| राविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
"राजालाई उल्टो रूख चढ्न सिकाएर संविधान
समाप्त पार्ने षड्यन्त्रमा डा. तुलसी गिरीलगायतका व्यत्तिहरू सत्रिय
भएका छन् ।"
-
सुर्यबहादुर थापा
अध्यक्ष राष्ट्रिय जनशक्ति पार्टी
(अन्नपूर्ण पोष्ट, १३ पुस २०६२)
"सूर्यबहादुर चरित्रहीन मान्छे हो,
जसले पञ्चायती व्यवस्थालार्इ धाँधली गरेर जितायो ऊ नै अहिले ठूलो प्रजातन्त्रवादी
भएको छ ।"
–डा. तुलसी
गिरी
उपाध्यक्ष मन्त्रिपरिषद्
(राजधानी, १४ पुस २०६२)
अङ्क र अर्थ
६० जना राज्य
र विद्रोही माओवादीबाट २०६१ माघदेखि–कात्तकि २०६२ सम्म मारिएका बालबालिकाहरूको
सङ्ख्या । यस अवधिमा १४ हजार बालबालिका अपहरण्ामा परेका थिए ।
रु.८७५ करोड
सन् २००३–२००५ मा भारतले नेपालका सरकारी–गैरसरकारी आयोजनामा खर्च
गरेको रकम ।
स्रोतः इन्सेक, भारतीय राजदूतावास
हिँड्दा-हिँड्दै
इण्टरनेशनल एजुकेशन प्रा.लि.को छात्रव ृत्तमिा
आमसञ्चार विषय पढ्न अमेरिका उड्ने तरखरमा रहेकी पूर्व नेपाल सुन्दरी
प्रीति सिटौला ६० जना बिहे चाहिँ नेपाली
केटासँगै गर्ने बताउँछिन् ।

डम्बरकृष्ण श्रेष्ठ |
टीभी एङ्कर र मिस नेपालको ग्ल्यामर
छाडेर किन अमेरिका जान लाग्नुभएको ?
ग्य्राजुएशन' गर्ने धोको पूरा गर्न र मिडिया सम्बन्धी अनुभव वृद्धि
गर्न अमेरिका जाँदैछु ।
उता जाँदा यता मान्छेले चिन्न
छोड्लान् नि ?
टेलिभिजनमा क्ष्ामता देखाउने एउटा निश्चित समय हुन्छ, त्यसपछि त्यसको
महत्व घट्छ । म पढ्न जान लागेकीले यहाँ नबिर्सलान् ।
त्यसोभए गर्नुपर्ने जति काम
गरिसकेँ भन्न खोज्नुभएको हो ?
'अन् स्त्रिन' मा हो, 'अफ् स्त्रिन' को काम सिक्न बाँकी छ । उताबाट
फर्केर आएपछि प्रोडक्सनमा लाग्ने विचार छ ।
कहिले फर्कने ?
पाँच वर्षको पढाइ सकेर ।
तर, अमेरिका गएकाहरु त धेरै
फर्केका छैनन् नि ?
मैले बिहे नै गरेकी छैन, आफ्नै देशमा बिहे गर्न फर्किहाल्छु नि !
बिहे गर्न नेपालै फर्कनुपर्छ
र ?
बिहे नेपालमा बसेको नेपाली केटासँगै गर्छु । परिवारको चाहना पनि यही
नै छ ।
मिस नेपाल बनेपछि देश र समाजका
निम्ति केही गर्ने तपाइँको घोष्णा कहाँ पुग्यो ?
डब्ल्युडब्ल्युएफ् र क्यान्सर पीडितहरुका लागि केही सामाजिक कार्य
गरेँ तर अझ् धेरै गर्न बाँकी छ, जुन अमेरिकाबाट फर्केपछि गर्नेछु ।
|