पुस्तक | परिचय
इतिहास-पुनर्लेखनको प्रयास
किताबः नेपालः समाज विकासको ऐतिहासिक
भौतिकवादी निरुपण
लेखकः सीताराम तामाङ
प्रकाशकः निरन्तर प्रकाशन, काठमाडौं, २०६१
पृष्ठः २६३, मूल्यः रु.१००
 |
नेपालमा जनजाति समस्या, मार्क्सवाद र नेपालमा जनजाति
आन्दोलन, विश्व आदिवासी आन्दोलन, नयाँ नेपालको अर्थ राजनीति, नेपाल
इन फ्युडल अर्डर जस्ता कृतिका लेखक सीताराम तामाङको अर्को खोजमूलक
ग्रन्थ हो, नेपालः समाज विकासको ऐतिहासिक भौतिकवादी निरुपण । नामझैँ
यसमा सामाजिक विकासको चरणगत विश्लेषण पढ्न पाइन्छ । इतिहासका हरेक
घटनालाई भौतिकवादी आँखाले हर्ेदा थुप्रै परम्परागत धारणाहरू उदाङ्ग
हुन्छन् र विकासको सही स्वरुप र्छलङ्ग हुन्छ भन्ने मान्यताअनुरुप पुस्तकले
नेपाली इतिहासको वैज्ञानिक विश्लेषण गर्ने प्रयास गरेको छ । यसनिम्ति
लेखकले मार्क्सवादी दर्शनलाई आधार बनाएका छन् र इतिहासलाई अनुसन्धान,
अन्वेषणको नयाँ धरातलमा उभ्याउन खोजेका छन् । परिणामस्वरुप; यो कृति
जनश्रुति, साहित्य, अभिलेखका थुप्राहरूबाट सामाजिक विकासका सही सूचनाहरू
निफन्दै राजा, महाराजाहरूको सेरोफेरोमा अल्मलिएको नेपाली इतिहासको
पुनर्लेखनको बाटो खोल्ने एउटा प्रयास बनेको छ । प्रा. माणिकलाल श्रेष्ठले
ठम्याएझैँ पुस्तकले नेपालमा तीन-चार हजार वर्षपहिलेदेखि राजतन्त्र
रहिआएको धारणालाई सप्रमाण खण्डन गरेको छ । लेखकले ठोकुवा गरेका छन्-
नेपालमा राजतन्त्रको इतिहास १६०० वर्षजति मात्र लामो छ । किनकि लिच्छविकालसम्म
गणनायक छान्ने वा निर्वाचन गर्ने प्रथा थियो ।
पुस्तक पढ्दै जाँदा र्सवाधिक अनुभव हुने कुरा हो- यसले
इतिहासका मिथ्या कुराहरूको खण्डन गर्ने लक्ष्य बोकेको छ । एङ्गेल्सको
अत्यधिक उद्धरणका कारण पुस्तक कहीँ कहीँ एङ्गेल्सर्-दर्शनको नेपाली
रुपान्तर जस्तो लागे पनि लेखकले जुटाएका सामग्री, प्रमाण र तिनको मौलिक
विश्लेषणलाई कम आँक्न सकिन्न । पाद-टिप्पणीहरूबाट समेत लेखकको मेहनत
अनुभव गर्न सकिन्छ । वैज्ञानिक अनुसन्धानको अभावमा छाती तन्काएर उभिन
नसकिरहेको नेपाली इतिहासलाई आधिकारिक, तथ्यपरक बनाउन यस्ता खोजमूलक
कृतिहरूको छुट्टै महत्त्व हुनसक्छ ।
उपभोक्तामुखी अभियान
किताबः उपभोक्ता हित संरक्षण अवधारणा,
कानून र व्यवहार
लेखकहरूः टेकप्रसाद ढुङ्गाना, नवराज दाहाल, टीकाराम
आचार्य, उमेश कोइराला
प्रकाशकः उमेश कोइराला, काठमाडौं, २०६२
पृष्ठः २४८±, मूल्यः रु.२००
बजारको सर्वोपरि निकाय हो उपभोक्ता-समूह । उपभोक्ताहरू
टेढिए वा टाढिए भने बजारको अस्तित्व रहँदैन । तर, आवश्यक सूचनाको अभावमा
तिनै उपभोक्ता बारम्बार ठगिन्छन्, विभिन्न बहानाबाजीमा तिनको शोषण
गरिन्छ र तिनको हित-संरक्षणका कुरा ओझेलमा परिरहन्छन् । त्यस्ता विसङ्गत
पक्षहरूलाई निमिट्यान्न पार्न उपभोक्ता-हित संरक्षणसम्बन्धी व्यापक
जनचेतना आवश्यक छ । यही तथ्यलाई हृदयङ्गम गर्दै न्यायसेवामा कार्यरत
चार विज्ञले नेपालमा उपभोक्तामुखी अवधारणा, कानून र व्यवहारको यथोचित
लेखाजोखा गरेका छन्, उपभोक्ता हित संरक्षणः अवधारणा, कानून र व्यवहार
मार्फ् ।
पुस्तकलाई उपभोक्तावादी आन्दोलनकै एउटा अध्याय मान्न
सकिन्छ । बजारमा अनियमितताहरूको चलखेल भइरहेको बेला उपभोक्तालाई जोगाउन
उपभोक्ता आन्दोलनका अभियन्ताहरूको जुझारुपन र न्यायिक सक्रियता सशक्त
माध्यम बन्न सक्छन् भन्ने लेखकीय निष्कर्षछ । लेखकहरूको पृष्ठभूमिका
कारणले हुन सक्छ, पुस्तकका हरेक अध्याय र विश्लेषण कानूनी तर्क र दृष्टान्तहरूसँग
गाँसिएका छन् । उपभोक्ता हित संरक्षणमा न्यायपालिकाको भूमिकालाई त्यत्तिकै
महत्त्वका साथ प्रस्तुत गरिएको छ । छुट्टै उपभोक्ता अदालतको अवधारणा
र त्यससम्बन्धी विशेष व्यवस्थाको आग्रह पुस्तकको अर्को उल्लेख्य पक्ष
हो । र्सार्वजनिक छलफलका निम्ति प्रस्तुत प्रस्तावित उपभोक्ता अदालत
गठन विधेयकको मस्यौदा लगायतका नयाँ सामग्री समेत समाविष्ट यो कृति
उपभोक्ता आन्दोलनलाई बल पुर्याउने राम्रो दस्तावेज बनेको छ ।
प्राप्त कृति
 |
पहाड उक्लेर, पहाड ओर्लेर
(कविता-सङ्ग्रह)
कविः विधान आचार्य
प्रकाशकः वाणी प्रकाशन,
विराटनगर, २०६२
पृष्ठः ११२, मूल्यः रु.१०० |
|
 |
कान्छी राधा
(सूत्रकाव्य)
कविः कृष्ण धराबासी
प्रकाशकः निर्माण व्यवसायी संघ, झापा,
२०६२
पृष्ठः ५५, मूल्यः रु.५० |
|
 |
कानाकाना कर्ुर
(बाल-कवितासङ्ग्रह)
कविः प्रमोद प्रधान
प्रकाशकः रत्न पुस्तक भण्डार, २०६२
पृष्ठः ३२, मूल्यः रु.४० |
|
 |
अर्धविराम ;
(उपन्यास)
उपन्यासकारः सानु
प्रकाशकः पी. शर्मा, काठमाडौं
पृष्ठः १४०, मूल्यः रु.५५ |
|
 |
वैकुण्ठको गाईजात्रे गुइँठा
(हास्यव्यङ्ग्य-सङ्ग्रह)
लेखकः वैकुण्ठराज दाहाल
-धादिङे वैकुण्ठे)
प्रकाशकः चूडामणि दाहाल र ललिता दाहाल,
२०६२
पृष्ठः ७२, मूल्यः रु.८० |
|
 |
झापाली आमा
(कथा-सङ्ग्रह)
कथाकारः श्याम अधिकारी
प्रकाशकः एकीकृत विकास केन्द्र, बनेपा,
काभ्रे, २०६२
पृष्ठः १३३, मूल्यः रु.६० |
|
|