आवरण
| राष्ट्रिय राजनीति
चुनावी सरकार
राजाको प्रत्यक्ष शासनको
सर्न्दर्भमा १९ माघपछि, ३० असार, ०६२ अर्को उल्लेख्य तिथि बनेको छ
। त्यस दिन, राजाबाट राप्रपाका चार जना नेताहरू -पशुपति शमशेर राणा,
लोकेन्द्रबहादुर चन्द, कमल थापा र पद्मसुन्दर लावती) लाई लञ्च -दिवा
भोज) निम्ति निम्त्याइयो । वर्तमान राजाबाट राजनीतिक दलका नेताहरूलाई
यति सम्मान दिएको यो पहिलो अवसर थियो । दर्ुइ घण्टा लामो 'लञ्च मिटिङ'
पछि राप्रपा अध्यक्ष पशुपति शमशेर राणा आफ्नो पर्ूव निर्धारित कार्यक्रम
परिवर्तन गरेर नयाँदिल्ली र लण्डन यात्रामा जाने नयाँ कार्यक्रम बन्यो
। साथै, १९ माघको विरोध गर्ने अध्यक्ष राणा र पर्ूव प्रम चन्द अनि
र्समर्थन गर्ने थापा र लावतीले आपसमा हात मिलाएर 'अब पार्टर्ीीक भएर
जाने' सन्देश कार्यकर्ताहरूलाई प्रवाहित गरे । अर्थात् राजासँग चार
नेताको दिवाभोज पछि, लगभग फुटिनैसकेको राप्रपा एकताबद्ध भयो ।
त्यही दिनको अपराहृन राजाबाट संयुक्त राष्ट्रसंघका विशेष दूत लख्दर
ब्राहिमीसँग आम निर्वाचनलगायतका आफ्ना योजना र सोचाइबारे जानकारी गराइयो
। र, त्यही राति, १९ माघको आधारभूत चरित्र अनुरुपका व्यक्तिहरू राखी
मन्त्रिपरिषद्को विस्तार गरियो ।
विभिन्न देशी-विदेशी स्रोतहरूका सूचना र विश्लेषण अनुसार ३० असारका
राजनीतिक घटनाक्रम मूलतः संसदको चुनाव नजिक -सम्भवतः आगामी चैत-वैशाख)
तान्ने उद्देश्यबाट प्रेरित छन् । संसदको चुनाव तीन वर्षछिका निम्ति
राख्दा १९ माघको बोझ थामी नसक्नु हुने निचोडमा राजा स्वयं पुगेको एकथरीको
अनुमान छ । संसदको चुनाव गराउनासाथ विदेशीहरूको आलोचना र असहयोग एकाएक
सहयोग र प्रशंसामा बदलिने अवसरप्रति राजा सचेत नहुने कुरा पनि छैन
। चुनावको प्रसङ्गमा राप्रपाको एकता र त्यसका प्रतिद्वन्द्वी नेताहरूलाई
दिइएको सम्मानपर्ूण्ा दर्शन भेटको उद्देश्य चाहिँ; केही दिनअघि डा.
तुलसी गिरीले गरेझैँ राजाले पनि आफूलाई राप्रपाको 'शुभचिन्तक' का रूपमा
प्रस्तुत गर्नु रहेको हुनसक्छ । नारायण सिंह पुनदेखि बद्रीप्रसाद मण्डल,
नीक्षशमशेर राणा आदिका पार्टर्ीी समूहबाट आफ्नो खाँचो कहिल्यै पूरा
हुन नसक्ने निष्कर्षो परिणाम हुन सक्छ- राप्रपालाई 'आफ्नो' तुल्याउनुको
बाध्यता । राप्रपाको एकता सुनिश्चित गरेकै राति घोषित मन्त्रिमण्डलको
स्वरुप हर्ेदा, यही मन्त्रिमण्डलमार्फ् चुनाव गराएर राप्रपा आदि अनुकूल
दलहरूलाई संसदमा प्रभावशाली तुल्याउने ख्वाबले पनि काम गरेको अनुमान
लगाउन मिल्ने ठाउँ छ ।
नाटकका पात्र
"राजनीतिमा क
तस्बिरहरूः किरण पाण्डे। |
हिलेकाहीँ नाटक पनि गर्नुपर्छ नि बद्री !" भनेर
राजाले धाप मारेको एक साता नबित्दै सद्भावना पार्टर्ीी अध्यक्ष, कुनै
बेलाका उप-प्रधानमन्त्री र धेरै पटकका मन्त्री बद्रीप्रसाद मण्डल फेरि
बनाइएका छन् कृषि तथा सहकारी मन्त्री । राजाले आफ्नो जन्मोत्सवका अवसरमा
सभामुखद्वारा २२ असारमा सिंहदरबारमा आयोजित जलपान समारोहमा भनेको उक्त
वाक्यको आसय मण्डलले पछि मात्र बुझे- राजाको भ्रष्टाचार नियन्त्रण
आयोग उनीमाथि साँच्चै लागेको नभई नाटकको दृश्यले मागेको खाँचो पूरा
गर्न मात्र लगाइएको रहेछ । पञ्चायतकालमा वीर अस्पतालका नर्समाथि अश्लील
हरकत गरेर प्रसिद्धिमा आएका मण्डल बारम्बार राजाको छनौटमा पर्नुको
एउटा प्रमुख कारण उनी गिरिजाप्रसाद कोइरालाको गृह जिल्ला मोरङको हुनुलाई
मानिन्छ।
कहिले हथकडी कहिले झण्डा
आजभन्दा ठीक १८ वर्षघि अर्थात् ३२
असार २०४४ मा 'विमर्श साप्ताहिक' का अतिथि सम्पादक पदम ठकुराठीको
ज्यानमार्ने नियतले गोली प्रहार गरेको अभियोगमा हथकडी लगाएर
जिल्ला अदालत काठमाडौँमा लगिँदै जगत गौचन र अर्का अभियुक्त भीमप्रसाद
गौचन । |
राजाबाट भौतिक योजना तथा निर्माण सहायक मन्त्रीको जिम्मेवारी
पाएका जगत गौचन पत्रकार पदम ठकुराठीको हत्या प्रयासमा संलग्न भनी एक
वर्षजेल सजाय पाएका व्यक्ति हुन् । क्योकुसेन कराँतेका खेलाडी गौचन
आफ्ना साथीभाइमाझ गाडीमा 'गन' राखेर हिँड्ने पारखीका रूपमा चिनिन्छन्
। र, उनी गैर खेलाडीबाट रकम असुल गरी विदेश पठाउने कार्यमा पनि संलग्न
भएको बुझन्िछ ।
बाउको नाउँमा पद
२०४६ को जनआन्दोलनको विपक्षमा उभिएका प्रकाश कोइरालालाई
राजाले अहिले आएर पुरस्कृत गर्दा कसैले पनि आर्श्चर्य मानेन । निजी
क्षमता केही नभएका कारण बाबु -बीपी) को नाउँ भजाउन पहिलेदेखि आतुर
रहेका प्रकाश राजाबाट विज्ञान तथा प्रविधि मन्त्री नियुक्त गरिएपछि
पनि भन्छन्, "म बीपीको राष्ट्रिय मेलमिलाप नीतिको धारमा हिँडेको
व्यक्ति हुँ ।"
काङ्ग्रेस सभापति तथा काका गिरिजाप्रसाद कोइरालाले चुनाव जिताएर मन्त्री
बनाए पनि, आफ्नै नाउँबाट पार्टर्ीीे केन्द्रीय सदस्यमा निर्वाचित गराए
पनि प्रकाशको दरबारसँग गाँसिएको मोह कहिल्यै नटुटेकोमा धेरैले आर्श्चर्य
मानेका छन् । १९ माघको र्समर्थन गरेका कारण नेपाली काङ्ग्रेसले उनलाई
यसअघि नै साधारण सदस्यताबाट समेत निलम्बन गरिसकेको थियो ।
जातीय प्रतिनिधि
राजतन्त्रात्मक बहुदलीय व्यवस्थालाई 'मूलधर्म' बनाएर
तीन वर्षघि समाजवादी पार्टर्ीीेपालको अध्यक्ष बनेका वन तथा भू-संरक्षण
मन्त्री सलिम मियाँ अन्सारीको खास राजनीतिक मियो- नेकपा एमाले हो ।
०५१ मा एमालेले वन मन्त्री बनाएका सलिम त्यसपछिको गठबन्धन सरकारमा
पर्यटन मन्त्री बन्न पुगे । शानेवानिमा गर्नुगरेपछि एमाले परित्याग
गरी मुश्लिम इत्तेहाद संघ खोली जातीय राजनीतिको बाटोमा लागेका मियाँ
राजाको छनौटमा पर्नुको आधार- समुदायको प्रतिनिधित्व बाहेक केही देखिँदैन
। २० असार २०६० मा खोटा चलन मुद्दामा समातिएका भारतीय नागरिक हरेराम
चौधरीले काठमाडौँका सरकारी वकिल समक्ष गरेको बयानमा 'सलिम मियाँ अन्सारीले
रु.२२ लाखमा चार वटा एके-४७ राइफल बेचेको' बताएपछि सलिमको आपराधिक
चरित्र प्रकाशमा आएको थियो ।
'राजनीति नसोध्नुस्'
पर्यटन तथा नागरिक उड्डयन सहायकमन्त्री याङ्कलिा शर्ेपा
ट्रेकिङ व्यवसायी र राष्ट्रिय सभाकी मनोनीत सांसद हुन् । राजाको सक्रिय
राजनीतिक प्रयोगशालामा सांसद र मन्त्री भइसक्दा पनि उनलाई राजनीतिबारे
चाहिँ थाहा छैन । मन्त्री नियुक्त भइसकेपछि उनले भनिन्, "मलाई
राजनीतिबारे केही नसोध्नुस्, पहिले मन्त्री भइसकेकाहरूलाई नै सोध्नुस्
।"
राजाबाट मन्त्री बनाइने विश्वासमा रहेकी एक अर्की महिलाको याङ्कलिाको
नियुक्ति बारे टिप्पणी थियो, "उनी अग्लो ठाउँको जनजाति, त्यसमा
पनि अङ्ग्रेजी बोल्ने !"
मन्त्री कुट्ने भए मन्त्री
नेकपा एमालेको टिकटमा २०४८ सालमा राष्ट्रिय सभाको सांसद
भएका गोल्छे सार्की १९ माघको शाही कदमलाई र्समर्थन गरेर एमाले पार्टर्ीीयाग्ने
थोरै व्यक्तिहरूमध्ये पर्छन् । पञ्चायतका अन्तिम दिनमा उर्लिएको 'नानीमैयाँ
प्रवृत्ति' अर्थात् नकारात्मक भोटको लहरबाट हौसिएर चुनावी राजनीतिमा
हाम्फालेका गोल्छेले तत्कालीन मन्त्री रामचन्द्र पौडेललाई संसदमै हातपात
गरेपछि अरू बढी प्रचार पाएका थिए । राजाबाट यातायात व्यवस्था सहायक
मन्त्री नियुक्त भएपछि उनी भन्छन्, "मेरो नियुक्तिबाट सम्पर्ूण्ा
दलित समुदायको सम्मान भएको छ ।"
गाइड मन्त्री
छेवाङ लामाको नामबाट समेत चिनिने हुम्लाका छक्कबहादुर
लामा शाही मन्त्रिमण्डलको विस्तारसँगै स्थानीय विकास सहायक मन्त्रीमा
नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक लामा दर्ुगम
हुम्लाका थोरै 'विकासे'हरू मध्येका एक हुन् । २०४८ मा हुम्लाबाट जनमोर्चाको
टिकटमा सांसद बनेका लामाको जीवनको प्रारम्भिक काल हुम्ला आउने पश्चिमा
प्राज्ञहरूसँगको सङ्गतमा बिताएका थिए । उनले विभिन्न पश्चिमा संचार
माध्यमहरूबाट उत्पादित दी म्याजिक माउण्टेन, ड्रागन ब्राइड जस्ता डक्युमेण्ट्रीसँगै
डिस्कभरी च्यानलको दी लन्ली प्लानेट सिरिजका लागि हुम्ला क्षेत्रका
बारेमा बनाइएको डक्युमेण्ट्रीका लागि काम गरिसकेका छन् । हुम्ला क्षेत्रको
संस्कृति, इतिहास, जनजाति जस्ता विषयका जानिफकार लामाले कैलाश हिमाल
तथा मानसरोवर जाने पर्यटकहरूका लागि गाइडको समेत भूमिका निर्वाह गरिसकेका
छन् ।
'प्रो-रिच'
ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति वर्तमान राजाका
प्रियपात्र हुन् भन्ने कुरा उनी राष्ट्रिय सभामा मनोनीत हुँदै मानिसहरूले
थाहा पाइसकेका थिए । तर 'राजनीतिकर्-अर्थशास्त्र र सरकार' विषयमा हार्वर्ड
विश्वविद्यालयबाट 'डक्टरेट' ज्योतिले अर्थमन्त्री मधुकर शमशेर राणाको
सहायकका रूपमा कति विद्वत्ता देखाउलान्, कति काम देखाउलान्- अनुमान
गर्न कठिन छ । २०४३ मा काठमाडौँ नगरपञ्चायत प्रधानपञ्चको चुनाव हारेका
'प्रो-रिच' -धनीमुखी) डा. ज्योति 'हायर एण्ड फायर'को छूट दिने श्रम
ऐनका पक्षपाती हुन् ।
देश बचाउन इच्छुक !
राष्ट्रिय झण्डा अङ्कति ज्याकेट लगाएर राजधानीका सडकमा 'राजा आऊ, देश
बचाऊ' नारा घन्काउने मुख्य व्यक्ति हुन् ३४ वषर्ीय नीक्षशमशेर राणा
। राष्ट्रिय एकता परिषद नामक संस्थाका संयोजक राणा बहुदलीय प्रजातन्त्र
सुन्न नचाहने र बहुदल-वादीलाई देख्न नसक्ने 'राजावादी' ठानिन्छन् ।
उनको जत्था कतिपटक नेविसंघ र अखिलका विद्यार्थीहरूमाथि जाइपनि लागेको
छ । शायद पार्टर्ीीलाई पाखा लगाउने अभियानमा लागेबापत नै उनलाई राजाबाट
स्वास्थ्य र वातावरण सहायक मन्त्रीको पद पुरस्कारका रूपमा प्राप्त
भएको छ । जुद्ध शमशेरका पनाति, केशव शमशेरका कान्छा छोरा नीक्ष नातामा
रानीका पनि भाइ पर्छन् ।
२०४६ सालको गुन
बहुदलका निम्ति भएको २०४६ सालको जनआन्दोलन दबाउन गृहमन्त्रीका
हैसियतले प्रमुख भूमिका निर्वाह गर्ने कट्टर निर्दलवादी पञ्च निरञ्जन
थापाले न्याय कानून तथा संसदीय व्यवस्था मन्त्रालय पाएका छन् । बहुदलीय
राजनीतिमा नलागेका थापा यसअघिसम्म कानून सुधार आयोगको अध्यक्ष पदमा
थिए ।
भ्रष्टाचारमा तारिख धाउने अर्का मन्त्री
परिवारमा सबैको नाउँ प्रजातान्त्रिक व्यवस्थासँग मेल खाने गरी जुराइएको
छ- नव नियुक्त शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठको । भाइको 'क्याबिनेट,
छोराको पार्लियामेन्ट, छोरीको सेसन र अर्को छोराको संसद' नाउँ राखेका
४५ वषर्ीय सिनेटको पारिवारिक पृष्ठभूमिसँग चाहिँ प्रजातन्त्रको कुनै
साइनो छैन । उनका पिता दिलबहादुर श्रेष्ठ राजाको सक्रिय शासन र निर्दलीय
पञ्चायतका अति नै कट्टर हिमायती मानिन्छन् । राजाको रोजाइमा परेका
सहायक मन्त्री सिनेट गृहमन्त्री दानबहादुर शाहीसँगै मल खरीद सम्बन्धी
भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतमा तारेख खेपिरहेका छन् । पाइलटको
तालिम लिएका उनी कमिसन एजेण्टको रूपमा ठूल्ठूला व्यापार गर्थे ।
देश बचाउन इच्छुक !
राष्ट्रिय झण्डा अङ्कति ज्याकेट लगाएर राजधानीका सडकमा
'राजा आऊ, देश बचाऊ' नारा घन्काउने मुख्य व्यक्ति हुन् ३४ वषर्ीय नीक्षशमशेर
राणा । राष्ट्रिय एकता परिषद नामक संस्थाका संयोजक राणा बहुदलीय प्रजातन्त्र
सुन्न नचाहने र बहुदल-वादीलाई देख्न नसक्ने 'राजावादी' ठानिन्छन् ।
उनको जत्था कतिपटक नेविसंघ र अखिलका विद्यार्थीहरूमाथि जाइपनि लागेको
छ । शायद पार्टर्ीीलाई पाखा लगाउने अभियानमा लागेबापत नै उनलाई राजाबाट
स्वास्थ्य र वातावरण सहायक मन्त्रीको पद पुरस्कारका रूपमा प्राप्त
भएको छ । जुद्ध शमशेरका पनाति, केशव शमशेरका कान्छा छोरा नीक्ष नातामा
रानीका पनि भाइ पर्छन् ।
भ्रष्टाचारमा तारिख धाउने अर्का मन्त्री
परिवारमा सबैको नाउँ प्रजातान्त्रिक व्यवस्थासँग मेल
खाने गरी जुराइएको छ- नव नियुक्त शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठको
। भाइको 'क्याबिनेट, छोराको पार्लियामेन्ट, छोरीको सेसन र अर्को छोराको
संसद' नाउँ राखेका ४५ वषर्ीय सिनेटको पारिवारिक पृष्ठभूमिसँग चाहिँ
प्रजातन्त्रको कुनै साइनो छैन । उनका पिता दिलबहादुर श्रेष्ठ राजाको
सक्रिय शासन र निर्दलीय पञ्चायतका अति नै कट्टर हिमायती मानिन्छन्
। राजाको रोजाइमा परेका सहायक मन्त्री सिनेट गृहमन्त्री दानबहादुर
शाहीसँगै मल खरीद सम्बन्धी भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतमा
तारेख खेपिरहेका छन् । पाइलटको तालिम लिएका उनी कमिसन एजेण्टको रूपमा
ठूल्ठूला व्यापार गर्थे ।
भगौडा बाबुसाप !
नेपाल मजदुर किसान पार्टर्ीीे टिकटमा २०५१ मा दैलेख
२ नं. क्षेत्रबाट सांसद चुनिएका नवनियुक्त जलश्रोत सहायक मन्त्री विनोदकुमार
शाह २०५२ मा नेकपा एमालेको सांसदको रूपमा बदलिए । विनोदले एमाले र
नेमकिपा बीच यति ठूलो कटुता पैदा गराइदिए कि, नेमकिपाले एमालेलाई 'सांसद
चोर'को आरोप समेत लगायो । र, उनको परिचय चाहिँ 'भगौडा' सांसद बन्यो
। राजाको १८ असोज २०५९ को कदमको र्समर्थन गर्दै विनोदले एमाले त्याग्ने
निर्ण्र्ाागरेर राजावादीहरूको हुलमा पसे । "गाडी सुविधा नलिने र सरकारमा
नजाने निर्ण्र्ाागरेको नेमकिपामा रहँदासम्म मन्त्री हुन नपाइने देखेपछि
विनोद एमाले पसेका हुन् ।" वर्षौँसँगै राजनीति गरेका नेमकिपाका केन्द्रीय
सदस्य सुनिल प्रजापति शाहको आनीबानी बारे भन्छन्, "अवसरवादी मान्छे
हुन् ।"
|