|
| •
सरोज धिताल |
 |
पुस्ता संवाद/आजकी छोरीलाई
चिठी-७
फैलिन आकाशको खाँचो हुँदैन
प्रिय छोरी,
साउन फेरि आएको छ, त्यसै गरी वषर्ात् । यो मौसमले मलाई त्रि्रो बाल्यकालको
मात्रै होइन, आफूँ सानो छँदाका सुखद क्षणहरूमा पनि फर्काएर लान्छ ।
म सम्झन्छु- झमझम पानी परिरहेको बेला छुट्टीको दिन रहेछ भने हामी बाबुछोरी
झयालछेउ बसेर घण्टौँ बिताउन सक्थ्यौँ । बिजुली चम्किँदा र गड्याङगुडुङ
गर्दा आफँै अनेक कथा बनाएर बाबुछोरी खेल्ने गथ्र्यौँ । बेलुकी जब भ्यागुताहरू
ट्वार्र-ट्वार्र गर्न थाल्थे, त्यसको अनेक अर्थ लगाएर हामी पेट मिचिमिची
हाँस्थ्यौँ । डाँडामाथि छिनछिनमै आकार बदलेर चटकेले झैँ खेला देखाउने
बादलको खेल, बारीमा देखिने मकैका बोटहरू, यो मौसममा खान पाइने फर्सर्ीी
मुन्टा, आमाले पकाएको दुधिलो मकैको रोटी र सिलटिम्मुर राखेर पकाएको
निगालोको टुसा... अनि यो सबसँग जोडिएको बाल्यकाल ! त्रि्रो होस्, मेरो
होस् वा अघिपछिका कुनै पनि पुस्ताको होस्- उस्तै उस्तै लाग्छ, साझा
जस्तो लाग्छ । तिमीलाई चिठी लेख्न बस्दा जहिले पनि फर्ुरफर्ुर हुने
मन यस्तो बेला त झन् फुरुङ्ग हुनुपर्ने हो । तर नढाँटी भन्दा यतिखेर
यो मन त्यस्तो हल्का छैन । छोरी, खुशी छैन, मेरो मन । केही ज्यादै
नमीठा खबरहरू सुनेँ, यो बीचमा ।
एकजना केटी थिइन्- मैले देखिरहेको र अलि अलि चिनजान पनि भएको २०-२२
वर्षी ती केटी ज्यादै सुशील लाग्थिन् । जब उनी अलिअलि लजाए जस्तो गरी
विनम्र भएर बोल्थिन्, सधैँ खुशी भएर बाँच्नेछिन् जस्तो लाग्थ्यो मलाई
। तर उनले आत्महत्या गरिछन्- कचल्टिएको, भत्किएको र गाँठै गाँठामा
जेलिएको 'प्रेम' प्रसङ्गमा । २०-२२ वर्षो भर्भराउँदो उमेरकी केटी !
कुनै दर्ुघटनामा हैन, युद्धमा हैन, रोगले हैन, आफ्नो वश बाहिरको कुनै
कारणले हैन- आफँै योजना बनाएर आत्महत्या गरिन् उनले ।
जीवन र मृत्यु बीचको त्यो विस्मयकारी पातलो रेखामा टेकेर काम गर्नुपर्छ
मेरो पेशामा, त्यसैले मृत्यु मसँग अपरिचित छैन । तर यो उमेरकी एउटी
केटीको यस्तो मृत्यु कसरी स्वीकार्य हुन्छ कसैका लागि उनको त्यो मृत्युको
खबरसँगै जीवनको पराजयका अनेक रूपहरू लाम लागेर जुलुसझैँ मेरा मानसपटलमा
मार्च गरिरहेका छन्- परीक्षामा असफल हुँदा वा आशातित सफलता नपाउँदा
बाँच्नुको अर्थ नै देख्न छोड्ने अनुहारहरू, खोजेको जस्तो कलेजमा प्रवेश
नपाउने बित्तिकै भविष्य नै खत्तम भएको ठान्ने चमकविहीन आँखाहरू, शिक्षकको
ताडना वा साथीसँगको असमझदारीका कारण भयानक निर्ण्र्ाारू लिन तयार पाइलाहरू,
खाना खाँदाखाँदै झोक्किएर घर छोडेर हिँड्ने किशोरहरू; प्रेम, विवाह
र यौनबारे पटक्कै ज्ञान नहुँदै देखासिकीमा बनाएका अपरिपक्व सम्बन्धका
कारण घोर दुःख पाउन बाध्य कल्कलाउँदा किशोरीहरू... किन अझै पनि दोहोरिँदैछन्
यी त्रासदीहरू म बुझछु - पीडामा भएको मानिसका लागि उसको त्यो पीडा
जत्तिको दुःखदायी, त्यो जत्तिको गहिरो घाउ, त्यो जस्तो नाघिनसक्नु
भयानक पहाड दुनियाँमा कहीँ कतै केही हुन्न । जो पीडामा हुन्छ र आफ्नै
पीडाबारे मात्र सोच्छ, ऊ ठान्दछ दुनियाँमा ऊ जस्तो दुःखी कोही छैन
र कसैको सामर्थ्य छैन, उसको त्यो अवर्ण्र्ााय पीडालाई बुझििदने । तर
यथार्थ त के हो भने कुनै न कुनै किसिमको पीडा नभएको मानिस नै हुँदैन
। हरेकका लागि आफ्नै दुःख सबभन्दा चर्को हुन्छ ।
हो, परिस्थिति सधैँ आफ्नो अधीनस्थ नहुन सक्छ । नचिताएका घटनाहरू घट्न
सक्छन्, आफ्नो वश बाहिरका कारणहरूले गर्दा । तर जीवन आफँैमा यति समृद्ध
छ, यसका यति धेरै आयामहरू छन्, जीवनपथमा यति धेरै गोरेटोहरू छन्, मानिस
भित्र अन्तर्निहित सम्भाव्यताहरूको यति ठूलो भण्डार छ कि जीवनलाई साँच्चै
बुझने प्रयत्न गर्ने हो भने मानिस हर्ुर्किनका लागि, अग्लिनका लागि,
फैलिनका लागि आकाशको कहिल्यै खाँचो हुँदैन ।
पानीले गीत गाउँछ भन्छन् कोही कोही । पानीले कुरा गर्छ भन्छन् । म
पानीको भाषा बुझदिनँ । तर पानीको आत्मा हुन्छ जस्तो लाग्छ मलाई पनि-
उसले आफ्नो गन्तव्य जहिले पनि थाहा पाएको हुन्छ । आफ्नो गन्तव्यतिर
दृढ भएर पहाडका खोल्साखोल्सी हुँदै बगिरहेको पानी आफ्नो बाटोमा कुनै
घमण्डी ढुङ्गा ठिङ्ग उभियो भने मुसुक्क हाँसेर त्यो ढुङ्गाको छेउबाटै
बगेर अगाडि बढ्छ । आफ्नो बाटाका बाधाअड्चनलाई त्यसै गरी पन्छाएर हाम्रा
किशोरकिशोरी किन अगाडि बढ्न सक्तैनन् - आफँैलाई समाप्त पार्ने ती युवतीको
के कुनै गन्तव्य नै थिएन - किन बग्न सकिनन् ती बोटविरुवा त झन् ज्यूँदा
हुन्छन् । मान्छेजस्तो डरलाग्दो प्राणीको सामना गरेर बाँच्नुपर्ने
ती बोटबिरुवा पनि जीवनप्रतिको माया र सम्मानलाई यति साहस र सौर्न्दर्यबोधका
साथ अभिव्यक्त गर्छन् कि हर्ेदा मन गद्गद् हुन्छ । अँध्यारो कोठामा
गमलाको सानो सीसाभित्रबाट हर्ुर्किरहेको बिरुवा पनि यत्नपर्ूवक सुन्दर
मोड बनाएर घामको उज्यालोतिर फर्किन्छ । सम्भाव्यता, अवसर र आफैँमा
अन्तर्निहित खुबीहरूले भरिएको जीवन पाएका मानिसका सन्तानहरू किन एउटा
ढोका थुनिने बित्तिकै सम्पर्ूण्ा ब्रहृमाण्डमा प्रलय भएको ठान्दछन्
छोरी, जीवनको कुनै पनि किसिमले अपहेलना हुँदा मन बेस्सरी दुख्छ । झन्
आफ्नो पराजयकै घोषणा गर्न जब मानिसहरू जीवनको अन्त्य गर्छन्, कसरी
सहने यो अपमान ! अनावश्यक शहादतको पनि म पक्षपाती हैन, तर जीवनको उर्त्र्सग
नै गर्नुपरे जीवनभन्दा पनि महान् कुराको लागि होस् न !
जब जब प्रेमको अपव्याख्या, अपहेलना र अपमान हुन्छ, जबजब मुसुक्क हाँस्न
सिक्दै गरेको जीवनको अवसानको कारण 'प्रेम' लाई बनाइन्छ, 'प्रेम' का
नाममा लाखौँ युवायुवती र किशोरकिशोरीले जबजब अनावश्यक पीडाबोध गर्नुपर्छ,
यो मन एकदम नमीठोसँग घाइते हुन्छ । 'प्रेममा फस्ने' कुरा गर्छन् मानिसहरू
। साँच्चैको प्रेम त एकअर्काको हर्ुकाइका लागि, एकअर्काको पर्ूण्ाताका
लागि प्रतिबद्ध भएर गरिने यज्ञ हो, प्रशस्त शक्ति खर्चिनुपर्ने प्रयत्न
हो, मानिसको सचेत र सक्रिय कर्म हो । त्यसैले, साँचो प्रेममा त मानिस
माथि मात्र बढ्छ । कसरी कोही 'फँस्छ' र साँचो प्रेममा - विपरीत लिङ्गी
बीचको सामान्य आकर्षा, आफ्नो लोभलालचका निम्ति जोडिने 'कूटनीतिक' प्रकृतिको
सम्बन्ध, कसैप्रतिको आकर्षाले जन्माएको मिचाहा प्रवृत्ति, बच्चाले
'मलाई त्यही पुतली चाहियो' भने जस्तो आग्रह... जेलाई पनि 'प्रेम' भनिदिने
चलन छ । प्रेमको यो अपव्याख्याका कारण संसारभरका मानिसले खासगरी किशोरकिशोरी
र युवायुवतीले जुन दुःख भोगिरहेका छन्, यसका कारण जीवन जति सस्तो भइरहेको
छ, यो ठीक छ त ?
त्रि्रा विचारहरूले जहिले पनि मेरो बुझाइलाई गति प्रदान गरेका छन्
। म त्रि्रो विचारको प्रतीक्षामा छु यसपालि पनि !
माया गर्ने बुबा ।
drsdhital@wlink.com.np
|