हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

अर्को कस्तो अनुकूलता ?

गृहमन्त्री कमल थापाको अन्तर्वार्ता (हिमाल आवरण, १-१५ पुस) मा प्रस्तुत उहाँका भनाइ यसअघिका गृहमन्त्रीहरूका अभिव्यक्तिझैँ मूढाग्रहयुक्त छन् । उहाँले माओवादी समस्या समाधानका लागि वार्ताको अनुकूल वातावरण अझै देख्नुभएको रहेनछ । अझ सात दलसँगै माओवादी पक्षले देखाएको धर्ैयलाई त उहाँले पर्ूण्ातः उपेक्षा नै गर्नुभएछ  । आफ्ना धेरै कार्यकर्तालाई सत्तापक्षले धमाधम ढाल्दा पनि, किमबहादुर थापा -सुनिल) जस्ता उच्चस्तरका छापामार नेता मारिँदा समेत माओवादीहरू युद्धविराम भङ्ग गर्नतिर लागेनन् बरु शान्तिप्रक्रियाका लागि संसदवादी सात दल, बुद्धिजीवी वर्ग र अन्तर्रर्ााट्रय समुदायको आग्रहमा एक महिना युद्धविराम लम्ब्याए । गृहमन्त्रीलाई योभन्दा अनुकूल अर्को कस्तो वातावरण चाहियो ?

बलराम आवारा
चापागाउँ-६, ललितपुर


प्रभावशाली कार्टन

'चुनावको के औचित्य ?' (सम्पादकीय, १-१५ पुस) मा सिंहले सुनको बाला देखाई सोझा पशुहरूलाई लोभ्याउन खोजेको कार्टून वर्तमान अवस्थाको सटिक चित्रण गरेको छ । 'पूरा पृष्ठको लेख पढ्नु र त्यो कार्टून हर्ेर्नु' भन्ने हो भने कार्टर्ूूनै बढी प्रभावकारी लाग्छ ।

सुव्रत स्वार, सुयश स्वार
पोबनं. ५०३, काठमाडौँ


आग्रहप्रेरित दृष्टिकोण

'गाउँमा व्यवहार सुध्रिन बाँकी' (राजनीति, दल-माओवादी सहमति, १-१५ पुस) शर्ीष्ाकको रघु पन्तको विश्लेषण जमिनी-यथार्थभन्दा बाहिर छ । पन्त लेख्नुहुन्छ, "माओवादीप्रति त्रास र अविश्वास छ ग्रामीण क्षेत्रका मानिसहरूमा । यी कुरा जनताको मनबाट हटाउन स्वयं माओवादी नै लाग्नर्ुपर्छ । अन्यथा उनीहरू सुध्रिए भनेर दलहरूले जतिसुकै भनेपनि जनताले विश्वास गर्न गाह्रो छ ।" तर, गाउँको स्थिति उहाँले शहरबाट हेरेको भन्दा फरक छ ।

अहिले गाउँमा माओवादी र दलहरूबीच राम्रो सम्बन्ध छ  । सँगै बसेर अन्तरक्रिया, गोष्ठीहरू गरिरहेका छन् । दलका कार्यकर्ताहरूले आफ्ना नेताहरूले अझै पनि ढुलमुले कुरा गर्ने गरेको अनुभव गरेका छन्  । पन्त जस्ता नेतृत्व तहमा रहेका व्यक्तिहरूले कार्यकर्ताको यस्तो मूल्याङ्कन सुन्ने चेष्टा गरेको खै - एमाले कार्यकर्ताहरू लोकतान्त्रिक गणतन्त्रको नारालाई आन्दोलनात्मक होइन, क्रियात्मक बनाउनर्ुपर्छ भनिरहेका छन् । यो चाहनाअनुरुप एमाले नेताहरू गणतन्त्रको नारालाई क्रियात्मक बनाएर अघि बढ्न सक्लान् - यस्ता प्रश्नहरूबारे बोल्दै नबोली गाउँको यथार्थलाई आफ्नै ढङ्गले व्याख्या गर्ने दृष्टिकोण आग्रहप्रेरित छ ।

एम.एल. थापा
प्युठान


बिस्कुट 'जङ्कफूड' होइन

हिमाल मिडियालाई मैले सधैँ यथार्थपरक सामग्री छाप्ने प्रकाशनका रूपमा लिँदै आएको छु । तर, हिमाल को गताङ्क (१-१५ पुस) मा 'तन्नेरीका कुरा' अर्न्तर्गत प्रकाशित 'जङ्कफूडः अर्को कुलत' शर्ीष्ाकको सामग्रीमा बिस्कुटलाई समेत 'जङ्कफूड' को श्रेणीमा राखिएको रहेछ, त्यसमा चाहिँ मेरा केही प्रश्नहरू छन् ।

यद्यपि, 'जङ्कफूड' को कुनै स्पष्ट परिभाषा भेट्न सकिन्न  । हिमाल पढ्दा र्सवसुलभ, छरिता तयारी खानेकुरा -कन्भेनियन्स फूड) लाई नै जङ्कफूड ठानिएको अनुभव भयो । मेरो जानकारीअनुसार, मरमसला वा अन्य तत्व मिसाउने लामो प्रक्रियाबाट तयार खानेकुरालाई जङ्कफूड भनिन्छ । त्यस्ता खानेकुराले हाम्रो पाचनप्रणालीमा कार्वोहाइड्रेडलाई तुरुन्तै सुगरमा रुपान्तरण गर्छन् । त्यसैले यस्ता खानेकुरा प्रायः उमेर समूहका लागि हानिकारक हुन सक्छन् तर खेलिरहने, कुदिरहने केटाकेटीका लागि आवश्यक क्यालोरी आपर्ूर्ति गर्ने क्रममा ती फाइदाजनक पनि हुन सक्छन् ।

खानेकुरामा अजिनोमोतो भनिने मोनोसोडियम ग्लुटामेट जस्तो स्वाद बढाउने तत्व, वास्ना र रङ्ग -कृत्रिम मात्र हैन, प्राकृतिक रङ्ग पनि हानिकारक हुन सक्छ) हरूको अत्यधिक उपयोग भएको छ भने पनि त्यो जङ्कफूड बन्छ । खानेकुरालाई धेरै तताउँदा वा सेकाउँदा पनि तिनको कार्वोहाइड्रेड, प्रोटिन र स्र्टार्च नष्ट भई खानेकुरा राम्ररी नपच्न सक्छ । बोसोयुक्त पदार्थले पुर्‍याउने असर अलग्गै छ र त्यससम्बन्धी छुट्टै विश्लेषण गर्न सकिन्छ ।

तर, बिस्कुट चाहिँ जङ्कफूडको त्यो परिधि र परिभाषाभित्र पर्दैन । त्यसमा मैदा, दूध, फ्याट्सका अंश, चिनी र आवश्यकताअनुसार नरिवल, कोको पाउडर जस्ता तत्वहरूसमेत मिसाइएका हुन्छन् । तीबाहेक वास्ना र रङ्गका लागि केही मात्रामा अन्य तत्वहरूको प्रयोग गरिन्छ । र, सबैलाई थाहा हुनुपर्ने हो - बिस्कुट तेलमा पकाइँदैन वा भुटिँदैन, सबै प्रकारका कीटाणु मार्न आवश्यक तापक्रममा सेकाइन्छ मात्र ।

अर्कोतिर, नेपालमा आवश्यक र उच्च तहको पोषणतत्व आपर्ूर्ति गर्ने क्षमता राख्ने स्वास्थ्यवर्द्धक खानेकुरामध्ये एउटा हो, बिस्कुट  । यो सस्तो पनि छ । डाइबेटिज र मुटु रोगीहरूका लागि भने यो पक्कै जङ्कफूड हुनसक्छ तर केटाकेटीका लागि कदापि होइन । उनीहरूका लागि यो पोषणयुक्त, सस्तो, सहजप्राप्य र स्वादिलो पनि छ । मेरा छोराछोरीको प्रिय खानेकुरा हो बिस्कुट । र, म तिनलाई नियमित रूपमा खुवाउँछु । हो; धेरै खायो भने त साग पनि हानिकारक हुन्छ ।

त्यसैले यस्तो संवेदनशील कुरामा कुनै निचोड निकाल्नुअघि सम्बद्ध व्यक्तिहरूसँग सर्म्पर्क गर्दै त्यसबारे सत्यतथ्य बुझििदनुहुन म हिमाल सँग आग्रह गर्दछु ।

सञ्जय,
काठमाडौँ

हिमाल मिडिया र यसका प्रकाशनप्रति गहिरो चासो राख्ने गर्नुभएकोमा सञ्जयजीप्रति हामी आभारी छौँ । अझ; यो पत्र लेखेर हिमाल मा प्रकाशित सामग्रीमाथि प्रस्तुत गर्नुभएको बुद्धिमत्तापर्ूण्ा टिप्पणीका निम्ति यहाँलाई धन्यवाद पनि दिन चाहन्छौँ ।

जहाँसम्म बिस्कुटलाई 'जङ्कफूड' मान्ने कि नमान्ने भन्ने सवाल छ, त्यसमा हामी आग्रहरहित छौँ, खुला छौँ । त्यसको निराकरण डाइटिसियन वा स्वास्थ्य विशेषज्ञहरूले नै गर्ने हो । सबै पक्ष र प्रकारका सूचना एवं विचारले हिमाल मा स्थान पाउने हक राख्छन् । हाम्रो गताङ्कमा प्रकाशित 'जङ्कफूड' सम्बन्धी आलेख निश्चित सर्न्दर्भमा सीमित छ- सञ्जयजीले नै भनेझैँ- अति भए जे पनि हानिकारक हुन्छ । त्यहाँ उल्लिखित प्रायः सबै खाद्य परिकारका नाम यही दृष्टिकोण वा प्रसङ्गमा मात्र लिइएको हो  । उक्त समाचारको मूल उद्देश्य चाउचाउ, बिस्कुट आदि खानै हुँदैन भन्ने नभई त्यस्ता चीज मात्रै खाँदा, अथवा ती बस्तु धेरै खाँदा समाचारमा दृष्टान्त दिइएका बालबालिका वा युवायुवतीको जस्तो अवस्था आर्इपर्न सक्छ भन्ने हो ।

यो प्रसङ्गमा; बिस्कुट, चाउचाउ जस्ता बालबालिकालाई समेत लक्ष्य गरेर उत्पादन तथा बिक्री गरिने खाद्य पदार्थका उत्पादक- वितरकहरूले नै आफ्ना उत्पादनको सही उपयोगका निम्ति प्रेरित गर्ने र 'अति' गर्दाको हानिकारक पक्षप्रति उपभोक्तालाई सचेत पार्ने/सुसूचित गर्ने काम गर्नु झनै राम्रो हुन्छ भन्ने हाम्रो ठम्याई छ । सञ्जयजी जस्ता सचेत व्यक्तिहरूलाई यस्ता विषयमा अरु बढी कलम चलाई दिन आग्रह गर्दछौँ ।

-सं.


भ्रम हटोस्

हिमाल को गताङ्कमा प्रकाशित 'सङ्गीतमा अर्को शुभारम्भ' (रमझम/सङ्गीत) शर्ीष्ाकको समाचारसँगै छापिएको तस्बिरमा फोटोग्राफरका रूपमा मेरो नाम उल्लेख भएछ । तर म फोटो उपलव्ध गराउने माध्यम मात्र थिएँ । तस्बिर व्यावसायिक फोटोग्राफर प्रिया वनको थियो । भ्रम नरहोस् ।

प्रकाश सायमी
संयोजक एवं प्रस्तोता
शुभारम्भः द म्युजिकल जर्नी


माओवादी-पीडितका कुरा खै ?

'जागेको आश र जोगाउने उपाय' (आवरण, १६-३० मङ्सिर) ले औँल्याएझैँ देशमा उत्साहको सञ्चार भएको साँचो हो । विगत दश वर्षेखि रगतैरगतले पोतिएका टाटाहरू पुछ्ने प्रयास केही राजनीतिक दलहरूले गर्न थालेको सुनेपछि सबै नेपाली आशावादी बन्नु स्वाभाविक पनि हो । हालै दल र माओवादीबीच दिल्लीमा भएको भनिएको समझदारीप्रति धेरै ठाउँमा छलफलहरू पनि शुरु भइसकेका छन् । धेरैले यसलाई सकारात्मक भन्दै दुवै पक्षलाई धन्यवाद दिएका छन्  । तर, त्यही हिंसाका कारण नारकीय जीवन गुजारिरहेका माओवादी-पीडितहरू भने एउटा कुनामा बसेर रमिता हर्ेन बाध्य छन् । यी पीडितका पक्षमा हालसम्म कसैले चुँक्कसम्म बोलेको पाइएन ।

माओवादीको जुवामुनि सजिलै नारिएर गोरु जीवन जिउनुभन्दा आफ्नो र्सवस्व छाडेर स्वाभिमानी जीवन बाँच्नु श्रेयस्कर ठानी शहर पसेका ती स्वाभिमानी नेपालीप्रति पनि उत्तिकै चासो देखाएर तिनको घाउमा पनि मल्हमपट्टी लगाउने हो कि ?

मेरो आग्रह छ, शान्तिको कुरा गर्दा दिगो शान्तिको कुरा गरौँ । अभिभावकहरू गुमाएका परिवारजनहरूलाई न्याय दिलाउने विषयमा पनि चर्चा चलाइयोस् । अपराधीलाई त्यत्तिकै छोड्ने अर्को गल्ती नहोस् ।

चन्द्र जिसी,
हालः काठमाडौँ


आँखा परुन्

राजनीतिक विश्लेषक सीके लालले गर्नुभएको कमलगुरु -म कमलमणि दीक्षितलाई यसरी नै सम्बोधन गर्छर्ुुका केही पुस्तक बारेको मोटो समीक्षा 'कमलको कलम र आत्मकथ्य विधा' (१६-३० मङ्सिर) चित्तबुझदो लागेर केही लेख्न तम्सेको छु ।

कमलगुरु व्यक्ति होइन, संस्था हुनुहुन्छ भन्ने कुरा आम साहित्यप्रेमीहरूलाई थाहा छ । उहाँका प्रकाशित पुस्तकहरूको चाङ देख्दा नयाँ मान्छेले आर्श्चर्यमा ज्रि्रो काढ्न सक्छन् । साहित्यिक उन्नतिका लागि दिनुभएको योगदान, गर्नुभएको परिकल्पना, निर्वाह गर्नुभएको भूमिका इत्यादिका विषयमा उहाँको पर्ूण्ा मूल्याङ्कन हुन बाँकी नै छ  । यसबाट उहाँले निःशुल्क प्रदान गर्नुभएका पुस्तकहरू एकसरो पढेर 'पढेँ' भन्ने पाठकहरू पनि नभएको कुरा 'एकसय एक प्रश्न' मा उहाँले उत्तर दिनुभएको छ । भनेपछि उहाँका सबै पुस्तकको अध्ययन, विश्लेषण र समीक्षा हुने कुरा त परै भैगयो । यससम्बन्धमा सीके लालको लेखाइ छ, "बहुआयामिक रूपमा सक्रिय जीवन बिताइरहेका स्रष्टाहरूको पर्ूवाग्रहरहित समीक्षा उसै पनि सजिलो काम होइन । त्यसमध्ये पनि कमल दीक्षितको पहाडजस्तो उपस्थितिले अधिकांश समीक्षकहरूमा लघुताभास उत्पन्न हुन्छ भने त्यसमा आर्श्चर्य मान्नुपर्ने कुनै कारण छैन ।"

हुन पनि हो, आख्यानविधाको सामान्य परिभाषा मात्र जानेका लेखक-पाठकहरूलाई कमलगुरुको 'रिफ्लेक्सन्ज' का सम्बन्धमा गहिरिएर सोच्नुपर्ने अवस्था नै आउँदैन । बरु तिनलाई 'केही व्यक्तिहरूको निन्दोचर्चो' भन्ठानेर उदासीन हुनेहरूकै सङ्ख्या बेसी होला । यस्तै भएर हुनर्ुपर्छ, उहाँद्वारा पसिना चुहाएर खनिएको गोरेटोमा हिँड्नेहरू नभेटिएका ।

सीके लालको लेखाइ, "लेखकको सबभन्दा ठूलो सम्मान प्रखर तर तार्किक आलोचनाबाट कमल दीक्षित अहिलेसम्म वञ्चित रहन पुगेका छन्" पढेर कमलगुरुका पुस्तकहरूमाथि विद्वान्-समालोचकहरूका आँखा परुन् ।

इन्द्रकुमार श्रेष्ठ
सरस्वती मावि, खानीभञ्ज्याङ्ग
ओखलढुङ्गा