जनता
सुरिलो पुनरागमन

डम्बरकृष्ण श्रेष्ठ |
झयाम्मै चौतारी
माया लाऊँ भने छैन दौँतरी...,
उठी खर काटौँ, बसी खर काटौँ...
यस्ता गीतमार्फ् नेपाली लोकगायनमा छाएकी कविता
आले -(५०) अर्ढाई दशकपछि फेरि जर्ुर्मुराइन्- कतिले
बिर्सिसकेका उही बोल 'उठी खर काटौंँ...' शर्ीष्ाकको लोक दोहोरी अल्बममा
डा. पाइलट ब्याण्डका छोरा क्रान्तिका साथ, उस्तै सुरिलो स्वरमा ।
२०३२ सालतिर आफूले भान्सामा गुन्गुनाएको गीतलाई श्रीमान्ले
सुटुक्क रर्ेकर्ड गरेर रेडियो नेपालका साथीहरूलाई सुनाएपछि एकाएक गायिका
बन्न पुगेकी कविताको स्वरमा राष्ट्रिय, लोक, भजन र आधुनिक गरी तीन
सय गीत रर्ेकर्ड भइसकेका थिए । तर, पछि लामो समयसम्म उनका नयाँ गीत
सुनिएनन् । चलचित्र, टेलिशृङ्खलाहरूमा यदाकदा प्रस्तुत भएर मात्र कलायात्रामा
उपस्थिति जनाइरहेकी देखिन्थ्ियो ।
०५६ मा श्रीमान् जेबी आलेको आकस्मिक निधनपछि हिकोला
प्रालिको व्यवस्थापकीय जिम्मेवारीसँगै छोराको गायकीलाई हौसला दिँदै
आएकी कविताले बीचको समयमा पनि गाउन नचाहेकी होइनन् । "राम्रा
गीत गाउने चाहना हुँदाहुँदै मैले लामो समय सङ्गीतलाई साथै लैजान सकिनँ,
तर गाँसबासको जोहो गर्ने व्यस्त समयमा पनि एउटा राम्रो गायकलाई हर्ुकाएछु
भनेर चित्त बुझाउँछु", यस्तै स्पष्टीकरण दिन रुचाउने उनी पप गायकले
लोक र दोहोरी पनि गाउन सक्छ र गाउनु पर्छ भनेर छोरालाई दोहोरी गायनमा
उतारेको बताउँछिन् । दोहोरी जत्तिकै श्रुतिमधुर बनेको छ कविताको पुनरागमन
र आमाछोराको सहयात्रा ।
बलराम आवारा
चापागाउँ-६, ललितपुर
ज्ञानगुनको नशा
अनुसन्धाता नयराज
पन्तमाथि उनले कति लेखाए, गन्न गाह्रो छ । पन्तमाथिका पुस्तकमात्रै
पाँच वटा निकालिसकेका छन् । जनकलाल शर्मा, वासुदेव लुइँटेलर्,र् इश्वर
बराल, मदनमणि दीक्षित, ज्ञानमणि नेपालजस्ता मर्ूधन्य व्यक्तित्वहरूमाथि
ठेलीका ठेली पुस्तक र विशेषाङ्कहरू निकाल्दै अन्वेषकहरूलाई खुराक जुटाइदिने
शेषराज सिवाकोटीको
एकल अभियान साँच्चिकै उदाहरणीय छ ।
सिवाकोटीले दर्ुइ दशकअघि नै 'ज्ञानगुनका कुरा' मार्फ्
सङ्कलन, सम्पादनर्-कर्म शुरु गरेका हुन् । त्यसका व्यक्ति-विशेषाङ्कहरू
राम्रै रुचाइएपछि उनी हौसिँदै गए । पुस्तकाकार विशेषाङ्कहरू थपिँदै
गए । न्यायसेवाको जागिरले जता डोर्याए पनि अनुसन्धान, संयोजन र प्रकाशनर्-कर्म
छोडेनन् । प्रमाण हुन्, उनले सम्पादन गरेका साहित्य-अनुसन्धानका करीब
डेढ दर्जन र न्याय-कानूनसम्बन्धी तीन दर्जनभन्दा बढी कृति । हाल पुनरावेदन
अदालत, राजविराजका रजिष्ट्रार सिवाकोटी बिहान-बेलुकीको समय सम्पादन/संयोजनमै
बिताउँछन् ।
आफ्ना कृति हुलाक, कुरिअरबाट जिज्ञासु पाठकसम्म पुर्याउनु
उनको नयाँ वृत्ति बनेको छ । "नशा लागिसक्यो, अब छोड्न सकिन्न",
जागिरे कमाइको उल्लेख्य अंश यस्तै काममा लगाइरहेका सिवाकोटी यो कामबाट
अतुलनीय सन्तुष्टि मिल्छ भन्छन् । त्यस्तै सन्तुष्टिका निम्ति उनले
निजी पहलमै नयराज पन्त शोधसम्मान पुरस्कार समेत स्थापना गरेका छन्
। र, सँगसँगै निकालिरहेका छन्- 'ज्ञानगुनका कुरा', 'न्याय', 'विज्ञानका
कुरा' का शृङ्खलाहरू । न कुनै प्रकाशन गृह, न कुनै निर्दिष्ट ठाउँ
। जहाँ पुग्यो त्यहीँबाट लेखकलाई घच्घच्याउने शेषराजको खटाइ र अठोटले
देखाउँछन्- एक्लै पनि धेरै गर्न सकिँदोरहेछ ।
|