हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सर्न्दर्भ | राष्ट्रिय मेलमिलाप दिवस

मेलमिलापको मर्म: जनताको सर्वोच्चता

हरिहर विरही


वीपी कोइराला

आजको पर्रि्रेक्ष्यमा बीपीको मेलमिलाप नीतिका पक्षधरहरूले प्राथमिकता दिनुपर्ने दर्ुइ विषय छन्ः अग्रगामी लोकतान्त्रिक परिवर्तनका पक्षधरहरू बीचको समझदारीलाई 'सहकार्य' सम्मुख पुर्‍याउनेे र आफूसँग छुट्टएिको समूह एवं छरिएर पाखामा बसेका अन्य प्रजातन्त्रवादीहरूलाई एउटै छहारीमा ल्याउने ।

२९ वर्षेखि हरेक पुसको मध्यतिर नेपालको राजनीतिक क्षितिजमा 'राष्ट्रिय मेलमिलाप' को ध्वनि गुञ्जिने गरेको छ । तर नेपाली काङ्ग्रेसका नेताहरूले गाउने गरेको यो राग केही वर्षेखि मिलापभन्दा विलाप वा रोदन-क्रन्दन जस्तो बन्न गएको छ । जबकि कुनै समय यो नै 'राष्ट्रको रक्षा र प्रजातन्त्र प्राप्ति' को र्सवाधिक उपयुक्त मार्ग बनेको थियो । राजनीतिक अस्थिरता, द्वन्द्व र सङ्क्रमणको अवस्थामा रहेको मुलुकका प्रमुख राजनीतिक शक्तिहरूबीच मेलमिलाप, सहमति र सहकार्यको खाँचो परिरहन्छ । तर यस्ता नीति र कार्यक्रमलाई स्वस्थानीको कथाझैँ पाठ मात्र नगरी समयानुकूल परिमार्जन र परिष्कार पनि गर्दै जानर्ुपर्छ । आजको घडीमा राष्ट्रिय मेलमिलाप दिवसलाई राजासँग अनुनय गर्नमा नै उपयोग गरियो भने त्यो अनर्थ हुनेछ ।

१६ पुस २०३३ मा बीपी कोइरालाले राष्ट्रको रक्षा र प्रजातन्त्र प्राप्तिका लागि राष्ट्रिय मेलमिलापको नीतिको घोषणा गर्दा पनि यसको सफलताप्रति धेरैलाई सन्देह थियो । सबैभन्दा बढी शङ्का र अविश्वास गर्नेहरूमा लौहपुरुष स्वर्गीय गणेशमान सिंह नै हुनुहुन्थ्यो । तर बीपी आफ्नो चिन्तन र प्रतिबद्धताप्रति अन्तिम क्षणसम्म कायम रहनुभयो । त्यसबेला राष्ट्रिय मेलमिलापको नीतिका केही सकारात्मक परिणाम देखिए तापनि राजाको हठ र निरङ्कुशतन्त्रप्रतिको मोहले गर्दा अपेक्षित प्रतिफल प्राप्त हुनसकेको थिएन । राजाको कारणले काङ्ग्रेस आखिर सङ्र्घष्ाको बाटोमा जानै पर्‍यो  । हाम्रा राजाहरूले आफू सङ्क्रमणमा परेको क्षणबाहेक राष्ट्रको विकास र जनताको बृहत्तर कल्याणका लागि कहिल्यै, कसैसँग मेलमिलाप चाहेनन्, तर आफ्नो स्वार्थ, सुविधा र सत्ताका लागि भने हिंसावादी र अराजक तत्वहरूसँग साँठगाँठ एवं विदेशीसँग अपवित्र सम्झौता र राष्ट्रिय अस्मिताकै सौदावाजी गर्न पनि पछि परेनन्- इतिहास र वर्तमानका घटनाक्रमले यही सावित गर्छन्  ।

राजा र राजसंस्थाप्रति सबैभन्दा सहिष्णु देखिएको दल नेपाली काङ्ग्रेस नै हो । निरङ्कुश राजतन्त्रको सदैव विरोधी रहेपनि काङ्ग्रेस राजा र राजसंस्थालाई राष्ट्रियताको सुदृढीकरण, राष्ट्रको पुनर्निर्माण र प्रजातन्त्रको विकासका लागि 'उपयोग' गर्न सकिने आशाले संवैधानिक राजतन्त्रको पक्षमा दृढतासाथ उभिएको थियो । राजशक्ति र जनशक्तिबीच मेलमिलाप र सम्झौताकै परिणाम हो- संवैधानिक राजतन्त्रको अवधारणा । राजाले सम्झौताको अपहेलना र उल्लङ्घन गर्न थालेपछि बीपीले १४ असोज २०१४ मा पार्टर्ीीे मुखपत्र 'नेपाल पुकार' मा लेख नै लेखेर स्पष्ट गर्नुभयो, "राजतन्त्र जनताद्वारा स्वीकृत हुनर्ुपर्छ- संवैधानिक राजतन्त्रको अर्थ यही हो ।" त्यसपछि पनि उहाँले बारम्बार यही धारणा दोहोर्‍याउनुभयो । तर हाम्रा राजा कहिल्यै यो परिधिमा बस्न चाहेनन्  । २००७ सालमा 'अबउप्रान्त जननिर्वाचित संविधानसभाले तर्जुमा गरेको संविधानअनुसार शासन चल्नेछ' भनी गरिएको सम्झौता र घोषणा लत्याएर राजा त्रिभुवन र महेन्द्रद्वारा चालिएका कदम, २०१७ सालमा गरिएको प्रजातन्त्रको भ्रूण हत्या, २०४६ सालपछि समेत राजा वीरेन्द्रद्वारा देखाएको संविधान मिच्ने र प्रजातान्त्रिक सरकारहरूलाई असफल पार्ने प्रवृत्ति तथा अहिले राजा ज्ञानेन्द्रले पर््रदर्शन गरेको निरङ्कुश राजतन्त्रवादी चरित्र, १९ माघ २०६१ मा चालेको असंवैधानिक कदम र त्यसयताको हुकुमी शासन- यो सब देखी-भोगी सकेपछि राजाको मानसिकताबारे कसैलाई कुनै द्विविधा हुने ठाउँ बाँकी रहँदैन । यसरी राजाहरू सधैँ प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिलाई नष्ट गर्न क्रियाशील रहेको देख्दादेख्दै पनि अझै राजासँग मेलमिलापको कुरा गर्नु आफैँप्रति बेइमानी र्ठहर्छ । गत भदौमा सम्पन्न नेपाली काङ्ग्रेसको एघारौँ महाधिवेशनले विधान संशोधन गरी आफूलाई राजतन्त्र निरपेक्ष बनाएर समयसापेक्ष कार्य गरेको छ ।

यतिखेर राष्ट्रिय मेलमिलापको अर्थ र मर्म त्यो हुन सक्तैन, जुन तीन दशकअघि थियो । राजनीतिमा परिस्थिति र आवश्यकता अनुसार मुद्दा र प्राथमिकता निर्धारण हुन्छ र त्यही अनुरुप पक्ष-विपक्षको किटान हुन्छ  । जुन कारण र परिवेशमा बीपीले राजासँग मेलमिलापको नीति अख्तियार गर्नुभएको थियो, त्यो अवस्था अहिले छैन । यद्यपि, राष्ट्र अहिले पनि सङ्कटमा छ र राजतन्त्र निरङ्कुश नै छ, तर सङ्कटको स्वरुप फेरिएको छ । त्यसबेला राजाले राष्ट्रियतामाथिको खतरा टाल्न प्रतिपक्षको सहयोगको आशा गरेको महसूस गर्न सकिन्थ्यो । त्यस्तो सहयोगपश्चात् 'भलाद्मी' राजाले मेलमिलापको आदर्शको अनुसरण गर्दै जनताको अधिकार फिर्ता गर्ने अपेक्षा गरिनु अस्वाभाविक थिएन । तीन दशकअघि देशमा दर्ुइ शक्ति मात्र बढी क्रियाशील थिए- राजा र काङ्ग्रेस । वामशक्ति आजको जति प्रबल थिएन । मूल कम्युनिष्ट पार्टर्ीीाइनिज ग्लास फुटेझैँ टुक्राटुक्रा भई छरिएको थियो भने पुरानो नेतृत्व -पुष्पलाल-मनमोहन) विरुद्ध व्रि्रोह गर्नेहरूको समूहले राष्ट्रव्यापी स्वरुप र 'पार्टर्ीीको रुप लिइसकेको थिएन । राजा र सामन्त शाहीको विकल्प नेपाली काङ्ग्रेस मात्र थियो ।

तर, अहिलेको राष्ट्रिय/अन्तर्रर्ााट्रय परिदृश्य त्यस्तो छैन । अन्तर्रर्ााट्रय समुदाय र मित्र राष्ट्रहरू प्रजातन्त्रप्रति पहिलेभन्दा बढी सजग र प्रतिबद्ध छन् । देशभित्र सामन्तवाद विरोधी धार प्रचण्ड रूपमा अघिबढेको छ । राजाको विश्वसनीयता र प्रतिष्ठा पातालमा पुगेको छ । राजपरिवारको बद्नामी चुलिएको छ । जनतामा आफ्नो अधिकारप्रतिको मोह र संचेतना व्यापक भएको छ । प्रजातन्त्रको स्वाद पाइसकेका जनता पर्ूण्ा लोकतन्त्रका लागि छट्पटाइरहेका छन् । राजशाहीको विकल्पमा अब काङ्ग्रेस मात्र छैन- एमाले सत्तामै पुगिसकेको छ भने माओवादी सशक्त रूपमा प्रकट भएको छ । ऐतिहासिक जनआन्दोलन गरेर राजालाई सम्झौताका लागि विवश पारेको अनुभव पनि मुलुकले गरिसकेको छ । त्यसैले अब राजालाई कसैले सहयोग गर्दैमा राष्ट्रको सङ्कट र्टर्ने छैन । कुनै दलको साथ र सहयोग पाएमा राजाले त्यो दलसहित मुलुकलाई झन् गहिरो खाडलतिर धकेल्ने नै सम्भावना बढी छ ।

केही राजावादीहरू अहिले 'काङ्ग्रेसले बीपीको नीति त्याग्यो' भनेर चुकचुकाउन थालेका छन् । तर यसरी चुकचुकाउनेहरू अरू कोही नभएर त्यसबेला बीपीलाई उपेक्षा र अपमानसँगै मृत्युदण्ड हुनसक्ने आधा दर्जन मुद्दा बोकाउनेहरू नै छन् । यहाँ विचारणीय कुरा के छ भने उनीहरू आफूले बीपीको भावनाको उचित कदर नगरेकोमा पश्चाताप भएर यसो भनिरहेका छैनन्  । उनीहरूले बीपीको सन्देशको अपव्याख्या गरी काङ्ग्रेसलाई दिग्भ्रमित र विभाजित गर्न गोहीको आँशु बगाउँदै यो कुटिल चाल चल्न मात्र खोजेका हुन् । काङ्ग्रेसीहरू पार्टर्ीीे नयाँ नीति र निर्ण्र्ााो पक्षमा एकढिक्का भएर उभिएपछि उनीहरूको छट्पटी झन् बढेको छ । बीपीको तात्कालिक रणनीति र कुनै वाक्यको सहारा लिएर उहाँ राजावादी वा आन्दोलन-विरोधी हुनुहुन्थ्यो भनी सोच्नु आफूले आफैँलाई धोका दिनु हो । प्रजातन्त्रका लागि सशस्त्र सङ्र्घष्ाको आव्हान र अगुवाई गर्ने ती राजनेताको इतिवृत्तसँग प्रायः सबै परिचित छन् ।

बीपी कोइरालाले राणाशासनको पतन हुनुअघि नै अब 'वालिग मताधिकारको आधारमा चुनिएका जन-प्रतिनिधिहरूको सभा' अर्थात् संविधानसभाले बनाएको संविधान अनुसार शासन हुनर्ुपर्छ भनी स्पष्ट गर्नुभएको तथ्य इतिहासमा मेटिएको छैन । उहाँले राजसंस्था पनि जनताको अधीनमा रहनर्ुपर्दछ र जनताले राजालाई राख्न चाहेनन् भने राजाले जनताको भावनाको सम्मान गर्दै राजगद्दी छोडिदिनर्ुपर्दछ भन्ने धारणा र्सार्वजनिक रूपमा नै व्यक्त गर्नुभएको छ । राजाका चरित्र र क्रियाकलापको व्यापक अध्ययन र अनुभवपछि उहाँले सन् १९७१ मा नै घोषणा गर्नुभएको थियो, "राजतन्त्रिक संस्थाबाट आफूलाई मुक्त नगरुञ्जेल कुनै पनि आधुनिक विकसित समाजको आविर्भाव सम्भव छैन । नेपालमा पनि राजतन्त्र आज आफ्नो उपयोगिता सिद्धिसकेपछि अडिरहेको छ जस्तो लाग्छ ।" यसले के बताउँछ भने कोइरालाले मेलमिलापको नीति राजाप्रतिको आस्था वा विश्वासले हैन राष्ट्रियताप्रतिको चिन्ताले गर्दा प्रक्षेपित गर्नुभएको थियो । हाम्रा राजा प्रजातन्त्रविरोधी मात्र हैन, राष्ट्र एवं आफ्नै राजमुकुट, वंश परम्परा र परिवारको दर्ीघकालीन हित पनि नहर्ेर्ने रहेछन् भन्ने उहाँको निष्कर्षथियो ।

राष्ट्रिय मेलमिलापको नीति यथार्थमा सङ्र्घष्ाकै एउटा रुप थियो । सङ्र्घष्ाको स्वरुप समयानुकूल परिवर्तन भए तापनि मुलुकबाट निरङ्कुशतन्त्र र सामन्तशाही समाप्त पारेर जनशक्तिलाई सुदृढ पार्ने सङ्कल्पमा सदा अडिग रहेको कारणले नेपाली काङ्ग्रेस अहिले पनि सबै अग्रगामी र लोकतन्त्रवादीहरूको भरोसाको केन्द्र बनेको छ । पार्टर्ीीेतृत्वबाट कतिपय सर्न्दर्भमा भएका कमजोरीले प्रजातान्त्रिक समुदाय मात्र हैन सिङ्गो राष्ट्रलाई नै खिन्न र आहत बनाए पनि सङ्कटको क्षणमा सबैले यसैको छहारी खोज्नु परेको छ । समसामयिक प्रसङ्गमा हर्ेर्ने हो भने नेपाली काङ्ग्रेसले जिम्मेदारी नलिएको भए सात दल र माओवादी बीचको १२ बुँदे समझदारी तथा माओवादीका बचनप्रति लोकतान्त्रिक मित्रराष्ट्र, अन्तर्रर्ााट्रय समुदाय एवं नेपाली समाज यति सकारात्मक हुने थिएन । एक दशक लामो कठोर सङ्र्घष्ा र करीब १२ हजारको बलिदान खपिसकेको माओवादीलाई लोकतान्त्रिक मान्यता र शान्तिपर्ूण्ा प्रक्रियाप्रति सहमत गराउन सक्नु देशका लोकतान्त्रिक शक्तिहरूको असाधारण सफलता हो । लोकतान्त्रिक मूल्यमान्यता, पद्धति र व्यवहारको अभ्यासले पुराना सोच र धारणामा परिवर्तन ल्याउने गर्छ  । लोकतन्त्रले हिंसा र अधिनायकवाद दुवैको औचित्य समाप्त पार्छ । कुनैबेला र्सवहारावर्गको अधिनायकत्वको आडमा मान्छे काट्दै हिँडेका एमाले नेताहरू अहिले आफूलाई खाँटी कम्युनिष्ट भन्दा पनि बहुदलीय संसदीय पद्धतिको कट्टर पक्षधर र 'सोसल डेमोक्र्याट' भन्न रुचाउँछन् । अभ्यास र सहकार्यबाट माओवादी पनि फेरिने छैनन् भन्न सकिन्न ।

यर्सथ, आजको पर्रि्रेक्ष्यमा प्रजातन्त्रका लागि राष्ट्रिय मेलमिलापको नीतिका पक्षधरहरूले प्राथमिकता दिनुपर्ने दर्ुइ विषय छन्  । एक, अग्रगामी लोकतान्त्रिक परिवर्तनका पक्षधरहरू बीचको समझदारीलाई सहकार्यमा परिणत गर्दै परस्पर विश्वासको वातावरण निर्माण गर्न प्रयत्न गर्नु; र दोस्रो आफूसँग छुट्टएिको समूह र छरिएर पाखामा बसेका प्रजातन्त्रवादीहरूलाई समेटेर एउटै छहारीमा ल्याउनु । इमान्दारीपर्ूवक प्रयत्न गर्ने हो भने यो असम्भव छैन । तर यसको लागि उनीहरू उदार, सहिष्णु र त्यागको भावनाबाट प्रेरित हुनु जरुरी छ । राष्ट्रिय मेलमिलाप दिवसको सर्न्दर्भमा दुवै काङ्ग्रेसले आफ्नो प्रेरणास्रोत बीपी कोइरालाका आदर्श र सन्देशलाई आत्मसात् गरी आपसी एकताको आकांक्षालाई मर्ूतरुप दिन विवेकसम्मत ठोस कदम चालेमा एउटा महत्त्वपर्ूण्ा उपलब्धि हुनेछ ।