हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

 

रमडुडल मा नेपालीलाई निम्तो

पर्यटकहरूलाई लक्षित गरी २५ वर्षघि ठमेलमा खुलेको रमडुडल बार -रेष्टुराँ) ले आफ्नो रजत जयन्ती स्थानीय ग्राहक आकषिर्त गरेर मनाउने क्रम शुरु गरेको छ । यसनिम्ति यसले समर स्पेसल ककटेल नामक विशेष योजनाअर्न्तर्गत स्थानीय ग्राहकहरूलाई खाना तथा पेयमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । आफ्नो नयाँ स्कीमका बारेमा रमडुडल का निर्देशक अशोक पोख्रेल भन्छन्, "पर्यटकर्-पर्वतारोहीहरूमाझ लोकप्रिय रहे पनि स्थानीय तहमा अलिक टाढा रहेको महसूस गरेर नेपाली उपभोक्ता आकषिर्त गर्ने क्रममा यो विशेष प्याकेज प्रस्तुत गरिएको हो ।" हुन पनि सगरमाथा चढेर फर्केकाहरूले नेपाल बसाइँको अन्तिम रात्रि खाना -डिनर) रमडुडल मै लिने परम्परा करीब करीब बसिसकेको छ ।
रमडुडल को एउटा आकर्षा हस्ताक्षरसहित झुण्ड्याइएका यति को पाइलाका आकृति -चित्र) हरू हुन् । तीमध्ये १५ सय जतिमा त सगरमाथा आरोहण गर्नेहरूकै हस्ताक्षर छ । प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीदेखि लिएर प्रथम महिला आरोही जुन्को तावर्ेइ, सबैभन्दा धेरै पटक आरोहण गर्ने आप्पा शर्ेपा, पासाङ ल्हामु शर्ेपा, रेनोल्ड मेस्नरलगायतका प्रसिद्ध आरोहीहरूको हस्ताक्षर झुण्ड्याइएको छ । यस वाहेक अमेरिकाका पर्ूव राष्ट्रपति जिम्मी कार्टर, जापानका पर्ूव प्रधानमन्त्री रियोतारो हासीमोतो जस्ता विश्व प्रसिद्ध नेताहरूलाई आतिथ्य प्रदान गरेको रमडुडल को आर्काइभमा तिनका हस्ताक्षर समेत सङ्गृहीत छन् ।

 

स्टार्ण्र्डड चार्र्टर्डको थप एटीएम

स्टार्ण्र्डड चार्र्टर्ड ब्याङ्कले ललितपुर शाखामा पनि एटीएम -अटोमेटिक टेलर मेसिन) सेवा विस्तार गरेको छ । यस ब्याङ्कको एटीएम सङ्ख्या १० पुगेको छ । भीसा, मास्टरकार्ड साइरस तथा माएष्ट्रो जस्ता अन्तराष्ट्रिय कार्ड भएकाहरूले समेत यो एटीएमबाट पैसा निकाल्न सक्छन् । नेपालमा यस प्रकारको सेवा भित्र्याउने स्टार्ण्र्डड चार्र्टर्ड पहिलो ब्याङ्क हो ।

 

आवास कोलोनीः पोखरामा पनि

रु.८ करोड अधिकृत र रु.४ करोड जारी पूँजी राखेर खुलेको अन्नपर्ूण्ा डेभ्लपर्स लि. आफ्नो पहिलो आवास योजनाअर्न्तर्गत पोखरामा ६३ वटा आवासीय, ३ वटा व्यापारिक र ४ वटा सामूहिक समेत ७० वटा घर अटाउने फिस्टेल रेसिडेन्सी परियोजना शुरु गरेको छ । पौडीपोखरी, पसल र रेष्टुराँदेखि पुस्तकालयसम्मको सुविधा उपलब्ध हुने फिष्टेल रेसिडेन्सी पोखरा उपमहानगरपालिका, वडा १७ स्थित घारिपाटनमा निर्माणाधीन छ । रु.४५ लाख मूल्य राखिएका र २१०० वर्गफिट क्षेत्रफल ओगटेका हरेक घर ८.६ रेक्टरको भूकम्प धान्न सक्ने गरी बनाइएको जानकारी परियोजनाका इञ्जिनियर नारायणकाजी श्रेष्ठले दिएका छन् ।

लायना नेपालमा

सुजुकी मोर्टसको पछिल्लो उत्पादन लायना कार नेपालको बजारमा उपलब्ध हुन थालेको छ । आकर्ष र छरितोका साथै थुप्रै सुविधा भएको पारिवारिक कार लायना -१३ सय सिसी) को उपभोक्ता मूल्य रु.२१ लाख ७५ हजार कायम गरिएको छ । नेपालमा सुजुकीको आधिकारिक बिक्रेता अरुण इण्टरकण्टिनेण्टल ट्रर्ेर्डस, काठमाडौँ रहँदै आएको छ ।

कस्मिक कोलकाता र बनारसमा पनि

कस्मिक एअरले कोलकाता र बनारसमा आफ्नो सेवा विस्तार गरेको छ । कोलकाताका लागि सोमबार, बुधबार र शुक्रबार एवं बनारसका लागि मङ्गलबार, बिहिबार र शनिबार गरी साताको ३-३ वटा उडान हुनेछन् । ४ वटा फोकर १०० जेट विमानबाट सेवारत कस्मिकले यस अघि नै नयाँदिल्लीका लागि दैनिक दर्ुइ र ढाकाका लागि सातामा पाँच पटक उडान भर्दै आएको छ । आन्तरिक उडान बजारको ५० प्रतिशत हिस्सा ओगट्न सफल कस्मिकले विराटनगर, भैरहवा र नेपालगञ्जमा फोकर जेट विमानबाटै सेवा दिँदै आएको छ । भद्रपुर विमानस्थलमा परीक्षण उडान सफल भइसकेको र नागरिक उड्डयन प्राधिकरणले अनुमति दिनासाथ त्यहाँ नियमित उडान शुरु हुने जनाइएको छ ।

अब अमिलो र पिरो मायोज

मायोज चाउचाउको नयाँ स्वाद मायोज हट एण्ड सावर बजारमा आएको छ । पिरो र अमिलो स्वाभाविक रूपमै नेपालीहरूले बढी रुचाउने स्वाद हो । यस्तो स्वादमा आउने मायोज नै पहिलो चाउचाउ हो ।

 

 


नोमार्क्स को फुच्चे प्याक

शरीरका जस्तासुकै दाग, खत हटाउने भनी नाम कमाएको नोमार्क्स क्रिमको १२ ग्रामको फुच्चे प्याक नेपालको बजारमा पनि पाइन थालेको छ । गोजी वा हातेव्यागमा सजिलै बोकेर हिँड्न मिल्ने नोमार्क्स आयर्ुर्वेदीय र आधुनिक- दुवै पद्धतिको संयोजनमा तयार पारिएको दाबी यसको निर्माता ओजोन आयर्ुर्वेदिक्स -भारत) ले गरेको छ । १२ ग्रामको प्याकको खुद्रा मूल्य रु.४६.४० तोकिएको छ ।