हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

लब्सीघारीको चिहानघारी

खास त पशुपतिपारिको त्यस जङ्गलको नाम श्लेष्मान्तक वन अर्थात् लब्सीघारी हो । तर अचेल त्यो ठाउँ चिहानघारी बनेको छ । त्यही ठाउँमा यसपालि एकजना साथीलाई माटो दिनुपर्‍यो ।

बितेका वर्षरूमा त्यस ठाउँमा चिहानहरूको सङ्ख्या बढेको समाचार पढिएको हो । तर भित्रै पसेर कसैको सद्गतमा सामेल भएको भने यस पङ्क्तिकारका लागि पहिलो अवसर थियो । झण्डै तीस वर्षघि पर्यटन व्यवसायमा सक्रिय हुँदाखेरिको साथी थियो मणिप्रसाद र्राई । एकाधिक रोगहरूबाट ग्रस्त उसको हालै देहावसान भयो । मणि किराँत समुदायको हुनाले र त्यस समुदायमा लासको सद्गत जमिनमा गाडेर गरिने परम्परा भएकाले उसलाई त्यहाँ लगिएको थियो । केही समयअघि मात्र उसको 'पेस मेकर' फेरिएको थियो र प्राण गएपछि त्यसलाई शरीरबाट निकालिएको थिएन । आगोमा पर्दा त्यो 'पेस मेकर' ठूलै आवाज निकालेर पड्किन्छ 'रे । पारिवारिक सूत्रका अनुसार त्यो अर्को व्यावहारिक कारण थियो उसलाई त्यहाँ लैजानमा ।

जे होस्, त्यहाँ जाँदा के कुरा थाहा भयो भने त्यस ठाउँमा लास गाड्न दिने नदिने एकताकाको विवादले हाल किनारा पाएको रहेछ । निश्चित शुल्क तिरेपछि पशुपति विकास कोषद्वारा खटाइएका कामदारहरूले खाडल खनिदिने र लासलाई पुरिदिने काम गरिदिँदा रहेछन् । तर चिहानका लागि सुहाउँदो समतल ठाउँ अब त्यहाँ पाउन गाह्रो छ । खन्दा एक हात यताउता पर्‍यो भने अर्को चिहानमा दखल पुग्न सक्ने अवस्था छ । अर्थात् चिहानहरूको घचारो छ त्यहाँ । पशुपति विकास कोषसित चिहान खन्ने ठाउँको व्यवस्थित योजना भएको देखिँदैन । मृतकको परिवारले जुन ठाउँ रोज्यो त्यहीँ खनिदिने काम मात्र कोषले गरेको छ । एउटा समाधिस्थल सुहाउँदो वातावरण त्यहाँ छैन  । त्यो ठाउँ बाँदरहरूबाहेक जङ्कीहरूको पनि अखाडाजस्तो देखिन्छ । फोहोर र वेवारिसे अवस्थामा छ । त्यस ठाउँमा अब कति नयाँ चिहान अटाउला - त्यसको विकल्पको व्यवस्था कहिले, कुन ठाउँमा र कसले गर्ने होला ?

लास गाड्ने परम्परा हुने पश्चिमी समाजमा समेत अचेल विद्युतीय शवदाहगृहमा लास जलाउनेतिर मानिसहरू लाग्न थालेका छन् । पर्ूर्वी नेपालको राजमार्गका दायाबायाँ अनियन्त्रित ढङ्गले बनाइएका चिहानहरूका कारण जन्मिएको कुरुपताबाट हामी सबै परिचित छौँ ।

लास गाड्ने परम्परा भएका जातीय समुदायका अग्रजहरूसित यो पङ्क्तिकार प्रश्न गर्न चाहन्छ, 'गाडेर सद्गत गर्ने प्रथालाई बदल्ने बेला आएन ?'

'हृयाप्पी होलिडेज'

गएको हप्ताभरि नै खबरकागजहरू, खासगरी अङ्ग्रेजी भाषामा खबरकागजहरू क्रिसमससम्बन्धी विज्ञापनहरूले टन्न भरिएका थिए भने एफएम रेडियोहरूमा पनि तिनकै विज्ञापन घन्किएका थिए । 'क्रिसमस सेल' रे, 'क्रिसमस अफर' रे, 'क्रिसमस गिफ्ट हृयाम्पर' रे, 'प्रि क्रिसमस पार्टर्ीीरे, 'क्रिसमस इभ पार्टर्ीीरे, 'क्रिसमस पार्टर्ीीरे, 'लन्च' रे, 'हृयान' रे, त्यान रे ।

कतिपय स्टोर र पसलहरू, रेष्टुँरा र होटलहरू पनि धूमधामसित क्रिसमसकै नाममा सजाइएका थिए ।

इस्वी संवत्को नयाँ वर्षयसरी मनाइएको भए बुझन सकिने थियो । किनभने इस्वी संवत् विश्वसंवत् बनिसकेको छ र सारा मानव इतिहास यसैमा रर्ेकर्ड गरिएको छ ।

तर क्रिसमस त पर्‍यो खास धार्मिक सम्प्रदायको धार्मिक चाड । अन्य सम्प्रदायको चाडमा पनि रमाइलो मान्नु र शुभकामना दिनु नराम्रो होइन एकदम राम्रो कुरा हो । तर जुन किसिमको क्रिसमस मनाउने फेसन हामीकहाँ छिरेको छ नि, त्यो धार्मिक आस्थासँग कम र व्यापारीकरणसँग बढी सम्बन्धित रहेको छ । महङ्गा-महङ्गा उपहार किन्नै पर्ने । खर्चिला पार्टर्ीी गर्नै पर्ने । क्रिसमस ठूलो अवसर बनेको छ व्यापारीहरूका लागि आफ्नो मालमत्ता बिकाउने । यो धूमधडाकामा क्रिसमसको गुहृय तत्त्व कतै हराएको छ । बाहृय आवरण मात्रै झलिीमिली भइरहेको छ । त्यसैले क्रिसमसको व्यापारीकरणको विरोध हिजोआज इर्साई धर्मको प्रधानता रहेको देशहरूमै पनि हुन थालेको छ ।

कहाँसम्म भने संयुक्त राज्य अमेरिकामा त यसपटक एउटा लहरै चलेको छ क्रिसमसको शुभकामनामा पहिलेझैँ 'मेरी क्रिसमस' भनेर नलेख्ने नभन्ने । त्यसको सट्टा 'हृयाप्पी होलिडेज' भन्ने । अरू धर्म सम्प्रदायका मानिसहरू थपिँदै गएको आजको अमेरिकी समाजमा धर्म निरपेक्षतालाई जोड दिने प्रयास हुन सक्ला । अमेरिकाजस्तो बहुधार्मिक र बहुजातीय समाजका लागि यस्तो चलनको सुरुआत राजनीतिक रूपले सही ठहरिन सक्छ ।

पश्चिमी संस्कृतिको अन्धानुकरण गर्दै 'मेरी क्रिसमस' भन्ने अभ्यासमा लाग्न थालेका नेपालको सहरी मध्यवित्तीय वर्गले यसबाट केही शिक्षा लिने हो कि ?

पूर्ण् प्रजातान्त्रिक मुलुक


राविन साय्मि

आखिरमा नेकोन एयर विधिवत् खारेज भयो । कत्रो नाम कमाएको थियो एकताका नेकोन एयरले हवाई सेवाको क्षेत्रमा । जहाजहरू एकपछि अर्को थपिरहेको थियो । सेवा विस्तार गरेर भारतको पटना र कलकत्तासम्म पुग्ने भएको थियो । समयमा उड्ने कुरामा पनि कहलिएको थियो । शा.ने.वा.नि.लगायत अरू कम्पनीहरूलाई उछिनेर नेपाली आकाशमा एकछत्र राज गर्लाजस्तो देखिएको थियो नेकोन एयरले । जनताको पत्यार पाएर नेकोन एयर पब्लिक लिमिटेड कम्पनी बन्यो । त्यसको पब्लिक शेयर बेचियो ।

तर त्यो सफलता धेरै समय टिकेन । अव्यवस्थाको शिकार बनेर त्यो कम्पनी कुहेको फर्सर्ीीसरी फुट्यो ।

त्यो कम्पनी आफू त डुब्यो डुब्यो साथमा त्यसले अरूलाई पनि डुबायो । ऋण दिने ब्याङ्कहरूको २८ करोड रुपियाँ डुबायो । त्यसको शेयर किनेर लगानी गर्ने जनताको १७ करोड रुपियाँ पनि डुबायो । सरकारी प्राधिकरणको पनि साढे चार करोड रुपियाँ डुबायो । कर्मचारीहरूलाई तिर्नुपर्ने बाँकी तलब भत्ताको रकम त छुट्टै छ ।

तर रमाइलो कुराचाहिँ के छ भने त्यो कम्पनी स्थापनाकर्ता र सञ्चालकहरू त्यो ऋण तिर्नुपर्ने दायित्वबाट मुक्त छन् । नेकोन एयर चम्केका बेला जुँगामा ताउ लाउने साहुजीहरू अझै छन् तर अहिले पानीमाथि ओभानो बनेर बसेका छन् ।

कुनै डाक्टर उपाधिधारी व्यक्तिले भाषण नदिएको भए पनि म त पत्याउने थिएँ नेपालमा सधैँ पर्ूण्ा प्रजातन्त्र थियो र छ भनेर  । जनताको शेयर भएको ब्याङ्कहरूको ऋण र जनताले लगानी गरेको रकम डुबाएर पनि इज्जतसाथ जगर्सेठ बनेर बस्न पाइने नेपालभन्दा अर्को प्रजातान्त्रिक मुलुक संसारमा कहाँ होला ?