प्रभाव फिचर | भ्रष्टाचार र
नियन्त्रण प्रयास
सर्वसाधारणको भोगाइमा भ्रष्टाचार
हर्क तामाङ, ट्याक्सी चालक, नुवाकोट
ट्राफिक प्रहरीको नियत नै ठीक छैन । ट्राफिक नियम उल्लङ्घन कसरी कम
गर्न सकिन्छ भनेर सिकाउनुको साटो नियम उल्लङ्घन गरिराखोस् भन्ने मनसाय
तिनीहरूको हुन्छ । ड्युटीमा बस्दा पनि कहिले पोल पछाडि त कहिले पसल
भित्र लुकेर ढुकेर बसिराखेका हुन्छन् । एकैछिन यात्रुलाई ओराल्न त
केहीलाई चढाउन लाग्दा चिट काटिहाल्छन् । सफाइ दिन खोज्दा हामीसँग वादविवाद
गर्छस् भनी उल्टो जाइलाग्छन् । सक्छन् भने हामीलाई मात्र किन गाडी
रोक्न लगाउने यात्रुलाई पनि कारबाही गरुन् ।
चन्द्रकला र्राई, ट्याम्पो चालक, खोटाङ्ग
ट्राफिक प्रहरीलगायत प्रशासन र अन्य मानिसहरूले र्सार्वजनिक सवारी
चालकलाई अति नै नराम्रो व्यवहार गर्छन् । सडकछेउ व्यवस्थित पार्किङ
छैन, पार्किङ भएकै खण्डमा पनि तीन वटा भन्दा चार वटा गाडी अट्दैन ।
यात्रुहरूलाई पनि तिनीहरूले भनेकै ठाउँमा रोकिदिनुपर्ने हाम्रो बाध्यता
छ । यस्तो स्थितिमा ट्राफिकले समात्यो भने 'बस पकेट बाहिर' वा 'नो
पार्किङ' मा किन गाडी रोकिस् भनेर लाइसेन्स खोस्छन् अनि दफा १२५ अनुरुपको
कारबाही भन्दै रु.१०२५ को चिट काट्छन् । लाइसेन्स लिन बग्गीखाना जादाँ
कहिले पाँच लिटर तेल दे, कहिले ल भैगो रु.३०० दे भन्छन् । हामीले तिरेको
धेरैजसो रकमको रसिद नै दिँदैनन् । हुनत यसबाट हामीलाई फाइदै भएको छ
किनभने चिट काट्दा उल्लेख भए बमोजिम रकम रु.१०२५ दिनु परेको छैन ।
विजय अधिकारी, विद्यार्थी, काठमाडौं
दर्ुइ वर्षछि अमेरिकाबाट नेपाल आउँदा म निकै हषिर्त थिएँ । तर त्रिभुवन
विमानस्थलबाट बाहिर निस्कन लाग्दा मैले ल्याएको ल्यापटपको कर तिरेको
छ/छैन भनेर सुरक्षाजाँचमा खटिएका एक अधिकारीले सोधे । उनलाई म विद्यार्थी
भएको र अध्ययन प्रयोजनका लागि ल्यापटप चलाइरहेको बताएँ । ल्यापटपको
कर तिर्नर्ुपर्छ भन्ने मैले सुनेको छैन । तर ती अधिकारीले मलाई कानुनका
अनेकौँ कुरा सुनाएर रु.२ हजार दिएको खण्डमा मात्र ल्यापटप लान मिल्छ
भनेर कचकच गरे । त्यसपछि मैले उसलाई ३० अमेरिकी डलर दिनुपर्ने भयो
। फेरि बाहिर निस्कँदा ट्याक्सीलाई महाराजगञ्ज जाउँ भन्दा रु.१२ सय
लाग्छ भनेपछि त कुन साइतमा आएछु कुन्नि भन्ने भयो ।
योगेश श्रेष्ठ, यातायात सञ्चालक ललितपुर
सबैभन्दा मारमा यातायात सञ्चालक व्यापारीहरू नै परेका छन् । रोड सीमित
छ, यहाँ तर यति धेरै प्रकारका गाडीहरूलाई चल्ने इजाजत दिइएको छ । एउटै
रुटमा बस, मिनीबस, माईक्रो बस, मिनी माईक्रो बस, ग्याँस टेम्पो र सफा
टेम्पो चल्छ । यो निर्ण्र्ााकसरी गरिन्छ कसैलाई थाहा हुन्न । जुन सञ्चालकले
पैसा खुवाउन सक्यो उसैले रुट परमिट पाउँछन् । फेरि गाडीको रुट परिवर्तन
गर्नु पर्दा त्यतिकै झञ्झट छ । नियमानुसार रु.३७०-३८० मा काम हुनर्ुपर्ने
हो तर मैले यो काम गराउन सधैँ रु.२-३ हजार तिर्ने गरेको छु । मेरा
टेम्पो ड्राइभरहरूलाई ट्राफिकले धेरै दुःख दिएकाले टेम्पो चल्ने रुटका
चौकीमा पैसा बुझाइ कचकच कम गराउने प्रयास गर्दैछु ।
हेमकुमार मैनाली, टेलिफोन पीडित ग्राहक, काठमाडौं
पहिले म नयाँबजारमा डेरामा बस्थेँ । गोङ्गबुमा घर बनाएर सरेँ । धेरैअघि
मैले दूरसञ्चारबाट फोन लाइन लिएको थिएँ, तर घर र्सदा लाइन र्सार्न
धेरै दुःख भयो । कहिले प्वाइन्ट खाली छैन, कहिले केन्द्रबाट सिफारिस
ल्याउनु भन्दै महिनौँसम्म एउटा फाँटबाट अर्को फाँट झुल्यायो । यतिसम्म
कि दूरसञ्चारका कर्मचारीहरूले हालको फोन बेचिदिनु र छिट्टै नेपाल टेलिकमले
सीडीएमए प्रविधि भित्र्याउँदैछ, ताररहित हुनाले यसलाई सारिराख्न झञ्झट
हुँदैन, त्यो लिनु भन्ने सल्लाह दिए । केही सीप नलागेपछि एक जना सुपरभाइजरलाई
रु.२ हजार दिएपछि १५ दिन भित्र फोन जडान गरिदियो ।
रमेश थापा, विद्यार्थी, काठमाडौं
म अघिल्लो वर्षजाडो विदामा इन्डियन आर्मीमा कार्यरत बुबासँग देहरादुन
पुगेको थिएँ । विदा सकेर घर फर्किँदा बुबाले कान्छा बाका लागि ब्राण्डी
कोसेली पठाउनुभएको थियो । अन्य सामानसँगै उक्त एक बोतल ब्राण्डी पनि
लिएर आएको थिएँ । तर जब म नेपाल भित्रिएँ, कृष्णनगर भन्सार जाँच चौकीमा
खटिएका सुरक्षाकर्मीहरूले मसँग अनेक कुरा सोध्दै रक्सी लान मिल्दैन
भन्न थाले । मैले धेरै पटक बिन्ती गरेँ तर उनीहरूले सुनेनन् । उनीहरूको
दाउ उक्त रक्सी हात पार्न उद्दत भएको पाएपछि मैले बोतल त्यही ठाउँमा
फुटालेर आफ्नो बाटो लागेँ ।
रमेश कार्की, विद्यार्थी, काठमाडौं
२०६१ मा मोटरसाइकल पछाडि केटी साथीलाई लिएर म पुरानो बानेश्वरबाट चावहिल
जाँदै गर्दा ट्राफिकबोर्डको ख्याल नराखी राइट र्टन मोड लिन पुगेछु
। ट्राफिकको सिठ्ठी बज्यो, म रोकिएँ । ट्राफिकले मलाई बाइकबाट ओरालेर
बोर्ड हर्ेन भन्यो जतिबेला म लाजले भुत्तुकै भएँ र उसलाई भने "सरी
सर ! नो राइट र्टन रहेछ ।" त्यसपछि उसले मसँग लाइसेन्स माग्यो
। मैले धेरैचोटि अनुरोध गर्दा पनि नमानेपछि पहेँलो चिट लिएर त्यहाँबाट
हिँडेँ । र्फकँदा उसलाई जरिवाना लिनुस् लाइसेन्स दिनुस् भन्दा पहेँलो
चिट काटिसकेकोले मिल्दैन त्यसैले तपाई हाम्रो कार्यालय जानुस् भन्यो
। त्यसपछि म राजस्व तिर्न ट्राफिक कार्यालय पुग्दा त्यहाँ दर्ुइजना
कर्मचारीहरू चिया खाइरहेका थिए । मैले मेरो कुरा राखेँ । उनीहरूले
मसँग रु.२ सय मागे । मैले रसिद काट्न जाउँ भन्न मात्र के भ्याएको थिएँ
एक जनाले रु.५ सय लाग्छ भने । मैले भने "जे जे गर्नुपर्छ गर्नुस्,
म रु.२ सय दिन्छु तर लाइसेन्स अहिले नै पाउनर्ुपर्छ ।" ट्राफिकले
हाँस्दै मसँग भएको पहेँलो चिट मागेर त्यसको पछाडि "हाम्रो कुरा
मिल्यो, उहाँलाई लाइसेन्स दिनुहोला" भनेर लेखिदियो । मैले अझ
अनुरोध गरी रु.१५० मात्र दिएर त्यहाँबाट निक्लेँ ।
कृष्ण न्यौपाने, यातायात व्यवसायी, हुँगा-९,
गुल्मी, हालः काठमाडौँ
मेरो गाडीको जाँचपास गराउँदा यातायात विभागमा मुख फोरेरै घूस त मागेनन्;
अप्रत्यक्ष रूपमा चाहना प्रकट गरेको भने बुझन सकिन्थ्यो । एक दिन गाडीको
र्साईड लाईट बलेन भनेर अत्तो थापे । मैले उनीहरूलाई पैसा दिनुभन्दा
१५ सय रुपैयाँको लाईट नै किनेर फेरिदिएँ । अर्को दिन फेरि 'ठोक्किएर
गाडीको रंग खुइलेको छ' भने त्यो पनि दुरुस्त बनाएँ । उनीहरूले जेजे
भने मैले सबै बनाइदिएँ, तर एक रुपैयाँ पनि घूस दिइनँ । जाँचपास गराउन
चार दिन लाग्यो । तर, एक हजार रुपैयाँ दिने हो भने गाडी नलगेरै जाँचपास
गरिदिँदा रहेछन् । घूस नदिँदा भने अनावश्यक दुःख पाइँदोरहेछ ।
•
प्रस्तुतिः विवेकराज मौर्य
|