हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव फिचर | भ्रष्टाचार र नियन्त्रण प्रयास

सर्वसाधारणको भोगाइमा भ्रष्टाचार

हर्क तामाङ, ट्याक्सी चालक, नुवाकोट
ट्राफिक प्रहरीको नियत नै ठीक छैन । ट्राफिक नियम उल्लङ्घन कसरी कम गर्न सकिन्छ भनेर सिकाउनुको साटो नियम उल्लङ्घन गरिराखोस् भन्ने मनसाय तिनीहरूको हुन्छ । ड्युटीमा बस्दा पनि कहिले पोल पछाडि त कहिले पसल भित्र लुकेर ढुकेर बसिराखेका हुन्छन् । एकैछिन यात्रुलाई ओराल्न त केहीलाई चढाउन लाग्दा चिट काटिहाल्छन् । सफाइ दिन खोज्दा हामीसँग वादविवाद गर्छस् भनी उल्टो जाइलाग्छन् । सक्छन् भने हामीलाई मात्र किन गाडी रोक्न लगाउने यात्रुलाई पनि कारबाही गरुन् ।

चन्द्रकला र्राई, ट्याम्पो चालक, खोटाङ्ग
ट्राफिक प्रहरीलगायत प्रशासन र अन्य मानिसहरूले र्सार्वजनिक सवारी चालकलाई अति नै नराम्रो व्यवहार गर्छन् । सडकछेउ व्यवस्थित पार्किङ छैन, पार्किङ भएकै खण्डमा पनि तीन वटा भन्दा चार वटा गाडी अट्दैन । यात्रुहरूलाई पनि तिनीहरूले भनेकै ठाउँमा रोकिदिनुपर्ने हाम्रो बाध्यता छ । यस्तो स्थितिमा ट्राफिकले समात्यो भने 'बस पकेट बाहिर' वा 'नो पार्किङ' मा किन गाडी रोकिस् भनेर लाइसेन्स खोस्छन् अनि दफा १२५ अनुरुपको कारबाही भन्दै रु.१०२५ को चिट काट्छन् । लाइसेन्स लिन बग्गीखाना जादाँ कहिले पाँच लिटर तेल दे, कहिले ल भैगो रु.३०० दे भन्छन् । हामीले तिरेको धेरैजसो रकमको रसिद नै दिँदैनन् । हुनत यसबाट हामीलाई फाइदै भएको छ किनभने चिट काट्दा उल्लेख भए बमोजिम रकम रु.१०२५ दिनु परेको छैन ।

विजय अधिकारी, विद्यार्थी, काठमाडौं
दर्ुइ वर्षछि अमेरिकाबाट नेपाल आउँदा म निकै हषिर्त थिएँ । तर त्रिभुवन विमानस्थलबाट बाहिर निस्कन लाग्दा मैले ल्याएको ल्यापटपको कर तिरेको छ/छैन भनेर सुरक्षाजाँचमा खटिएका एक अधिकारीले सोधे । उनलाई म विद्यार्थी भएको र अध्ययन प्रयोजनका लागि ल्यापटप चलाइरहेको बताएँ । ल्यापटपको कर तिर्नर्ुपर्छ भन्ने मैले सुनेको छैन । तर ती अधिकारीले मलाई कानुनका अनेकौँ कुरा सुनाएर रु.२ हजार दिएको खण्डमा मात्र ल्यापटप लान मिल्छ भनेर कचकच गरे । त्यसपछि मैले उसलाई ३० अमेरिकी डलर दिनुपर्ने भयो  । फेरि बाहिर निस्कँदा ट्याक्सीलाई महाराजगञ्ज जाउँ भन्दा रु.१२ सय लाग्छ भनेपछि त कुन साइतमा आएछु कुन्नि भन्ने भयो ।

योगेश श्रेष्ठ, यातायात सञ्चालक ललितपुर
सबैभन्दा मारमा यातायात सञ्चालक व्यापारीहरू नै परेका छन् । रोड सीमित छ, यहाँ तर यति धेरै प्रकारका गाडीहरूलाई चल्ने इजाजत दिइएको छ । एउटै रुटमा बस, मिनीबस, माईक्रो बस, मिनी माईक्रो बस, ग्याँस टेम्पो र सफा टेम्पो चल्छ । यो निर्ण्र्ााकसरी गरिन्छ कसैलाई थाहा हुन्न । जुन सञ्चालकले पैसा खुवाउन सक्यो उसैले रुट परमिट पाउँछन् । फेरि गाडीको रुट परिवर्तन गर्नु पर्दा त्यतिकै झञ्झट छ । नियमानुसार रु.३७०-३८० मा काम हुनर्ुपर्ने हो तर मैले यो काम गराउन सधैँ रु.२-३ हजार तिर्ने गरेको छु । मेरा टेम्पो ड्राइभरहरूलाई ट्राफिकले धेरै दुःख दिएकाले टेम्पो चल्ने रुटका चौकीमा पैसा बुझाइ कचकच कम गराउने प्रयास गर्दैछु ।

हेमकुमार मैनाली, टेलिफोन पीडित ग्राहक, काठमाडौं
पहिले म नयाँबजारमा डेरामा बस्थेँ । गोङ्गबुमा घर बनाएर सरेँ । धेरैअघि मैले दूरसञ्चारबाट फोन लाइन लिएको थिएँ, तर घर र्सदा लाइन र्सार्न धेरै दुःख भयो । कहिले प्वाइन्ट खाली छैन, कहिले केन्द्रबाट सिफारिस ल्याउनु भन्दै महिनौँसम्म एउटा फाँटबाट अर्को फाँट झुल्यायो । यतिसम्म कि दूरसञ्चारका कर्मचारीहरूले हालको फोन बेचिदिनु र छिट्टै नेपाल टेलिकमले सीडीएमए प्रविधि भित्र्याउँदैछ, ताररहित हुनाले यसलाई सारिराख्न झञ्झट हुँदैन, त्यो लिनु भन्ने सल्लाह दिए । केही सीप नलागेपछि एक जना सुपरभाइजरलाई रु.२ हजार दिएपछि १५ दिन भित्र फोन जडान गरिदियो ।

रमेश थापा, विद्यार्थी, काठमाडौं
म अघिल्लो वर्षजाडो विदामा इन्डियन आर्मीमा कार्यरत बुबासँग देहरादुन पुगेको थिएँ । विदा सकेर घर फर्किँदा बुबाले कान्छा बाका लागि ब्राण्डी कोसेली पठाउनुभएको थियो । अन्य सामानसँगै उक्त एक बोतल ब्राण्डी पनि लिएर आएको थिएँ । तर जब म नेपाल भित्रिएँ, कृष्णनगर भन्सार जाँच चौकीमा खटिएका सुरक्षाकर्मीहरूले मसँग अनेक कुरा सोध्दै रक्सी लान मिल्दैन भन्न थाले । मैले धेरै पटक बिन्ती गरेँ तर उनीहरूले सुनेनन् । उनीहरूको दाउ उक्त रक्सी हात पार्न उद्दत भएको पाएपछि मैले बोतल त्यही ठाउँमा फुटालेर आफ्नो बाटो लागेँ ।

रमेश कार्की, विद्यार्थी, काठमाडौं
२०६१ मा मोटरसाइकल पछाडि केटी साथीलाई लिएर म पुरानो बानेश्वरबाट चावहिल जाँदै गर्दा ट्राफिकबोर्डको ख्याल नराखी राइट र्टन मोड लिन पुगेछु  । ट्राफिकको सिठ्ठी बज्यो, म रोकिएँ । ट्राफिकले मलाई बाइकबाट ओरालेर बोर्ड हर्ेन भन्यो जतिबेला म लाजले भुत्तुकै भएँ र उसलाई भने "सरी सर ! नो राइट र्टन रहेछ ।" त्यसपछि उसले मसँग लाइसेन्स माग्यो  । मैले धेरैचोटि अनुरोध गर्दा पनि नमानेपछि पहेँलो चिट लिएर त्यहाँबाट हिँडेँ । र्फकँदा उसलाई जरिवाना लिनुस् लाइसेन्स दिनुस् भन्दा पहेँलो चिट काटिसकेकोले मिल्दैन त्यसैले तपाई हाम्रो कार्यालय जानुस् भन्यो  । त्यसपछि म राजस्व तिर्न ट्राफिक कार्यालय पुग्दा त्यहाँ दर्ुइजना कर्मचारीहरू चिया खाइरहेका थिए । मैले मेरो कुरा राखेँ । उनीहरूले मसँग रु.२ सय मागे । मैले रसिद काट्न जाउँ भन्न मात्र के भ्याएको थिएँ एक जनाले रु.५ सय लाग्छ भने । मैले भने "जे जे गर्नुपर्छ गर्नुस्, म रु.२ सय दिन्छु तर लाइसेन्स अहिले नै पाउनर्ुपर्छ ।" ट्राफिकले हाँस्दै मसँग भएको पहेँलो चिट मागेर त्यसको पछाडि "हाम्रो कुरा मिल्यो, उहाँलाई लाइसेन्स दिनुहोला" भनेर लेखिदियो । मैले अझ अनुरोध गरी रु.१५० मात्र दिएर त्यहाँबाट निक्लेँ ।

कृष्ण न्यौपाने, यातायात व्यवसायी, हुँगा-९, गुल्मी, हालः काठमाडौँ
मेरो गाडीको जाँचपास गराउँदा यातायात विभागमा मुख फोरेरै घूस त मागेनन्; अप्रत्यक्ष रूपमा चाहना प्रकट गरेको भने बुझन सकिन्थ्यो । एक दिन गाडीको र्साईड लाईट बलेन भनेर अत्तो थापे । मैले उनीहरूलाई पैसा दिनुभन्दा १५ सय रुपैयाँको लाईट नै किनेर फेरिदिएँ । अर्को दिन फेरि 'ठोक्किएर गाडीको रंग खुइलेको छ' भने त्यो पनि दुरुस्त बनाएँ । उनीहरूले जेजे भने मैले सबै बनाइदिएँ, तर एक रुपैयाँ पनि घूस दिइनँ । जाँचपास गराउन चार दिन लाग्यो । तर, एक हजार रुपैयाँ दिने हो भने गाडी नलगेरै जाँचपास गरिदिँदा रहेछन् । घूस नदिँदा भने अनावश्यक दुःख पाइँदोरहेछ ।

प्रस्तुतिः विवेकराज मौर्य