| स्थान-गाथा
बन्दीपुरको बान्की
•
डा. तीर्थबहादुर श्रेष्ठ

तस्बिरहरूः वीइसीटीपी |
| बन्दीपुरको टुँडिखेलबाट हर्ेदा मर्स्याङ्दीको
औलेबेसी (५०० मिटर) देखि अन्नपूर्णको शिखर (८००० मिटर) सम्म एकै
दृष्टिमा । |
"बन्दीपुरे
उकालै लामो, मर्स्याङ्दी डुङ्गाले तरेर
वनवनै ढाकेर फुल्ने, लालुपाते झुलेको देखेर ।"
बन्दीपुरको लामो उकालो आजकल पैदल हैन जीप, बस, ट्रक
र ट्याक्टर चढेर तय गरिन्छ । आठ किलोमिटर पक्की सडकमा मोटरको क्यासेटबाट
तारादेवी र जनार्दन समको युगल आवाजमा मवीवी शाहका गीत गुञ्जँदा विशेष
आनन्दको अनुभूति हुन्छ । पृथ्वी राजमार्गको डुम्रे कटेपछि लगत्तै पिप्ले
भन्ने ठाउँबाट बाटो छुट्टएिर उकालो लाग्छ । गाउँ, वन र पाखाका घुम्ती
हुँदै करीब आधा घण्टापछि बन्दीपुर बजार आइपुग्छ । मोटरबाट झट्ट ओर्लिँदा
भक्तपुरको कुनै टोलमा पुगेको भान हुन्छ ।
बन्दीपुर नाम कसरी पर्न गयो भन्ने जिज्ञासाको एकिन
तथ्य भेट्टइिसकेको रहेनछ । यहाँका नाम र घामका बारेमा कथा कथ्नेहरू
चाहिँ ठाउँठाउँमा भेटिन्छन् । मगर भाषामा नदी वा पानीलाई 'दी' भनिने
हुनाले मर्स्याङ्दी, म्याग्दी, चुङ्गदी, दरौँदी भने झैँ वनको पानी
पिउने शहर भएकोले वन-दी-पुर नाम रहन गयो भन्ने एकथरीको अड्कल पाइयो
। त्यस्तै, विगतमा प्रशासनको केन्द्र अर्थात् अपराधीहरूलाई थुन्ने
शहर भएकोले बन्दीपुर भनिएको भन्ने कथन पनि सुनिन्छ । बन्दीपुरका विषयमा
अनुसन्धान गर्ने लिण्डा इलटिसको अनुमानमा खड्गदेवीको रखवारी गर्ने
'वन्दी' नामका पुजारीको नाममा यो शहर बस्यो भन्ने उल्लेख छ ।
बेँसी र टारको बाहुल्य भएको तनहुँ जिल्लाको प्रायः बीच
भागमा सलक्क उठेको पहाडी भूभागको दम्सिलो थाप्लोमा अवस्थित छ बन्दीपुर
। बन्दीपुरको टुँडिखेल काठमाडौँको भन्दा ३०० मिटर होचो, १०३० मिटरको
उँचाइमा छ । भू-बनोटका हिसाबले तनहुँको ८० प्रतिशतभन्दा बढी भू-भाग
१००० मिटरभन्दा होँचा बेँसी, टार र औले भू-भागले ओगटेको छ । यस आधारमा
तनहुँलाई पहाडी जिल्लाको कोटिमा राख्नु औचित्यपरक लाग्दैन । तर, सालको
वनभन्दा माथि कटुस र चिलौनेको वनले ढाकेका औलोमुक्त पाखार्-पर्वत मानव
बस्ती लायक क्षेत्र हुन् । तीमध्ये, बन्दीपुरले विशिष्ट स्थान ओगटेको
छ । यो ठाउँ झण्डै दृश्यावलोकन-बर्ुजा -भ्यू टावर) जस्तो छ । यहाँको
टुँडिखेलबाट उत्तरतिर हर्ेदा ५०० मिटरको होचो उपत्यकामा बगेकी मर्स्याङ्दी
र टाढा-टाढासम्म फैलिएका टार र फाँटहरू देखिन्छ । त्यहाँबाट क्रमैले
उठ्दै गएको पहाडी भूमि क्षितिजमा हिमशृङ्खला र तिनका शिखरहरूमा पुगेर
टुङ्गन्िछन् । यसरी, ५०० मिटरको बेँसीदेखि ८००० मिटरका चुचुरासम्मको
दृश्यावलोकन, त्यो पनि धौलागिरिदेखि लाङटाङसम्म मुन्टो नघुमाइकन आँखाको
नानीले टिप्न सक्ने ठाउँ विरलै छन् हामीकहाँ । कुहिरो लागेको बिहानी
छ भने कुहिरोको अनन्त सागरमा सेता हिमालहरू सतहमा तैरिएका पानीजहाज
जस्ता देखिन्छन् । आसपासका थुम्काथुम्कीहरू पनि सामुद्रिक टापुझैँ
ठाउँठाउँमा टुपुलुक्क टुपुलुक्क देखिन्छन् । साँझपख थानीमाई टाकुरा
चढेर सर्ूयास्त हर्ेर्ने हो भने पहाडका पत्रहरू फूलका तरेलीझैँ गन्न
सकिन्छ । त्यस्तै बाहुन-भन्ज्याङबाट देखिने दृश्य पनि पर्वतीय उँचाइ
र उपत्यकाको गहिराइलाई नक्सामा कोरेका 'कार्र्टो ग्राफर'का 'कन्टुर
लाइन' जस्तै पाखाबारीका कान्लाहरूले चित्राङ्कन गरेको देखिन्छ । यस्तै
प्राकृतिक छटाको अनुपम आकर्षा भित्र बन्दीपुरको भविष्य लुकेको हुनर्ुपर्छ
भन्ने पर्यटन विकासको वर्तमान मूल्याङ्कनले देखाउँछ । तर, चुनौतीका
उकालाहरू चढ्न बन्दीपुरे उकालो अझै लामो छ ।

बन्दीपुर बजारका घरहरूको एक दृश्य ।
|
वर्तमान बन्दीपुरको यात्रा भनेको यसको गौरवमय इतिहास
र सम्पन्नताका अतितलाई कोट्याई-कोट्याई गरिने वयानको यथार्थ पनि हो,
तर भविष्यको बन्दीपुरबारे एकिन चित्र कोर्न भने बाँकी नै रहेछ । त्यो
सानो शहर घुम्दा भक्तपुरकै एकछेउ घुमेजस्तो लाग्छ । सडकको दायाँबायाँ
टम्म मिलेका घरहरू छन् । दक्षिण मोहडाका घरहरूमा तलतिर दलान, त्यसको
माथि घाम ताप्ने बार्दली र फूलका गमलाहरू लहरै देखिन्छन् । उत्तर मोहडाका
घरहरूमा पसलका लहरहरू छन् । ढुङ्गाले छापेको सडक र स्लेटले छाएका घरका
दर्ुइपाखे छानोले विशेष चित्रकारी रंग दिएको छ बन्दीपुर शहरलाई । काठका
कलात्मक झयालहरूले नेवार शहरको वास्तुकलालाई सहजै झल्काउँछ तर भादगाउँ,
चापागाउँ, खोकना वा बुङ्मतीका घरहरूझैँ झयाल-झयालमा खर्ुसानी, तोरी
साग, लसुन वा प्याजका माला झुण्डिएको देख्दैनौँ । बीउका लागि छुट्याइएका
आलुका टोकरी पनि छैनन् । यस अर्थमा बन्दीपुर कृषक-नेवारको बस्ती हैन
भन्ने स्पष्ट हुन्छ । यो बस्ती व्यापारीको थियो ।
बन्दीपुरको प्रख्यातिमा सुन्तला पनि उल्लेख्य छ । अहिले
यहाँका धेरै सुन्तला रोगग्रस्त छन् । रोग नलागेका बारीका सुन्तला पनि
त्यहाँको बजारमा किनबेच हुँदो रहेनछ । ठेकेदारले बगैँचा-बगैँचा नै
पहिल्यै किनिसकेका हुँदारहेछन् । मागे नदिने र चोर्न नमिल्ने रूखैमा
लटरम्म सुन्तलाहरू हर्ेन मात्र सकिन्छ । पर्यटक वा यात्रीहरू डिब्बा
र बोतलकै "प|mूट जुस" प्रयोग गर्न बाध्य छन् । वरपरका बारी,
पाखा, आँप बगैँचाहरू भने जनशक्तिको अभावमा अलपत्र छन् । ठूल्ठूला घरहरू
पनि रित्ता छन् । समष्टिमा देख्दा बन्दीपुर कसैको आगमनका लागि पट्याइलाग्ने
पर्खाइमा बसे जस्तो आभास हुन्छ । ३० वर्षपहिले लेखिएको वर्ण्र्ाापनि
अहिलेकै बन्दीपुरको जस्तो लाग्दछ । यस रमणीय स्थलको लामो पर्खाइलाई
नयाँ मोड दिने हेतुले बन्दीपुर महोत्सव सम्पन्न भइसकेको छ । त्यसै
सर्न्दर्भमा बन्दीपुर इको-कल्चर टुरिज्म प्रोजेक्टअर्न्तर्गत युरोपेली
कमिसनमार्फ् पर्यटन विकासको काम भइरहेको छ । त्यसअर्न्तर्गत टुँडिखेल
र पदयात्राका पथहरूको सुधार, सिद्धगुफाको पर्यटकीय विकास, केही पुराना
कलात्मक घरहरूलाई पर्यटनमुखी बनाउने र अन्य पर्यटकीय पर्ूवाधार स्थापना
गर्ने विभिन्न कदमहरू चालिएका छन् । त्यसलाई सफल पार्न स्थानीय बासिन्दाहरूले
देखाएको ऐक्यबद्धता निकै सराहनीय देखिन्छ । त्यस्तो सहयोग जुटी नै
रहेमा बन्दीपुरले काँचुली फर्ेर्नेछ । आपसी मेलमिलाप र कार्यक्रमप्रतिको
ऐक्यबद्धता रहेमा मात्र आशातित विकास हुन्छ, अन्यथा नगरकोट शैलीको
हान-थापे निर्माणले बन्दीपुरको टुँडिखेललाई भद्दा बनाउनेछ र शहरका
पुराना घरहरू पनि क्रमैले सुधारिनुको साटो प्रतिस्पर्धात्मक निर्माणमा
विकृतिको थलो बन्नेछन् । आँखै बिझाउने गरी आधुनिक शैलीमा ठड्याइएका
केही घर र भवनहरू, टुँडिखेलभित्रै ठूल्ठूला बस र ट्रकहरूको ओहोरदोहोर
र त्यहीँ बिसौनी राख्ने कार्य, ठूला रूखको फेदैमा चुलो बालेर भोज-भतेर
र पिकनिक मनाउने, अनि डाँडै घन्कने डिस्को क्यासेट बजाउने स्थानीय
सोख निश्चय पनि पर्यार्-पर्यटन विपरीत क्रियाकलाप हुन् । विकृतिलाई
बेवास्ता गरेमा वा समयमा नै सुधारका पाइला नचालेमा त्यसको प्रतिफल
के हुन्छ, काठमाडौँ शहरले नै बताइदिन्छ ।

सिद्धगुफाः नेपालकै ठूलो प्राकृतिक गुफा,
अन्वेषण एवं प्रसिद्धिको पर्खाइमा । |
पर्यार्-पर्यटनको दृष्टिले प्रसिद्धिको पर्खाइमा बसेको
बन्दीपुरको सिद्धगुफा विशेष आकर्ष र चर्चाको विषय बन्न सक्छ । मर्स्याङ्दी
किनारमा अवस्थित विमलनगरबाट करीब एक घण्टाको उकालो चढेर बन्दीपुरतिर
उक्लिँदा यो गुफा भेटिन्छ । लगभग २०/२५ वर्षपहिले मात्र आम जानकारीमा
आएको त्यो गुफा निश्चय नै नेपालको सबभन्दा ठूलो गुफा हुनर्ुपर्छ ।
यसको पर्ूण्ा अन्वेषण हुन बाँकी नै छ । गुफाको मुखैमा रहेका केही ठूल्ठूला
पत्थरहरू हटाउँदा भित्र त ठाउँ-ठाउँमा हात्ती चढेर घुम्न सकिन्छ ।
अन्य गुफामाझैँ यसमा निहुरेर, घस्रेर हिँड्नुपर्ने हुँदैन । यो गुफालाई
कसरी सदुपयोग गर्ने भन्नेमा एकिन निर्देशिका बन्नर्ुपर्छ । प्रकृतिले
निर्माण गरेका विचित्रका आकृतिलाई विकृत पार्ने कुनै काम गर्न दिनुहुँदैन
। ढुङ्गामा नाम कुँद्ने, यत्रतत्र फोहोर गर्ने, भित्र गएर हल्ला गर्ने,
एकैपल्टमा हुलका हुल जाने आदि क्रियाकलापमा नियन्त्रण गरिहाल्ने बेला
आइसकेको छ । यस्ता गुफाहरूमा दर्ुलभ चमेरो र अन्य जीवजन्तुको बास हुनसक्छ
। तिनलाई नखल्बल्याइकन अवलोकन गर्ने व्यवस्था हुनर्ुपर्छ । भित्र तेजिलो
बिजुली बालेर यस प्राकृतिक गुफालाई बेलायत, प|mान्स वा अन्य राष्ट्रको
भूमिगत रेल सुरुङको निर्यातमा परिणत गर्नु दर्ुभाग्य हुनेछ ।
बन्दीपुरको यात्रामा लालुपाते झुलेको पनि हर्ेर्नै पर्छ
। यस क्षेत्रमा फुल्ने लालुपातेको रंग अरू सामान्य लालुपातेको भन्दा
भिन्दैछ । बढी चम्किलो र गाढा रातो सिम्रिक रंगमा लालुपाते झुल्दछ
। लालुपाते नेपालको रैथाने बिरुवा नभई मेक्सिकोबाट भारतको भूमि भई
हाम्रा लाहुरे दाजुभाइबाट भित्र्याइएको अतिथि वनस्पति हो । नेपालको
आतिथ्यमा लालुपाते नेपालकै सांस्कृतिक धरोहर पनि बनिसकेको छ, विशेष
गरेर धौलागिरि अञ्चलमा । बन्दीपुरको अरू वनस्पतिका आकर्षामा थप्नुपर्ने
तत्व त्यहाँका वरपीपल, आँप र चिलौनेका वृद्ध वृक्षभरी लटरम्म झाङ्गएिका
सुनाखरीहरू हुन् । सुनाखरी, सुनगाभा, चाँदीगाभा आदि प्रख्यात अर्किड
फूलहरू बूढो रूखको बर्ुइ चढेर बसेका हुन्छन् । बूढा रूख काट्दा यिनको
विनास भइरहेको छ । यस्ता अर्किडको महत्त्व, विशेषता र तिनका दर्ुलभतातिर
स्थानीय बासिन्दाहरू विशेष गरेर विद्यार्थी एवं युवाहरूमा चेतनाका
कार्यक्रमहरू शीघ्राति शीघ्र आयोजना गर्नुपर्ने देखिन्छ । यसैगरी केही
चाँपका विशाल वृक्षहरू खास गरेर कोलधारा नजिकको लगभग चार व्यक्तिको
हातेमालोले नभेट्ने ६ मिटर गोलाइ र २०-२५ मिटर उचाइको चाँपको वृक्ष
तथा बाहुनी भञ्ज्याङ नपुग्दै बाटोमा वनदेवीको सिरानीमा अवस्थित ३०-४०
मिटर अग्लो सिमलको सम्पदा वृक्ष -हेरिटेज ट्री) का रूपमा संरक्षण हुनु
आवश्यक छ । चाँप नेपालको दर्ुलभ वनस्पतिमा पर्दछ । बीउको लागि पनि
यस्ता पुराना वृक्षको सर्म्बर्द्धन हुनर्ुपर्छ । यसैगरी सिमलको रूखले
अनगिन्ती चराचुरुङ्गी र विशेष गरेर दर्ुलभ बाज, गिद्ध र चिललाई वासस्थान
प्रदान गर्दछ । अग्ला सिमलका रूखले जैविक विविधताले केन्द्रस्थलको
रूपमा सेवा दिइरहेका हुन्छन् । अब यिनलाई काट्नु हुँदैन ।
बन्दीपुर सुन्दर र शान्त छ, न बर्दी न बन्दुक । त्यहाँ
१-२ दिन भुलेर र्फकँदा एक बाँझो हरियाली -ग्रीन डर्ेजर्ट) को अनुभूति
मनमा पलाउँछ । यहाँबाट पलायन भएका साहुहरू तनहुँ र चितवनका बजार बस्ती
मात्र हैन काठमाडौँ र पोखरामा पनि धनाढ्य छन् । तिनका पुख्र्यौली घरहरू
मात्रै नभई सम्पर्ूण्ा बन्दीपुर नै, साहित्यकार भवानी भिक्षुको कथाको
पात्रझैँ "त्यो फेरि र्फकला -" भनी प्रतीक्षारत देखिन्छ
। र, बन्दीपुरको भविष्यलाई इतिहासमा खोज्नु वर्तमानको भूल हुनेछ ।
स्वच्छ एवं स्वस्थकर हावापानी, रमणीय दृश्यावलोकन, सांस्कृतिक अभिव्यञ्जन,
सुलभ पर्ूवाधार बाटो, बिजुली, खानेपानी र टेलिफोनको सुविधा तथा काठमाडौँ,
पोखरा र नारायणगढको समदुरी र सामीप्यले गर्दा आन्तरिक पर्यटनको सम्भाव्यता
यसै र्छलङ्ग छ । अन्नपर्ूण्ा, धौलागिरि, मनासलु वा लम्जुङ हिमालका
पदयात्री वा पर्वतारोहीहरू बन्दीपुरमा आएर थकाइ मार्ने अवसर मिलाउन
सकेमा विदेशी पर्यटकको निम्ति यो आकर्षाको विशेष थलो बन्नेछ । यसैगरी
यहाँका कहालीलाग्दा भीरहरूमा भीरमाहुरी र दर्ुलभ चराचुरुङ्गीका गुँड
मात्र हैन, भीर चढ्ने विशेष साहसी पर्यटकहरू पनि आकषिर्त हुनसक्दछन्
। यस क्षेत्रका अग्ला टाकुरा र गहिरो उपत्यकाका फराकिला फाँटहरूले
'पाराग्लाइडिङ'को आकर्षा पनि निम्त्याउँछ । पर्यटनका यी सम्भावनाका
साथै आवासीय शिक्षाका लागि पनि यो उपयुक्त स्थल हो । हुनत ८६ वर्षपुरानो
दिल प्राथमिक विद्यालय -वि.स.१९७६) हालसम्म एकै तल्लाको सानो भवनमा
कुण्ठित छ तर पनि भानुभक्त माध्यमिक विद्यालय, नोट्रोडाम स्कूल र तिनका
सम्बद्ध छात्रावासहरूको चहलपहलले, शैक्षिक वातावरण रहरलाग्दो बनाएको
छ । यसैगरी स्वास्थ्योपचार र स्वास्थ्यलाभका लागि पनि बन्दीपुर उपयुक्त
स्थल बन्न सक्दछ । तर, जे बने पनि जे बनाए पनि यहाँका निवासी नै विकास
कार्यक्रमका साधन र स्रोतका आधार बन्नर्ुपर्छ । कुनै योजना वा परियोजनाका
लाभग्राही मात्र हैन ।
|