हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

कहाली लाग्यो

'जनता झन्झन् गरीब' -हिमाल आवरण, १६-३१ असार) ले अर्थतन्त्रको वास्तविकताबारे पाठकलाई सुसूचित गरेको छ । शान्तिका नाममा आएको १९ माघको कदमले शान्तिवार्ताको 'श' पनि उच्चारण नगरेको तथ्य र्छलङ्ग भइसकेको अवस्थामा हालैका आर्थिक सूचकाङ्कहरूले शाही कदमपछि देश र जनता झन्झन् विपन्न हुँदै गएको स्पष्ट देखाएका छन् । बढ्दो साधारण खर्च र घट्दो विकास खर्च यसका चोटिला उदाहरण हुन् ।
स्थितिमा सुधार नआउने हो भने देश केही वर्षै सोमालिया बन्ने कुराले हामी युवालाई निकै निराश तुल्यायो ।
नरेन्द्र पण्डित
कल्लेरी-५, धादिङ



अर्थतन्त्रसम्बन्धी आवरण विश्लेषणले धेरैको आँखा खोलेको हुनर्ुपर्छ । जुन देशमा सुरक्षा खर्च बर्सर्ेे बढ्छ र विकास खर्च सुक्दै जान्छ, त्यसको भविष्य कस्तो होला - उता, वैदेशिक ऋणसम्बन्धी नेपाल राष्ट्र ब्याङ्क र अर्थमन्त्रालयमार्फ् छुट्टाछुट्टै तथ्याङ्क र्सार्वजनिक गरेर सरकार आफैँ विवादास्पद बनेको अवस्था छ । तिर्ने ऋणको हिसाब गर्न नजान्ने सरकारले जनताको सेवामा रकम छुट्याउन कहिले जान्ने होला -
प्रकाश बराल, लमजुङ्ग
pro_baje@yahoo.com


मूल्यवृद्धि आकासिँदो र विकास खर्च ओरालो लागेको रेखाचित्र हर्ेदा कहाली लाग्यो । कुनै देशको जनसङ्ख्या वृद्धिदर र कुल गार्हस्थ्य उत्पादन समानुपातिक रूपमा नबढ्ने हो भने देश गरीबीको खाडलतिर जाकिने निश्चित हुन्छ । तर्सथ अर्थतन्त्र माथि उकास्न बेलैमा उचित राजनीतिक, आर्थिक, प्रशासनिक कदम चाल्नु जरुरी छ ।
रविन खड्का
मनिपाल शिक्षण अस्पताल, पोखरा


विभिन्न परिस्थितिरुपी धमिरा लागेर जर्ीण्ा बनेको अर्थतन्त्र ढल्नै लाग्दा पनि यसप्रति सम्बन्धित पक्षहरूको अपेक्षित चासो देखिएन । धेरै अर्थशास्त्रीहरू मौन छन् । हिमाल ले सजग गराएपछि अब सबैका आँखा खुल्छन् कि - तर यो स्थितिका निम्ति १९ माघलाई मात्र दोष दिएर कोही उम्किन पाउँदैनन् ।
सुब्रत स्वार, सुयश स्वार
पोबनं. ५०३, काठमाडौँ


प्रतीकात्मक चित्रण
'हिंसाको कहाली' -देश/समाचार, १६-३१ असार) ले हत्याहिंसाले बाल मनोविज्ञानलाई पारेको असरको प्रतीकात्मक चित्रण गरेको छ । धरानकी नौ वषर्ीया सङ्गम सुब्बाको मनोविज्ञानमा परेको असरलाई हलुकासँग लिनु कदापि हुन्न । यो समस्या समाधान भएन, रोग-निदान भएन भने कल्पनाभन्दा बाहिरको दुष्परिणाम आउन सक्छ ।
नेपालमा नौ वर्षयता चलिरहेको हिंसाका कारण हजारौँ अवोध बालबालिकामा मनोवैज्ञानिक त्रास सिर्जना भएको छ । त्यसैले मेरो करजोरी आग्रह छ- हिंसामा संलग्न पक्षहरूले बालबालिकालाई यस्तो अवस्थामा नपुर्याउन् ।
भुमराज तिवारी
बेल्कोट-७, अमारे-डेउडी, नुवाकोट

उक्त समाचार प्रकाशित भएपछि सिविन नामक गैससले सान्त्वनासहित सङ्गमको पढाइमा सहयोग गर्ने वचन दिएको छ । -सं.


शरणमायाका कुरा

'पढ्न थाले शरणमायाका छोराछोरी' -देश/समाचार, १६-३१ असार) पढेपछि मृत्युपर्ूव ठिङ्गुरामा थुनिएकी शरणमायाको दीनहीन अनुहारको कल्पना गर्न बाध्य भएँ । एक्काइसौँ शताब्दीमा पनि मानसिक रोगले ग्रस्त एक नारीमाथि गरिने व्यवहार त्यस्तै हुन्छ त - के शरणमायाले बन्धनमुक्त बाँच्न पाउने अधिकार कुनै प्रकारको मानवअधिकार हैन त - त्यस्ता घटना अब नदोहोरियुन् ।
भैरवबहादुर श्रेष्ठ
ढुंग्रेवास, सिन्धुली


गल्तीको परिणाम !
'आधा मनको आन्दोलन' -सम्पादकीय, १-१५ असार) उम्दा लाग्यो । १८ असोज २०५९ पछि तीन वर्षो अवधिमा आन्दोलनरत पार्टर्ीीले पटकपटक निर्ण्ाायक आन्दोलनका कार्यक्रमहरू घोषणा गरे पनि १८ असोज उल्ट्याउन त परै जावस्, १९ माघमा थपिएको निरङ्कुशतालाई पनि छेक्न सकेनन् । त्यतिखेर राजनीतिक दलहरू एक हुन सकेनन्, एकअर्काप्रति पर्ूवाग्रही देखिए, नेकपा एमाले अन्य पार्टर्ीीई सडकमा छोडेर सत्तामा गयो । दलहरूले त्यतिखेर जनतालाई घात गरे । त्यसैले जनता यतिखेर रमिते बनेका हुन् ।
शेरबहादुर भुजेल
सचेतना हिमाल पाठक क्लव
स्मृतिकुञ्ज, दोलखा


राजधानीलाई के थाहा ?
जे.बी. पुनको रिपोर्ट 'पलायन ! पलायन ! !' -पश्चिम तर्राईका उद्योग व्यवसाय, १-१५ असार) ले राजधानीबासीलाई देशको यथार्थ बुझन सघाएको छ । अहिले उद्योग-व्यवसाय मात्र नभएर उपत्यका बाहिरका हरेक क्षेत्र, हरेक पक्षले हैरानी खेप्नु सामान्य कुरा भइसकेको छ । सुरक्षाका नाममा हैरान पार्ने सेना- पुलिसको व्यवहार, संघसंस्थामा स्थानीय प्रशासनको हस्तक्षेप र कर्के नजर तथा चन्दाको निहुँमा माओवादीको ज्यादती र बलजफ्ती खप्न उपत्यका बाहिरका र्सवसाधारणलाई हम्मे परेको छ । जिल्लाहरूमा यातायात र बजार बन्द भई भोकै सुत्नु परेको कटुसत्य काठमाडौँ उपत्यकालाई के थाहा?
डा. गङ्गाराज अर्याल
सिर्जनाबस्ती, ग्वार्को-१७, ललितपुर


चाहिन्छ खबरदारी
'जो अगुवा उही...' -खोज/१-१५ असार) ले औँल्याएझैँ अबका दिनमा र्सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको नैतिक आचरणबारे समाजका हरेक वर्गमा छलफल हुनु आवश्यक छ । सरकारी जागिरमा पेन्सन पकाएर पुनः संवैधानिक तथा र्सार्वजनिक लाभको पदमा आउनेहरूले दोहोरो सुविधाको मोह छोड्न नसक्नु आफैँमा उदेकलाग्दो कुरा हो । यस्ता सुविधाभोगीहरूलाई रत्नपार्कमै सिस्नोपानी लगाउनर्ुपर्छ । स्वच्छ आचरण देखाउनेहरूको भने जनताले पनि जयजयकार गर्नुपर्छ ।
सुब्रमण्यम शर्मा
नेपालगञ्ज-१३, भृकुटीनगर, बाँके


दोहोरो सुविधाजस्तो नैतिकहीन काममा टाढाबाठा, ओहोदावालाहरू नै संलग्न भएको पढ्दा मन कुँडियो । पढेका, बुझेका, जानेका मान्छेबाटै यस्तो हुन्छ भन्ने थाहा पाए भने विचरा अनपढ गाउँलेहरूको मन कति दुख्ला -
सङ्गम अर्याल
सिर्जनाबस्ती, ग्वार्को-१७, ललितपुर

प्रवृत्तिलाई भनेको हुँ
'धन्य ! मालिका' -डेटलाइन/अछाम, १-१५ असार) को अन्तिम हरफमा मेरो नाम उद्धरण गरी सम्प्रेषित 'अचेल दोहोरो मारमा परेका छौँ... ज्यान जोगाएर बस्न पनि मुश्किल परिरहेको छ' भनाइप्रति मेरो ध्यानाकर्षा भएको छ । उक्त पङ्तिमा उल्लिखित मेरो भनाइ साफेबगरको सुरक्षा र प्रशासनतिर मात्र लक्षित नभई देशमा व्याप्त समस्या तथा राष्ट्रिय सुरक्षा र राज्य प्रशासनप्रति भएको पाठकवृन्दलाई जानकारी गराउँछु ।
लक्ष्मण खड्का, बस व्यवसायी साँफेबगर, अछाम


स्वागतयोग्य सामग्री
र्'खर्च उही उत्पादन दोब्बर' -कृषि/धान खेतीको नयाँ प्रविधि, १६-३१ जेठ) पढ्न पाउँदा मन हर्षवभोर भयो । नेपाली किसानलाई उपयोगी हुने यस्तो प्रविधि भित्र्याउने विशेषज्ञ बधाईका पात्र बन्नुभएको छ ।
हिमाल ले यस्ता प्रविधिका बारेमा निरन्तर जानकारी दिँदै जाओस् ।
हृदयप्रसाद श्रेष्ठ, जोमसोम-७, मुस्ताङ


भूलसुधार
१६-३१ असारको हिमाल मा प्रकाशित 'माओवादीको आन्तरिक कारबाहीः देखाउने दाँत' शर्ीष्ाकको रिपोर्टमा नवलपरासी-पक्लिहवामा भएको माओवादी आक्रमणमा मारिएका प्रतिकार समितिका व्यक्तिको नाम मुन्ना कोइरी हुनुपर्ने र एक अर्को प्रसङ्गमा माओवादीको रुपन्देही पश्चिम क्षेत्रीय इलाका कमाण्ड प्रमुख समीर हुनुपर्नेमा समाचार-सम्पादनका क्रममा अन्यथा भएकाले सच्याइएको छ । -सं


ज्यादती !


छोरो विदेश पठाए बापतको रु.३० हजार तुरुन्त नतिरेमा कठोर कारबाही हुने धम्कीसहित रुकुमको खारा गाजस प्रमुख नन्दराम बुढाले एक गाउँलेलाई लेखेको पत्र ।

सरकार गाउँहरूबाट विस्थापित भएपछि ती ठाउँमा माओवादीले गाउँ जनसमितिका नाममा आफ्नै सत्ताको अभ्यास गरिरहेका छन् । तर, उनीहरूले गाउँको सत्ता गाउँका कार्यकर्तालाई नै सुम्पेपछि स्थानीय कार्यकर्ताहरू जनताको न्यायभन्दा पनि सहयोग र चन्दा अभियानमा लिप्त हुन थालेका छन् ।

माओवादीले सामाजिक न्यायलाई ध्यान नदिँदा समाज पुरानो व्यवस्थाभन्दा पनि नाजुक अवस्थामा पुगेको छ र जनविश्वास क्रमशः उनीहरूदेखि टाढिँदै गएको छ, गाउँमा उनीहरूको विरोध गर्दा अनावश्यक कारबाहीमा उत्रिने गरेका छन् । त्यसलाई पनि समाजले जे जसरी भए पनि सहेको थियो, तर अहिले माओवादीको तल्ला निकायले समेत सामान्य जनताका नाममा पर्ुर्जी काट्दै 'हाम्रो आदेशको अवज्ञा गरेमा...' जस्ता चेतावनी दिन थालेका छन् -हे. प्रतिलिपि) । अब उनीहरूबाट कुन न्यायको आशा गर्ने -
टेकबहादुर ओली, रियाद, साउदी अरेबिया