अर्थ | जुम्लाको स्याउ
सडक नपुग्दै सखाप हुने डर
जुम्ला-कालीकोटका स्याउ बगैँचालाई सर्ुर्खेत-नेपालगञ्जको
बजारसँग जोड्ने सडक निर्माण हुन नपाउँदै त्यहाँ स्याउ फल्न छोड्यो
भने के होला ?
•
विवेकराज मौर्य

एनटीबी रोग लागेपछि टुप्पोबाट सुक्नथालेको
स्याउको बोट । |
विगत डेढ
दशकदेखि सञ्चारमाध्यमहरूले हरेक सिजनमा दोहोर्याई आएको शर्ीष्ाक हो-
जुम्लाको स्याउले बजार पाएन । कति वर्षम्म त सरकारले विमानबाट स्याउ
ढुवानी गर्न अनुदान समेत दियो । सर्ुर्खेत-जुम्ला सडकको आर्थिक औचित्य
पुष्टि गर्ने एउटा प्रमुख आधार नै जुम्लालगायत डोल्पा, मुगु, कालीकोट
आदि जिल्लाहरूमा फलेको स्याउलाई बनाउने गरिएको छ । कर्ण्ााली राजमार्ग
निर्माण भएपछि त्यस भेगका किसानले स्याउलगायतका कृषि उपजको उचित मूल्य
पाउनेछन् र तिनको आर्थिक उन्नतिको ढोका खुल्नेछ भन्ने आम विश्वास बनेको
छ ।
सबै कुरा सही ढङ्गबाट अगाडि बढेमा त्यस्तो विश्वास एवं
अपेक्षा यथार्थमा परिणत हुन गाह्रो पर्ने पनि थिएन । तर जुम्ला-कालीकोटका
स्याउ बगैँचालाई सर्ुर्खेत-नेपालगञ्जको बजारसँग जोड्ने सडक निर्माण
हुन नपाउँदै त्यहाँ स्याउ फल्न छोड्यो भने के होला - कर्ण्ाालीका स्याउ
किसानले चार दशकअघि पोखरा र आसपासका सुन्तला किसानकै नियति व्यहोर्नु
त पर्दैन ?त्यतिबेला; सुन्तलाको बाहृय ढुवानी सहज पार्ने सडक -सिर्द्धार्थ
राजमार्ग) मा गाडी गुड्न थाल्दासम्म त्यहाँका सुन्तलाका बोट नै रोग
लागेर सखाप भएका थिए । त्यसपछिका धेरै वर्षसिर्द्धार्थ राजमार्ग भएर
भारत र नेपालका अन्य जिल्लाका सुन्तला पोखरा भित्रिए । त्यस भेगमा
अहिले फल्ने लगभग शतप्रतिशत सुन्तलाका बोट चार दशकअघिको 'महामारी'
पछि रोपिएका/हर्ुकाइएका हुन् ।
जुम्ला र कर्ण्ााली अञ्चलका अन्य जिल्लाहरूमा फैलिएको
स्याउखेती पनि त्यस्तै महामारीमा पर्न लागेको आशङ्का कृषि विज्ञहरूले
गरेका छन् । जुम्लामा स्याउका बोटमा लागेको रोग पहिचान गर्न नेपाल
कृषि अनुसन्धान परिषदले पाँच महिनाअघि, -भदौ, २०६२) मा पठाएको प्राविधिक
टोलीको प्रतिवेदन अनुसार त्यहाँ देखिएको रोगको तत्काल उपचार हुन नसकेमा
पूरै स्याउखेती सखाप हुनसक्छ । परिषद्का बाली रोग महाशाखा प्रमुख तेजकुमार
लामा, बागवानी विज्ञ खड्गभक्त पौडेल, कीट विज्ञ यज्ञप्रसाद गिरी, माटो
विज्ञ प्रमोद शर्मा र बाली रोग विज्ञ जानकीदत्त न्यौपाने समेतको उक्त
टोलीले आफ्नो प्रतिवेदनमा स्पष्टसँग लेखेको छ, "जुम्ला जिल्लामा
देखिएको स्याउका रोगहरूको पर्ूण्ा व्यवस्थापन कार्य अभियानका रूपमा
छिटो शुरु नगरेमा आगामी पाँच वर्षभत्र त्यहाँका बहुसङ्ख्यक बगैँचाहरूबाट
व्यावसायिक स्तरमा उत्पादन लिन सकिने छैन ।"
जुम्लाका विभिन्न गाविसका २३ जना किसानका बगैँचा भ्रमण
गर्दा विज्ञहरूको टोलीले स्याउका बोटमा ६ किसिमका रोग भेट्टाएको थियो
। तीमध्ये हाँगाको टुप्पादेखि सुक्दै आउने 'नेक्टेरिया टि्वग ब्लाइट'
-एनटीबी) नामको रोग व्यापक रूपमा फैलिएको र सबैभन्दा घातक असर पनि
यही रोगको देखिएको टोलीको प्रतिवेदनमा उल्लेख छ ।
भारतबाट भित्र्याइयो रोग
जुम्लाको पूरै स्याउ बाली सखाप पार्न सक्ने 'एनटीबी' रोगका सम्बन्धमा
घतलाग्दो पक्ष के छ भने, यो रोग न त पुरानो हो न रैथाने नै । यो रोग
आ.व. २०५७/५८ मा भारतबाट झकिाई वितरण गरिएका स्याउका बोटबाट कर्ण्ााली
अञ्चल प्रवेश गरेको र विस्तारै अरू रैथाने बोटहरूमा पनि सरेको हो ।
विज्ञहरूको प्रतिवेदन अनुसार त्यस वर्ष'कर्ण्ााली विशेष कार्यक्रम'
अर्न्तर्गत रु.२ करोडभन्दा बढी खर्च गरी भारतबाट विभिन्न १९ जातका
दर्ुइ लाख वटा स्याउका बिरुवा झकिाई ७३ हजार जुम्ला र बाँकी अन्य जिल्लाका
किसानहरूलाई बाँडिएको थियो ।

रामेश्वर बोहरा |
| सुर्खेत-जुम्ला सडकको पिली-राकम खण्ड
। |
अध्ययन टोलीले ती बिरुवा नेपाल भित्र्याउँदा रोग-कीटाणु
भए नभएको जाँच गरिने 'क्वारेन्टिन' परीक्षण नगरिएको पनि पत्ता लगाएको
छ । -कर्ण्ााली विशेष कार्यक्रम र सीमा नाकामा अवस्थित क्वारेन्टिन
कार्यालय दुवै कृषि मन्त्रालयको मातहतमा पर्छन् ।) तत्कालीन कृषि मन्त्री
वा कृषिका कुनै उच्च पदाधिकारीले सम्बद्ध क्वारेन्टिन कार्यालयका प्राविधिकलाई
दबाब दिएर ती बिरुवा बिना परीक्षण नेपाल प्रवेश गराएका थिए भन्ने कुरा
विज्ञहरूको प्रतिवेदनबाट थाहा हुन्छ ।
सरकारी अधिकारीहरूको यो हेलचेक्र्याई वा भ्रष्टाचारका
कारण कथं भोलि कर्ण्ाालीको सम्पर्ूण्ा स्याउखेती ध्वस्त भयो भने हजारौँ
किसानको बिल्लीवाठसँगै देशलाई अर्बौँको क्षति हुनेछ । देशभित्रका सरकारी
र्फममा रु.२० मा पाइने स्याउका बिरुवा कर्ण्ााली पुर्याउँदा रु.१०५
पर्ने गरी भारतबाट किन झकिाइयो - क्वारेन्टिन परीक्षण किन गराइएन -
जुम्लामा वितरित ७३ हजार बिरुवा बाहेक बाँकी १ लाख २७ हजार बिरुवा
कहाँ कहाँ कति सङ्ख्यामा रोपिएका छन् - यो प्रकरणको गम्भीरतापर्ूवक
छानबिन गरी दोषी पहिल्याउन यी प्रश्नहरूको जवाफ खोज्नु जरुरी देखिन्छ
।
भारतबाट झकिाई वितरण गरिएका सम्पर्ूण्ा स्याउका बोटको
नियमित अनुगमन र अवलोकन गरी किसानलाई परेको एवं भोलि पर्नसक्ने थप
जोखिम निराकरण गर्न अविलम्ब लाग्नुपर्ने सुझाव दिँदै विज्ञहरूको टोलीले
२०५७/५८ मा भारतबाट बिरुवा झकिाई बिना परीक्षण अञ्चलभरिका किसानलाई
बाँड्ने घातक कार्य कसले के उद्देश्यबाट गर्यो भन्ने कुराको छानबिन
हुनुपर्ने माग पनि गरेको छ । प्रतिवेदनमा भनिएको छ, "कुनै पनि
बाली बीउ अथवा फलफूलका बोट-बर्ेना बिना परीक्षण ठूलो परिमाण र सङ्ख्यामा
देशमा भित्र्याई अञ्चलव्यापी रूपमा हचुवाका भरमा वितरण गर्ने अवैज्ञानिक
र गैर जिम्मेवारीपर्ूण्ा कार्यलाई निरुत्साहित गरी देशले व्यहोर्नु
पर्नसक्ने सम्भावित क्षतिको बारेमा सबै जिम्मेवार निकायहरू सजग रहनुपर्ने
देखिन्छ ।"
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार आ.व. २०६०/६१ मा
जुम्लामा स्याउखेतीले ४०० हेक्टर भूमि ढाकेको थियो । उक्त वर्षकर्ण्ााली
अञ्चलका चारवटै जिल्लामा एक हजार हेक्टर भूमिमा फैलिएका बगैँचामा १०
हजार टन स्याउ फलेको थियो । विगत चार-पाँच वर्षता त्यहाँ स्याउखेतीको
विस्तार तीव्र भएको छ । रोगको चुनौतीले असर नपारेको खण्डमा तीन-चार
वर्षा सर्ुर्खेत-जुम्ला सडकमा गाडी गुड्न थाल्दा कर्ण्ाालीको स्याउ
उत्पादन ३० हजार टन पुग्न सक्ने स्थानीय व्यक्तिहरूको अनुमान छ । तर
भारतबाट भित्र्याइएका एनटीबी लगायतका रोगहरूका कारण भने कर्ण्ााली
अञ्चलको पूरै स्याउखेती सखाप हुने त्रास थपिएको छ ।
•
राजेन्द्र दाहाल
सडक र पोखरेली सुन्तला
२०१८ सालको
कुरा हो । पोखरालाई बुटवल-भैरहवा जोड्ने सिर्द्धार्थ राजमार्ग बन्ने
क्रममा थियो । गण्डकी र लुम्बिनी अञ्चलको त्यस भेगमा, भारतीय सहयोग
नियोग -आईसीएम) ग्रामीण बासिन्दाको आर्थिकस्तर उकास्ने कार्यमा लागेको
थियो । त्यही सिलसिलामा मिसनले भारत, उत्तरप्रदेशको सरनपुरस्थित एक
निजी नर्सरीबाट सुन्तलाका १५०० बिरुवा ल्याएर पोखरा र आसपासका किसानहरूलाई
वितरण गर्यो ।
तर ती बिरुवासँगै पोखरा क्षेत्रमा 'साइट्रस ग्रिनिङ'
नामको रोग भित्रियो । यो रोग लागेपछि सुन्तला जातका बोट विस्तारै मर्न
थाल्छन् । पोखरा क्षेत्रमा पनि त्यस्तै भयो- सुन्तला सखाप भयो । सुन्तलाका
निम्ति त्यसअघि टाढाटाढासम्म ख्याति कमाएको पोखरा र आसपासका जिल्लाहरू
त्यसपछिका तीन दशकसम्म सिर्द्धार्थ र पृथ्वी राजमार्ग हुँदै आयात गरिएका
सुन्तलामा निर्भर रहनु पर्यो । अहिले यस भेगमा सुन्तलाखेती पुनः मौलाएको
छ तर अहिलेका सबै बोट-बगेँचा उक्त महामारी पछिका हुन् ।
|