हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सूचनाप्रविधि

कम्प्युटरमा नेपालीपन

'चोरी'को सफ्टवेयरमार्फ् कम्प्युटर चलाइरहेका नेपाली प्रयोगकर्ताले अब खुला स्रोतबाट पाइने भरपर्दो सफ्टवेयरको विकल्प भेटेका छन् । त्यस्तै एक सफ्टवेयर नेपालीनक्स त अङ्ग्रेजी जान्दै नजान्नेका लागि समेत वरदान बन्न पुगेको छ ।

विवेकराज मौर्य


लिनक्सको अन्तराष्ट्रिय मस्कट, पेन्गुइन चरा (टक्स) ।

कम्प्युटर र मानिसबीचको खाडलका दर्ुइ प्रमुख कारणहरू हुन्- कम्प्युटरको मूल्य र यसमा प्रयोग हुने भाषा । केही समययता अन्तर्रर्ााट्रय बजारमै धेरै सस्तो भइसकेको छ कम्प्युटर र यसको मूल्य घट्ने क्रम जारी छ । चार-पाँच वर्षघि नेपाली बजारमा रु.५० देखि ६० हजारसम्म पर्ने कामचलाउ 'एसेम्बल्ड' कम्प्युटर अहिले रु.२० हजारमै पाइन्छ । यति हुँदाहुँदै पनि यो यन्त्र अङ्ग्रेजी नजान्नेहरूको नजिक पुग्न सकेको छैन । गएको महिना ट्युनिसियामा सम्पन्न सूचनाप्रविधि सम्मेलनमा अमेरिकी गैरसरकारी संस्था 'वन ल्यापटप पर चाइल्ड' का अध्यक्ष निकोलस न्रि्रेपेन्टेले सय अमेरिकी डलर -नेरु ७ हजार) मा ल्यापटप बनाउने अभियान शुरु गरिसकेका छन् । यसरी दिनप्रतिदिन सुलभ हुँदै गएको कम्प्युटर अङ्ग्रेजी जान्दै नजान्नेहरूका लागि कति सरल छ - अहिले यससम्बन्धी व्यापक बहस भइरहेको छ ।

कम्प्युटर र त्यसमा चल्ने सफ्टवेयरहरू अङ्ग्रेजी जति अन्य कुनै भाषामा बनेका छैनन् । विश्वका धेरैजसो मुलुकमा कम्प्युटरसँग अन्तरक्रिया गर्ने भाषा नै अङ्ग्रेजी हो । सफ्टवेयर बनाउने नाफामूलक कम्पनीहरू साना मुलुकका स्थानीय भाषामा भन्दा ठूला तथा सम्पन्न राष्ट्रका भाषामा सफ्टवेयर बनाउन इच्छुक देखिन्छन् । बिक्री-वितरणबाट हुने अत्यधिक फाइदा नै त्यसको मूल कारण हो । यस्ता कम्पनीले विकास गर्ने 'प्रोप्राइटरी/व्यावसायिक' सफ्टवेयरको स्वामित्व कम्पनीमै सीमित हुने र स्रोत पनि प्रयोगकर्ताबाट लुकाइने हुँदा स्थानीय सफ्टवेयर विकासकर्ताले तिनको स्थानीयकरण गर्न सहज छैन ।

तर 'सफ्टवेयर' हरू निःशुल्क तथा तिनको स्रोत खुला हुनर्ुपर्छ भन्ने मान्यता राख्दै आएका विकासकर्ताका कारण विकासोन्मुख मुलुकहरूलाई स्थानीयकरणको आन्दोलन चलाउन सजिलो भएको छ । सन् १९६० को दशकमा स्ट्यान्डफोर्ड, बर्कले, एमआईटी जस्ता प्रसिद्ध विश्वविद्यालयबाट शुरु भएको खुला स्रोत सफ्टवेयरको आन्दोलनलाई अहिले विश्वभर अङ्गीकार गर्न थालिएको छ । त्यसअनुरुप चीन, भारत, दक्षिणकोरिया, ब्राजिल, थाइल्याण्ड लगायतका राष्ट्र सँगसँगै नेपाल पनि खुल्ला स्रोतमा आधारित सफ्टवेयरको स्थानीयकरण आन्दोलनमा सहभागी हुन पुगेको छ । एक महिनाको अन्तरालमा नेपाली भाषामा स्थानीयकरण गरिएका दर्ुइ सञ्चालन प्रणाली/अपरेटिङ सिस्टम -प्रयोगकर्ताको आदेश, जडान गरिएका हार्डवेयर र अन्य सफ्टवेयरसँग समन्वय गर्ने मुख्य सफ्टवेयर) र केही सफ्टवेयरहरू र्सार्वजनिक भएका छन् ।

नेपाली भाषामा कम्प्युटर चलाउन इच्छुक नेपालीले सञ्चालन प्रणालीका दर्ुइ विकल्पमध्ये आफूलाई मन पर्ने प्रणालीको प्रयोग गर्न सक्नेछन्- व्यावसायिक विन्डोज एक्सपी वा खुल्ला स्रोतमा आधारित नेपालीनक्स -हे. बक्स) । विश्वमै र्सवाधिक प्रभावशाली माइक्रोसफ्ट कम्पनीले काठमाडौँस्थित अनलिमिटेड नुमिडियाको सहकार्यमा विन्डोज एक्सपीलाई नेपाली भाषामा स्थानीयकरण गरेको छ भने विगत ५० वर्षेखि नेपाली भाषा तथा साहित्यको क्षेत्रमा काम गरिरहेको मदन पुरस्कार पुस्तकालयले नेपाली भाषाको सञ्चालन प्रणालीसहित नेपालीनक्स नामक अर्को सफ्टवेयर विकास गरेको छ । मपुपुका केदार शर्मा भन्छन्, "नेपालीनक्स नेपालीमा छ र खुल्ला स्रोतमा आधारित सफ्टवेयर भएकाले यसलाई निर्वाध रूपले बाँड्न र प्रयोग गर्न सकिन्छ ।"

उता, कम्प्युटर किन्दा बिक्रेताले नै सित्तैमा 'चोरी'का सफ्टवेयर राखेर दिने चलन रहेकोले धेरैलाई सफ्टवेयरको वास्तविक मूल्य तिर्नर्ुपर्छ र यो धेरै महङ्गो हुन्छ भन्ने थाहा नहुन सक्छ । डब्लुटीओको बौद्धिक सम्पत्तिसम्बन्धी प्रावधान नेपालमा लागू गर्नुपरेको खण्डमा यस्ता अवैध तथा चोरीका सफ्टवेयरहरू हामीले चलाउन नपाउने स्थिति आउन सक्छ । विज्ञहरूका अनुसार, करीब ९५ प्रतिशत कम्प्युटरहरूमा चोरीकै सफ्टवेयरहरू राखिएका हुन्छन् तर सधैँ तिनको निर्वाध उपयोग गर्न पाइने ग्यारेन्टी हुँदैन । प्रचलित विन्डोज एक्सपीको वैध कपीको मूल्य नेपाली बजारमा रु.२० हजारसम्म पर्नसक्छ । यो अपरेटिङ सिस्टमको मात्र मूल्य हो । दैनिक प्रयोगका लागि आवश्यक अन्य सफ्टवेयरहरू यसमा समावेश हुँदैनन्  । 'प्रति व्यक्ति आय २३६ अमेरिकी डलर भएको नेपालमा कम्प्युटर चलाउन आवश्यक सामान्य व्यावसायिक सफ्टवेयर खरीद गर्न झण्डै अर्ढाई वर्षो कमाइ खर्चनुपर्ने हुनसक्छ," व्यावसायिक सफ्टवेयर प्रयोग गर्दा झेल्नर्ुपर्ने कठिनाई उल्लेख गर्दै बेलानेटका कार्यक्रम अधिकृत हेमपाल श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार, ती सफ्टवेयर खरीद गर्न अमेरिका र जापानका बासिन्दालाई ०.२ महिना र समग्रमा एसियालीहरूलाई ३.२ महिनाको कमाइले पुग्ने गर्छ ।

नेपालमा माइक्रोसफ्टको अङ्ग्रेजी संस्करण विन्डोज एक्सपी र अफिस एक्सपीलाई नेपालीमा रुपान्तरण गर्न सफ्टवेयरको विकास भइसकेको छ । "माइक्रोसफ्ट आफैँ नेपाल आएको होइन । हाम्रो निरन्तर प्रयासले यहाँ ल्याइएको हो, अनलिमिटेडका एलेन तुलाधर भन्छन्, "विन्डोज एक्सपीलाई विश्वका ३८ भाषामा स्थानीयकरण गरिएको छ । नेपाली तीमध्ये एक हो ।" हाललाई यो सफ्टवेयरको मूल्य रु.२५० तोकिएको छ तर त्यसलाई सञ्चालन गर्न कम्प्युटरमा पहिलेदेखि नै विन्डोज एक्सपी र अफिस एक्सपी जडान गरिएको हुनर्ुपर्छ ।

नेपालमा सफ्टवेयर लाइसेन्ससम्बन्धी पर्याप्त बहस नभइसकेको अवस्थामा प्रयोगकर्ताले निर्धक्क चोरीकै सफ्टवेयर चलाउन पाउने स्थिति छ तर सधैँका लागि यो स्थिति नरहन सक्छ । भोलिका दिनमा कम्प्युटर जति नै सस्तो भएपनि नेपालले व्यावसायिक सफ्टवेयरको भार थेग्न नसक्ने पक्का छ । त्यो स्थितिमा सरकार तथा नागरिक समाजले खुल्ला स्रोतमा आधारित 'नेपालीनक्स' जस्तो सफ्टवेयरको पर््रबर्द्धनमा नलागी सुखै छैन ।


के हो नेपालीनक्स ?

नेपालीनक्स -नेपाली लिनक्स) खुला स्रोत डेवियन लिनक्समा आधारित, नेपाली भाषामा स्थानीयकरण गरिएको एक सञ्चालन प्रणाली हो । स्रोत खुला भएकाले यसको मूल्य प्रायः नगण्य हुन्छ भने यसलाई पुनः वितरण गर्ने, कार्यक्रममा सुधार गर्ने र संशोधित कुरालाई र्सार्वजनिक गर्ने कामलाई अवैध मानिँदैन । कारण, व्यावसायिक सफ्टवेयरलाई 'कपीराइट' इजाजतपत्र अनुरुप र्सार्वजनिक गरिएको हुन्छ भने खुला स्रोतको सफ्टवेयरलाई त्यसको आवश्यकता पर्दैन ।

नेपालीनक्स साधारण कम्प्युटर प्रयोगकर्तालाई लक्षित गरी विकास गरिएको हो । हाल प्रचलनमा रहेका विन्डोजलगायतका अन्य व्यावसायिक सफ्टवेयरको विकल्पका रूपमा प्रयोग गर्न सकिने नेपालीनक्समा साधारण प्रयोगकर्तालाई चाहिने वर्ड प्रोसेसर, प्रेजेन्टेशन टुल, स्पेडसिट, वेब ब्राउजर, इमेल क्लाइन्ट, गेम्स जस्ता सबै प्रकारका सफ्टवेयर एउटै सीडीमा राखिएको छ । नेपालीनक्सका विकासकर्ता सुवीर प्रधानाङ्ग भन्छन्, "यो खुला स्रोतमा आधारित हुनाले यसले सबै किसिमका फाइलहरू सजिलै पढ्न सक्छ । नेपाली भाषामा कम्प्युटर चलाउनेले नेपालीमा र अङ्ग्रेजीमा सञ्चालन गर्नेले अङ्ग्रेजीमै यसलाई चलाउन सक्छन् । सफ्टवेयर विकासकर्ता र आईटीका विद्यार्थीहरूले उपलव्ध सफ्टवेयरमै आफूले चाहेअनुसार परिवर्तन गर्न सक्छन् र विकासक्रमलाई थप टेवा दिन सक्छन् ।