र पेन्सिलको प्रयोग गरेकी छन् ।
पेन्टिङका अतिरिक्त कथा-लेखनमा असाध्यै रुचि राख्ने प्राञ्जलीको ६ कक्षामा पढ्दा नै बाल कथासङ्ग्रह 'द सिल्भर वाटर' प्रकाशित भएको थियो  । उनले मावली हजुरबुबा साहित्यकार गोविन्द मल्ल 'गोठाले' बाट लेखनको प्रेरणा पाएकी हुन् । उनै प्रेरणापुरुषबाट पेन्टिङ-पर््रदर्शनीको उद्घाटन गराएर कृतज्ञता जनाइन् प्राञ्जलीले । भर्खरै ए लेभलको पढाइ सकेकी प्राञ्जली आमसञ्चारमा उच्च शिक्षा लिने तयारीमा छिन् । रुचिका विषय कला र लेखनलाई पनि सँगसँगै लैजाने उनको योजना छ । अहिलेको पर््रदर्शनी हर्ेदा स्याब्बासीयोग्य लाग्छन् प्राञ्जलीका रुचि र प्रयास ।


परम्परागत नेपाली प्रस्तरकलाको ख्याति संसारभरि फैलिएको छ । नेपालका पुराना गुम्बा, मन्दिर र चैत्यमा रहेका ढुङ्गाका मर्ूर्तिहरू अनुपम कलाकृतिका रूपमा लिइन्छन् । पछिल्लो समयमा नेपाली मर्ूर्तिकारहरूले परम्परागतसँगै समसामयिक मर्ूर्तिर्कलामा पनि आफ्नो राम्रो दख्खल रहेको उदाहरण प्रस्तुत गरेका छन् ।
प्रसङ्ग नेपालमा पहिलो पटक आयोजित प्रस्तर मर्ूर्तिकलासम्बन्धी पन्ध्रदिने कार्यशालाबाट बनाइएका मर्ूर्तिकला पर््रदर्शनीको हो । नेपाल ललितकला संस्था -नाफा) को हाताभित्र दर्ुइ दर्जन मर्ूर्तिकारहरूले ढुङ्गामा आफ्नो सीप पोखेका थिए । १८ असारबाट एक महिनाका लागि नाफा-परिसरमा ती मर्ूर्तिहरूको पर््रदर्शनी भइरहेको छ । पर््रदर्शनीमा पाका मर्ूर्तिकार गोविन्दनारायण ज्यापु, स्थापित नाम रवीन्द्र ज्यापुदेखि युवापुस्ताका गोपाल कलाप्रेमी, सर्ुदर्शनविक्रम राणा, ओम खत्री, कमला श्रेष्ठ, विजय महर्जनसम्मको कला हर्ेन पाइन्छ । आफूले छानेको ढुङ्गालाई विभिन्न स्वरुप दिन दैनिक सात घण्टा कार्यशालामा श्रम खर्चिएका थिए यी कलाकारले ।

किरण पाण्डे

रामकृष्ण भण्डारी दर्ुइ दशकदेखि मान्छेकै विषय, मान्छेकै सेरोफेरोमा मर्ूर्ति बनाउँदै आइरहेका स्थापित मर्ूर्तिकार हुन् । काठमाडौँ-मातातर्ीथमा आमाको विशाल प्रस्तर-कला उभ्याएलगत्तै कार्यशालामा आएका भण्डारीले 'महिला मुक्ति' विषयमा साङ्गलाले जकडिएकी महिलाको मर्ूर्ति बनाएका छन् । जङ्गलको एकान्त तथा होहल्ला र भीडयुक्त ठाउँमा काम गर्दाको अनुभवबारे उनी भन्छन्, "जङ्गलमा काम गर्दा घाम, पानीले पनि उत्तिकै दुःख पाइन्छ । तर, हल्लामा काम गर्दा थकाइ लागेको अनुभव नै हुँदैन ।" बीस वर्षछि ढुङ्गामा काम गर्दा आफ्नो आत्मविश्वास पुनःजागृत भएको बताउने गोपाल कलाप्रेमी भन्छन्, "यस्तो आयोजना धेरैअघि नै हुनुपर्थ्याे । आफ्नै खर्चले ढुङ्गा किनेर १५ दिनसम्म समूहमा काम गर्नु साहसपर्ूण्ा र रमाइलो काम हो । यसले निरन्तरता पाउनर्ुपर्छ ।"
सहभागीमध्येका कान्छा मर्ूर्तिकार विजय महर्जनले भने गह्रुङ्गो ढुङ्गालाई हलुका बादलको रुप दिएका छन् । समूहमा काम गर्नु चुनौतीपर्ूण्ा भए पनि अरूको काम हेरेर धेरै कुरा सिकिने र आफ्नो स्तरको मूल्याङ्कन गर्न पाइने उनको अनुभव छ । कार्यशाला र पर््रदर्शनी समसामयिक मर्ूर्तिकारहरूको संस्था 'आरम्भ' ले आयोजना गरेको हो । यसका अध्यक्ष ओम खत्री भन्छन्, "समसामयिक मर्ूर्तिकलामा गतिशीलता आओस् र मर्ूर्तिकारहरूबीच परस्पर आत्मीयता बढोस् भनेरै यो संयोग जुराइएको हो । यस्ता अवसरहरूमा दर्शकले मर्ूर्ति बनाउने शैलीबारे पनि प्रत्यक्ष अवलोकन गर्न पाउँछन् । साउनको दोस्रो सातातिर काठको मर्ूर्तिकलासम्बन्धी कार्यशाला पनि आयोजना गर्दैछौँ ।"
प्रस्तरकला आफैँमा गाह्रो काम मानिन्छ । धेरै ठाउँ, समय र शक्ति पनि चाहिन्छ यसका लागि । चोटपटक लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । तर सहभागी कलाकारहरू मर्ूर्ति बनाइसकेपछि भने अपर्ूव आनन्द आउने बताउँछन्  । असी वषर्ीय गोविन्दनारायण ज्यापु नयाँपुस्तासँगको सहकार्यलाई गौरवका रूपमा लिन्छन् र अरू मर्ूर्तिकार ज्यापुको उपस्थितिलाई प्रेरणा ठान्छन्  । सर्ुदर्शनविक्रम राणा भन्छन्, "समसामियक मर्ूर्तिकलामा उतिसारो काम नभइरहेको बेला यो कार्यशाला 'माइलस्टोन' नै भएको छ ।"

कृष्ण


रमझम/सङ्गीत

आरम्भ नै राम्रो


किरण पाण्डे

कति राम्रो अलि अलि ढल्किएको छाया
अति राम्रो अलि अलि पल्किएको माया

कविवर माधवप्रसाद घिमिरेले चार दशकअघि गुन्गुनाएको यो गीतले अहिले नयाँ जीवन पाएको छ, अर्चना बाँस्तोलाको स्वरमा । दर्ुइ वर्षअघि कवि घिमिरेकहाँ गीत माग्न पुगेकी थिइन् गायिका अर्चना । घिमिरेले 'किन्नर किन्नरी' गीतसङ्ग्रहबाट मन परेको जुनै गीत गाए पनि हुन्छ भन्दै स्वीकृति दिएका थिए । गीत चयन गर्ने क्रममा त्यही गीतले उनको मन छोयो  । र, भनिन्, "बोल पनि कति राम्रो !"
'आरम्भ' अल्बममा रहेको यो गीत अहिले धेरै श्रोताको प्रिय 'गुनगुन' बनेको छ । यसले नवोदित गायिका अर्चना बाँस्तोलालाई आधुनिक गायनमा सम्भावनायुक्त नामसमेत बनायो । अर्चनाको स्वरमा यो गीत सुनेपछि कवि घिमिरेले र्सार्वजनिक रूपमै भने, "अहा ! दर्ुइ वर्षो बच्चादेखि असी नाघेको म बूढोको समेत मन छुने स्वरसङ्गीत ।"र्
अर्चना व्यावसायिक साङ्गीतिक फाँटमा नयाँ अनुहार हुन् । प्रतिबद्धतापर्ूवक लागेको दर्ुइ वर्षात्रै भयो । तर उनमा साङ्गीतिक शौख भने धेरैअघि नै मौलाएको थियो । विद्यार्थीवयमै गोपाल योञ्जन, दिव्य खालिङ र गणेश रसिकसँग सङ्गीत सिक्ने सौभाग्य पाएकी थिइन् उनले । सात कक्षामा पढ्दा 'मेरो गौरव छ सगरमाथाको सिउँदोभरि' बोलको गीतमा पहिलोपल्ट स्वर दिएकी थिइन्  । गणेश रसिकको सङ्गीत रहेको त्यो सिर्जना उनको पहिलो रेकर्डर्ेेगीत थियो । काठमाडौँ-बालमन्दिरले आयोजना गरेको सङ्गीत-प्रतियोगितामा छानिएर दर्ुइ महिनाका लागि रूस जान पाएकी अर्चना अर्ढाई दशकअघिको पृष्ठभूमि सम्झँदै भन्छिन्, "यी कुराले पनि मलाई सङ्गीतमा मोह जगाए ।"
कलेजमा दीपक जङ्गम र पद्मा कादम्बरीसँग शास्त्रीय सङ्गीत सिकेकी अर्चना त्यसपछि भने स्वअभ्यासमै रमाइरहिन् । त्यो अभ्यासले उनको सुरलयलाई बरालिन दिएन । ढिलै आए पनि त्यसको प्रमाण बन्यो 'आरम्भ' । त्यसलाई धुन, लय दिने सङ्गीतकार राजु सिंह भन्छन्, "अर्चनामा धेरै सम्भावना देखेको छु । 'सेमीक्लासिक' गीतमा उनको स्वरले कर्ीर्तिमान बनाउन सक्छ  ।"र्
अर्चनाको सौभाग्य भनौँ, उनले शुरुमै स्थापित गीतकारहरूका गीत पाइन्  । क्षेत्रप्रताप अधिकारी, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, रमण घिमिरे, कृष्णहरि बराल, बुद्धबीर लामाका शब्द छन् 'आरम्भ' मा । आफ्ना गीतमा शब्दको महत्त्व अत्यन्तै उच्च रहने बताउँदै उनी भन्छिन्, "गीत राम्रो बन्न पहिले त शब्द नै राम्रो हुनर्ुपर्छ । अर्थपर्ूण्ा, सबैले बुझने र शालीन हुनर्ुपर्छ ।"
आधुनिक, पप र लोक-आधुनिक शैलीका गीतबाट व्यावसायिक गायनयात्रा आरम्भ गरेकी छन् अर्चनाले । एकखालको प्रयोग मानियो उनको यो प्रयास । र, राम्रै स्वागत पायो । अहिले उनी सङ्गीत उद्योगका आरोह-अवरोह, रुचि-छनौटबारे जानकार बनिसकेकी छन् । भन्छिन्, "जोखिम पनि छ नयाँलाई । शोखले मात्रै पुग्दैन, प्रतिबद्धता नै चाहिन्छ । कतिपय राम्रा प्रतिभाहरूले शोखकै लागि गाएको, अल्बम निकालेको देखिँदैछ । त्यसबाट लगानी फर्किएला भन्न पनि गाह्रो छ ।" उनी चाहिँ पहिलो प्रयासमा मिलेको उल्लेख्य सफलताबाट निकै हौसिएकी छन् । अर्को अल्बमका लागि गीत-सङ्कलनको क्रम शुरु भइसकेको छ । भविष्यको यात्रालाई तौली-तौली हेरिरहेकी अर्चना भन्छिन्, "बाटो सजिलो छैन र जिम्मेवारी पनि उत्तिकै चुनौतीपर्ूण्ा छ । श्रोताले मबाट अझै राम्रा गीतको आशा गरेका छन् । त्यसलाई मैले बिर्सनुहुँदैन  ।"

कृष्ण शाह यात्री


आकाशमा पारुहाङ र पृथ्वीमा सुम्निमा जवान भए । दुवै एकअर्काप्रति आकषिर्त भए र विवाह भयो । उनीहरूबाट पहिलो सन्तान सिंह -धिनाराकिवा) जन्म्यो । अनि, दोस्रो सन्तान भालु -माक्सा), तेस्रो सन्तान बाँदर -हेल्लावा) पनि जन्मिए  । अन्तमा हाङाछापोक अर्थात् मान्छेको जन्म भयो । किराँतहरूको धार्मिक ग्रन्थ मुन्धुममा उल्लिखित कथा हो यो ।
दुरुस्तै मुन्धुम उतारिएको छ । जवान पारुहाङ र सुम्निमा, सिंह, भालु, बाँदर र मान्छे अर्थात् मुन्धुममा वर्ण्र्ाागरिएजस्तो सम्पर्ूण्ा सृष्टिक्रम एकै ठाउँमा एकैछिनमा जानिने, त्यो पनि कलामा । इटहरीका रोजन र्राईले 'साकेन्वा खिम' भित्र मुन्धुम जस्ताको तस्तै उतारेर देखाइदिएका छन्  । -हे. तस्बिर) उनको कलाले सजिसजाउ इटहरी-१ स्थित साकेला साकेन्वा -किराँत तर्ीथ) भित्र मुन्धुममा वणिर्त सम्पर्ूण्ा सृष्टिक्रम देख्न सकिन्छ ।
किरात र्राई यायोक्खा, इटहरीको सक्रियतामा उभौली वैशाख पूणिर्माका दिनदेखि दशमी तिथिसम्म पितृ-भूमि-प्रकृति पूजा गर्दै महान् चाड साकेला-साकेवा-साकेन्वा एकै ठाउँमा मनाउन कलात्मक साकेन्वास्थलको निर्माण गरिएको छ । जहाँ बनाइएका छन् पञ्चमहाभूतको प्रतीकका रूपमा पाँच वटा साकेला र साकेन्वा खिम । खिमका झयालहरूमा मुन्धुमको कथा कुदिएको छ भने पञ्चधुरीमा नागहाङका सेनापति गोहीको प्रतीक राखिएको छ । प्रवेशद्वारमा छ अजिङ्गरको आकृति, जसको मुन्धुममा विशेष महत्त्व रहेको साकेन्वा निर्माण संयोजक कर्ण्र्ाााईले बताए । रोजनका अनुसार किराँत लोककथा र मुन्दुमीहरूको भनाइका आधारमा साकेला साकेन्वा खिम बनाइएकोे हो ।

सोमनाथ बाँस्तोला


रमझम/नाटक
मञ्चमा बाघःभैरव

संस्कृतिविद् नाटककार सत्यमोहन जोशीको नयाँ नाटक नेपाली रङ्गमञ्चमा सत्ताइस वर्षछि मञ्चन भइरहेको छ । कर्ीर्तिपुरमा वि.सं. ११८३ मा स्थापित भैरव मन्दिरको कथामा आधारित 'बाघः भैरव' लाई आरोहणले प्रस्तुत गरेको हो । काठमाडौँको सम नाटकघर, गुरुकुलमा २४ साउनसम्म नियमित मञ्चन हुने यो नाटकलाई सुनील पोखरेलले निर्देशन गरेका छन् ।


किरण पाण्डे
चन्द्रमान मुनिकार
र सौगात मल्ल ।

'बाघः भैरव' अघि जोशीका नाटकहरू 'फर्केर हर्ेदा' -२०३३), 'जब घाम लाग्छ' -२०३३) र 'सपना व्यँूझन्छ' -२०३५) ले नेपाली रङ्गमञ्चमा पर््रदर्शनका आ-आफ्नै इतिहास बनाएका थिए । 'बाघः भैरव'को रङ्गमञ्चीय प्रस्तुतिले पनि यस्तै सङ्केत गरेको छ र जोशी सन्तुष्ट पनि छन् । भन्छन्, "मैले यसलाई नेवारीमा लेखेको हुँ । नेवारीमा नै मञ्चन गर्ने कुरा थियो । तर कलाकारको अभावमा आरोहणले यसलाई नेपालीमा अनुवाद गरेरै भएपनि सफल मञ्चन गरेको देख्दा निकै खुशी लागेको छ ।"
'बाघः भैरव' मैै केन्द्रित छ नाटकको कथावस्तु । ज्ञानवीः नामका एक युवा मर्ूर्तिकारले सपनामा बाघ देखेपछि त्यसलाई साथीसँगीहरूको आग्रहमा माटोको मर्ूर्तिमा हुबहु उतार्छन् । मर्ूर्तिको चर्चा जताततै चल्छ  । त्यो ठाउँमा भगवान शिव घुम्दै आउँछन् । उनी भोकले छट्पटाइरहेका हुन्छन्  । नजिकै चरिरहेका सुन्दर भेडाहरूकै अघि माटोको बाघ देखेपछि शिवको मन भाँडिन्छ । भक्तजनहरूले पेडा र फलफूल मात्र चढाउनाले मासु खाने इच्छा कहिल्यै पूरा नभएको अनुभव गरिरहेका शिवले माटाको बाघभित्र पसी भेडा खाइदिन्छन् । यता गोठालाहरू आफ्ना हराएका भेडा खोज्दै जाँदा ज्ञानवीःले बनाएको मर्ूर्तिको मुखमा भेडाको रौं र रगत देखेर अत्तालिन्छन् । यसरी भैरवको रुप लिएको बाघलाई मन्दिर बनाई प्रतिस्थापन गरिन्छ बर्र्सर्ेेन एकदिन भोग दिने गरी । नाटकको विषय काठमाडौँ उपत्यकाको उत्पत्ति र कर्ीर्तिपुर स्थापनाको आख्यानसँग गाँसिएको छ ।
डेढ घण्टा लामो नाटकको आरम्भ प्रयोगधर्मी नाटकमा पाइने सूत्रधार शैलीबाट हुन्छ । शुरुमै दर्शक र कलाकारको दूरी भत्किन्छ । मञ्चमा प्रस्तुत हुन्छ मूल कथानक । उपसंहारमा पुनः आरम्भकै नट र नटीको प्रवेश हुन्छ  । उनीहरू 'बाघः भैरव' मन्दिरको निर्माण र महत्त्वबारे थप जानकारी दिन्छन् र 'मान्छेको शक्तिका अघि कसैको केही लाग्दैन' भन्ने सन्देशका साथ नाटक टुङ्याउँछन् । नाटकले 'जनशक्ति एक हुने हो भने जस्तोसुकै भक्षकलाई पनि भलाद्मी-रक्षक बनाउन सकिन्छ' भन्ने अर्को सन्देशसमेत कुशलतापर्ूवक प्रवाह गरेको छ । नेवार संस्कृतिको कलात्मक चित्रण, प्रस्तुतिशैली र नाट्यशिल्पका कारण रमाइलो, दर्शनीय बनेको छ नाटक । निर्देशक सुनील पोखरेल भन्छन्, "यो नाटक तयारीका क्रममा हामीले नेपाल मण्डलको समृद्ध संस्कृतिका बारेमा थप जान्ने/बुझनेे मौका पायौँ ।"
यसको प्रस्तुति पनि गुरुकुलका पर्ूवनाटकहरूझैँ प्रयोगात्मक, प्रतीकात्मक छ । ज्ञानवीः बनेका राजन खतिवडा र बाघ बनेका सौगात मल्लले अभिनयको उत्कृष्ट नमूना देखाएका छन् । कर्ीर्तिपुरबासी, देउता, भेडाबाख्राजस्ता विविध चरित्र र प्रकृतिका पात्रहरूमा समाहित हुने अरू कलाकारको काम पनि प्रशंसनीय छ । प्रत्यक्ष सङ्गीत र दृश्य-परिवर्तनमा देखिने लयवद्ध नृत्य नाटकका थप विशेषता हुन् । यसका लागि सङ्गीतसंयोजक तथा नृत्यनिर्देशक चन्द्रमान मुनिकारलाई पनि उत्तिकै श्रेय दिन सकिन्छ । बोरा थुपारेर बनाइएको ढिस्को वरिपरि नाटकको सम्पर्ूण्ा दृश्य-कार्यव्यापार गरिने मञ्च परिकल्पना पनि पृथक्, आकर्ष लाग्छ । गुरुकुलका अघिल्ला नाटकहरूभन्दा 'बाघःभैरव' को कथानक र प्रस्तुतिशैलीमा थप नवीनता पाइन्छ, त्यसनिम्ति गुरुकुल र यसका क्याप्टेन सुनील पोखरेलले राम्रै जस बटुलेका छन् ।

यात्री