हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन | खोटाङ

दिक्तेलमा भियतनामको सम्झना

काल्रि्रसाद रिजाल

दिक्तेल बजारको इतिहासमा ५ असार २०६२ को दिन निकै दर्ुभाग्यपर्ूण्ा थियो । त्यस दिनको आक्रमणमा माओवादीहरूले दिक्तेलको एकतले 'सिंहदरबार' ध्वस्त पारिदिए (हे.तस्बिर) । सबै सरकारी कार्यालयहरू त्यही एउटै भवनमा भएकाले खोटाङका सबैलाई सुविधा पुगेको थियो । अहिले त्यहाँ जिल्ला अदालतको एक खण्ड मात्र सबूत छ । स्तम्भकार २३ असारमा दिक्तेल बजार पुग्दा १८ असारमा भएको दोस्रो माओवादी आक्रमणको चर्चा बजारभरि व्याप्त थियो । पहिलो आक्रमणमा नवनियुक्त प्रमुख जिल्ला अधिकारीको ज्यान बचाउँदा दर्ुइ सुरक्षाकर्मीको ज्यान गुमेको थियो । पहिलो आक्रमणपछि भागेका प्रमुख जिल्ला अधिकारी नफर्किँदै भएको दोस्रो आक्रमणमा कोही नमारिए पनि दिक्तेलमा भय र त्रासको वातावरण निकै बाक्लिएको छ । दिक्तेलबासीहरू घरको छिँडीमा खाल्डो खनेर लुक्न थालेका छन् ।
बजारको मध्यभागमा रहेको संयुक्त सुरक्षा फौजको 'बेसक्याम्प' का कारण दिक्तेलका नागरिकहरू बढी नै सन्त्रस्त छन् । माओवादीहरू बेसक्याम्पछेउका घरहरूको आडमा बसेर प्रहार गरेर भाग्ने र बेसक्याम्पबाट हुने जवाफी कारबाहीमा चलाइएका गोलीले नागरिकका झयाल, ढोका र भित्ता छेड्ने कुरा अब सामान्य भइसकेको छ । "माओवादीहरू सुरक्षाफौजलाई जिस्क्याउँछन्, जवाफमा सुरक्षाफौज सयौँ राउण्ड फायर गर्दछ । यस्तोमा, हाम्रो र हाम्रा बालबच्चाको मनस्थिति कस्तो होला - तपाईं स्वयं विचार गर्न सक्नुहुन्छ", एक जना गृहिणी घरका भित्तामा लागेका गोलीका दागहरू देखाउँदै गुनासो गर्छिन् । बेसक्याम्प नजिकका भुवन आचार्यले आफ्नो घरका झयालहरू ढुङ्गाले बन्द गरेर सुरक्षाको अनुभूति खोजेका छन् भने अरू कतिपय स्थानीयबासीहरू अपराहृन पाँचबजेपछि सुरक्षित बासको खोजीमा भौँतारिने गरेका छन् । यस्तोमा बाल, वृद्ध र विरामीहरूले भोग्नुपर्ने सङ्कट अझै हृदय-विदारक हुन्छ  । अक्सिजनको सहारामा जीवन बिताइरहेका वन कार्यालयका एकाउन्टेण्ट प्रेम साम्पाङ्गलाई १८ गतेको दोहोरो भिडन्तमा भाग्यले नै जोगायो । बजारको एक छेउमा प्रहरी कार्यालय, अर्को छेउमा सैनिक ब्यारेक र बीचमा सुरक्षा बेसक्याम्प । तैपनि सामान्य नागरिकले सुरक्षित छु भन्न नपाउनु कत्रो विडम्बना !
गाउँमा राज्यको पहुँच नहुनु वा राज्य सदरमुकाममा खुम्चिनु अहिलेको द्वन्द्वमा पर्ूव र पश्चिम कतै पनि नयाँ कुरा होइन । तर, खोटाङमा यो संकुचन आर्श्चर्यलाग्दो छ । माओवादीहरूले ५ र १८ असारको आक्रमणमा बजारलाई क्षति पुर्‍याएनन्; निजी घर भाडामा लिएर बसेका कार्यालयहरू पनि ध्वस्त पारेनन् । गाउँतिर पनि विनास र व्यक्तिहत्याका घटनाहरू त्यति भएका छैनन् । तैपनि, खोटाङ पर्ूवको 'रुकुम'का रूपमा चिनिन थालेको छ । पर्ूवाञ्चलको यो मध्यपहाडी जिल्लालाई कतैबाट पनि मोटरको बाटोले छोएको छैन । जिल्लाको एक मात्र विमानस्थल लामीडाँडा सदरमुकाम दिक्तेलबाट एक दिन टाढा पर्दछ  । खानी डाँडामा निर्माणाधीन विमानस्थल बनेपछि हुनेखानेका लागि सुविधा बढे पनि खोटाङका सामान्य जनताले नजिकको ठूलो बजार उदयपुरको गाईघाट आइपुग्न कोशी नदी र साप्सु खोलाको १२५ किलोमिटर लामो घाँच पैदलै छिचोल्नर्ुपर्दछ  । मूलबाटो यति विकट छ कि अलिकति गोडा चिप्लिए कोशीमा जल-समाधि लिन पुगिन्छ । मूलबाटो छेउका ठूला ढुङ्गा र घरपसलका भित्ताहरूमा किराँत मुक्तिमोर्चाका तर्फाट "बाहुन-क्षेत्री साम्राज्यवाद-मर्ूदावाद" का नाराहरू लेखिए पनि दुःखको भूगोलमा खोटाङका सबै जाति र जनजाति एकै पानामा समेटिएका छन् । विकासको नाउँमा गाईघाटदेखि रसुवाघाट हुँदै दिक्तेलसम्म तानिएको बिजुलीको लाइनबाहेक केही देख्न पाइँदैन । बिजुली साँझदेखि बिहानसम्म मात्र उपलब्ध हुन्छ । दिक्तेल बजारमा आठ बजेपछि बत्ती बाल्न पनि मनाही छ ।
उपल्लो सगरमाथा कृषि आयोजना अर्न्तर्गत बेलायत सरकारको सहयोगमा बन्न लागेको दिक्तेल-जयरामघाट कृषि सडकको निर्माण माओवादीका कारण रोकिएपछि खोटाङमा आगामी ५० वर्षम्म पनि मोटरबाटो नआउने निष्कर्षा पुगेका छन् खोटाङबासीहरू । माओवादीले आफ्नो 'निर्ण्र्ाा को विरोध गर्नेहरूलाई पहिलो चरणमा गाउँमा ढुङ्गा बोक्न लगाउने, त्यसपछि पनि नसुध्रिनेलाई 'जेल' हाल्ने वा 'सफाया' नै गर्ने हुनाले विरोध कसैले गर्दैन । नागरिकहरूले कसैबाट भरोसा पाएका छैनन् । उनीहरूको अनुभवमा राज्यका सैनिकहरू माओवादीका सेना भएतिर गस्ती जाँदैनन्, झोले कार्यकर्ताहरूतिर मात्र लाग्दछन्  । माओवादीहरू सैनिक देखे अर्कैतिर तर्किन्छन् ।
माओवादीहरूले विगत ६ महिनादेखि खोटाङको शैक्षिक क्षेत्रमा हस्तक्षेप बढाएका छन् । डुम्रे, धारापानीबाट भर्खरै महेश्वरीमा सरुवा भएर आउनुभएका शिक्षक लवकुमार र्राई भन्नुहुन्छ, "हिजोआज हामीले गाउँमा बस्दा छेपारोले झैँ रुप फेरेर बस्नर्ुपर्दछ । हामी सरकारका कर्मचारीहरू नयाँ सत्ताको शासनमा जकडिएका छौँ । अहिले आठौँ कक्षाको पाठ्यपुस्तकमा राजा, रानी र युवराजका जीवनी र तस्बिर थपिदिएका छन् । उनीहरू आउँछन् र भन्दछन्, पहिले यो थपिएको च्यात र पोल । अनि मात्र पढाऊ । अब हामीले गर्ने के  - हाम्रो गर्धन सधैँ खुकुरीको धारमा छ ।"
शिक्षक र छात्रहरूलाई दर्ुइ चार साता अभियान र कार्यक्रममा लैजाने पर्ने र शिक्षाको विकासका लागि आएको सहयोग राशीबाट पच्चीस प्रतिशत रकम छुट्याउनै पर्ने बाध्यताले खोटाङको शैक्षिक जगत पीडित छ । "तैपनि" जिल्लाका शिक्षा अधिकारी हर्रि्रसाद वस्ती भन्नुहुन्छ, "सरहरूले अहिलेसम्म शैक्षिक तालिका निर्वाह गरिदिनुभएको छ, यसैलाई मैले धन्य सम्झेको छु । शिक्षा कार्यालयले विद्यालयहरूको अनुगमन गर्न सक्ने अवस्था छैन । खटाइएका स्रोत व्यक्तिहरू समेत फिर्ता गर्नुपर्ने दबाब व्रि्रोहीहरूबाट आएको छ । म आफैँ पदवहाली गर्न नपाउँदै अपहरणमा परेको व्यक्ति । सरहरूको पीडा राम्ररी बुझेको छु । उहाँहरूले द्वन्द्वको यो अवस्थामा पनि मिलेर बस्ने कोशिश गर्नुभएको छ । तैपनि, विस्थापित शिक्षकको सङ्ख्या १६ पुगिसकेको छ ।"
यतिबेला हिंसाको बढ्दो दबाब र आक्रमणको त्रासमा बाँचेको छ खोटाङ । हेलिकोप्टरले ओसारेको सौर्न्दर्य प्रशाधनले चिटिक्क परेको दिक्तेल बजारका व्यापारीहरू दिक्तेल छाडेर सुरक्षित ठाउँतिर जाने ताकमा छन्  । तर, वर्षौँ वर्षेखिको घरबास छाडेर कहाँ जाने - गैसस महासंघका नारायणप्रसाद जोशी भन्नुहुन्छ, "हिंसाको अन्त्य नभएसम्म जहाँ गए पनि उस्तै हो । देश -उतिबेलाको) भियतनाम जस्तो भइसक्यो, तैपनि कसैलाई चेत आएको छैन ।"