| देश | समाचार
के फरक ?
शिक्षा मन्त्रालयद्वारा प्रकाशित
कक्षा ५ को गणित पुस्तकमा राजपरिवार । |
१९ माघमा राजाले सम्पर्ूण्ा
सत्ता हातमा लिएपछि शिक्षा मन्त्रालय अर्न्तर्गतको जनक शिक्षा सामग्री
केन्द्रबाट प्रकाशित हुने स्कूल तहका पाठ्यपुस्तकहरूमा राजपरिवारको
फोटो छाप्न थालिएको छ । विद्यार्थीले किताबका पाना पल्टाउँदा राजा,
रानी, युवराज र युवराज्ञीको मुहार हेरेपछि मात्र पाठ फेला पार्छन्
। करोडको सङ्ख्यामा छापिने हरेक पाठ्यपुस्तकमा अतिरिक्त पाना थप्दाको
लागत अथवा त्यसरी फोटो राख्नुको औचित्यका बारेमा र्सार्वजनिक रूपमा
खासै बहस भएको छैन । संवैधानिक राजतन्त्रवादी दलहरूले पनि त्यसलाई
सामान्य रूपमै लिएको पाइन्छ । तर, व्रि्रोही नेकपा माओवादीले भने ती
फोटो विरुद्ध देशव्यापी अभियान नै छेडेको छ । माओवादीका कार्यकर्ताले
मोफसलका थुप्रै स्कूलहरूमा गई राजारानीको फोटो च्यातिसकेका छन् । तिनले
त्यस्ता फोटो भएका किताब पढ्न र पढाउन नपाउने उर्दी/धम्की पनि जारी
गरेका छन् । माओवादीहरूको भनाइमा स्कूलका पाठ्यपुस्तकमा राजारानीका
फोटा राख्दा सामन्ती संस्कार र व्यक्तिपूजालाई बढावा मिल्छ ।
माओवादीको 'नयाँ जनवादी शिक्षा' अर्न्तर्गत
कक्षा १ को सामाजिक
शिक्षाको पाठ्यक्रम, जसमा नानीहरूले मार्क्सदेखि प्रचण्डसम्मका
तस्बिर चिन्नर्ुपर्ने उल्लेख छ । |
तर बिडम्बना नै मान्नर्ुपर्छ, आफूलाई सामन्ती संस्कार
र व्यक्तिपूजाका विरोधी बताउने माओवादीहरू पनि व्यक्तिपूजाको सवालमा
कुनै निरङ्कुश राजतन्त्रवादी वा सामन्त भन्दा भिन्न देखिँदैनन् । यो
कुराको पुष्टि माओवादीको 'क्षेत्रीय जनशिक्षा विभाग, विशेष क्षेत्र
(रुकुम, रोल्पा) द्वारा हालै प्रकाशित कक्षा १-३ को पाठ्यक्रम मस्यौदाले
गर्छ, जस अनुसार विद्यार्थीहरूले राजारानीको सट्टा प्रचण्ड, मार्क्स,
लेनिन, माओ आदि थुप्रै कम्युनिष्ट नेताहरूका फोटा चिन्नर्ुपर्छ । कक्षा
१ को सामाजिक शिक्षाको राजनीतिक खण्डमा लेखिएको छ, "-विद्यार्थीहरू)
कम्युनिष्ट पार्टर्ीीजनपरिषद् र जनवर्गीय सङ्गठनहरूको झण्डा चिन्न,
पार्टर्ीी जनसत्ताको पूरा नाम भन्न, मार्क्स, लेनिन माओ र प्रचण्डको
तस्बिर हेरेर नाम बताउन..." सक्षम हुनुपर्नेछ । त्यस्तै कक्षा
२ का नानीहरूले "मार्क्स, लेनिन र माओको जन्म, मृत्यु मिति र
अध्यक्ष क. प्रचण्डको जन्म मिति, स्थान" कण्ठस्थ पार्नुपर्नेछ
। कक्षा ३ को इतिहासमा विद्यार्थीहरूले "अध्यक्ष क. प्रचण्डको
सामान्य जीवनी" पढ्नुपर्नेछ । यसरी पाठ्यक्रममा व्यक्ति र नेताका
फोटो तथा जीवनी समावेश गर्नुलाई माओवादीका शिक्षाविद्हरू गौरवको कुरा
ठान्छन् । माओवादीको 'विशेष क्षेत्र' जनशिक्षा विभागका तुफान सिंह
भ्ान्छन् "र्सवहारा वर्गीय दृष्टिकोणमा आधारित शिक्षामा र्सवहारा
वर्गको नेतृत्व गर्ने नेता र शहीदको कुरा आउनु सामान्य र गौरवको कुरा
हो ।" सिंहको कथन अनुसार अहिले तयार भएको कक्षा १ देखि ३ सम्मको
जनवादी शिक्षाको पाठ्यक्रम देशभरि नै लागू गरिनेछ ।
मुकेश पोखरेल
माओबादीको चन्दा खेल
सशस्त्र सङ्र्घष्ाबाट जनतालाई मुक्त
गर्ने अभियानमा लागेका माओवादीले भ्रष्ट कर्मचारी र ठेकेदारसँग मिलेर
मोरङ जिल्ला विकास समितिको गछिया खोलाको ढुङ्गा, गिट्टी र बालुवा निकासी
कर ठेक्कामा र्याल चुहाएका छन् । जिविसले आर्थिक वर्ष२०६२-६३ का लागि
न्यूनतम रु.१ करोड ६० लाखको रकम तोकी मोरङका खोलाहरू ठेक्का लगाउन
टेण्डर आहृवान गरेपछि माओवादीले जिविसलाई ठेक्कामा नलगाउन र ठेकेदारहरूलाई
टेण्डर नहाल्न चेतावनी दिँदै सूचना निकाल्यो । तर यसमा देखाउनलाई 'स्थानीय
स्रोतसाधनमा पुरानो सत्ताका सामन्त, दलाल र नोकरसाहीहरूको होइन, आम
जनताको अधिकार हुनुपर्ने' अडान लिए पनि आफ्नो पोल्टाको कुनै ठेकेदारलाई
जिम्मा लगाई मोटो चन्दा हसर्ुर्ने दाउ देखिन्छ । माओवादीका एक जिल्लास्तरीय
नेता गछिया खोलाको ठेक्काबाट आफ्नो पार्टर्ीी कम्तिमा रु.५० लाख हात
पार्ने भएको बताउँदै भन्छन्, "पुरानो सत्ताले रकम पायो भने हतियार
किन्नर् खर्च गर्छ, हामीले पाउँदा जनउपयोगी काममार् खर्च हुनेछ ।"
वाषिर्क रु.३ करोडसम्ममा लाग्ने गरेको मोरङका खोलाहरूको ठेक्कामध्ये
सबैभन्दा आकर्ष मानिएको गछिया खोलाले मात्रै डेढ रोडभन्दा माओवादीको
चन्दा खेल बढी उठाउँथ्यो । तर माओवादीको सूचना आतङ्कले गर्दा मोरङका
खोलामा एकातिर आकर्ष ठेक्का लाग्ने सम्भावना घटेको छ भने अर्कोतिर
गछियामा गएको असारसम्मलाई नियुक्त ठेकेदार रामप्रसाद पाण्डे, माओवादी
र जिविसका केही कर्मचारी मिलेर पाण्डेलाई नै खोला जिम्मा लगाउने प्रपञ्च
भइरहेको पनि बुझएिको छ । पाण्डेकै अग्रसरतामा असारको दोस्रो साता गछिया
उत्तरको अटल क्रसर उद्योग आसपास डाकिएको गोप्य बैठकमा माओवादीको चन्दा
खेल माओवादीले रु.५० लाख तथा कर्मचारीले रु.१५ लाख लिएर ठेक्का उनैलाई
दिलाउने 'त्रिपक्षीय सम्झौता' भएको थाहा भएको छ । सम्झौतालाई पाण्डेले
पनि इन्कार गरेका छैनन् । उनी भन्छन्,"सम्झौता नगरी गरिखान सकिँदैन
। केही महिनापछि तपाईँलाई सबैथोक भनौँला । अहिले कर सङ्कलन हुन दिनुस्
।"
माओवादीले अघिल्लो असारमा पनि गछिया खोलाको ढुङ्गा, गिट्टी र बालुवा
निकासीमा रोक लगाएका थिए । यसबाट एक हजार मजदुर परिवारको जीवन प्रभावित
भएकोले खोला मजदुरसँग सम्बन्धित क्यूपेक नेपाल र अन्य संघ-संस्थाको
पहलमा प्रतिबन्ध फुकुवा गरे पनि पाँच महिनासम्म कर सङ्कलन भएन । पछि
कात्तिकदेखि फागुनसम्म चार महिनामा स्थानीय युवा क्लबहरूको सक्रियतामा
गठित 'नदी नियन्त्रण, वातावरण संरक्षण तथा विकास समिति'ले रु.४६ लाख
उठायो । तर समितिबाट चन्दा नपाएपछि माओवादीले यसमा पनि भाँजो हाले
। र, फेरि चैत मसान्तसम्म कर सङ्कलन हुन सकेन । २०६२ को सुरुआतसँगै
स्थानीय ठेकेदार रामप्रसाद पाण्डेले जिविसबाट तीन महिनाका लागि रु.१८
लाख ११ हजार १ सयमा ठेक्का फुत्काए, जसबाट माओवादीलाई रु.३ लाख 'चन्दा'
प्राप्त भएको थियो । अहिले पनि यसरी नै मिलीजुली हसर्ुर्ने कुरामा
ठेकेदार र माओवादीको मतो मिलेको छ ।
सोमनाथ बास्तोला, इटहरी
भत्केको घर, गोलीको बिस्कुन
१९ माघयता धेरैतिर 'सफल' हुँदै गएको दावी गर्ने सुरक्षाफौजले ११ असारमा
अर्घर्ााँचीको खन गाविसमा भएको भिडन्तमा आफ्नोतर्फ१२ जनाको मृत्यु
भएको र २६ जना घाइते भएका स्वीकार गरेको छ । सो घटनामा माओवादीतर्फदर्ुइ
जना मारिएका थिए ।
घटनास्थलमा छरिएका दर्ुइ पाथी जति
गोलीका खोकाहरु । |
गतवर्षसिद्धारामा भएको भिडन्तपछि सुरक्षाफौजले सदरमुकाम बाहिर क्षति
व्यहोरेको यो पहिलो घटना हो । यसअघिका सुरक्षा कारवाहीमा खन, बाँगी,
ढाकावा·, पटौटी लगायतका क्षेत्रमा माओवादीका चार जिल्ला सदस्यसहित
झन्डै दर्ुइ दर्जन नेता-कार्यकर्ता मारिएका थिए । यी सफलताबाट हौसिएको
सुरक्षाफौजले माओवादीलाई कमजोर ठानेको हुनसक्ने खनवासीहरु बताउँछन्
। एक स्थानीय बासिन्दा भन्छन्, "सधैँ सुरक्षाफौजलाई देखेर माओवादी
भाग्थे । अहिले पनि त्यस्तै सोचे होलान् ।" यो कुरा सेनाको सन्धिखर्कस्थित
गोरखदल गुल्मका प्रमुख रामचन्द्र केसीले पनि स्वीकार गरेका छन्, "हामीले
माओवादीले यति नजिक आएर आक्रमण गर्लान् भन्ने सोच्न सकेनौँ । हामी
हंसपुर क्षेत्रमा भिडन्त हुने संभावना देखेर गएका थियौँ, तर उनीहरुले
अगाडि नै आक्रमण गरेकाले हाम्रो क्षति भयो । यता गाउँलेहरुले पनि,
थाहा भएर पनि जानकारी गराउनु भएन ।"
माओवादीले सदरमुकामबाट १६ किलोमिटर उत्तर-पश्चिम, सुरक्षाकर्मीले आशङ्का
गरेको हंसपुरभन्दा डेढघण्टा पैदलबाटोवरै, खनको देउराली र धरमपानीमा
आक्रमण गरेका थिए । हंसपुर क्षेत्रमा ६-७ सय माओवादी रहेको सूचना पाएर
६० सैनिक र २५ प्रहरीको एउटा टोलीलाई आवश्यक तयारीसहित पठाइएको र अर्को
टोलीलाई सदरमुकाममा 'स्ट्याण्ड बाइ' राखिएको सेनानी केसी बताउँछन्
। एक स्रोतका अनुसार, अर्घर्ााँचीको गोखु·ा गाविसको सिमे देउरालीमा
एक हप्तादेखि पाँच केन्द्रीय नेतासहित एक हजार माओवादी भेला भएका थिए
र यो आक्रमणको योजना पनि तिनैले बनाएका हुन् ।
धरमपानीस्थित जेदुराम घिमिरेको घर,
जहाँ पसेर सुरक्षाकर्मीहरु माओवादीसँग लडेका थिए । |
डाँडामा रहेका माओवादीले खन-२, लुटिपोखरीमा सुरक्षाकर्मीहरुले एक-डेढ
घण्टा आराम गरेको देखेपछि तत्काल आक्रमणको तयारी गरेका आशङ्का गरिएको
छ । एउटा खोल्सो र भीरको बाटो मात्र खुला छाडेर बसेका माओवादीले अघि
बढिरहेका सुरक्षाकर्मी माथि देउरालीमा दर्ुइवटा डाँडा र मुलबाटोबाट
एकैचोटी आक्रमण गरेका स्थानीयवासीहरुको भनाइ छ । देउरालीका डालबहादुर
विक उनीहरुले आक्रमणअघि गाउँका मान्छेलाई घरैभित्र बस्न भनेका बताउँछन्
। क्याप्टेन र इन्सपेक्टरको कमाण्डमा गएको सुरक्षा टोलीका दर्ुइ सदस्य
पहिलो आक्रमणमै मारिएपछि अघि बढेका माओवादीले सुरक्षाकर्मीको दोस्रो
टोलीबाट सशक्त प्रतिकारको सामना गर्नुपरेको थियो । गाउँलेहरुको अनुमान
अनुसार, त्यहाँ तीन सय भन्दा बढी सशस्त्र माओवादी थिए ।
अर्कोतिर, धरमपानीस्थित जेदुराम घिमिरेको घरमा पानी माग्दै पुगेका
१९ सुरक्षाकर्मीहरु माओवादीले त्यहीँ आक्रमण शुरु गरेपछि घरभित्रै
बसेर लगातार पाँच घण्टा लडेका थिए । "माओवादीले आत्मर्समर्पण
गर्न भनेपछि केही सरहरुले आत्मर्समर्पण गरौंँ भने पनि अरुले मान्नु
भएन", यो सब हुँदा घरभित्रै ताउलो ओढेर खाटमुनी लुकेकी हिरा घिमिरेले
बताइन्, "मैले त ज्यानको आशै मारेकी थिएँ । सरहरु केही हुँदैन
बहिनी भन्दै लडिरहनु भएको थियो ।" धरमपानीमा दर्ुइ माओवादी सहायक
कमाण्डर र दर्ुइ सैनिक मारिएका तथा सात माओवादी र केही सुरक्षाकर्मी
घाइते भएका थिए । ११ बजे सुरु भएको भिडन्त तीन बजेसम्म चलेको र हेलीकोप्टर
पुगेपछि मात्र माओवादी नारावाजी गर्दै पछाडि हटेका थिए ।
धरमपानीमा लडाइ चलिरहँदा अगाडि बढेका माओवादीले थप पाँच सुरक्षाकर्मीलाई
पाँच सय मिटर दक्षिण लुटिपोखरीसम्म लखेटेर मारेका थिए । केही सुरक्षाकर्मी
आफू पसेको घरमा माओवादीले आगो लगाउन थालेपछि बाहिर निस्केर भाग्न लाग्दा
मारिए । "उहाँहरु नभागेको भए बच्नुहुन्थ्यो होला", हीरा
घिमिरे भन्छिन् । सो घरमा सुरक्षाकर्मीको साथमा आएका दर्ुइ वृद्ध र
एक महिलालाई पनि केही भएन । माओवादीले भिडन्तपछि ६ वटा इन्सास, पाँच
वटा थ्री नट थ्री र एउटा सञ्चार सेट लगेको सुरक्षा निकायले जनाएको
छ ।
अर्घर्ााँची कुनैपनि बेला माओवादी आक्रमणमा पर्न सक्ने सेनानी केसीको
मूल्याड्ढन छ । "माओवादी जिल्लाका विभिन्न भाग हुँदै कपिलवस्तु,
गुल्मी र प्यूठान पस्ने हुँदा हामी सधैँ थ्रेटमा छौं", उनी भन्छन्,
"अहिले सिद्धारा, सिमलपानी, हंसपुर, जलुके क्षेत्रमा चलखेल बढेकोले
भीडन्तको संभावना छ ।" तर सेनानी केसी शान्ति सुरक्षाका लागि
आफूहरु उच्च र्सतर्कताका साथ लागेको बताउँछन् । अर्घर्ााँचीका प्रमुख
जिल्ला अधिकारी कैलाशनाथ खरेलले पनि खन भिडन्तबाट शिक्षा लिएको बताउँदै
भने, "हामी घटनाको अनुुसन्धान गरिरहेका छौँ ।"
नियन्त्रणमा लिएर हत्या
भिडन्त हुँदा घटनास्थलबाट भागेर माओवादीको नियन्त्रणमा आएका तीन सुरक्षाकर्मीले
शायद बाँच्ने आशा गरेका थिए । तर बिडम्बना, बारम्बार जेनेभा सन्धिको
दुहाइ दिने माओवादीले तिनलाई लुटीपोखरीबाट देउरालीमा लगी गोली हानेर
मारे । हत्यापछि उनीहरुले सुरक्षाकर्मीले लगाएको जुत्ता समेत खोलेर
लगेको प्रत्यक्षदर्शीहरु बताउँछन् । एक महिलाका अनुसार, मारिएका सुरक्षाकर्मीले
'बरु म तपाईहरुसँग जान्छु, मलाई नमार्नोस्, म गरीब छु । मेरा छोराछोरीले
मागेर खानर्ुपर्छ' भनी याचना गर्दा पनि माओवादीले सुनेका थिएनन् ।
जनताका लागि लडेको बताउने माओवादीले 'सुरक्षाकर्मीलाई लक्षित गरेको'
भनेर झन्डै दर्ुइ सातादेखि स्थानीय डिभर्ना-वा·ला खानेपानी योजनाको
पाइपलाइन काटिदिएका छन्, जसले गर्दा अहिले अर्घर्ााँचीका दर्ुइ गाविसका
सात हजारभन्दा बढी वासिन्दा पानीको ठूलो अभाव भोगिरहेका छन् । "खोलाको
पानी ल्याएर खानुपरेको छ । कहिलेकाहिँ परेको पानी बलेनी थापेर पनि
खान्छौँ", डिभर्ना-४ का दामोदर पोखरेल भन्छन् । पाइप काटेर मात्र
नपुगी माओवादीले पानीटंयाकीमा 'खतरा' लेखेर स्थानीयवासीलाई सो बाटो
हिँडडुल गर्न समेत प्रतिबन्ध लगाएका छन् ।
दीपेन्द्र कुँवर/युवराज पाण्डे
भिक्षुको भेषमा माओवादीलाई चन्दा
सङ्खुवासभा प्रहरीले माओवादीको लागि चन्दा सङ्कलन गरेको आशङ्कामा खोटाङ्ग,
बाप्लुखा-४, मुलडाँडाका २६ वषर्ीय बौद्ध भिक्षु फर्ूवा लामालाई समातेको
छ । आफ्नै गाउँको नोर्बुलिङ गुम्बाको लागि भनेर बजारमा चन्दा सङ्कलन
गरिरहेको अवस्थामा समातिएका लामाको झोलामा सकेट बम, भारतीय प्रिपेड मोबाइल,
क्यामेरा, चन्दा रसीद, नगद रु.१५ हजार र चन्दाको लागि खोटाङ जिल्ला प्रशासन
कार्यालयको सिफारीश एवं गुम्बा दर्ताको आधिकारिक चिठ्ठी, प्रमाणपत्र,
आदि कागजातहरु फेला परेका छन् ।
काठमाडौँ लगायत नेपालका १० जिल्ला र भारतको दार्जिलिङमा समेत गरेर रु.३
लाखभन्दा बढी चन्दा उठाएका लामाले सङ्खुवासभामा पनि करिब रु.१५ हजार
उठाइसकेका थिए । काठमाडौँबाट आठ-नौ पटक राजमार्गको बाटो बसमा ओहोरदोहोर
गर्दा समेत सुरक्षाकर्मीहरुले उनको झोलामै रहने बम र अन्य संदिग्ध सामग्रीहरु
फेला पार्न सकेका थिएनन् । उनी भन्छन्, "एकपटक हिँड्दा पाँच-सात
पटक चेक गथ्र्यो, तर भिक्षु भनेर त्यत्तिकै छोडिदिन्थ्यो ।"
सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक अरुण बिसी भन्छन्, "उनी आफूले
सङ्कलन गरेको चन्दा माओवादीलाई दिने गर्दा रहेछन् । माओवादी भएको आशङ्का
छ ।" काठमाडौँ, चुच्चेपाटीमा अस्थायी बसोबास भएको बताउने भिक्षु
लामाले आफू माओवादी नभएको, माओवादीका खोटाङ कमाण्डर पासाङ लामाले 'भिक्षुहरुले
हाम्रो आन्दोलनलाई सहयोग गर्नुपर्छ' भन्दै चन्दा उठाएर सहयोग गर्न बाध्य
बनाएको दावी गरेका छन् । सुरक्षाचौकी र सेनाको ब्यारेकमा विष्फोटन गराउन
बोकाइएको सकेट बम चाहिँ अनुकुलता नमिलेकोले कतै नपड्काएको उनको कथन छ
।
शङ्कर खनाल
भत्काइन थाले छाउपडी कुडीहरु
रजस्वला र सुत्केरी हुँदा 'छाउपडी कुडी'
(घर भन्दा पर बनाइएको झुप्रो, हे. तस्बिर) र गो ठमा बस्न
बाध्य कञ्चनपुरका एकर्
दर्जनभन्दा बढी गाउँ का महिलाहरू दर्ुर् इ महिनादेखि परिवारका सदस्यसँग
सङ्र्घष्ा गरेर घरमै बसिरहेका छन् । छाउपडी प्रथाविरुद्ध कृष्णपुर,
दैजी, बेल्डाँडी, रौतेलीविचवा, लक्ष्मीपु र, श्रीपुरलगायतका भत्काइन
थाले छाउपडी कुडीहरू गाविसमा शुरु भएको सामाजिक आन्दोलनको परिणाम हो
यो । सबैभन्दा पहिले कृष्णपुर गाविसको पहरिया र दैजी गाविसको चौरीका
महिलाहरूले छाउपडीका नाममा हुने अमानवीय व्यवहारमा परिवर्तन ल्याउने
उद्दे श्यले यो आन्दो लन शुरु गरेका हुन् । पहरियामा मात्रै वैशाखयता
महिलाहरूले तीन पटक विरोध जुलुस निकाले, १३ वटा छाउपडी कुडी भत्काए
र रजस्वला हुँदा १७ जना छाउपडी कुडी नगई घरमै बसे । छाउपडी आन्दोलनमा
सक्रिय संस्था सामाजिक समानता अभियान कञ्चनपुरका अध्यक्ष भक्तबहादुर
बिकले दिएको जानकारी अनुसार, पछिल्ला दर्ुइ महिनामा कञ्चनपुरका कृष्णपुर,
दैजी, बेल्डाँडी, रौतेलीविचवा, लक्ष्मीपुर, श्रीपुर, कालिका, परासन
र दोधारा गाविसमा जम्मा ८३ वटा छाउपडी कुडी भत्काइएका छन् । आन्दोलनमा
सक्रिय महिलाहरूको अनुमान अनुसार, कञ्चनपुर जिल्लाका ग्रामीण क्षेत्रमा
६ सय भन्दा बढी छाउपडी कुडी छन् ।
सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका
ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएपछि दहीदूध खाएमा
र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास
कायमै छ । धनगढी र महेन्द्रनगर जस्ता शहरी क्षेत्रका महिला पनि घरका
सरसामान छुँदैनन् । शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारी
समेत रजस्वला हुँदा घरका गाई-भैँसीको दूध खाँदैनन् । यस्तो बेलामा
घरमा पालेको गाई-भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास
छ । यस्तो अवस्थामा कञ्चनपुरमा शुरु भएको छाउपडी विरोधी आन्दोलनले
यो क्षेत्रका सबै गाउँमा एक खालको अभियान र बहस शुरु गरेको तथा सामाजिक
जीवनमा हलचल ल्याएको छ ।
प्राज्ञ डा. देवीप्रसाद ओझाको विचारमा छाउपडीविरुद्ध जनचेतना जगाउन
परिवारमा चेतना फैलाउने काम गर्नर्ुपर्छ । उनी भन्छन्, "जबसम्म
परिवारकै मान्छेले रजस्वला भएका महिलाहरूप्रति मानवोचित व्यवहार गर्दैनन्
तबसम्म राजधानी र शहरबजारका टाठाबाठा महिलाहरूले यसका विरुद्ध बहस
चलाउनुको कुनै औचित्य हुँदैन ।" सामाजिक कार्यकर्ता डा. माया
शर्मा भने शिक्षामा जोड दिन्छिन्, "अशिक्षा यसको प्रमुख कारण
हो । त्यसैले छाउपडी प्रथा अन्त्य गर्न समाजलाई शिक्षित बनाउने अभियानमा
लाग्नर्ुपर्छ ।" महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरका मेडिकल
सुपरिटेण्डेन्ट डा. सुभेषराज कायस्थको विचारमा समाजलाई यो प्रथाको
गम्भीर असर र प्रभावबारे बुझाउनर्ुपर्छ । कायस्थ भन्छन्, "तर,
यस्तो अमानवीय प्रथाविरुद्ध पनि कुनै राजनीतिक दल र तिनका जनसङ्गठनहरू
सक्रिय नदेखिनु आर्श्चर्यको कुरा भएको छ । त्यस्तै आर्श्चर्य माओवादीको
मौनतामा पनि देखिन्छ ।"
कर्ण्र्ााोहरा, महेन्द्रनगर
पाँच वर्षबित्यो, ओत छैन
सरकारद्वारा पाँच वर्षघि २ साउन २०५७ मा मुक्त घोषणा गरिएका पश्चिम
तर्राईका दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका कैयौँैँ कमैया
परिवार अझै पनि खुला आकाशमुनि बस्न बाध्य छन् ।
 |
यी पाँच वर्षा, कैलालीको पथरैया गाविस, बक्लहवा शिविरकी काली चौधरीले
आफ्ना पाँचमध्ये दर्ुइ बच्चा गुमाइन् । खुला आकाशमुनि हिउँदको जाडो
खप्न नसकेर सासू-ससुरा बिते । काली भन्छिन्, "हामीलाई अहिले जति
दुःख जमिन्दारको घरमा बस्दा पनि थिएन ।" तीन वर्षघि भूमिसुधार
कार्यालय, कैलालीद्वारा वितरित रातो कार्ड पाएको उनको परिवारले एक
धुर जग्गा पनि पाएको छैन । जहाँ गाह्रो, उहीँ साह्रो भने झैँ भारतको
लखिमपुरमा काम गर्न गएका कालीका पति दसीराम चौधरीको पनि काम गर्दागर्दै
दर्ुघटनामा परेर दायाँ हात गुमेको छ ।
यस्तै हालत छ, कालीसँगै बसेका अरू १३० परिवार मुक्त कमैयाहरूको पनि
। सरकारी बेवास्ताले हद पार गरेपछि उनीहरू कमैया प्रथा उन्मूलन समाजले
दिएको प्लाष्टिक टाँगेर सदरमुकाम धनगढी नजिकै गेटास्थित शङ्कराचार्य
चिकित्सा आयर्ुर्विज्ञान प्रतिष्ठानको निर्माणाधीन जग्गामा बसेका छन्
। जङ्गल छेउ खुला आकाशमुनि बसेका उनीहरूसँग न खानेकुरा छ, न ओभानो
ठाउँ नै । ४० वर्षम्म जमिन्दारको घरमा काम गरेका वृद्ध बिजुराम चौधरी
यस्तो ठाउँमा बुढेसकाल बिताउनुपर्दा निकै विरक्त छन् । भुइँमा बस्दा
समेत माथि टाउको ठोक्किने यी साँघुरा झोपडी भित्र ५-६ जनाको परिवार
कोच्चिएर बसेका छन् । कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष सीताराम
चौधरी भन्छन्, "हामीले दिएका प्लाष्टिक पनि हावाले उडाएर च्यातिइसके
। अनि दर्ुइ-चार किलो चामल र चिउराका भरमा गुजारा पनि त हुँदैन ।"
भूमिसुधार कार्यालय, कैलालीले रातो कार्ड भएका २५ सय र नीलो कार्ड
भएका १८ सय जति मुक्त कमैया परिवारलाई ठाउँ हेरेर प्रतिपरिवार दर्ुइ
कठ्ठादेखि पाँच कठ्ठासम्म गरी करीब आठ सय बिघा जमिन उपलब्ध गराएको
बताएको छ । दर्ुइ कठ्ठा भन्दा कम जग्गा भएका करीब ६ सय परिवारलाई भोगचलनको
आधारमा जग्गा नापजाँच गरिदिएको कार्यालयको भनाइ छ । तर, २०५७ सालको
लगतमा परेका करीब ६ सय परिवारलाई अझैसम्म जग्गा दिन नसकेको कुरा पनि
कार्यालयले स्वीकारेको छ ।
यही २ साउनदेखि गेटालगायत कैलालीभरिका पीडित कमैयाहरूले जिल्ला सदरमुकाममा
पुनर्स्थापनाको माग राख्दै आन्दोलन गर्न लागेका छन् । मुक्त कमैया
समाजको अगुवाईमा यसअघि टीकापुरको हवाई मैदानमा करीब साढे आठ सय र धनगढीको
पुरानो हवाई मैदानमा ६१ परिवार सरकारी जग्गा ओगटेर बसेका थिए ।
लक्ष्मीप्रसाद उपाध्याय, धनगढी
माओवादीले छोडे पनि त्रासले छोडेन
माओवादीको ३९ दिन लामो कब्जाबाट मुक्त कास्की, भरतपोखरीका विद्यार्थीहरू
अझै त्रसित छन् । उनीहरू एकोहोरो हेरिरहन्छन्, मन खोलेर कुरा गर्न
सक्तैनन् । "हामीलाई साँझ-बिहान खाना र दिउँसो खाजा खुवाउँदै
हिँडाए, कुनै दर्ुर्व्यवहार गरेनन्" अपहरित छात्रा शर्मिला बानियाँ
भन्छिन्, "तैपनि मन शान्त छैन ।"
 |
कतिपय विद्यार्थीहरूले आफू पढ्दै गरेको विद्यालयमै पढ्न मन नभएको
बताए । तर अभिभावकहरू आफू उनीहरूलाई गाउँ बाहिर लगेर पढाउन सक्षम नभएको
बताउँछन् । अपहरणमै छँदा एसएलसी उत्तर्ीण्ा भएको थाहा पाएका डिल्लीराम
र नवराजलाई पोखरामा समेत पढ्न मन छैन ।
८ जेठमा अपहरित विद्यार्थीहरूलाई भरतपोखरीको सालघारीबाट कास्कीको उत्तरी
क्षेत्र हुँदै पर्वत पुर्याएर फेरि कास्कीमै ल्याई छाडिएको थियो ।
१६ असारमा मुक्त विद्यार्थीहरूमा भरतपोखरीको कालिका माध्यमिक विद्यालयको
कक्षा ९ र १० का शर्मिला बानियाँ, मञ्जु बानियाँ, समीक्षा बस्नेत,
सरिता बानियाँ, अनिता बानियाँ, डिल्लीराम भट्टर्राई, नवराज बानियाँ,
दिनेश बानियाँ, केशव गिरी र बसन्त ढकाल छन् । बिरामी परेकी भगवती क्षेत्रीलाई
चाहिँ पाँच दिनअघि मुक्त गरिएको थियो । विद्यार्थीलाई मानवअधिकारकर्मी
र सञ्चारकर्मी समक्ष छोड्न आएका माओवादीले अपहरण गर्नुको कारण खुलाउन
नचाहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) पोखराले बताएको छ
।
यसअघि अपहरण गरिएका विद्यार्थीहरूलाई माओवादीले प्रायः छोटो-छोटो राजनीतिक
प्रशिक्षण र सैनिक तालिम दिएर छोड्ने गरेका थिए । तर भरतपोखरीका विद्यार्थीहरू
भने कुनै तालिम नदिइएको बताउँछन् । मुक्तिपछि मानवअधिकारकर्मी र सञ्चारकर्मीलाई
उनीहरूलाई भनेका थिए- "हामी मुक्त भयौँ, यसैमा खुशी छ ।"
विनोद धौलागिरि, पोखरा
काठ व्यापारमा द्वन्द्वको असर
सेनाले इलामको दक्षिणी र झापाको उत्तरी भेगका पाँच दर्जन सामुदायिक
वन क्षेत्रबाट असारको दोश्रो सातादेखि काठ निकासी गर्न बन्द गरेको
छ । माओवादीको थोरबहुत प्रभाव रहेको मानिने यस भेगका डेर्ढदर्जन गाविसमा,
सम्बन्धित जिल्ला वा कार्यालयहरूको तथ्याङ्क अनुसार वाषिर्क डेढ लाख
क्युविक फीट काठ निकासी गरेर वर्षो रु.५ लाखदेखि २० लाखसम्म आम्दानी
गर्ने दर्जनौँ सामुदायिक वनहरू छन् । तिनको आम्दानीमा माओवादीको समेत
भाग लाग्ने गरेको सेनाको विश्लेषण छ भने माओवादीले पनि सामुदायिक वनबाट
चन्दा उठाउने गरेका छन् ।
 |
झापा, चारआलीस्थित जबरजंग गणले लिएको काठ निकासीमा रोक लगाउने निर्ण्र्ाााट
सामुदायिक वन उपभोक्ता समूह र ठेकेदारहरूलाई बढी मार परेको छ भने सरकारले
पनि जिल्ला वन कार्यालयमार्फ् उठाउने ४० प्रतिशत कर गुमाउनेछ । नेपाल
वन पैदावार व्यवसायी संघका अध्यक्ष तिलक गिरीका अनुसार, यो क्षेत्रका
सामुदायिक वनको काठपातको व्यापारमा रु.४ करोड लगानी गरिसकेका ठेकेदारहरू
सो रकम बराबरको काठ उठाउनु आफ्नो बाध्यता ठान्दछन् । आफैँ पनि रु.८०-८५
लाख ब्याङ्क ऋण लिएर काठ व्यापारमा लागेका गिरी सुरक्षा निकायको यस्तो
निर्ण्र्ााव्यावहारिक नभएको दाबी गर्छन् । उनको भनाइ छ, "व्यवसायीले
चन्दा दिए भन्ने आरोप लगाएर कारोबारमा रोक लगाउनुुभन्दा सुरक्षाकर्मीले
स्थलगत सैन्य कारबाही गर्न सक्नर्ुपर्छ ।"
जबरजंग गणका गणपति सुरेशकुमार कार्की आफूसँग ठेकेदार र सामुदायिक वन
उपभोक्ता समितिले माओवादीलाई सहयोग गरेको प्रमाण भएको दाबी गर्दै भन्छन्,
"यसरी माओवादीलाई चन्दा दिइन्छ भने काठ निकासी बन्द हुन्छ । नदिइने
प्रतिबद्धता व्यक्त भए खोल्न सकिन्छ । राष्ट्रिय स्रोत बेचेर आएको
रकम राष्ट्रिय सम्पत्ति ध्वस्त पार्न र सेना मार्न प्रयोग हुन्छ भने
त्यस्तो गर्न छुट दिइने छैन ।"
सेनाको निर्ण्र्ाााट इलामका ९८ र झापाका ३८ मध्ये झण्डै आधा सामुदायिक
वन प्रभावित भएका छन्, जो स्थानीय बाहुनडाँगी, शान्तिनगर, इरौँटार,
शान्तिपुर, महमाई, बाँझो र दमक नगरपालिकादेखि माथिका एक दर्जनभन्दा
बढी गाविसमा छरिएका छन् । यसले गर्दा सामुदायिक वनको आम्दानीबाट स्थानीय
स्तरमा हुनेगरेका विकास निर्माणका काम र आयमूलक कार्यक्रमहरू पनि बन्द
हुनेछन् । यस भेगका सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो गाउँठाउँमा
सडक, पुलपुलेसा, विद्यालय निर्माणका साथै कतिपय स्कूल शिक्षकहरूलाई
तलबसमेत ख्वाउँदै आएका थिए ।
तर्ीथ सिग्देल, झापा
बाजा बजाउने भए बाहुन छेत्री
नुवाकोटका ध्रुवप्रसाद खतिवडा हिजोआज कथित तल्लो जातिकाले बजाउने बाजा
बजाउँछन् । नरसिंगा बजाउन ठिक्क परेका खतिवडा भन्छन्, "जातिगत
काम भनेर नेपाली संस्कृतिलाई लोप हुन दिनुहुँदैन ।"
 |
बाहुन-क्षेत्रीहरू संलग्न शुभप्रभात सांस्कृतिक परिवारले केही दिनअघि
नुवाकोट र धादिङ्गको सिमानामा रहेको कोसीखोलामा गाउँलेहरूद्वारा निर्मित
झोलुङ्गे पुल उद्घाटन हुँदा पञ्चेबाजा बजाएको थियो । सो परिवारका अध्यक्ष
दिवाकर रिमाल आफ्नो संस्थाले गाउँघरमा हुने विवाहलगायतका समारोहमा
पारिश्रमिक लिएर बाजा बजाउने गरेको बताउँछन् । उनी भन्छन्, "समाजमा
परिवर्तन भइसकेको छ, त्यसैले हामीले बाजा बजाउनुलाई अनौठो रूपमा लिनुहुँदैन
।"
सांस्कृतिक परिवारका दीपक खतिवडा ढोलकी, ध्रुवप्रसाद खतिवडा, प्रवेश
खतिवडा र दिवाकर खतिवडा नरसिंगा, ध्रुव रिमाल र चन्द्रप्रकाश घिमिरे
दमाहा तथा गोकर्ण्र्ाातिवडा सहनाई बजाउँछन् । संस्थाले अर्को वर्षतिर्ने
गरी गाउँका २२ जनासँग जनही एक-एक हजार रुपैयाँ सापटी लिएर एक सेट पञ्चेबाजा
खरीद गरेको थियो । प्रवेश खतिवडा भन्छन्, "बाजा बजाएको पारिश्रमिक
जोगाएर अब छिट्टै एक-एक जोर ड्रेस पनि हाल्दैछौँ ।"
बाहुन-क्षेत्रीले पञ्चेबाजा बजाएकोमा गाउँलेहरू पनि दङ्ग छन् । धादिङ्ग,
कल्लेरीका नारायणप्रसाद नेपाल भन्छन्, "संस्कृति जोगाउन जो लागे
पनि राम्रै भो नि !" नुवाकोट, तारुकाका शिक्षक जनकराज ढुङ्गानाको
धारणा छ, "नेपाली संस्कृतिलाई जोगाउन जात नभनी लागेका यी युवाहरूलाई
हामीले प्रोत्साहित गर्नुपर्छ ।" स्थानीयबासी गोविन्दप्रसाद अधिकारीको
विचारमा बाहुनले हलो जोत्दा अनौठो मान्न छोडिएजस्तै सामान्य रूपमा
लिइनेछ बाजा बजाउनुलाई पनि ।
कपिलदेव खनाल, नुवाकोट
कर्मचारी पिट्छन् राजाका दूत
राजाको विशेष दूतका रूपमा क्रियाशील पर्ूवाञ्चलका क्षेत्रीय प्रशासक
जगदीश खड्का र सगरमाथाका अञ्चल प्रशासक राजकुमार सुब्बा डेढ महिनाअघि
सिराहा आउँदा जिल्ला विकास समितिको अतिथि गृहमा नबसी पर्ूव प्रमुख
जिल्ला अधिकारी विश्वप्रकाश पण्डितकहाँ बसेका थिए । कारण थियो, जिविसको
अतिथि गृह सुविधासम्पन्न र सफा नहुनु । दुवै प्रशासकहरू १९ असारमा
जिल्ला निरीक्षण गर्न फेरि सिराहा आइपुग्दा सफाई कर्मचारी अतिथि गृह
सफा गर्दैथिए । त्यत्तिकैमा क्षेत्रीय प्रशासक खड्का 'कोठा सफा किन
नराखेको' भनेर झोक्किँदा निमित्त स्थानीय विकास अधिकारी केशवप्रसाद
विमलीले 'केटाहरू सफा गर्दैछन्, मैले गर्ने हैन नि' भन्ने जवाफ फर्काए
।
 |
राजाको शासनका प्रशासकहरूलाई पुगिहाल्यो । क्षेत्रीय प्रशासक खड्काले
विमलीलाई तीन चड्कन हिर्काउँदै 'ल सालेलाई शौचालयमा थुन्' भनेर केहीबेर
अतिथि गृहको शौचालयमा थुन्न लगाए । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा
लगेर त्यहाँ पनि आधाघण्टा शौचालयमै थुनियो र राजविराज पठाइयो । प्रशासकको
यो स्वेच्छाचारी कदमको कानूनको उपहास भनेर चर्को विरोध भएपछि विमलीलाई
अहिले छाडिएको छ ।
अतिथि गृहको कोठा सफा नगरेको विषय यो विघ्न विवादको कारण हुनसक्छ वा
यसका पछि अरू पनि केही छ - जिविसका कतिपय कर्मचारीका भनाइमा, प्रशासकहरूबाट
विमलीमाथि केही योजनाहरू पास गर्न र विकास निर्माणका लागि गठन गरिएका
उपभोक्ता समितिहरूमा आफ्ना मानिस राखिदिन दबाब परेको थियो । तर, लिखित
आदेश चाहिने भनेर उनी पन्छिएपछि यसरी जाइलाग्ने काम भएको हो ।
यसको विरोध गर्ने नेपाल निजामती कर्मचारी सङ्गठन सिराहाका अध्यक्ष
दिवाकर सुवेदीले हप्की खानु पर्यो । समाचार प्रकाशित गरेबापत पत्रकार
चन्द्रदेव कामतीलाई क्षेत्रीय प्रशासकका पीएले फोन गरेर धम्क्याए ।
कामती भन्छन््, "पीएले 'समाचार किन छापेको डर लाग्दैन' सम्म भने
।"
एलडीओ विमलीलाई अन्य विभिन्न आरोपमा कारबाही गर्ने प्रयास हुँदाहुँदै
बाहृय प्रचार र दबाबका कारण मुक्त गरिएको छ ।
अजित तिवारी, सिराहामा
राजमार्गमा बेवारिसे हत्या
मकवानपुरका दर्ुइ गाउँमा २० असारमा भएको रहस्यमय हत्याले सनसनी फैलाएको
छ । त्यसदिन बिहानै हेटौँडा नगरपालिकाबाट १० किलोमिटर पश्चिम बसामाडी-५,
सरस्वतीखोला नजिक महेेन्द्र राजमार्गमा दर्ुइ जना र बसामाडी-२ को बस्तीपुर
स्कूल पछाडि ग्रामीण सडकमा एकजना युवकको शव भेटिएका थिए । मारिनेहरू
सबै २५-३० वर्षा छन् । हत्याको प्रकृति पनि उस्तै छ- एकै किसिमको नाइलनको
डोरीले हात बाँधिएको र शरीरका विभिन्न अङ्गमा धारिलो हतियार प्रयोग
गरी क्रूरतापर्ूवक मारिएको ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक -डीएसपी)
मोहनबहादुर खड्का भन्छन्, "मारिने माओवादी लुटेरा हुन् भने मार्ने
पनि माओवादी नै हुन् । हिसाब-किताबमा कुरा नमिलेर मारेको हुनसक्छ ।"
तर, धादिङ्ग-मकवानपुर इलाका नं. ६ को माओवादी स्रोतले यो प्रकरणमा
आफ्नो पार्टर्ीीे कुनै संलग्नता नभएको बताएको छ ।
 |
अघिल्लो दिन १९ असारमा एउटा अज्ञात समूहले राजमार्गमा सवारी साधनबाट
मालसामान र यात्रु लुट्ने भनिएका लुटेराहरूलाई सदरमुकाम हेटौँडास्थित
एउटा गेस्टहाउसबाट बसामाडीको जङ्गलतिर लगेको थियो । प्रत्यक्षदर्शीहरू
भोलिपल्ट मारिने तिनै व्यक्ति हुन् भन्छन् । तर, मारिनेहरूको स्पष्ट
परिचय खुल्न नसकेको र जिम्मा लिन कोही नआएकोले तीन दिनपछि प्रहरीले
नगरपालिकालाई लाश जिम्मा लगायो । राजमार्गमा मान्छे मारिएका छन्, तर
मर्ने र मार्ने को हुन् भन्ने प्रश्न अहिलेसम्म पनि अनुत्तरित छ ।
शिवकुमार काशी, मकवानपुर |