| तन्नेरीका कुरा
'जङ्कफूड'
अर्को कुलत
•
सामान्य जीउडालकी १७ वषर्ीया संजितालाई
एकाएक ज्वरो आयो र बे लाबे लामार् अर्धबेहोशी हुनथाल्यो । डाक्टरले
'यस्तो हुनेखाने परिवार भएर पनि के हेरे र बसिरहनुभएको' भनेर अभिभावकहरूलाई
हप्काए । संजिताले बिहान 'प्लस टु' कलेज सकिएपछि चाउचाउ मात्र खानेगरेको
महिनौ भइसकेको रहेछ । वीर अस्पतालकी चिकित्सक डा. सन्ध्या चापागाईं
भन्छिन्, "प्रोटिन र इनर्जीको कमीले शरीरमा रगत बन्न नसकेर उनलाई
यस्तो भएको हो ।"
•
१३ वर्ष उमेरमा १९ केजी मात्र वजन भएकी सोलुखुम्बुकी
लाक्पा शर्ेपा पेट र टाउको दुखेर बेहोश भइन् । काठमाडौँ ल्याएर जचाउँदा
कुपोषणकै समस्या ठहरि यो । लाक्पालाई चाउचाउको लतले अरू नियमित खानामा
रुचि हुन छोडेको आमालाई थाहा थिएन ।
•
भर्खर ६ वर्षी अनिताको ४० नाघेका आइमाइको जस्तो पेट
लाग्न थालेको छ । उनलाई के खानेकुरा मनपर्छ भनेर सोध्यो भने खरर भन्छिन्,
"चकलेट, केक, चिप्स, चाउचाउ, चिजबल, पिज्जा ... !"

रविन साय्मि
|
स्पष्ट छ, नेपालमा जङ्कफूडको जञ्जाल निकै फैलिएको छ
। वीर अस्पतालकी डाइटिसियन राजेश्वरी पाण्डेका अनुसार, अप्राकृतिक
रूपले तयार पारिएका, लामो समयसम्म सुरक्षित राख्न, स्वादिलो पार्न
र राम्रो देखाउन विभिन्न रसायन, मसला, बास्ना र रंग हालिएका खानेकुरा
हुन्- 'जङ्कफूड' । यस्ता खानामा 'स्र्टार्च' र क्यालोरी प्रसस्त हुन्छ,
तर शरीरलाई अत्यावश्यक विभिन्न भिटामिन, क्याल्सियम, फलाम, रेशेदार
वस्तुहरू नगण्य हुन्छन् । विशेषज्ञहरूका अनुसार जङ्कफूडमा चकलेट, चाउचाउ,
चिप्स, पाउरोटी, केक, पिज्जा, बर्गरजस्ता खानेकुरा, प्याकेटमा बन्द
भएर आउने तयारीर्/अर्ध-तयारी खाद्यसामग्री, जुस्, सफ्टडि्रङ्कस्का
साथै पुरानो अचार, पाउँ, तितौरा, चटपटे समेत पर्दछन् ।
पाउरोटी, केक, चाउचाउ जस्ता खानेकुरा देख्दा स्वस्थकर
र सामान्य लाग्छन् । तर यी सबै कुरा मैदाबाट बनाइएका हुन्छन् । मैदा
बनाउँदा गहुँको चोकर हटाइन्छ । चोकरसँगै शरीरलाई भिटामिन 'बी' आपर्ूर्ति
गर्ने तत्व पनि हटेको हुन्छ । आजभोलि खाजा र सोखको रूपमा खाइने धेरैजसो
खाजा -स्न्याक्स) श्रेणीका खानेकुराहरूमा मिसाइने अजिनोमोटोले हड्डी
कमजोर पार्नेे हुनाले यसलाई त कानुनी रूपमै रोक लगाउनुपर्ने मत छ डा.
सन्ध्या चापागाइँको । खानाबाटै विभिन्न रोग लाग्ने र तिनको निवारण
पनि गर्न सकिने विचार राख्ने योगी विकासानन्द 'जङ्कफूड' र 'फास्ट फूड'लाई
मन्द विष भन्दछन् । वैज्ञानिक तथ्यहरूले पनि यस कुरालाई पुष्टि गरेका
छन् ।
शहर-बजारका बालबच्चाहरूको शरीरमा पास्नीदेखि नै चकलेट,
बिस्कुटजस्ता 'पापा' बाट 'जङ्कफूड' पस्न थालिसकेको हुन्छ । उमेरसँगै
बढ्दै जाने 'जङ्कफूड' नियमित विद्यालय लैजाने खाजा समेत बन्न पुग्छ
। बिहान कलेज जाने युवा-युवतीको प्रायः पहिलो खाना चाउचाउ, चिप्स,
चाउमिन, मम, सफ्टडि्रङ्कस् आदि हुन्छन् । त्यसपछि दिउँसो घर गएर बिहान
पाकेको दालभात तताएर खान्छन् -डाइटिसियन पाण्डेका अनुसार, यसरी पाकिसकेको
धेरैथरि खाना तताउँदा पनि हानिकारक हुन्छन्) र खाएपछि सुत्छन्, टीभी
वा कम्प्युटर खोलेर बस्छन् । प्रायः खाजामा फेरि जङ्कफूड- धेरैजसो
चाउचाउ नै । यो वर्गका कामकाजी युवाहरूको दिन पनि टेबुलकर्ुर्सर्ीी
बित्छ । खेलकुदको ठाउँ कम्प्युटर-भिडियो गेमले लिनथालेका छन् । विशेषगरी
शहरी बालबालिका, किशोर-किशोरी र युवाहरूको जीवनशैलीमा शारीरिक श्रम,
व्यायाम र स्वस्थकर खाना सबै हराउँदै गइरहेका छन् । चिकित्सकहरूको
विचारमा शरीरको कमजोर रोग प्रतिरोध क्षमता, अधिक मोटो या दुब्लोपन
र विभिन्न प्रकारका रोग यस्तै जीवनशैलीका परिणाम हुन् ।
अन्न, सागपात, फलफूल, गेडागुडी, झोलपदार्थ र पानी कम
तथा जङ्कफूड र डि्रङ्कस् बढी सेवन गर्नाले शरीरमा आवश्यक पौष्टिक तत्व
कम र अनावश्यक तत्व बढी हुन्छ । यसैबाट उत्पन्न एउटा प्रमुख स्वास्थ्य
समस्या अधिक मोटोपन -ओबेसीटी) लाई 'ग्लोबेसिटी' भन्दै विश्वव्यापी
महामारीको रूपमा चित्रित गर्न थालिएको छ । डा. चापागाइँ अनावश्यक रूपमा
तौल बढ्ने यो समस्या विकसित देशका मात्र होइन, नेपाली केटाकेटी एवं
युवामा पनि देखिन थालिसकेको बताउँछिन् । उनी भन्छिन्, "अधिक मोटोपनले
अन्रि्रा, चिढचिढाहट, दम, जण्डिस, पत्थरी, अल्सर, क्यान्सर, पेटको
रोग, हाडको रोग आदि निम्त्याउँछ । उच्च रक्तचाप, मधुमेह, मुटुरोग जस्ता
प्रायः ४० वर्षनाघेकालाई हुने समस्या २५-३० वर्षो उमेरमै शुरु हुन
थालिसकेको छ । जङ्कफूडबाट नैराश्य, आलस्य, दिमागी तीक्ष्णतामा ह्रास
जस्ता समस्या पनि उब्जिन्छन् ।"
पानी, दूध र ताजा फलफूलको रस जस्ता प्राकृतिक पिउने
कुरालाई छाडेर विभिन्न 'प्रिजर्भेटिभ' मिलाइएका पेयको प्रचलन बढेको
छ । कैफिनको मात्रा बढी हुने यस्ता पेयले पेट र आन्द्रामा जलन पैदा
गर्नुका साथै रगतमा कोलेष्ट्रोल बढाउँछन् । पानीको कमीले मृगौलामा
असर पार्नुका साथै छालाको रोग र कब्जियत गराउँछ । दूध नपिउनाले क्याल्सियमको
कमी हुन्छ । बच्चाको शारीरिक विकासप्रति चिन्तित कति अभिभावकहरूले
बालबालिकाहरूलाई क्याल्सियम चक्की खुवाउने गरेको पनि पाइन्छ । तर राष्ट्रिय
मिर्गौला केन्द्रका मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले क्याल्सियम
चक्की खाने, पर्याप्त पानी नपिउने हो भने त्यसले पत्थरी र पिसाबको
समस्या उब्जाउन सक्ने बताउँछन् । पानीको विकल्प कोक-पेप्सी हुनै नसक्ने
स्पष्ट गर्दै मेट्रोन पद्मा राणाभाट भन्छिन्, "हाम्रो शरीरबाट
दिनको साढेदर्ुइ लिटर पानी विभिन्न रूपमा बाहिर जाने हुनाले दैनिक
त्यति पानी पिउनै पर्छ ।"
२४ वर्षुनिको जनसङ्ख्या करीब ५८ प्रतिशत रहेको नेपालमा
जङ्कफूड उत्पादकको निशानामा यही समूह पर्दछ । यो समूहलाई आकषिर्त गर्ने
होडबाजीमा स्वास्थ्यलाई कसैले महत्त्व दिँदैनन् । विद्यालय छेउछाउ
र आउने-जाने बाटोमा जङ्कफूड बेच्न पाइने कि नपाइने भन्ने कुरा चर्चित
विश्व मुद्दा बनिरहेको बेला हामीकहाँ भने गल्लीका किराना पसलदेखि विद्यालय
र कलेजका क्यान्टिनसम्म सबैतिर सजिलै उपलब्ध हुन्छन् थरीथरीका जङ्कफूड
। जापानमा विद्यार्थीहरूले विद्यालय र विद्यालय जाने-आउने बाटोमा जङ्कफूड
किन्न पाउँदैनन् । अमेरिका र बेलायतमा विभिन्न समूहले विद्यालय भित्र
यस्ता खाद्यसामग्रीको बेचबिखन तथा प्रचारप्रसारमा रोक लगाउन दबाब दिइरहेका
छन् । कैयौँ विद्यालयहरू आफैँले विद्यार्थीलाई स्वस्थ खाना दिन थालेका
छन् । विश्व स्वास्थ्य सङ्गठनको 'विश्वव्यापी स्वास्थ्य रणनीति, २००४'
मा मानिसहरूले खानाको बारेमा सही जानकारी पाउन् र सही फैसला लिन सकुन्
भनेर बालबालिकामा अस्वस्थकर खानाको प्रचार बन्द गर्ने, उत्पादकहरूले
खानामा मिसाइएका वस्तुहरूको विवरण र मात्रा उल्लेख गर्नुपर्ने, परिष्कृत
चिनी, प्रशोधित खाना र नूनको सेवन कम गर्ने तथा स्वास्थ्य शिक्षामा
जोड दिनुपर्ने कुरा अघि सारेको छ ।
तर, नेपालमा भने स्कूलमा घरको रोटी-तरकारी खाजा लैजाँदा
लाज हुने र जङ्कफूड लैजाने फेशन बनेको छ । डा. अरुणा उप्रेतीको विचारमा
साधारणतया असङ्क्रामक रोगहरू निम्त्याउने जङ्कफूड आफैँमा एउटा 'सङ्क्रामक
रोग' हो र सञ्चारमाध्यमले यसलाई झन् सार्दै र फैलाउँदै गइरहेका छन्
। सरकार त चिन्तित भएन-भएन, आफ्ना छोराछोरीको स्वास्थ्य बिग्रिने कुरामा
अभिभावकहरू समेत चिन्तित देखिँदैनन् र उल्टो कामबाट र्फकँदा छोराछोरीलाई
माया गर्दै चकलेट, चिप्स र चाउचाउ ल्याएर दिन्छन् । पाहुना आउँदा-जाँदा
पनि केटाकेटीहरूका लागि यस्तै खानेकुरा लगिदिने चलन छ ।
कस्तो खाना खानर्ुपर्छ त - डा. चापागाइँको सुझाव छ-
'डायवेटिक डाइट इज हेल्दी डाइट ।' अर्थात्, गुलियो, बोसो, अति प्रशोधित
र कृत्रिम स्वाद-गन्ध आदि भएका कुरा स्वास्थ्यका निम्ति हानिकारक हुन्छन्
भने प्राकृतिक खाना सधैँ स्वस्थकर । जङ्गली जनावरलाई कहिल्यै मोटोपनको
समस्या नहुनुको कारण उनीहरूको प्राकृतिक आहार-विहार त हो नि !
•
शैली बस्नेत
|