हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

सेवाको संयोजन


किरण पाण्डे

मध्य-असारमा चर्चित भारतीय अभिनेता नसिरुद्दिन शाह पत्नी रत्ना पाठकसँगै काठमाडौँ आए र अङ्ग्रेजी नाटक देखाए डियर लायर । विख्यात लेखक जर्ज बर्नार्ड श र अभिनेत्री प्याटि्रक क्याम्पवेलबीचको चार दशक लामो प्रेमसम्बन्ध दर्शाइएको नाटकमा शाह दम्पतीको अभिनय बेजोड मानियो । प्रेक्ष्यालयमा गएर नाटक हर्ेन नरुचाउने राजधानीको एउटा वर्गले समेत नाट्यकला र सामर्थ्यबारे बुझन पायो । त्यो वर्गलाई नाटकप्रति मोह जगाउने उत्तम माध्यम बने शाह-दम्पतीको उपस्थिति र प्रस्तुति । यो संयोग जुटाउन प्रशस्त खटेकी आसमान -सेन्टमेरिज स्कूलका पर्ूव विद्यार्थीहरूको संस्था) की अध्यक्ष नीति राणासमेत बधाईकी पात्र बनिन् ।
एक वर्षघि आसमानको अध्यक्ष बन्नासाथ नीतिले 'आसमान आर्ट फण्ड' स्थापना गरेकी थिइन् । उद्देश्य थियो - कलासंस्कृतिसम्बद्ध विविध कार्यक्रममार्फ् पैसा जुटाउने र सुविधाविहीन बाल-बालिकालाई कलासङ्गीतको तालिम दिने  । त्यसका लागि आयोजित कार्यक्रमहरूकै पछिल्लो शृङ्खलाका रूपमा नीतिले नसिरुद्दिन दम्पतीलाई नाटकसहित नेपाल निम्त्याइन् । कार्यक्रमको तारतम्य मिलाउन आठ महिना लाग्यो । नाटक देखाएर नाट्यसंस्थालाई नै सहयोग गर्ने उद्देश्यअनुरुप काठमाडौँको गुरुकुल स्कूल अफ थिएटरलाई 'डियर लायर' को पर््रदर्शनपछि रु.२ लाख दिन पाएकोमा प्रफुल्ल छिन् नीति । "काठमाडौँका दर्शकले अङ्ग्रेजी नाटकको मिठास अनुभव गर्न पाए । सँगसँगै आसमान आर्ट फण्डलाई पनि केही टेवा दिन सकियो," करिअर डिभलपमेन्ट इन्स्िटच्युट द न्यू एराकी निर्देशक नीति भन्छिन्, "यसबाट आसमानको सामाजिक अभियानलाई अरू हौसला मिलेको छ ।"


समुदायकै शान


बाबुराम विश्वकर्मा

महिला सहभागिता अति न्यून रहेको निजामती प्रशासनमा दलित महिला छिर्नु मुश्किल मानिन्छ अहिले पनि । तर, दोलखाको सुस्पा क्षमावती-३ मा जन्मेकी गुणलक्ष्मी शर्मा -विश्वकर्मा) -५४) भने यसको अपवाद बनिन् । सरकारी सेवाको अधिकृत तहमा अरू कुनै दलित महिला नभएको बेला उनी दशौं तहको वरिष्ठ प्रशासक बनिसकेकी छन् ।
२०३१ सालमा नयाँदिल्लीबाट नर्सिङ विषयमा डिप्लोमा गरी स्टाफ नर्सबाट करिअर शुरु गरेकी गुणलक्ष्मी त्यसको चौध वर्षछि अधिकृत भएकी थिइन्  । सेवा, मेहनत र निरन्तर निष्ठाकै कारण वरिष्ठ जनस्वास्थ्य अधिकृत हुँदै चार वर्षघि वरिष्ठ जनस्वास्थ्य प्रशासकमा बढुवा भएकी हुन् गुणलक्ष्मी  । पढाइमा तीक्ष्ण गुणलक्ष्मीले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक हेल्थ र जनप्रशासनमा दोहोरो स्नातकोत्तर समेत गरेकी छन् । "अनवरत लगनशीलताका कारण यो सफलता मिलेको हो," उनको कथन छ ।
स्वास्थ्य मन्त्रालय, आपर्ूर्ति महाशाखामा कार्यरत गुणलक्ष्मीले बाहुनसँग अन्तरजातीय विवाह गरेपछि नामसँग शर्मा जोड्न थालेकी हुन् । तर उनका सबै प्रमाणपत्रमा थर विश्वकर्मा नै उल्लेख छ । त्यही कारणले उनले धेरैपल्ट जातीय अपमान सहेकी छन् । छुवाछूतको भोगाइ सम्झँदै उनी भन्छिन्, "गाउँमा बिरामी जाँच्न जाँदा साथीहरू भित्र जान्थे तर मैले बाहिरै बस्नुपथ्र्यो  । बच्चा जन्माउन नसकेका महिलालाई बचाउन उपल्ला जातिका घरभित्र पस्थेँ तर काम सकिएपछि उनीहरूले पनि बाहिरै राख्थे ।" यस्ता धेरै प्रसङ्गमा भेदभाव र अपमान भोगेकी गुणलक्ष्मी सरकारी सेवाका अतिरिक्त छुवाछूतविरोधी अभियानलाई पनि सक्दो सघाइरहेकी छन् ।