हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

तामाङ सुन्दरी !

'मोडलिङ गर्छु भन्ने यसअघिका कैयौँ आग्रहलाई अस्वीकार गरेको परिवारले सांस्कृतिक र जातीय सुन्दरताको प्रतिस्पर्धामा उत्रिन मञ्जुरी दिँदा सपना जस्तो लाग्यो रे' नाच्न र गाउन खुबै रुचाउने २१ वषर्ीया अञ्जना मोक्तानलाई । परिवारको अनुमतिपछि नै क्रियशन फेशन फिल्डले १५ माघमा आयोजना गर्न लागेको 'मिस तामाङ-२००६' मा दुई दर्जन तामाङ सुन्दरीहरूसँगै उनले पनि प्रतिस्पर्धा गर्दैछिन् । त्रि-चन्द्र क्याम्पसमा स्नातक तहमा अध्ययनरत् अञ्जनाको 'एयर होस्टेस' बन्ने लक्ष्य छ ।

शब्दः सुबिन श्रेष्ठ
तस्बिरः नरेन्द्र मालाकार


रङ्गमञ्च

'अनि म किन गर्व नगरुँ ?'


किरण पाण्डे

वैशाख २०५३ । सांस्कृतिक संस्थानको महाप्रबन्धक बनेर आउँदा शुरुमा उनलाई कहाली लाग्यो  । आफूले सुन्दै, हर्ेर्दै आएको राष्ट्रिय नाचघर तालाबन्द थियो । झयालमा सिसा थिएनन् । स्टेज भताभुङ्ग थियो । दर्शक-दर्ीघामा कर्ुर्सर्ीीथएनन्  । छानाबाट तारामण्डल देखिन्थ्यो । कलाकारहरू कामबिना छट्पटाइरहेका थिए । नाचघर परिसरभरि नै निराशा र तनाव देखिन्थ्यो । "यसलाई पुनर्जीवन र गति दिन सजिलो थिएन", त्यहाँको बेहाल सम्झँदै वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा भन्छन्, "मन रोयो । तर, सँगसँगै एउटा अठोट जन्मियो  । केही दिनभित्रै आफैँ कुचो समातेर प्रेक्ष्यालयभित्र पसेँ र मर्मत शुरु गरेँ ।"

नभन्दै तीन महिनामै नाचघरको रुप फेरियो । नाटक-पर््रदर्शनलगायतका विविध कार्यक्रम नियमित हुन थाले । सांस्कृतिक संस्थानलाई स्थापनाकालको उद्देश्य -सस्तो, सुलभ तरिकाले गायन, नृत्यहरूबाट जनतालाई स्वस्थ र स्वच्छ मनोरञ्जन प्रदान गर्ने) मा मात्रै सीमित राखिनुहुन्न, यसलाई कलासङ्गीत एकेडेमीको रुप दिनर्ुपर्छ भन्ने अठोट बोकेका महाप्रबन्धक शर्माले एकैपल्ट धेरै योजनाको पोको खोले । संस्थानका कलाकार र उनीहरूको सीप, क्षमताको उपयोग गर्दै आन्तरिक कार्यक्रम तयार गर्ने, अधिराज्यभरिकै संस्कृतिकर्मी/रङ्गकर्मीलाई साझा प्लेटर्फम उपलव्ध गराउने र 'पफर्मिङ आर्ट' केन्द्रका रूपमा नाचघरको विकास गर्ने- शर्मासँग यस्ता थुप्रै योजना थिए तर बजेट पुग्दैनथ्यो । उनले र्सवत्र हारगुहार गरे । सरकारी निकायको विश्वास जिते । अनि, थोरै रकमबाट धेरै काम गर्ने अर्को अठोट जन्मियो । अभिनय, नृत्य, वाद्य र गायन विधामा नियमित प्रशिक्षण शुरु भयो । यस्ता तालिमबाट रर्ङ्गकर्ममा सिर्जनशील तेस्रो पुस्ता तयार भएको शर्माको अनुभव छ । "ऊ त्यहाँ पुग्यो", "अर्को यसो गर्दैछ", "ऊ त नाटकको नयाँ गजुर नै बनेको छ" शर्मा भन्छन्, "अनि म किन गर्व नगरुँ -"

संस्थानको परिधिलाई विस्तृत बनाउने उद्देश्यले त्यतिखेरै प्रारम्भ गरिएका शास्त्रीय सङ्गीत उत्सव तथा क्षेत्रीय नाटक, नृत्य प्रतियोगिताहरू समेत अहिले निरन्तर चलिरहेका छन् । र, महाप्रबन्धक शर्मा यस्ता उत्सव, प्रतियोगिता र सहभागीहरूको पीठ थप्थपाउन दौडादौड गरिरहेका छन् । "मैले विश्राम पाएकै छैन," संस्थानलाई नवजीवन दिन जुटेका शर्माले त्यहाँ कार्यरत कलाकारलाई समेत निराश हुन दिएनन्।  । बरु नियमावली नै संशोधन गरेर धेरैलाई स्थायी बनाए । अहिले उनी भन्छन्, "यस्ता कामका निम्ति अरूले जे भनुन्, मेरो आत्माले चाहिँ मलाई स्याब्बास भन्छ ।"

धेरै रङ्गकर्मीझैँ हरिहर शर्माले सँगालेको अर्को सपना थियो- सांस्कृतिक संस्थानको आफ्नै सुविधासम्पन्न प्रेक्ष्यालय । राम्रो थिएटर र नियमित आम्दानीबिना अरू योजनाहरू उक्सिन पाउँदैनन्, यस्तै सोचाइ थियो उनको पनि । विगतमा दर्ुइ दर्ुइ पल्ट शिलान्यास हुँदै थन्किँदै गरेको नाचघरको नवनिर्माण चानचुने कुरा थिएन । तर शर्माले हिम्मत हारेनन्, जुटिरहे । निजी क्षेत्र, सहयोगी संस्थाहरूको सद्भाव जिते । सरकारलाई मनाए र ऋण लिए २० वर्षभत्रै तिर्ने गरी । मङ्सिर २०६० मा पुनः जग हालिएको राष्ट्रिय नाचघर अहिले पूर्ण्ााकार पाउने क्रममा छ । ८-९ महिनाभित्रै यसलाई सञ्चालनमा ल्याउने लक्ष्य राखेका छन् शर्माले । महाभारतका अर्जुनझैँ लक्ष्यमुखी देखिन्छन् उनी । भन्छन्, "अहँ ! त्यो नसकी विश्राम लिने कुरै छैन ।"

नाचघर निर्माणकै क्रममा शर्माका कतिपय मित्रले उनका खुट्टा तानेका छन्, धम्की र व्यवधानहरू समेत नआएका होइनन् । तर, शर्मा र उनका सहयोगीहरू हच्किएनन् । अहिले उनले एक चरणको लक्ष्यभेदन गरिसकेका छन् । करीब पाँच रोपनी जग्गामा विस्तारित निर्माणाधीन नाचघर, जहाँ उनले आफ्नो सम्पर्ूण्ा समय/सामर्थ्य खन्याएका छन्, त्यसको प्रमाण बनेको छ । करीब रु.१० करोड लागत अनुमान गरिएको यो कलाकर्मस्थल धेरै दृष्टिले पृथक, उदाहरणीय हुने भएको छ । करीब आठसय दर्शक क्षमताको थिएटर र अत्याधुनिक रङ्गमञ्च यसका मूल आकर्षा हुनेछन् । बेसमेन्ट-पार्किङको व्यवस्था छ यसमा । भुइँतलालाई व्यावसायिक प्रयोजनमा प्रयोग गरिनेछ । आसपासका कोठाहरूलाई गोष्ठी वा पर््रदर्शनीस्थलका रूपमा उपयोग गर्ने योजना छ । पहिलो तलामा बनेको नेपालकै पहिलो थिएटर मूलतः रर्ङ्गकर्ममा उपयोग हुनेछ । अरू बेला त्यसमा राम्रा डकुमेन्ट्री र र्सार्थक नेपाली फिल्म देखाइनेछ । "अबको नाचघर कुनै दिन खाली हुनुहुँदैन", शर्मा भन्छन्, "त्यहाँ रर्ङ्गकर्म र सांस्कृतिक गतिविधि टुट्नुहुँदैन । कहिले व्याले, कहिले नाटक, गीति नाटक वा कर्न्र्सट जे जे संभव हुन्छ, भइरहनर्ुपर्छ । आँटे यो संभव पनि छ ।"

शर्माको उत्साह हर्ेदा ती कुरा पनि असंभव लाग्दैनन्  । उनको यात्रा निरन्तर चल्न सके नाचघरलाई 'पर्फमङ आर्ट' को केन्द्र बनाउने लक्ष्य धेरै टाढा देखिँदैन । निर्माणाधीन नाचघरले गति लिनासाथ पाँच विकास क्षेत्रमा संस्थानको शाखा खोल्ने, देश-विदेशमा सांस्कृतिक आदान-प्रदान बढाउने, प्रशिक्षण-प्रतियोगिताहरूलाई अझ व्यापक बनाउने जस्ता योजनामा चर्ुर्लुम्म डुबेका यी रङ्गकर्मीले जे जति गर्न सके, त्यसको श्रेय सहकर्मी, शुभेच्छु सबैलाई बाँड्न चाहन्छन् । भन्छन्, "म निमित्त मात्र हुँ । एक हिसाबले माध्यम मात्र हुँ म ।"

हरिहर शर्माले अभिनय, निर्देशनमा व्यस्त हुँदा मिल्ने स्फर्ूर्ति, ऊर्जा सँगाल्न नपाएको धेरै भयो। । अभिनयका अनुबन्धहरूलाई पनि उनले समय दिन सकिरहेका छैनन् । नाटक, चलचित्रहरूमा देखिने उनको विशिष्ट प्रतिभा अलिकति ओझेल परे पनि उनी दिक्क छैनन् । बरु रर्ङ्गकर्मको वातावरण बनाउने कामको अगुवाई गर्न पाएकोमा आफूलाई सौभाग्यशाली ठानिरहेका छन् । "मेरो नशानशामा छ रर्ङ्गकर्म । भरे, भोलि जहिले पनि गर्न सकिन्छ" भविष्यप्रति आश्वस्त हुँदै उनी भन्छन्, "अहिलेको मेरो मूल सपना हो सङ्गीत-नाट्य एकेडेमीको स्थापना ।" अबको नाचघर, त्यहाँका कलाकर्मी सांस्कृतिक संस्थानको पुरानो चौघेरामा सीमित हुनुहुन्न भन्ने उनको ठम्याइ जायज र सामयिक पनि लाग्छ ।

कृष्ण शाह यात्री


सङ्गीत

कता जाँदैछ आधुनिक गीत

कालीप्रसाद रिजाल


दीपा झा र रामकृष्ण ढकाल ।

मैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो । धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो । स्कूलको प्राङ्गणमा हिन्दी पर््रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ । धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले लोकगीत गाउँथे । मा. मित्रसेनका केही गीत मैले त्यतिबेलै सुनेको थिएँ । तर त्यस्ता गीतलाई सम्भ्रान्त शहरियाहरूले हल्का रूपमा लिने गर्थे । सात सालमा प्रजातन्त्र रेडियोबाट रानुदेवीका गीत सुन्न पाइयो । सेतुराम, मेल्वादेवी, उस्ताद साहिँला, मिस प्रभाका गीत धेरैपछि काठमाडौँमा सुनेको हुँ । धर्मराज थापाले ठाउँठाउँमा गाएर लोकगीतको लहर ल्याएपछि नै शहरिया समाजमा लोकशैलीका गीतले प्रतिष्ठा पाउन थालेका हुन् ।

यो पृष्ठभूमिमा नेपाली आधुनिक गीत सिर्जना गरेर त्यसलाई स्थापित गराउने काम चानचुने थिएन । यसका लागि मा. रत्नदास, नातिकाजी, पन्नाकाजी, उही गोविन्दबहादुर, हर्रि्रसाद रिमाल, किशोरीदेवी, कोइलीदेवी, जनार्दन सम, भैरवबहादुर, ज्ञानबहादुर जस्ता अग्रजहरूलाई सलाम गर्नुपर्छ  । उनीहरूले आधुनिक नेपाली गीतलाई मौलिक स्वरुपका साथ स्थापित गराइदिए  । आधुनिक गीतलाई गहिराइ र उचाइ दिने काममा दार्जीलिङका अम्बर गुरुङ, शरण प्रधान, अरुणा लामा, शान्ति ठटाल, ग्याल्मो र बराइली बहिनीहरूले आफ्नै ढङ्गले योगदान गरे । यता बच्चुकैलाश, पुष्प नेपाली, कुमार बस्नेत, फत्तेमान, गङ्गा राणा, नारायणगोपाल, प्रेमध्वज प्रधान, गोपाल योञ्जन, भक्तराज आचार्य, प्रेमप्रकाश मल्ल, तारादेवी आदि गायक/गायिकाहरूले आधुनिक गीतलाई लोकप्रियताको शिखरमा पुर्‍याइदिए । लेकाली समूह जस्ता अभियानले आधुनिक गीतमा माटोको सुवास भरे । शब्दशिल्पीहरूले राम्रा-राम्रा गीत नकथिदिएको भए आधुनिक गीत यो उचाइमा पुग्ने थिएन । यस प्रसङ्गमा गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधव घिमिरे, नीरविक्रम प्यासी, तारिणीप्रसाद कोइराला, श्यामदास वैष्णव, माधव खनाल, अगमसिंह गिरी, राममान तृषित, केशवराज पिँडाली, लक्ष्मण लोहनीहरूलाई बिर्सन सकिन्न । यसपछि भूपी शेरचन, भीमदर्शन रोक्कार्,र् इश्वरवल्लभ, किरण खरेल, चेतन कार्की, रत्नशमशेर थापा, नगेन्द्र थापा, भीम विराग, भैरवनाथ रिमाल, क्षेत्रप्रताप अधिकारी, कञ्चन पुडासैनी, दिनेश अधिकारी, विश्वम्भर प्याकुरेल, रमण घिमिरे, राजेन्द्र थापा, बुद्धवीर लामा, आनन्द अधिकारी जस्ता गीतकारले आधुनिक गीतको श्रीवृद्धिमा विशिष्ट योगदान गरे, अझै गरिरहेका छन् । यसरी धेरै-धेरै र्सजकहरूको तपस्या र साधनाकै कारण नेपाली गीत यहाँसम्म आइपुगेको हो ।

फर्केर हर्ेदा तीसको दशकपछि नेपाली गीतले आधुनिकताको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ । नयाँ डिजिटल प्रणाली, अत्याधुनिक वाद्ययन्त्र, विकसित स्वराङ्कन सुविधा आदिका कारण नेपाली गीतले नयाँ कलेबर प्राप्त गर्‍यो । रेडियो, टेलिभिजन, भिडियो चित्र जस्ता श्रव्यदृश्य साधनहरूले गीतको प्रभाव-क्षेत्रलाई व्यापकता प्रदान गरे । कुनै बेला स्वराङ्कनका लागि ठूलो खर्च उठाएर विदेश जानुपथ्र्यो, आज त्यो सुविधा आफ्नै शहर र टोलमा प्राप्त छ । गायनलाई नै व्यवसाय बनाएर सुविधापर्ूण्ा जीवनयापन गर्न सकिने भएको छ । गीति क्यासेट र सीडीले वर्सर्ेे करोडौँको व्यापार गरिरहेका छन् । यो क्षेत्रमा वर्सर्ेे करोडौँको अवैध व्यापार समेत भइरहेको पृष्ठभूमिमा प्रतिलिपि अधिकारको विषयले कानूनी मान्यता र संरक्षण पाउन सफल भएको छ । र्सजकहरू समेत आफ्नो हकअधिकारप्रति सजग हुन थालेका छन् । आधुनिक गीतले निकै ठूलो फड्को मारेको छ । पप, हिपहप, रक, र्‍याप जस्ता पश्चिमी शैलीका गायन विधिहरूको पनि नेपाली गीतमा प्रयोग भइरहेको छ । खुशीको कुरा के छ भने विदेशी गीत/गजल बज्ने ठाउँहरूमा आज लोकदोहोरी र आधुनिक नेपाली गीत बज्न थालेका छन् । यसलाई सकारात्मक रूपमा लिनर्ुपर्छ ।

तथापि, रचनाकार र सङ्गीतकारको अवस्थामा भने खास सुधार आउन सकेको छैन । अहिले पनि उनीहरूको कर्म निष्काम स्थितिमै छ । यो क्षेत्रमा केही नकारात्मक पक्ष पनि देखा परिरहेका छन् । हिजो सङ्गीत एउटा साधना, तपस्या थियो । आज त्यो व्यापार भएको छ । रातारात गीतकार, सङ्गीतकार र गायक बन्ने होड चलेको छ । हिजो स्वरपरीक्षामा उत्तर्ीण्ा नभई गायक बन्न सकिन्नथ्यो । स्तरीयताको जाँचपास नगरी गीत बाहिर आउन सक्दैनथ्यो । आज यी सबको कुनै माने रहेन । खल्तीमा पैसा छ भने जो जे पनि बन्न सक्छ । परिणामस्वरुप एउटा राम्रो गीत सुन्नका लागि कम्तीमा बीस वटा नराम्रा गीत सुन्नुपर्ने स्थिति छ । रेकर्डिङका क्रममा ब्रि्रेको ठाउँमा तत्काल सुधार्न सकिने भएकाले गायकहरूमा लापरवाही बढ्दै गइरहेको छ । नियमित साधना, अभ्यास र रियाजले महत्त्व पाउन छोडेका छन् । लोकगीतको व्यापारीकरणका कारण लोकसङ्गीत, लोकदोहोरीले लोक धरातललाई क्रमशः छाड्दै गएको भान हुन्छ । यसरी मौलिक स्वरुप र संरचना बिगार्दै जाने हो भने लोकगीत नै विलुप्त हुने खतरा उत्पन्न हुनसक्छ ।

साथीभाइहरू पप गीतले नेपाली शैलीका गीतलाई विस्थापित गरेको चिन्ता प्रकट गर्छन् । म पपगीतलाई नकारात्मक दृष्टिले हर्ेर्ने पक्षमा छैन । समयको हावाले ल्याएको पप गीतलाई पनि मान्यता दिनर्ुपर्छ  । यद्यपि, नेपाली पप गीतमा पनि नेपालीपन भइदिए हुन्थ्यो भन्ने मेरो आग्रह हो । हामीले माधर्ुयले भरिएका राम्रा गीत दिनसक्यौँ भने नेपाली श्रोता त्यतैतिर आकषिर्त हुन्छन् भन्ने मेरो विश्वास छ ।

यी सबैभन्दा पनि श्रोताहरूको रुचिको स्तर र्झर्दै गएकोमा म बढी चिन्तित छु । रुचि बिगार्नमा बम्बैया शैलीका नेपाली चलचित्रको पनि थोरबहुत हात हुनसक्छ । त्यसमाथि सञ्चारमाध्यमले ठट्यौला गीतलाई बढी महत्त्व दिएर प्रचारप्रसार गरिदिँदा श्रोताहरूको रुचि नै हल्काफुल्का गीततर्फमोडिएको छ । गीतले पनि बजारमुखी भएर त्यसैलाई पछ्याउँदै जाने हो भने कालान्तरमा गीतलाई साहित्यको विधाभन्दा पनि सस्तो मनोरञ्जनको साधनका रूपमा परिभाषित गर्नुपर्ने हुन्छ । आज आँखा छोपी..., यसैगरी बिताइदिन्छु... झरेको पातझैँ ... जस्ता गीत गाउन इच्छुक मान्छे पाउन गाह्रो हुँदै गइरहेको छ । हजार सपनाहरूको..., मलाई नसोध..., लौ सुन म भन्छु... मेरो गीत म उभेको धूलोले सुनोस्््.... जस्ता गीत खोज्नेहरूको सङ्ख्या न्यून हुँदैछ । कि मायाप्रीति कि ठट्यौला गीत रुचाइन्छ । माया-प्रीतिको गीत बढी लेखिने र गाइने कुरा अस्वाभाविक होइन । संसारमा जहाँ पनि अधिकांश प्रेमगीत नै हुन्छन् । तर गीति भण्डारमा अरू प्रकारका गीत सुक्दै जानु चाहिँ सोचनीय कुरा हो । म पनि निरन्तर गीत लेख्दै आएको छु । नाम चलेका प्रायः सबै गायक-गायिकाले मेरा गीत गाएका छन् । तर फर्केर हर्ेदा नारायणगोपालको अवसानपछि बाहिर आएका मेरा अधिकांश गीत प्रेमकै धुरीमा घुमेको पाउँछु  । गम्भीर प्रकृतिका गीत मेरो डायरीमा थन्किएर बसेका छन् । मलाई मेरो गीतलेखन नै खतरामा परेको अनुभव भइरहेको छ । गम्भीर गीत लेख्नै नसक्ने अवस्थामा पुग्छु कि भनेर डर लागिरहेको छ । तर, रुचि भनेको बनाउन सकिने कुरो हो । हाम्रा अग्रजले हिन्दी गीतमा लठि्ठएका श्रोतालाई आधुनिक नेपाली गीतमा डोर्‍याउन सके भने हामी किन रुचिलाई स्तरीयतातर्फआकषिर्त गर्न सक्दैनौँ ?


सङ्गीत

दर्शककै आँगनमा

'जीवन हाम्रो घाम-छायाँ, सुख-दुःख सबै हुन्छ
जीवन हो बिना माया, छटपटी तड्पन हुन्छ'

तस्बिरहरू किरण पाण्डे

आठ पुसमा माइती नेपालको काठमाडौँ-गौशालास्थित बाल संरक्षण र पुनःस्थापना गृहमा 'नेपथ्य सबैको' भन्दै त्यसका अभियन्ताहरू प्रस्तुत हुँदा त्यहाँ संरक्षित पाँच सय बालबालिका र महिलाहरूले अलग्गै आनन्दको अनुभूति गरे ।

दर्ुइ घण्टाको प्रस्तुतिमा 'नेपथ्य'ले आफ्ना तीन वटा म्युजिक भिडियो र लोक-रक शैलीका केही गीतसँगै गाउँ गाउँबाट उठ, रातो र चन्द्र र्सर्ूय जस्ता बहुचर्चित जनगीतसमेत प्रस्तुत गर्‍यो । दोलखाको मैनापोखरीको दोहोरो भिडन्तसम्बन्धी २५ मिनेट लामो गीत-लहरी घटना सुनाएपछि गायक अमृत गुरुङले भने, "यस्तो घटना हामीले कहिल्यै पनि भोग्न, देख्न र सुन्न नपरोस् । यस्ता दुःखद् घटनाले जति अत्याए पनि मानिस कहिल्यै निराश बन्नुहुन्न, आशावादी बनेर रमाउनर्ुपर्छ ।" द्वन्द्वबाट पीडित अनाथ बालबालिकाहरूसमेत दर्शक रहेको जानकारी दिँदै माइती नेपालकी अनुराधा कोइरालाले हिमाल सँग भनिन्, "यस्ता कार्यक्रमले शोषण, पीडा र कष्ट व्यहोरिरहेकाहरूको जीवनमा आशा र्छर्ने काम गर्छ ।"

कलाकारहरू व्यावसायिक प्रस्तुतिका लागि देश-देशान्तर जाने क्रम बढिरहेको समयमा नेपथ्य चाहिँ सामाजिक दायित्वबोधका साथ शारीरिक, मानसिक, सामाजिक, आर्थिक आदि कारणबाट साङ्गीतिक कार्यक्रम सुन्न नपाइरहेका समूहहरूमाझ शृङ्खलावद्ध साङ्गीतिक प्रस्तुति लिएर जान थालेको छ । त्यस्तै आरम्भ थियो माइती नेपालमा प्रस्तुत कार्यक्रम ।

नेपथ्यले गत वर्षपनि नेपालय र स्पाइनल इन्जुरी रिहावलिटेशन सेण्टरको सहयोगमा खगेन्द्र नवजीवन केन्द्र, जोरपाटीमा 'अपाङ्गहरूका लागि नेपथ्य' नामक साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियो । त्यो कार्यक्रममा सहभागी दर्शकहरूको अनुहारमा अपार खुशी देखेर नै अरू त्यस्तै समूहका लागि कार्यक्रम गर्न उत्प्रेरित भएको नेपालयका निर्देशक किरणकृष्ण श्रेष्ठ बताउँछन् । भन्छन्, "सम्भव भए हामी राजधानी बाहिरका अरू यस्तै समूहहरूमाझ पनि पुग्नेछौँ ।" नेपथ्यका अमृत थप्छन्, "सामाजिक काममा आफूलाई समर्पित गर्न पाउँदा आत्मसन्तुष्टिसँगै एक खालको ऊर्जा प्राप्त हुँदोरहेछ ।"

नेपथ्यलाई लिएर नेपालयले यसपटक ६ वटा साङ्गीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । आगामी प्रस्तुतिहरू सडक बालबालिका, सुस्तमनस्थिति भएका बालबालिका, दृष्टिविहीन र राष्ट्रका अन्य उपेक्षित वर्गका नागरिकहरूका लागि उनीहरूकै थलोमा आयोजना गरिने सो संस्थाले जनाएको छ ।

डम्बरकृष्ण श्रेष्ठ


सिनेमा

एक्सन मुख्य कुरा होइन
निखिल उप्रेती


किरण पाण्डे

निखिल उपे्रती पछिल्लो पुस्ताका सबैभन्दा चर्चित सिने-कलाकार । २०५८ सालमा प्रदर्शित 'पिंजडा' बाट नेपाली चलचित्रमा प्रवेश गरेका निखिलले २३ चलचित्रमा अभिनय गरिसकेका छन्, प्रायः एक्सनपर्ूण्ा भूमिकामा । अहिले पनि उनी सात चलचित्रको सुटिङमा दिनरात व्यस्त छन् । यो व्यस्तताकै बीच उनले निर्माणमा पनि हात हालेका छन् । र, उनको चलचित्र 'सावधान' पोष्ट-प्रोडक्शनका लागि अष्ट्रेलिया पुगेको छ । यसलाई अष्ट्रेलिया नै किन पठाइयो - निखिल भन्छन्, "यसमा अलि भिन्न किसिमका एक्सनहरू छन् । तिनमा प्रयोग हुने 'स्पेसल इफेक्ट्स' को निगेटिभ बनाउनका लागि उपयुक्त थलो हो अष्ट्रेलिया ।"

यसमा के छ त्यस्तो विशेष ?
'सावधान' देशको समसामयिक परिस्थिति र बेरोजगारी समस्यामा आधारित छ  । यसमा मैले सामाजिक समस्यामा रनभुल्ल युवाहरूको कथा बताएको छु ।

फिल्मनिर्माणको यो 'ट्रेण्ड' सँग तपाई सन्तुष्ट हुनुहुन्छ ?
छैन । तर, यदि मलाई यो उद्योगमा काम गर्नु छ भने कतिपय अवस्थामा सन्तुष्ट नभएको काम पनि गर्नुपर्छ । चलचित्र निर्देशकको माध्यम हो तर हामीकहाँ चलचित्रलाई आफ्नो तरिकाले भन्ने चलन छैन । दर्शकलाई चाँडै नै उस्तै खाले फिल्मले वाक्क बनाउने चलनसँग म पनि दिक्क छु । यसैले म चाँडै निर्देशनमा आउने योजनामा छु ।

हाम्रा फिल्म स्तरीय नहुनुको कारण ?
पहिलो कारण हो हामी एउटा भ्रमको दायरामा बन्द छौँ । बदलिँदो दर्शक वर्ग र रुचिसँग तालमेल मिलाउन नसकेका कारण हाम्रो उद्योग सङ्कटमा परेको हो । हामी फिल्म बनाउनुभन्दा पहिले नै दर्शकले के चाहन्छन्, त्यो निर्धारण गर्र्छौँ अनि धोका खान्छौँ । अधिकांश फिल्मकर्मीहरू अरूका फिल्म नै हर्ेर्दैनन् । हामी पर्ूण्ा रूपमा उधारो शैलीमा काम गरिरहेका छौँ । विषय र निर्माण शैली मात्र हैन, भारतीय संस्कृतिलाई नै पर्दामा देखाउन थालेका छौँ हामी ।

यसको कारण के होला ?
हातमा क्याल्कुलेटर भयो भने मान्छेले हिसाब गर्न बिर्सिन्छ भन्छन् नि, त्यस्तै हो । र, हाम्रा लागि क्याल्कुलेटरको काम गरेको छ हिन्दी फिल्मले ।

यसबाट कसरी जोगिने त ?
त्यसका लागि हरेक चलचित्रकर्मीले चलचित्र माध्यमको महत्त्व, प्रभावकारिता र सामाजिक दायित्वलाई बुझनर्ुपर्छ ।

नेपाली चलचित्रका अरु समस्या  ?
मेडिकल भाषामा भन्छन् नि 'मल्टिफ्य्राक्चर', धेरै ठाउँमा भाँच्चिएको  । त्यस्तै छ हाम्रो उद्योगको हालत । मेरुदण्ड कथाबस्तु र निर्देशन हो । त्यो पनि भाँच्चिएको छ ।

उद्योगको सबैभन्दा सबल र दर्ुबल पक्ष चाहिँ के होलान् ?
प्रतिकूल अवस्थामा पनि चलचित्र बनिरहेका छन्, यो सबल पक्ष हो । दर्ुबल पक्ष अनगिन्ती छन् ।

तपाईलाई चिनाउने 'एक्सन' सबल पक्ष होइन र ?
'एक्सन' सिनेमाको एउटा हिस्सा मात्रै हो । पछिल्लो समयमा एक्सनकै कारण चलचित्रहरूले सफलता पाएका पनि छन् तर यो रमाउनुपर्ने होइन, दुःखलाग्दो कुरा हो । चलचित्रका मुख्य कुरा एक्सन वा गीत होइनन्, चलचित्रको कथा र कथा भन्ने शैली हुन् । एक्सन भनेको त होटलको सुप जस्तो हो, जसलाई नखाए पनि फरक पर्दैन ।

यज्ञशराज पण्डित


कला

आठ स्रष्टाः आठै स्वाद


किरण पाण्डे

राजधानीमा हरेक हप्ताजसो भइरहने एकल चित्रकला पर््रदर्शनीभन्दा केही फरक स्वाद दिने ध्येयले 'ग्यालरी नाइन'ले पृथक्शैलीमा आ-आफ्नो पहिचान बनाइसकेका आठ नेपाली कलाकारका 'कन्टेम्पररी इमेजेज' पर््रदर्शनी (पुस ७-१७) को संयोजन गरिरहेको छ । पर््रदर्शनीमा शशिविक्रम शाह, मदन चित्रकार, जेन साल्टर, उमाशङ्कर शाह, रतनकुमार र्राई, सीमा शर्मा शाह, प्रकाश चन्दवाडकर र एरिना ताम्राकारका विविध शैली र माध्यमका नयाँ तथा पुराना २५ वटा चित्र राखिएका छन् । शशी शाहको घोडाचित्र शैली, उमाशङ्कर र सीमा शाहको 'इचिङ शैली', रतनकुमार र्राईको सूक्ष्म रेखाचित्र शैली पर््रदर्शनीका थप विशेषता बनेका छन् । कलामा गतिशीलता खोज्ने कलाकार मदन चित्रकारले आफ्ना चित्रहरूमा बस्तीको पृष्ठभूमिलाई उतारेका छन् । उनी भन्छन्, "संसारमा एकातिर गगनचुम्बी बस्तीहरू छन् भने शरणार्थी शिविर र सुकुम्बासी बस्तीहरू पनि यहीँ छन् । यिनै बस्तीहरूको अभाव, विसङ्गति र पृथकता पेन्टिङमा दर्शाउन खोजेको छु ।"

लामो समयदेखि 'लेडिज र्फम'मा काम गरिरहेकी कलाकार एरिना ताम्राकारले चार वटा नयाँ कलाकृति पर््रदर्शनीमा राखेकी छन् । पर््रदर्शनीका सहभागीमध्ये आफूलाई सबैभन्दा कनिष्ठ ठान्नेे एरिना भन्छिन्, "अग्रज-समूहमा सहभागी हुनुको मज्जा नै बेग्लै हुँदोरहेछ । एकल पर््रदर्शनी धेरै भइसके पनि यसरी सहभागी हुनुुलाई राम्रो अवसर ठानेकी छु । समूहगत रूपमा आएको प्रतिक्रिया र मूल्याङ्कनले झनै हौसला दिँदोरहेछ ।"

नयाँ वर्षो सर्न्दर्भ पारेर ग्यालरी नाइनले नियमित कार्यक्रमको एउटा भिन्न कडीका रूपमा अगाडि ल्याएको छ, अहिलेको पर््रदर्शनीलाई  । 'फिल्म शो' र 'म्युजिकल इभेन्ट'मा समेत सक्रिय हुन थालेको सो ग्यालरीको यो पर््रदर्शनीबारे संयोजक विप्लव प्रतीक भन्छन्, "राम्रा कलाकारका राम्रा पेन्टिङ सङ्कलन गरेर देखाउने उद्देश्यले यसको आयोजना गरेका हौँ । यसरी सामूहिक काम गर्दा सबैको तादात्म्य मिल्नु नै ठूलो कुरा हो । यसलाई निरन्तरता दिने लक्ष्य छ ।"

यात्री