हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

नगरकोट जनसंहार


बायाँबाट क्रमशः वासुदेवका दाजु, बाबु र आफन्त ।

सरकार र सेनाले गठन गरेका छुट्टाछुट्टै छानबिन समितिको अहिलेसम्मको अध्ययन, अनुसन्धानले नगरकोट हत्याकाण्डमा 'वासुदेव थापाले गोली चलाएर नरसंहार मच्चाएको' र 'आफूले पनि आत्महत्या गरेको' भन्नेबाहेक कुनै नयाँ तथ्य बाहिर ल्याउने सम्भावना देखिँदैन । भक्तपुरको नगरकोट गाविस, चिहानडाँडाको धार्मिक मेलामा २९ मङ्सिरको मध्यरात २० वषर्ीय सिपाही वासुदेव थापाले चलाएको भनिएको बन्दूकको गोलीले ११ निहत्था र्सवसाधारणको ज्यान गएको र १९ जना घाइते भएका थिए । वासुदेव नगरकोटस्थित शाही नेपाली सैनिक शिक्षालय ब्यारेकमा कार्यरत थिए ।

केही दिन देशव्यापी नारा-जुलुस र राजधानीमा तनाव उत्पन्न गरेको यो घटनाबारे छानबिन गर्न सरकार र शाही नेपाली सेनाले दर्ुइ छुट्टाछुट्टै छानबिन समिति बनाएका छन् । सर्वोच्च अदालतका पर्ूव न्यायाधीश टोपबहादुर सिंहको अध्यक्षतामा पर्ूव महान्यायाधिवक्ता प्रेमबहादुर विष्ट र नायव महान्यायाधिवक्ता द्रोणराज रेग्मी सदस्य रहेको जाँचबुझ आयोगले १७ पुसमा प्रतिवेदन बुझाउनु पर्नेछ भने सहायकरथी नेत्रबहादुर थापा संयोजक, महासेनानीद्वय निरेन्द्रप्रसाद अर्याल र हेम खत्री, प्रमुख सेनानी ध्रुवकुमार शाह र सेनानी प्रेमबहादुर थापा सदस्य रहेको सेनाको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

शाही नेपाली सेनाको प्राड विभागका प्रमुख, सहायक रथी बीएकुमार शर्मा 'समितिले ६ पुसमा बुझाएको प्रतिवेदन अध्ययन गरेर मुख्यालयमा बुझाएपछि छिट्टै र्सार्वजनिक गरिने' बताउँछन् । घटनास्थलमा सैनिकको पर्ूण्ा नियन्त्रण, अनुसन्धान प्रक्रियामा उसको अत्यधिक चासो र सहभागिता अनि विगतमा गल्ती लुकाउन खोजेका उदाहरणहरूले गर्दा सेनाको छानबिन प्रतिवेदनप्रति र्सवसाधारणले विश्वास गर्न गाह्रो छ ।

नगरकोटको शाही नेपाली सैनिक शिक्षालयमा सहायक सेनानी -सेकेण्ड लेफ्टिनेन्ट) र उपसेनानी -लेफ्टिनेन्ट) लाई युवा अधिकृतको तालिम दिइन्छ र सहसेनानी -क्याप्टेन) लाई कम्पनी कमाण्डर र स्टाफ कोर्षपढाइन्छ  । सूत्रका अनुसार, सैनिक प्रतिवेदनले घटनाको मुख्य जिम्मेवार वासुदेवलाई ठहर्‍याए पनि शिक्षालयका उच्चअधिकृत र जवानसम्मलाई कारबाही गर्ने आधार पनि प्रस्तुत गरेको छ । शिक्षालय प्रमुखको रूपमा रहेका शिक्षा अधिकृत महासेनानी -कर्र्णोल) हरिबहादुर बस्नेतमाथि पनि कारबाही हुने सम्भावना छ । एक सैनिक अधिकृत भन्छन्, "नेतृत्वले आफ्नो टिमले राम्रो गर्दा जस पाएझैँ नराम्रो कामको जिम्मेवारी पनि लिनर्ुपर्छ । त्यसैले अनुशासन लागु गर्न पनि केही न केही कारबाही होला जस्तो छ ।"

सरकारद्वारा गठित जाँचबुझ आयोगले शिक्षालयको लापरवाहीलाई कसरी लिन्छ भन्नेमा पनि उनीमाथिको कारबाही निर्भर हुने अर्का सैनिक अधिकृत बताउँछन् । उनी भन्छन्, "युवराजको गाडीमाथि ढुङ्गामुढा भएको बानेश्वर घटनामा दोषी देखाइएका प्रहरी अधिकृतलाई कारबाही नभएको अवस्थामा यस प्रकरणमा पनि केही भन्न सकिने अवस्था छैन ।" शिक्षालयको ढोकालगायत विभिन्न पोष्टमा ड्युटीमा रहेकालाई गिरफ्तार गरिएको छ । सहायक रथी बीएकुमार शर्मा भन्छन्, "कुनै घटनापछि अनुसन्धानको निम्ति सम्बन्धितहरूलाई नियन्त्रणमा लिनु हाम्रो तरिका नै हो ।"

घटनाको जरो
धनकुटामा प्रारम्भिक तालिम सकेर साढे दर्ुइ वर्षघि शिक्षालयमा खटाइएका वासुदेवको बारा जिल्लास्थित नयाँ रणभीम गुल्ममा सरुवा भएको थियो । भोलिपल्ट शिक्षालय छोड्ने तरखरमा रहेका उनले काठमाडौँमा अध्ययनरत माहिला दाजु भीमराजलाई फोन गरेर 'भोलि आउँछु' भनेका थिए । त्यसदिन साँझ वासुदेव नजिकै चलिरहेको मेलामा गए । त्यहाँ आएका युवतिलाई जिस्क्याएपछि स्थानीयबासीसँग मनमुटाव भयो र विवाद चर्किएर कुटपिट हुन थाल्यो । त्यस क्रममा वासुदेवले चक्कु प्रहार गरेको बताइएको छ । जाँचबुझ आयोगका अध्यक्ष टोपबहादुर सिंहका अनुसार, चक्कु खोसेका एक स्थानीय युवाको हात अलिकति काटिए पनि चक्कु प्रहारबाट अरू कोही घाइते भएनन् । पोष्टमार्टम रिपोर्टमा वासुदेवको शरीरमा दर्जनाँै सामान्य चोटहरू देखिएकाले उनले निकै कुटाइ खाएको अनुमान गरिएको छ ।
त्यहाँबाट भागेका वासुदेव करीब आधा घण्टापछि बन्दूक लिएर फर्किए । मध्यरातमा कहाँबाट, कसरी उनले हतियार ल्याए - सेनालाई विवादमा तानेको सबैभन्दा गम्भीर प्रश्न यही हो । सूत्रका अनुसार, त्यो हतियार उसको आफ्नो नभई साथीको थियो । त्यो साथीलाई पनि अहिले नियन्त्रणमा लिइएको छ ।

रक्सीको झोँकमा गोली चलाएको भन्दै वासुदेवको स्वभावबारे गरिएका सनकी, पागलजस्ता टिप्पणीले परिवारलाई मर्माहत बनाएको छ । घरमा कसैले पनि मादक पदार्थ सेवन नगर्ने भएकोले उनले रक्सी खाएर त्यसो गरे भन्ने पत्याउन परिवारका सदस्यहरू तयार छैनन् । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट भने उनको रगतमा 'अल्कोहल' देखिएको भक्तपुर प्रहरी सूत्रबाट थाहा भएको छ । घटनास्थल वरपरका बासिन्दाहरूलाई उद्धृत गर्दै जाँचबुझ आयोगका अध्यक्ष टोपबहादुर सिंह भन्छन्, "लत बसेको मान्छे त होइन रहेछ । स्थानीय बासिन्दाले त्यसदिन उसले मादक पदार्थ खाएको बताएका छन् ।" तर वासुदेवको चिनजानका केशव पोखरेल "वासुदेवका बारेमा नकारात्मक पक्षलाई बढाइचढाइ गरिएको" बताउँछन्  । वासुदेवका माहिला दाजु भीमराजको भनाइ पनि यस्तै छ, "भाइ बिरामी भएर कहिल्यै अस्पताल भर्ना भएन । मरिसकेपछि त जे भनिदिए पनि भैगो । युवराज दीपेन्द्रझैँ दोष जति उसकै थाप्लोमा हालिदिए ।"

वासुदेवको परिवारलाई सेनाको व्यवहारले अझ पीडा थपेको छ । लास लिन दिनदिनै जसो सैनिक अस्पताल र मुख्यालय धाएका परिवारका मान्छेलाई १२ गते मात्र उनको लाश दिइयो । वासुदेवको फुपूका छोरा रामहरि अधिकारी गुनासो गर्छन्, "तपाईँको मान्छेले यस्तो गर्‍यो भन्नेसम्मको औपचारिक खबर गरेन सेनाले । योभन्दा दुःखद् कुरा के हुनसक्छ !"


तस्बिर सौजन्यः कपिल खनाल
सिपाही वासुदेव थापा

आत्महत्या कि हत्या ?
घटनामा सिपाही वासुदेव थापाले सेल्फ लोडिङ राइफल -एसएलआर) प्रयोग गरेको बताइएको छ । नेपालका सुरक्षाकर्मीहरूले भारत र बेल्जियममा बनेका एसएलआर प्रयोग गरिरहेका छन् । बेल्जियममा बनेको राइफलको कुन्दा -बट) कालो र भारतीयको रातो हुन्छ । रंग फरक भएपनि दुवै देशको एसएलआरको लम्बाई तीनथरी छ- सबैभन्दा लामो ४५.३५ इन्च -१.१५१ मिटर), मझौला ४४.८४ -१.१३९ मिटर) र सानो ४४.३५ इन्च -१.१२६ मिटर) ।

कतिपय विज्ञहरू एकमिटर भन्दा लामो राइफलले आफ्नो छातीमा हान्न नमिल्ने तर्क गर्दै वासुदेवको हत्या अरू कसैले गरेको जिकिर गरेका छन् । तर, त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले भक्तपुर प्रहरीलाई दिएको पोष्टमार्टम रिपोर्टमा 'आत्महत्या गर्न नसक्ने आधार नभएको' भनेर उनले आत्महत्या गरेको हुनसक्ने आधार दिएको छ ।

प्रहरीले जाँच गर्नका लागि चिकित्सकहरूलाई दिएको वासुदेवले प्रयोग गरेको भनिएको राइफल सबैभन्दा लामो थियो । करीब चार किलोग्राम तौलको उक्त बन्दुकको टि्रगर -घोडा) देखि ब्यारियर -नाल) सम्मको लम्बाई ३० इन्च छ । बन्दुकको नाल छातीमा राख्दा ६ फिट अग्लो वासुदेवको हात टि्रगरसम्म सजिलै पुग्ने अवस्था रहेको पोष्टमार्टम रिपोर्टमा औँल्याइएको छ । वासुदेवको दाहिने हात चल्ने भएकोले उक्त सम्भावना अस्वाभाविक लाग्दैन  । पोष्टमार्टम रिपोर्टमा गोलीले छातीमा पारेको प्वालको प्रकृतिको आधारमा 'बन्दुकको नाल छातीमै टाँसेर गोली हानिएको' भन्ने पनि उल्लेख छ । अरू कसैले सीधा अगाडिबाट हानेको गोली तलतिरबाट निस्किने सम्भावना नहुने र यो केसमा गोली बीच छातीमा लागेर मुटु क्षतविक्षत पार्दै अलि तल बायाँ कोखाबाट निस्केको हुनाले चिकित्सहरूलाई यस्तो राय दिन सजिलो भएको हो  । पोष्टमार्टम शिक्षण अस्पतालका चिकित्सकहरू हरिहर वस्ती, प्रमोद श्रेष्ठ र तुलसी कँडेलले गरेका थिए ।

विज्ञहरूको विचारमा छातीमा लागेको गोली तल कोखाबाट निस्किनको निम्ति अरू कसैले या त अग्लो ठाउँबाट, या भर्ुइंमा लडेको अवस्थामा छड्के गरी हानेको हुनर्ुपर्दछ । जाँचबुझ आयोगका अध्यक्ष सिंह गोली चलाउँदा-चलाउँदै वासुदेव लडेको देख्नेहरू भेटिएका, तर ऊबाहेक अरूले गोली चलाएको देखेको भन्ने अहिलेसम्म कोही नभेटिएका बताउँछन्  ।

परिवारका सदस्यहरू भने वासुदेवले आत्महत्या गरेको विश्वास गर्दैनन् । "साथीहरूको लहलहैमा लाग्ने खालको हो । अरूलाई त मार्‍यो पो कि ! तर आफूलाई मारेको त म पत्याउँदिनँ", बाबु कृष्णबहादुर थापा भन्छन् । जाँचबुझ प्रतिवेदनहरूले नगरकोट जनसंहारमा वासुदेवले आत्महत्या गरेको निष्कर्षर्सार्वजनिक गर्ने सम्भावना रहे पनि उक्त कुरा युवराज दीपेन्द्रलाई दरबार हत्याकाण्डको दोषी ठहर्‍याइँदा र्सवसाधारणले नपत्याएझैँ शङ्काको घेरामा रहिरहन सक्छ ।

शरद के.सी.


मुक्त कमैयालाई सरकार-माओवादी उस्तै


छेदिया फाँटाको जग्गामा बसेको मुक्त कमैया शिविर ।

व्यवस्थित बसोबासको नभएसम्म र्सार्वजनिक जग्गा कब्जा गर्ने मुक्त कमैया समाजको आहृवानअनुसार गएको भदौदेखि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका मुक्त कमैयाहरूले करीब सात सय विगाहा जग्गा कब्जा गरेका छन् । सरकार र माओवादी दुवैथरी उनीहरूलाई ती ठाउँबाट हटाउने काममा लागेका छन् ।

कात्तिकको पहिलो साता बर्दियाको राजापुर क्षेत्रका ११ गाविसका दर्ता छुट भएका, परिचयपत्र -कार्ड) र लालपर्ुजा पाएर पनि जग्गा नपाएका, ज्यादै कम जग्गा पाएका र पाएको जग्गा पनि विवादास्पद वा बगरको भएकोले खनजोत गर्न नपाएका मुक्त कमैयाहरू स्थानीय छेदिया फाँटाको करीब २५ विगाहा जग्गा कब्जा गरी छाप्रो बनाएर बसेका थिए । राजापुर बजारलगायतका ठाउँमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका उनीहरू आफू सरकार र माओवादी दुवैको मारमा परेको बताउँछन् । शिविरका सचिव खुसीराम थारू भन्छन्, "सरकार पनि यो हाम्रो वन हो, तिमीहरू यहाँबाट उठ भनिरहेको छ । माओवादीले पनि जिम्दारको जग्गामा गएर बस, यहाँ बस्न पाउँदैनौँ भनिरहेका छन् । हाम्रो भने यहीँ पनि बेहाल छ । सबैले काम पाएका छैनन् । कतैबाट सहयोग पनि भएको छैन ।"

राजापुरको संयुक्त सुरक्षा बेसक्याम्पबाट ८ कात्तिकमा आएका सुरक्षाकर्मीले फाँटाबाट मुक्त कमैया समाजका केन्द्रीय सदस्य कृष्णी चौधरीसहित ४० जनालाई गिरफ्तार गरी दिनभरि राखेर रिहा गरेका थिए । कृष्णी भन्छिन्, "शुरुमा हाम्रा तीन-चार जना साथीलाई पिटेे  । त्यसपछि हामीलाई गिरफ्तार गरेर क्याम्पमा लगे र पूरै वस्ती उठेर आएपछि मात्रै छाडे । अहिले पनि गस्तीमा आएका सैनिकहरू बेलाबेलामा तिमीहरूले वस्ती छोड्नु पर्छ भनिरहन्छन् ।" त्यसैगरी १८ कात्तिकमा आएका माओवादीका स्थानीय नेता गौरवले उनीहरूलाई 'यो वन हो, तिमीहरू यहाँबाट छिटो उठेर जानर्ुपर्छ' भनेका थिए । आफू जग्गा कब्जा गर्ने नभई सरकारलाई दबाब दिने उद्देश्यले जङ्गलमा बसेको र सरकारले बसोबासको व्यवस्था गरेपछि छोड्न तयार रहेको बताउँदै मुक्त कमैया समाजको बर्दिया जिल्ला उपाध्यक्ष समेत रहेकी चौधरी भन्छिन्, "हामी यो ठाउँमा जङ्गल मास्न आएका होइनौँ । भोलिका दिनमा हामीलाई पनि वन चाहिन्छ, त्यसैले जोगाउँछौँ  ।"


शिविरमा गठन भएको महिला वकालत समूह ।

वस्तीका मुक्त कमैयाहरूले आफूलाई व्यवस्थित बसोबास गराउन जिल्ला वन कार्यालय र राजापुर सुरक्षा बेसक्याम्पमा पत्राचार पनि गरे, तर दुवैतिरबाट 'अविलम्ब वस्ती छोड्नुपर्ने' आदेश सहितको पत्र आएको छ । उनीहरूलाई शुरुमा स्थानीय जनतामार्फ् उठाउन पहल गर्ने, नभए बल प्रयोग गरेर भए पनि हटाउने स्पष्ट गर्दै जिल्ला वन अधिकृत राजेन्द्र काफ्लेले जिल्ला प्रशासन मार्फ् सुरक्षा फौजसँग वस्ती उठाउन सहयोग मागेको जानकारी दिएका छन् । उनी भन्छन्, "हामी जिविससँग मिलेर छेदिया फाँटाका मुक्त कमैयाहरूको लगत लिई वास्तविक कमैयाहरूलाई पर्ति जग्गामा बसाउने तयारी पनि गरिरहेका छौँ ।"

छेदियाबाहेक बर्दियाको बगनाहा-१, शाहीपुरका तीन ठाउँमा पनि मुक्त कमैयाका ७० वटा छाप्रा बनेका र वन कार्यालयले वस्ती उठाउन पत्र बुझाएको छ । त्यस्तै, दौलतपुरको प्रेमनगरमा ६० परिवार मुक्त कमैयाले जग्गा कब्जा गरेका छन्, जसमध्ये दौलतपुरको मनटपरी, भदालीपुर, चदौरा र खैरहनी गाउँका १५ परिवार परिचयपत्र प्राप्त र अन्य छुट कमैया रहेका वस्ती समितिका सचिव नामवली थारू बताउँछन् । डेढ विगाहा क्षेत्रफल रहेको सो वस्तीमा उनीहरूसँगै सोनाहा जातिका १० भूमिहीन परिवार पनि घुसेका छन् ।

शङ्कर खनाल, बर्दिया


अझै धेरै वञ्चित

मुक्तिको घोषणा लगत्तै २०५७ सालमै पाँच कठ्ठा जग्गाको लालपर्ुजा पाएका भिम्मापुर गाविस, शङ्करपुरका कल्थु थारूलाई स्थानीय एक व्यक्तिले वर्षौँदेखि उपयोग गर्दै आएको ऐलानी जग्गा छुट्याइएकोले उनले त्यसको उपयोग गर्न पाएका छैनन् । शङ्करपुरकै विक्रम चौधरी, राधेश्याम चौधरी, जीवलाल थारू र तुलारामलाई पनि विवादमा परेको जग्गा छुट्याइएको छ ।

२०५७ सालमै रातो परिचयपत्र पाएका मानपुरटपरा, पुरैनाका चिल्लु थारूले अहिलेसम्म कतै जग्गा पाएका छैनन् । १६ वर्षो उमेरदेखि कमैया बसेका भिम्मापुर, भालुफाँटाका ७० वषर्ीय असर्फीलाल चौधरीले अहिलेसम्म न परिचयपत्र पाएका छन् न कुनै सरकारी सुविधा ।

राजापुरका कल्थु, चिल्लु र असर्फीलाल, बस्ने र गरेर खाने ठाउँ नपाएका मुक्त कमैयाहरूका केही प्रतिनिधि मात्र हुन् । बाँके, बर्दिया, कैलाली, दाङ्ग र कञ्चनपुरका ३० हजार मुक्त कमैयामध्ये १२ हजारले केही सुविधा पाएका छन् भने १८ हजार त्यसबाट बञ्चित छन् । तीमध्ये पनि तीन हजार अझै छुट कमैया नै छन् भने १० हजारले परिचयपत्र र चार हजारले लालपर्ुजा पाएर पनि जग्ग्ाा पाएका छैनन् । सुविधा पाउनेहरूमध्ये पनि पाँच हजारभन्दा बढी घरपरिवारलाई जग्गा अपुग छ ।


देउवा जेलबाटै सभापति हुने


मीन बज्राचार्य
२० जेठ २०६१ मा प्रम मनोनीत भएपछि दरबारको पश्चिम ढोकामा देउवा ।

नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) यतिखेर पार्टर्ीीहाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । २१-२३ पुस २०६२ मा काठमाडौँमा हुने पार्टर्ीीे '११ औँ महाधिवेशन' का निम्ति ११ पुससम्म ६७ वटा जिल्ला अधिवेशन भइसकेको पार्टर्ीी बताएको छ ।

केही जिल्लामा सक्रिय सदस्यता वितरणबारे विवाद भएको छ भने केही गाउँ र क्षेत्रीय अधिवेशनहरू हुनसकेका छैनन् । सिन्धुपाल्चोकका कार्यकर्ताले सक्रिय सदस्यता वितरणलाई लिएर केन्द्रीय कार्यालयमै कुटाकुटसम्म गरेका थिए । आठ जना जिल्ला सभापतिले पार्टर्ीीाडेका वक्तव्य आएको लगत्तै १९ माघको शाही कदमलाई स्वागत गर्ने मणि लामा र हरिशङ्कर परियार पछिल्लो मन्त्रिमण्डल पर्ुनर्गठनमा परेका छन् ।

पछिल्लो समय 'शाही काङ्ग्रेस' भनिने गरेका पार्टर्ीीभापति शेरबहादुर देउवालाई राजाबाट गठित भ्रष्टाचार नियन्त्रण शाही आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोग लगाएर प्रकाशमान सिंहसँगै थुनामा राखेको छ । प्रजातान्त्रिक काङ्ग्रेसका अधिकांश कार्यकर्ताहरू थुनामा रहेका देउवालाई नै पुनः पार्टर्ीीभापति बनाउने पक्षमा देखिन्छन्  । केन्द्रीय सदस्य होमनाथ दाहाल भन्छन्, "अहिले देउवालाई सभापतिबाट विस्थापित गर्नु भनेको पार्टर्ीीे अस्तित्व समाप्त गर्नु हो । जेलमा भएपनि हामी उहाँलाई सम्मान गर्न चाहन्छौँ ।"

आफू सत्तामा छँदा राजाको इशारामा प्रतिनिधसभा भङ्ग गरेर र स्थानीय निकायको म्याद नथपेर निर्वाचित निकायहरूको नामोनिसान मेटाउने देउवालाई १८ असोज २०५९ मा राजाले नै प्रतिनिधिसभाको चुनाव गराउन नसकेको निहुँमा 'असक्षम' घोषित गरी अपदस्थ गरेका थिए । २० जेठ २०६१ मा राजाबाट फेरि प्रधानमन्त्री बनाइँदा दरबारको पेटीमा उभिएर 'गोर्खाली राजाबाट न्याय पाएँ' भनी फुरुङ्ग परेका देउवा १९ माघमा पुनः बर्खास्त भएका थिए ।

महाधिवेशनका लागि पार्टर्ीी विधान संशोधनमा छलफल चलाइरहेको छ । केन्द्रीय समिति सदस्यमा ५० प्रतिशतको निर्वाचन हुने व्यवस्थालाई परिवर्तन गरेर ७५ प्रतिशत पुर्‍याउने सोचाइ रहेको एक केन्द्रीय सदस्य बताउँछन् । पार्टर्ीी मस्यौदा गरेको 'जमदम' अर्थात् 'जनजाति, महिला, दलित र मधिसे' समुदायको सहभागिता बढाउने नीति पारित हुने कुरामा केन्द्रीय सदस्य दाहाल विश्वस्त छन् ।
१८ असोजपछि राष्ट्रिय बहसको केन्द्रमा रहेको राजतन्त्रबारे महाधिवेशनले स्पष्ट बाटो लिने प्रजातान्त्रिकका कार्यवाहक सभापति गोपालमान श्रेष्ठ बताउँछन् । उनी भन्छन्, "हामी क्षेत्रीय अवधारणा अर्न्तर्गत राज्यको पर्ुनर्संरचनादेखि संविधानसभासम्म जाने विषयमा निर्ण्र्ाागर्नेछौँ  ।" यसबाहेक, पार्टर्ीींक्तिमा 'सेरेमोनियल' राजतन्त्र, संवैधानिक राजतन्त्र र लोकतान्त्रिक गणतन्त्रका तीनथरी विचार उठिरहेका छन् । महाधिवेशनले पछिल्ला दर्ुइ विचार बोक्नेहरूको झनिो आवाज अनुमोदन नगर्ने विश्वास व्यक्त गर्दै होमनाथ दाहाल भन्छन्, "सेरेमोनियल राजतन्त्रको अवधारणा नै पारित हुनेछ ।"


फुट्ने नै भो एकताकेन्द्र-मसाल


के.सी.

पोखरेल

सातदल-माओवादी समझदारीबारे उठेको विवादलाई लिएर सातदल मध्येको एक नेपाल कम्युनिष्ट पार्टर्ीीएकताकेन्द्र-मसाल) कुनै पनि दिन फुट्ने स्थितिमा पुगेको छ  । पार्टर्ीीहामन्त्री मोहनविक्रम सिंह र सहायक महामन्त्री प्रकाशबीचको मतभेद चुलिएर यस्तो स्थिति सिर्जना भएको हो ।

पार्टर्ीी अहिले यस विषयलाई लिएर गुटबन्दी, भेला र एक-अर्कालाई गाली गर्ने क्रम चलिरहेको छ । सिंह पक्षधरले हाँक र प्रकाश पक्षधरले जनएकता साप्ताहिकमार्फ् वैचारिक आरोप-प्रत्यारोप चलाएका छन् । सिंहले पत्रिकामा पार्टर्ीीग आफ्नो हैसियत 'न सम्बन्ध, न सम्बन्धबिच्छेद' को अवस्थामा रहेकोसम्म लेखेका छन् । दिल्ली र सिलिगुडी वार्ता गराउन प्रकाशको हात रहेको मोहनविक्रम पक्षको आरोप छ ।

पुसको पहिलो साता गोरखपुरमा आफ्ना पक्षका कार्यकर्ताको भेला गरेर समानान्तर 'कोअर्डिनेशन समिति' गठन गरेको सिंह पक्षले १६ पुसमा बुटवलमा अर्को भेलाको आयोजना गरेको छ ।

िवादले खुल्ला राजनीतिमा चिनिएका नेताहरूमा पनि विभाजन ल्याएको छ । चित्रबहादुर केसी मोहनविक्रमको पक्षमा देखिएका छन् भने अमिक शेरचन र लीलामणि पोखरेल प्रकाशको पक्षमा । पोखरेलले १३ पुसमा जारी वक्तव्यमा बुटवल भेलालाई अवैधानिक भन्दै केसीको कडा आलोचना गरेका छन् । परी थापा, नवराज सुवेदीलगायतका पर्ूव मसालका केही नेताहरू अहिलेसम्म 'तटस्थ' बसेकाले पार्टर्ीी कसैको पनि पक्षमा बहुमत देखिएको छैन । पार्टर्ीी एक भूमिगत नेता भन्छन्, "फुट निश्चित छ, अब को कता लाग्ने र नाम के के हुने भन्ने घोषणा हुन मात्रै बाँकी हो ।"

दल-माओवादी सहमतिबारे केसी भन्छन्, "मुख्य कुरा, हाम्रो पार्टर्ीीाओवादीको सहयोगी सङ्गठन जस्तो भयो । उक्त समझदारीका कुरामा हामी शाही नेपाली सेनालाई अन्तर्रर्ााट्रय सुपरीवेक्षणमा राख्न तथा निरङ्कुश राजतन्त्रको अन्त्य नगरी संविधानसभाको निर्वाचन गर्नुहँुदैन भन्ने पक्षमा छौँ ।" उनी प्रकाश पक्षधरले आफ्नो नीति र कार्यशैलीमा सुधार गरेन भने आफ्नै ढङ्गले कार्यक्रम अघि बढाउने बताउँछन् । पर्ूव सांसद लीलामणि पोखरेल केसीको अभिव्यक्ति मुलुकलाई राजनीतिक निकास दिने नभई निरङ्कुशतन्त्रलाई सहयोग पुर्‍याउने उद्देश्यले आएको बताउँछन्  । उनी भन्छन्, "उनीहरू राजनीतिक निकासमा अनावश्यक तर्क गरेर बाधक बनिरहेका छन् । संविधानसभाको वहाना पनि त्यसैको उदाहरण हो ।"

'एकताकेन्द्र-मसाल' को गठन तीन वर्षघि एकताकेन्द्र र मसालको नाटकीय एकीकरणपछि भएको थियो । एकताकेन्द्र र मसालले त्यसबेला माओवादी र एमालेलाई हर्ेर्ने दृष्टिकोण, प्रधान अन्तरविरोध, संविधानसभा र संविधान संशोधन, २००७ सालको क्रान्तिलाई हर्ेर्ने दृष्टिकोणलगायतका १९ वटा बुँदामा एकमत नभइकनै एकीकरण गरेका थिए ।

एनके दाहाल


राप्रपाः दरबारको केही नलाग्ने


मीन बज्राचार्य

पटक-पटक फुट्ने-जुट्ने-फुट्ने गरेको पर्ूव-पञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीmेरि फुटको सँघारमा पुगेको छ । २२ मङ्सिरमा राजाले मन्त्रिपरिषद्को पर्ुनर्गठन गर्दा राप्रपाका ६ केन्द्रीय समिति सदस्यसहित नौ जनालाई मन्त्री नियुक्त गरेपछि पार्टर्ीीत्र केही महिनादेखि आन्तरिक सङ्र्घष्ामा उत्रिएका संवैधानिक र सक्रिय राजतन्त्रवादी खेमाबीचको विभाजन गहिरिँदै गएको छ ।

राप्रपामा संवैधानिक राजतन्त्रवादी खेमाको नेतृत्व पार्टर्ीीध्यक्ष पशुपति शमशेर राणाले गरिरहेका छन् भने सक्रिय राजतन्त्रवादी खेमाको उपाध्यक्ष पद्मसुन्दर लावतीले । राणाका सहयोगीमा महामन्त्री दीपक बोहोरा, सह-महामन्त्री खेमराज पंडित, ठाकुरप्रसाद शर्माहरू छन् भने लावतीको समूहमा गृहमन्त्री कमल थापा, भुवन पाठक, रोशन कार्की आदि छन् ।

पर्ूवपञ्च नेताहरू लोकेन्द्रबहादुर चन्द र र्सर्ूयबहादुर थापाको नेतृत्वमा जन्मिँदै एउटै नामका दर्ुइ पार्टर्ीीे रूपमा २०४६ सालको राजनीतिक परिवर्तनपछि गठन भएको राप्रपा पहिलो आम निर्वाचनपश्चात् एकीकृत भएको थियो भने त्यसपछि फेरि पटक-पटक विभाजित भएको छ । २०५५ सालमा वीरगञ्जमा सम्पन्न दोस्रो महाधिवेशनमा पर्ूव प्रधानमन्त्री चन्द र राजेश्वर देवकोटा पार्टर्ीीट अलग भएका थिए, पछि चन्द पार्टर्ीी फर्किए भने देवकोटाले अर्को पार्टर्ीीराप्रपा 'राष्ट्रवादी' गठन गरे ।

२०५९ मङ्सिरमा पोखरामा सम्पन्न तेस्रो महाधिवेशनमा पशुपति शमशेर राणा अध्यक्ष बनेपछि निवर्तमान अध्यक्ष र्सर्ूयबहादुर थापा पक्षधरहरूले केन्द्रीय समितिमा 'उपयुक्त' स्थान नपाएकाले र्सर्ूयबहादुरले कमल थापा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ्ग, हरिबहादुर बस्नेत, र्सर्वेन्द्रनाथ शुक्लाहरूको सहयोगमा आफ्नै अध्यक्षतामा 'राष्ट्रिय जनशक्ति पार्टर्ीीगठन गरे । तर उनका निकटतम सहयोगीमध्ये कमल थापा नयाँ पार्टर्ीीे पद विभाजनमा चित्त नबुझेर उतिबेलै र्सर्ूयबहादुरसँग नगई राप्रपामै बसेका थिए र अहिले राजाको पछिल्लो सरकारमा गृहमन्त्री नियुक्त भएका छन् भने बुद्धिमान तामाङ पनि आफ्ना 'राजनीतिक गुरु' तथा मीतबा र्सर्ूयबहादुरलाई छाडेर मन्त्री खान गएका छन् । यता राप्रपामा चाहिँ कमल थापा, लावती लगायतका राजावादीहरू विशेष महाधिवेशन डाकेर पशुपति शमशेर राणालाई हर्टाई पार्टर्ीीब्जा गर्ने कसरतमा लागेका छन् ।

लावती गूटले अध्यक्ष राणामाथि पार्टर्ीीेन्द्रीय समितिको राजाको कदमलाई सकारात्मक रूपमा लिएर इमानदारीपर्ूवक कार्यान्वयन गर्ने र निर्वाचनमा विनाशर्त भाग लिने निर्ण्र्ााविपरीत बोल्दै हिँडेको आरोप लगाएको छ । राप्रपाका युवानेता सुशील श्रेष्ठ भन्छन्, "अध्यक्ष राणालाई १५ पुससम्म विशेष महाधिवेशन बोलाउने समय दिएका छौँ, नबोलाए १६ गते उपाध्यक्ष लावतीले पुस मसान्त भित्रै सम्पन्न गर्ने गरी महाधिवेशन बोलाउनेछन् ।" उता राणा पक्षधरहरू भने कुनै हालतमा महाधिवेशन नबोलाउने अडान लिइरहेका छन् । महामन्त्री दीपक बोहोरा भन्छन्, "उहाँहरूले विशेष महाधिवेशनको प्रस्ताव पहिले पनि ल्याउनुभएको थियो । त्यसलाई केन्द्रीय समितिको बैठकबाट दुवैथरी बसेर निरस्त पारिएकोले हाल यसको कुनै औचित्य छैन ।"

पर्ूव पञ्चहरू कहिल्यै राजा र दरबार विरोधी थिएनन् र होइनन् । तर राप्रपामा केही समयदेखि पुनः चर्किएको फूट र विभाजनले राजाको १९ माघ र त्यसपछिका अनुदार एवं अप्रजातान्त्रिक कदमले र्सर्ूयबहादुर र पशुपति शमशेरजस्ता राजावादीलाई समेत समेट्न नसकेको तथ्यलाई उदाङ्गो पारेको छ ।

ध्रुव सिम्खडा


'कारबाही' को डरले तालाबन्दी

धादिङ-मकवानपुरमा केही महिनादेखि चलेको गाउँलेको 'प्रतिकार' र माओवादीको 'जनकारबाही' ले गर्दा मकवानपुरका पकनी, डाँडाखर्क, गोगने, दुम्सर्ीखर्क, भकुन्डेबास, सानोलेक, बोल्नेलेक, राहुती, दमगडेलगायतका गाउँहरू अहिले सुनसान भएका छन् । स्थानीय भकुन्डेबास बजार पनि सङ्कटमा परेको छ । पसले कान्छा घलान भन्छन्, "त्यो घटना भएदेखि यहाँ किनमेल गर्न आउने धादिङ्गका मान्छे आएका छैनन् ।"

साउनको पहिलो साता माओवादीले धादिङको किरान्चोक-६, तीनघरेकी तीनदिने सुत्केरी र ८५ वषर्ीया वृद्धालाई कुटपिट गरेका थिए  । त्यसको विरोधमा उठेको भीडले धादिङका किरान्चोक, ताल्ची, पीडा, गजुरी, भूमिस्थान हुँदै र हरेक ठाउँबाट मान्छे बटुल्दै मकवानपुर पुगेर माओवादीका मकवानपुर-धादिङ जिल्ला सदस्य हिमाल, ३ नं. इलाका सहायक इन्चार्ज सावित्री घिमिरे -सामना), एरिया सदस्य रामजी वाग्ले लगायत तीन र्सवसाधारणको हत्या गर्‍यो । बदलामा माओवादीले प्रतिकारीहरूको नेतृत्व गरेको आरोप लगाउँदै पालुङबाट सात घण्टाको पैदल बाटोमा पर्ने सीमागाउँ, दुम्सर्ीखर्कका एमाले कार्यकर्ता प्रेम घलेको हत्या गरे । त्यसपछि दुम्सर्ीखर्कका सुनिल स्याङ्तान, जीतबहादुर मोक्तान, चीनबहादुर मोक्तानलगायत पाँचजना घरमा ताल्चा मारेर परिवारैसहित विस्थापित भएका छन् भने प्रतिकारीको भीडमा सहभागी वरपरका पाँच सय भन्दा बढी मानिसहरू घर छाडेर हिँडेका छन् । वयोवृद्ध हस्तबहादुर मोक्तान आफ्नो छोरा कृष्णबहादुर पाँच महिनादेखि घर नआएको बताउँछन् ।

गाउँलेले आफूहरू वहकाउमा लागेर प्रतिकारमा उत्रेको बताएका छन् । किराञ्चोकबाट आएको भीडले 'हिँड्ने भए हिँड् नत्र मारिदिन्छु' भनेको मानबहादुर लामा भन्छन् ।

रामशरण पुडासैनी, मकवानपुर


माओवादी 'न्याय'


ज्ञानेन्द्र खड्का
छोराको चिहान छेउमा टोलाउँदै बाबु मानबहादुर सुन्दास ।

भोजपुर, तिम्मा गाविसका २५ वषर्ीय जुद्ध सुन्दास आफ्नै भाइ श्याम सुन्दासको हत्याको अभियोगमा मारिएका छन् । केही गाउँलेले 'भाइ मानर्ेर्ेेही हो' भनेका भरमा मामाघर, छिनामखु आएका जुद्धलाई एक माओवादी कार्यकर्ताले गोली हानेको मामा बलराम मोते बताउँछन् ।

गएको ३० मङ्सिर राति मावलीमै बसेका २१ वषर्ीय श्याम सुन्दासको कसैले हत्या गरेपछि त्यसको भोलिपल्ट बेलुकी माओवादीले जुद्धको ज्यान लिएका हुन् । २४ घण्टा भित्र दर्ुइ जवान छोरा गुमाएका बाबु मानबहादुर भन्छन्, "बरु कब्जामा लिएर छोराको प्राणसम्म राखिदिएका भए आश गर्ने ठाउँ हुन्थ्यो । कलिला नातिनातिना र बुहारीको जीवन अन्धकारमय बनाइदिए ।" भारी बोकेर, ज्याला-मजदुरी गरेर र अर्काको खेतबारी खनेर परिवार पाल्दै आएका जुद्ध मारिनु अघिल्लो दिन पनि गाउँमा गिट्टी कुटिरहेका थिए । उनकी आमा कलादेवीले छोराका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएर कलिला बालबालिकाको भविष्य हेरिदिन आग्रह गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले हत्याको अनुसन्धान भइरहेको जनाएको छ । माओवादीका एक नेता शिशिर शर्मा आफूहरूबाट निर्दोष युवाको हत्या भएको स्वीकार गर्दै 'छानबिन गरेर जनतासमक्ष चित्तबुझदो तथ्य बाहिर ल्याउने र पीडित परिवारलाई राहत दिने कुरामा ध्यान दिने' बताउँछन् । तर यसैबीच माओवादीले जुद्धका भाइ रामकुमारलाई भने अपहरण गरेर लगेका छन् ।

माओवादीले वाग्लुङमा पनि, विनामारे गाउँकी १६ दिनकी सुत्केरी विष्णु पौडेलको हत्या गरेको आरोपमा 'छानबिन गर्न' कब्जामा लिएका परिवारका सदस्यहरूमध्ये २५ वषर्ीय देवनारायण पौडेलको हत्या गरेका छन् । परिवारले विष्णुको मृत्यु १३ भदौमा भीरबाट हाम फालेर भएको बताएको थियो भने स्थानीय बासिन्दा र माइतीपक्षले उनको हत्या गरिएको हुनसक्ने आशङ्का गरेका थिए । प्रशासनले माइतीपक्षबाट परेको उजुरीमा छानबिन गरिरहेको बेला गएको २४ कात्तिकमा माओवादीका 'गाउँ जनसरकार प्रमुख' प्रेम थापाको समूहले देवनारायण सहित उनका बाबु र आमा ६५ वषर्ीय भक्तिविलास र ५३ वषर्ीया जमुनालाई घरैबाट लिएर गएको थियो । देवनारायणको लास ५ पुसमा जैदी र छिस्ती गाविस नजिकैको जङ्गलमा ढुङ्गाखानीका मजदुरहरूले फेला पारेका थिए । सडेर हाडखोरमात्र बाँकी अवस्थामा भेटिएको लासलाई भाइको कपडा र रुमालको आधारमा दाजु श्रीकृष्ण शर्माले चिनेका थिए ।

अपहरणपछि बाबुआमा र भाइको खोजी गर्न हिँडेका श्रीकृष्णलाई जैदी, नेटाका बासिन्दाले अन्तिम पटक २ मङ्सिरमा देवनारायणलाई एउटा घरबाट शरीरभरी चोट लागेको, मुखका तल्ला दाँत झरेको र खान पनि नसक्ने अवस्थामा माओवादीले अन्यत्र लिएर गएका बताएका थिए । उनलाई सोही रात मारेको हुनसक्ने पोष्टमार्टम रिपोर्टले पुष्टि गरेको श्रीकृष्ण बताउँछन्  । उनले हत्याको छानबिन र बाबुआमाको सकुशल रिहाइको लागि पहल गर्न मानवअधिकारवादी, पत्रकार र नागरिक समाजलाई गुहारेका छन् ।

हत्या र अपहरणबारे माओवादीले आधिकारिक रूपमा बोलेको छैन । तर आफ्नो नाम बताउन नचाहने माओवादीका एक जिल्ला नेता देवनारायणको 'कब्जामा रहेको बेला भीरबाट लडेर मृत्यु भएको' र भक्तिविलास र जमुना 'जनहिरासतमा सुरक्षित रहेको' बताउँछन् ।

ज्ञानेन्द्र खड्का, भोजपुर
हरिनारायण गौतम,
वाग्लुङ


विद्यालय चुनावमा राजावादीको राजनीति

पर्ूण्ातः राजनीतिक पारामा भएको पाँचथर सदरमुकामस्थित फिदिम माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा राप्रपाले सयदेखि डेढसय मतको अन्तरले आन्दोलनकारी सात दलको संयुक्त प्यानललाई पराजित गर्‍यो । चुनाव जित्न राप्रपाले प्रशासनको सहयोगमा सक्दो धाँधली गरेको आरोप लागेको छ ।

चुनावमा खसेको ६४० मतमध्ये अध्यक्षमा राप्रपाका रामबहादुर थापाले ३४९ र काङ्ग्रेसका मोहन नेम्वाङले २५६ मत पाएका थिए । सदस्यमा राप्रपाको राजावादी खेमाका नेता पद्मसुन्दर लावतीकी पत्नी तारा लावतीले पनि जितेकी छन् । अघिल्लो वर्षएमाले र राप्रपा-काङ्ग्रेस संयुक्त प्यानलबीच भएको निर्वाचनमा एमालेका महेन्द्र नेम्वाङले अध्यक्षमा र राप्रपाले सबै सदस्यहरूमा जितेका थिए ।

चुनावमा विद्यालय प्रशासन र प्रधानाध्यापक पुष्प भण्डारीको सहयोगमा राप्रपा पक्षलाई मतदान गर्ने व्यक्तिहरूलाई छानीछानी नक्कली अभिभावक बनाइएको थियो, जसमा राप्रपाका जिल्ला नेता मानदेव केरुङ, वडाअध्यक्ष हर्क मोक्तान, राष्ट्रवादी युवा समाजका अध्यक्ष झलकमान थापा, आदि छन्  । चुनाव जित्ने अध्यक्ष थापा र सदस्यहरू श्रीमती लावती, गङ्गाराम भट्टर्राई र चन्द्रबहादुर थापाकै बालबच्चा विद्यालयमा पढ्दैनन् । विद्यालयमा पढ्ने एउटै परिवारका एकभन्दा बढी केटाकेटीको र सदरमुकाम बाहिरका विद्यार्थीको तर्फाट समेत नक्कली अभिभावकहरू बनाइएका थिए । राजाबाट मनोनीत पर्ूव सांसद अइन्द्रव्रि्रम थाम्सुहाङले यसलाई 'राप्रपाको रेडिमेड निर्वाचन' भन्ने टिप्पणी गरेका छन् ।

सुरेन्द्र सुवेदी, फिदिम