पुस्तक परिचय
सांस्कृतिक चिनारी
किताबः नेपाली संस्कृतिः संक्षिप्त झलक
लेखकः कृष्णराज अर्याल
प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ, २०६२
पृष्ठः १९७±, मूल्यः रु.१७५
कृष्णराज अर्याल धेरै वर्षम्म कतै सुनिएनन्, पढिएनन्
। तर वृद्धवयमा पनि उनी सुस्ताएका रहेनछन् । बालसाहित्य र शिक्षासम्बद्ध
पाठ्यपुस्तकमा पढिने पर्ूवमन्त्री अर्याल नेपाली संस्कृतिका कुशल अध्येतासमेत
रहेछन् । त्यसको प्रमाण हो उनको नवीनतम कृति- नेपाली संस्कृतिः संक्षिप्त
झलक । २०१८ सालमा लेख्न शुरु गरेपनि व्यस्तता र अस्वस्थताका कारण भर्खरै
पूर्ण्ााकार पाएको कृतिaका बारेमा लेखक स्वयंले भनेका छन्, "यो
पुस्तक मेरो अभिरुचिको अभिव्यक्ति हो ।" पुस्तक नेपाली संस्कृतिको
उत्पत्ति, विकास र विशेषताहरूमा केन्द्रित छ । धर्म र संस्कारका कुराले
उल्लेख्य महत्त्व पाएका छन् । सांस्कृतिक विकासको अभिन्न अङ्ग मानिने
कलासँगै ज्योतिषविद्या, विवाह र दाम्पत्यजीवनसम्बद्ध प्रचलनहरूको समेत
बिस्तारमा चर्चा गरिएको छ । पुस्तकका सात अध्यायहरूको साझा निष्कर्षछ,
"धार्मिक सहिष्णुता नै नेपालको परम्परागत सांस्कृतिक वास्तविकता
हो ।"
नेपाली संस्कृतिका हरेक पाटालाई वैदिक व्याख्याहरूसँग जोडेर हर्ेन
रुचाउने लेखक कतै कतै भने आवश्यकताभन्दा बढी परम्परावादी लाग्छन् ।
'गौरीशङ्कर हिमालबाट निःसृत अरुण नदी', 'अरू जातका छोरी कुनै चेपाङले
ल्याएको छैन' जस्ता तथ्यगत त्रुटिहरूले समेत देखाउँछन् लेखक यथार्थभन्दा
इतिहास र अध्यात्मतिर बढी आकषिर्त छन् । 'जय पशुपतिनाथ, जय नेपाली
राजमुकुट तथा जय सबै निर्दोष नेपाली जनता' जस्ता अभिव्यक्तिले लेखकको
प्राथमिकता र आग्रहलाई सङ्केत गर्छन् । तथापि, नेपाली संस्कृति र संस्कारको
अन्तरसम्बन्ध र त्यसका विविध आयाम बुझाउने रोचक पाठ्यसामग्रीका रूपमा
पुस्तकको अलग्गै महत्त्व छ । संस्कृति जातीय चिनारी हो र सुसंस्कारहरू
सामाजिक विकासका आधार बन्न सक्छन् भन्ने तथ्यलाई विभिन्न सर्न्दर्भसहित
पुष्टि गर्न पुस्तक सफल छ ।
सङ्केत-भाषाको चिरफार
किताबः नेपाली साङ्केतिक भाषाको उद्भव, विकास
र स्वरुप
लेखिकाः शिलु शर्मा
प्रकाशकः रुपक स्मृति प्रतिष्ठान, काठमाडौँ, २०६१
पृष्ठः ७७, मूल्यः रु.१००
साङ्केतिक भाषाको नेपाली स्वरुप चिनाउने ग्रन्थ हो, नेपाली साङ्केतिक
भाषाको उद्भव, विकास र स्वरुप । नेपालमा यसको प्रयोग तथा विकासक्रमको
चरणबद्ध आकलन प्रस्तुत गर्ने क्रममा लेखिकाले यसका भाषिक तथा व्याकरणात्मक
व्यवस्थाहरूको पनि यथोचित चिरफार गरेकी छन् ।
पुस्तक नेपाली साङ्केतिक भाषामाथिको बृहत् शोधका आधारमा तयार त्यो
विधाको पहिलो कृतिसमेत हो । त्यसनिम्ति लेखिका आफैँले साङ्केतिक भाषा
सिकिन्, बहिराहरूमाझ बसेर प्रयोग गरिन्, सैद्धान्तिक/ऐतिहासिक कुराहरूको
अध्ययन/विश्लेषण गरिन् र नेपाली साङ्केतिक भाषा विकासशील अवस्थामै
रहेको निष्कर्षनिकालिन् । पुस्तकले साङ्केतिक भाषा पनि कथ्य भाषाजस्तै
विशिष्ट भाषा भएको विभिन्न दृष्टान्तहरूसहित पुष्टि गरेको छ । यसलाई
साङ्केतिक भाषाको महत्त्व र गरिमा बुझाउने एउटा दस्तावेज मान्न सकिन्छ।
लेखनमा मनोविज्ञान
 |
किताबः वासु शशीका नाटक
सङ्कलक/सम्पादकः कैलाश भण्डारी, प्रद्युम्न जोशी
प्रकाशकः साझा प्रकाशन, काठमाडौँ, २०६१
पृष्ठः १५६±, मूल्यः रु.१०३
कविता, उपन्यास, नाटक विधाका कुशल शिल्पी मानिन्थे वासु शशी । 'भोगाइहरूलाई
कलात्मक अभिव्यक्ति दिने सिपालु लेखक' उनको थप परिचय हो । सामाजिक
नाटकमा पाइने मनोवैज्ञानिक चित्रण शशीको विशेषता नै मानिन्छ । त्यस्तै
सिर्जनाहरूको सङ्ग्रह हो, वासु शशीका नाटक जसमा सङ्कलक/सम्पादकले 'टेलिनाटक'
को नाम दिएका आठ वटा संक्षिप्त नाटक सङ्गृहीत छन् ।
छायाङ्कनका लागि लेखिएका यी नाटकहरूले समस्यामूलक विषय बोकेका छन्
। पढ्दै जाँदा विचारको आँधीबेहरी अनुभव गर्न सकिन्छ । साना, ठूला सबै
पात्र, चरित्र र तिनका संवाद/प्रस्तुतिहरू चोटिला, गहकिला, वजनदार
लाग्छन् । संवादमा कतै कतै कविताको स्वाद पनि भेट्न सकिन्छ । सबै नाटकले
वैचारिक स्वतन्त्रताको वकालत गर्छन् र हरेकमा शशीको निर्देशकीय सीपसमेत
अनुभव गर्न सकिन्छ । दृश्यमा जे पायो, त्यही पस्कने र जथाभावी संवाद
हालेर टेलिनाटिका बनाएको अभिमान देखाउने नाट्यकर्मी, सिनेकर्मीहरूले
दर्ुइ दशकअघि लेखिएका यी नाटकहरूबाट पटकथालेखन, चरित्रचित्रण र प्रस्तुतिबारे
धेरै सिक्न सक्छन् ।
पेशल
तीन दशकको यात्रा (एउटा पत्रकारको इतिवृत्तान्त)
लेखकः गोपाल बुढाथोकी सम्पादकः
सरोज अधिकारी
प्रकाशकः नारायण चौलागाईं, काठमाडौँ, २०६२
पृष्ठः ११२, मूल्यः रु.१२५ |
भूपरिवेष्टितदेखि समुद्रवेष्टितसम्म
(फिलिपिन्स भ्रमण-संस्मरण)
लेखकः डिल्लीराज आचार्य
प्रकाशकः श्रीमती सुशीला आचार्य, काठमाडौँ, २०६२
पृष्ठः ९९, मूल्यः रु.१२५ |
कालो उज्यालो
(लघुकथा सङ्ग्रह)
लेखकः हरिहर पौडेल
प्रकाशकः चितवन वाङ्मय प्रतिष्ठान, २०६२
पृष्ठः ६४, मूल्यः रु.५१ |
माटाको मन
(निबन्ध-सँगालो)
निबन्धकारः छविसुवेदी 'विजयी'
प्रकाशकः लेखनाथ साहित्य प्रतिष्ठान, काठमाडौँ,
२०६१
पृष्ठः ९९, मूल्यः रु.१२५ |
सेलेक्टेड चाइल्ड स्टोरिज् अफ कार्तिकेय
(बालकथा सङ्ग्रह, अङ्ग्रेजीमा)
कथाकारः कार्तिकेय घिमिरे
प्रकाशकः केटाकेटी नेपाल, काठमाडौँ, २००४
पृष्ठः ५२, मूल्यः रु.३५
|
तर पनि हामी जीवित छौँ
(कवितासङ्ग्रह)
कविः अमर गिरी
प्रकाशकः तन्नेरी प्रकाशन, काठमाडौँ, २०६१
पृष्ठः १७२ |
|