| •
ऋतुराज |
 |
ऋतुविचार
डा. चाङको छाङ
पश्चिम बङ्गालको दोस्रो
ठूलो सहर सिलीगुडीमा चाङ नामका चिनियाँ मूलका भारतीय डाक्टर छन् जो
त्यहाँ निजी नर्सिङ होम चलाउने गर्छन् । तिनका सेवाग्राहीहरूमा धेरै
जसो नेपालबाट गएका नेपालीहरू हुने गर्छन् । न्यूरो र्सजनका रूपमा डाक्टर
चाङको ख्याति खूबै फैलेको छ पर्ूर्वी नेपालमा । 'तात्तातै डाक्टर चाङकहाँ
पुर्याउन सके पक्षाघातको रोगी पन्ध्र दिनमै आफैँ हिँडेर र्फकन्छ ।'
'मानिसको खप्पर त डाक्टर चाङ नरिवलको फबलेटो पारे जस्तो र्सलक्क खोल्छन्
र शल्यक्रिया गर्छन् ।' 'डाक्टर चाङले छोएको कस्तै जटिल केस पनि ठीक
हुन्छ ।' उनको हातको जादूगरीका बारे फैलेको यस्तै चर्चाका कारण पर्ूर्वी
नेपालका पहाड र तर्राईका मानिसहरू टाउकाको मात्र होइन अरू किसिमको
शल्यक्रियाका लागि पनि विरामीलाई कुदाएर डाक्टर चाङकै क्लिनिकमा पुर्याउने
गर्छन् । उनका हातबाट बनेका र ब्रि्रेका केसहरूको अनुपात के छ त्यो
थाहा पाउने कुनै उपाय छैन । तर उनका सफलताका कथाहरूबाटै आकषिर्त भएर
उनको नर्सिङ होमसम्म पुग्ने नेपाली विरामीहरूको लर्को अटूट छ ।
त्यही लर्कोमा परेर ज्यान गुमाएको एक नेपाली विरामीको
कथा सङ्क्षेपमा सुनाउने अनुमति यो स्तम्भकार माग्दछ ।
पक्षाघातबाट नौ वर्षेखि ओछ्यान परेका एकजना रोगीलाई
हालै धरानबाट सिलीगुडीमा डा. चाङकहाँ लगिएको थियो । त्यहाँ लैजानुपर्ने
तात्कालिक कारण विरामी खाटबाट लड्नाले शिरको एकतर्फ चोट परेकाले थियो
। चोटका कारण बोली बुझन नसकिने भएता पनि विरामीको होस भने हराएको थिएन
। धरानबाट जानुअघि चियाबिस्कुट खाएर गएको र इशारामै भए पनि कुरा गरिरहेको
त्यो विरामी डाक्टर चाङको आइ.सी.यू.मा भर्ना भएपछि फेरि जीवित फर्किएन
। चौध दिनको उपचार निष्फल सावित भयो । विरामीको मृत्युको कारण शिरको
चोट नभई हृदयाघात र दुवै मिर्गौलाले काम नगर्नु बताइयो । विरामीका
परिवारसित आफ्नो पर्ुर्पुरोलाई सराप्नुबाहेक केही उपाय थिएन । किनभने
लापर्वाहीका कारण विरामीको ज्यान गएको हुनसक्ने ठाउँ भएपनि पर्राई
भूमिमा आवाज कसले उठाउने - कसले त्यो आवाजमा साथ दिने ?
कथा यहीँ सकिँदैन । विरामीको लास परिवारलाई दिनुसट्टा
नर्सिङहोमले पुलिस थानामा खबर गर्छ । किनभने उनीहरूको दृष्टिमा यो
'पुलिस केस' थियो । तर्क- खाटबाट विरामी आफैँ लडेको थियो कि कसैद्वारा
लडाइएको थियो - उसो भए के मामिलाको तहकिकात, मुचुल्का र र्सजमिन हुन्छ
त - होइन, लासको 'पोस्टमर्टर्ेे गरिनर्ुपर्छ । पुलिसले लास एम्बुलेन्समा
बागडोगरास्थित मेडिकल कलेजको मर्ुदाघरमा लिएर जान्छ । बाटामा पुलिसहरू
मृतकका परिवारसित मोलभाउ गर्छन् । यति हजार रुपैयाँ दिएमा 'पोस्टमर्टर्ेे
गरिरहनुपर्दैन लास यहीँबाट लिएर जान सक्छौ । रातको समय, न त भने जति
साथमा पैसा छ । त्यसबेला लास लिएर जाने पनि कहाँ - आखिर लास मेडिकल
कलेजको मर्ुदाघरमा एक रात बस्छ । भोलिपल्ट 'पोस्टमर्टर्ेे गराउन पनि
त्यति सजिलो हुँदैन । मर्ुदाघरका प्रत्येक कर्मचारी हजारौँ रुपैयाँको
माग राख्छन्- डाक्टर बोलाउनलाई, लास चिरफार गर्नलाई र अरू व्यवस्था
मिलाउनलाई अर्थात् आफ्नो जिम्माको काम गर्नलाई । पुलिस मूकदर्शक बन्छ
। बरु उनीहरूले माग गरेको रकम दिनर्ुपर्छ भन्छ । निरुपाय, मृतकको परिवार
मागेजति रकम तिर्न बाध्य हुन्छ । अरू काम सकिएपछि पनि चलानीपत्र बनाउने
र्क्लर्क फेरि छुट्टै भेटी माग्छ । अनि सबै कुरा मिलाइदिएकोमा पुलिस
आफ्नो भाग माग्छ । लासमाथि यत्रो व्यापार !
यस्तो हैरानी र सास्ती यसअघि कति नेपाली परिवारले व्यहोर्नु
पर्यो कुन्नि ! तर नर्सिङहोम, पुलिस र मेडिकल कलेजको मर्ुदाघरबीच
बेजोडको गठबन्धनले काम गरिरहेको देखिन्छ जसले गर्दा उनीहरू मर्ुदालाई
पनि 'मर्ुगा' बनाउन सकिरहेका छन् । सास रहुञ्जेल नर्सिङहोमले दुहुने
अनि सास गएपछि अरू गिद्धहरू लुछाचुँड गर्ने !
मरेर पनि त्यस्तो हर्ुमत झेल्नु परेको त्यो विरामी
कोही नभएर यही अभागी ऋतुराजको पिता थियो । ऊ यो निजी कथा यसनिम्ति
सुनाइरहेको छ कि फेरि अरू नेपाली परिवारले त्यही गल्ती नगरोस् जो उसका
भाइहरूले अज्ञानतावश गरे आफ्नो विरामी पितालाई सिलीगुडी लगेर । डाक्टर
चाङबारेका कतिपय कथा केवल मिथकहरू हुन् । उनी साँच्चिकै 'न्यूरोर्सजन'
हुन् या प्राक्टीसनर मात्र त्यो पनि शङ्काको घेराभित्र छ । तर उनको
वरिपरि बुनिएका मिथकहरूकै कारण डाक्टर चाङ छाङको नशाजस्तो भएर पर्ूर्वी
नेपालका बासिन्दाहरूको मनमा छाएका छन् ।
धरानको नामूद वी.पी. स्वास्थ्य विज्ञान प्रतिष्ठानले
एकजना न्यूरोर्सजन आफूकहाँ राख्न नसकेकाले पनि डाक्टर चाङको व्यापारवृद्धिमा
फाइदा पुगिरहेको छ ।
डाक्टर चाङरुपी छाङको यो नशा हटाउने के उपाय होला ?
शुभकामना र समवेदना
हालैको शाही पजनीमा परेर केही मन्त्रीहरू 'भूतपर्ूव'
बन्न पुगेका छन् भने थप केहीले मन्त्रीको पगरी गुँथ्न पाएका छन् ।
एक थान सहायक मन्त्री ऋतुराज बस्ने टोलको भागमा पनि परेको छ । यो खेल
अर्को छ महिनाकै होला । त्यसपछि त्यो पगरी फेरि कुनै अर्कैको टाउकामा
गुथिएला । तैपनि शक्तिको ताप कत्रो ! हिजो नचिनेको मानिसलाई पनि मन्त्री
भएपछि चिन्नै पर्ने । हिजो सरोकार नभएको मानिससित पनि मन्त्री भएपछि
काम पर्ने ! मन्त्रीका सबै शुभेच्छुक, सबै हितचिन्तक ।
अब केही समयलाई खबरकागतका पानाहरूमा तस्बिर सहितको
विज्ञापन बग्रेल्ती पढ्न पाइनेछ - श्री ...... बाट असीम निगाह भई फलानालाई
...... जस्तो गरिमामय पदमा नियुक्त गरिबक्सेकोमा हामी फलाना फलाना
हार्दिक बधाई ज्ञापन गर्दछौँ भन्ने व्यहोराको । यसरी पैसा खर्चेर र्सार्वजनिक
रूपमा नवनियुक्त मन्त्रीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नेहरूमा
मन्त्रीका पारिवारिक, प्रादेशिक, जातीय, प्रान्तीय आदि सङ्घ संस्था
र समूह तथा मन्त्रीसित काम लिनुपर्ने व्यक्तिहरू हुनेछन् ।
कोही मन्त्री नियुक्त हुँदा खादा र माला चढाएर, सगुन
र कोसेलीपात दिएर हर्षोल्लास व्यक्त गर्ने त्यही भीड हराउँछ जब रातारात
मन्त्री पद खोसिन्छ र आँगनमा गाडेको डण्डा झण्डाविहीन हुन्छ । मन्त्री
नियुक्त हुँदा शुभकामना दिनेले मन्त्री पद खोसिँदा समवेदना पनि दिनुपर्ने
हो । तर त्यस्तो चाहिँ हुँदैन । किन होला ?
|