हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव फिचर | भ्रष्टाचार र नियन्त्रण प्रयास

नेपालमा कानूनको शासन सुदृढीकरण र मानव अधिकारको सम्मान आयोजनाः एक चिनारी

कानूनको शासन सुदृढीकरण, न्यायमा सबैको पहुँच तथा र्सार्वजनिक क्षेत्रमा जवाफदेहिता बर्ढाई भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा नेपालमा भइरहेको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकी सहयोग नियोग/ नेपाल ९ग्क्ब्क्ष्म् रल्भउब० िर श्री ५ को सरकारबीच जुलाई ३, २००३ मा भएको सम्झौता अनुसार तीन वर्षा लागि "नेपालमा कानूूनको शासन सुदृढीकरण र मानवअधिकारको सम्मान आयोजना" सञ्चालन गरिएको हो । तीन वर्षा अमेरिकी सहयोग नियोगबाट प्राप्त हुने अनुदान सहयोग सम्बद्ध सरकारी तथा गैरसरकारी क्षेत्रको संस्थागत विकास तथा अन्य कार्यक्रममा खर्च गर्ने गरी यो आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी ब्च्म्, क्ष्लअ। ले प्राप्त गरी २०६१ साल जेठदेखि सो संस्था यो राष्ट्रिय आयोजना कार्यान्वयनमा संलग्न छ ।

नेपालको न्याय क्षेत्रमा संस्थागत सुधार र भ्रष्टाचार नियन्त्रणसँग सम्बद्ध संस्थाहरूको क्षमता विकाससहितका विविध कार्यक्रमअर्न्तर्गत सर्वोच्चलगायत अन्य अदालतहरू, न्यायपरिषद, राष्ट्रिय न्यायिक प्रतिष्ठान, विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय र्सतर्कता केन्द्रसँग सहकार्य गरी ती संस्थाहरूको भौतिक संरचना र जनशक्ति विकासलगायतका कार्यमा प्राविधिक तथा अन्य सहयोग यो आयोजनाले विगत एक वर्षेखि उपलब्ध गराउँदै आएको छ । त्यस आयोजनाले भ्रष्टाचारजन्य कार्य नियन्त्रणमा सम्बद्ध निकायहरूलाई पुर्‍याएको सहयोग र सहकार्यबाट प्राप्त केही प्रमुख उपलब्धिहरूः

भ्रष्टाचार नियन्त्रणमा स्थानीय सहभागिता/क्रियाशीलताका लागि क्षेत्रीय गोष्ठीहरूको आयोजनः भ्रष्टाचार नियन्त्रण तथा यस विरुद्धको लडाइँ सबै सम्बद्ध पक्षहरूको सक्रिय सहयोग र सहभागिताबिना सम्भव नहुने तथ्यलाई मनन् गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस आयोजनाको सहयोगमा स्थानीय सहभागिता/क्रियाशीलता बढाउनका लागि विगत एक वर्षयता चार स्थानहरूमा क्षेत्रीय गोष्ठीहरूको आयोजन गरेको छ । वीरगञ्ज र विराटनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पोखरा तथा नेपालगञ्जमा राष्ट्रिय र्सतर्कता केन्द्र समेतको सक्रिय सहभागितामा गोष्ठीहरूको आयोजन भएको थियो । यी गोष्ठीहरूमा स्थानीय र क्षेत्रीयस्तरका सरकारी कार्यालयहरूका प्रमुखसहित नागरिक समाज र निजी क्षेत्रको पनि उल्लेखनीय सहभागिता रहेको थियो । प्रत्येक गोष्ठीहरू केही र्सार्वजनिक सङ्कल्प तथा प्रतिबद्धता सहित टुङ्गएिका थिए ।

क्षेत्रीय गोष्ठीहरूको र्सार्वजनिक सङ्कल्प तथा प्रतिबद्धताः भ्रष्टाचार नियन्त्रण तथा यस विरुद्धको लडाइँलाई प्रभावकारी बनाउन दण्डात्मकसहित निरोधात्मक र पर््रबर्द्धनात्मक तरिका समेत अपनाउनुपर्ने र त्यसमा सबै सम्बद्ध पक्षहरूको सक्रिय सहयोग हुनर्ुपर्दछ । यसै तथ्यलाई ध्यानमा राखी सरकारी क्षेत्र, निजी क्षेत्र र गैर सरकारी क्षेत्रका सहभागीहरूले ती गोष्ठीहरूमा भ्रष्टाचार नियन्त्रण तथा सदाचार पद्धतिको निर्माणमा गर्नुपर्ने कार्यहरूलाई सङ्कल्पका रूपमा स्वीकार गरेका थिए  । ती सङ्कल्पहरूको सार यस प्रकार छन्ः

· कानूनले तोकेको समयमा सबै राष्ट्रसेवकले आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको विवरण सम्बन्धित निकायमा बुझाउने तथा अद्यावधिक गर्ने । 
· स्थानीयस्तरमा भ्रष्टाचार विरुद्धमा कार्यरत संस्थाहरूको भ्रष्टाचार विरुद्धका कार्यक्रमहरूलाई सहयोग र प्रोत्साहन गर्ने ।
· भ्रष्टाचार नियन्त्रणका लागि सबै कार्यालय प्रमुखहरू प्रतिबद्ध हुने तथा हरेक महिनामा कार्यालय प्रमुखको उपस्थितिमा भ्रष्टाचारको स्थितिबारे प्रगति समीक्षा गर्ने परिपाटी बसाल्ने ।
· राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा प्रकाशित भ्रष्टाचार बारेका समाचारहरू प्रति संवेदनशील भई तत्काल सत्यतथ्य पत्ता लगाई प्रचलित कानून बमोजिम कारबाही गर्ने ।
· नेपाल उद्योग बाणिज्य महासंघले पारित गरेको उद्योग व्यवसायी आचारसंहितालाई पालना गर्ने/गराउने ।
· राजस्व चुहावट नियन्त्रण गर्नका लागि कानूनको परिधिभित्र रही कुनै व्यक्ति वा संस्थाका विरुद्ध चालिएको उचित कानूनी कदमको बाधा विरोध नगर्ने ।
· कर तिर्ने र कर लिने प्रक्रियालाई स्पष्ट पार्दै न्यून बिजकीकरणबाट राजस्व छली हुन नदिने व्यवस्थाको लागि आवश्यक पहल गर्ने ।
· भ्रष्टाचार विरुद्ध काम गर्ने संघसंस्थाहरूको सञ्जाल निर्माण गरी भ्रष्टाचार विरुद्धको अभियानलाई प्रोत्साहन दिने ।
· नागरिकलाई राम्रो सेवा प्रवाह गर्ने राष्ट्रसेवकलाई पुरस्कृत गर्ने  ।
· गैरसरकारी संघसंस्था भित्र पारदर्शी संस्कारको विकास गर्ने ।

गोष्ठीबाट पारित सङ्कल्पहरूको कार्यान्वयन तथा अनुगमनः वीरगञ्ज, विराटनगर, पोखरा तथा नेपालगञ्जमा भएका गोष्ठीहरूले पारित गरेका सङ्कल्पहरू भ्रष्टाचार नियन्त्रणका केही निरोधात्मक उपायहरू हुन् जसको कार्यान्वयनबाट सदाचारयुक्त समाज निर्माणमा टेवा पुग्ने हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय र्सतर्कता केन्द्र समेतको अगुवाईमा ती सङ्कल्पहरूसहित अन्य निरोधात्मक र जनचेतनामूलक कार्यक्रमहरू बनाई त्यसको कार्यान्वयन गर्न ती प्रत्येक स्थानमा सरकारी, निजी क्षेत्र र नागरिक समाज सम्मिलित २१ सदस्यीय जिल्ला समन्वय समितिको गठन भएको छ । यस आयोजनाले स्थानीय समिति तथा केन्द्रीयस्तरको टोलीलाई प्राविधिकलगायत अन्य सहयोग प्रदान गर्दै आएको छ ।

भ्रष्टाचारको अनुसन्धान तथा अभियोजन आदिमा विशिष्टीकृत तालिमः भ्रष्टाचारको अपराधमा अनुसन्धान तहकिकात गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतहरूलाई विशिष्टीकृत ज्ञान र सीपको आवश्यकता पर्ने हुँदा स्वदेश तथा विदेशमा तालिम र अध्ययन भ्रमणको व्यवस्थासहित अनुसन्धान र अभियोजन पुस्तिकाको लेखन र प्रकाशनमा समेत यस आयोजनाले सहयोग गर्दै आएको छ ।

भौतिक पर्ूवाधार तथा उपकरणमा सहयोगः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत तथा राष्ट्रिय र्सतर्कता केन्द्रको लागि फर्निचर, कम्प्युटर तथा अन्य उपकरण आदिको व्यवस्था यस आयोजनाले गर्दै आएको छ ।

नागरिक समाजलाई सहयोगः भ्रष्टाचार विरुद्धको लडाइँमा नागरिक समाजका तर्फाट भइरहेका प्रयासलाई झन् र्सार्थक र परिणाममुखी बनाउन यस आयोजनाले सोझै र अनुदानमार्फ् गैरसरकारी संस्थाहरूलाई आर्थिक तथा अन्य आवश्यक सहयोग उपलव्ध गर्दै आएको छ । पत्रकारहरूलाई भ्रष्टाचार सम्बन्धी समाचार लेखन क्षमताको विकास गराउन खोज पत्रकारिता सम्बन्धी विशेष तालिममा सहयोग गर्दै आएको छ ।