| रमझम

नसीम प्रधान
१२ कक्षाकी छात्रा, सत्र वषर्ीया नसीम
प्रधान 'साइन्स'पढ्दा मोडलिङ र नृत्यलाई समय दिन सकिँदैन कि भनेर 'कमर्स'
रोजेको बताउँछिन् । तैपनि रुची र चाहनाले लक्ष्य भने निर्धारण गरिसकेको
छैन । "पढिरहेको कम्प्युटर साइन्स, गरिरहेको मोडलिङ र डान्समध्ये
जुन क्षेत्रमा राम्रो गर्छु, त्यही नै लक्ष्य बन्ला", भन्छिन्
उनी । अनि आफूलाई कतिको राम्री छु जस्तो लाग्छ नि - चातर्ुयता जाँच्ने
प्रश्नमा उनको जवाफ पनि चतुर नै थियो, "किन तपाईंलाई राम्री लागिन
र !"
तस्बिरः अनुपप्रकाश
शृङ्गारः चाहना ब्युटी पार्लर, बागबजार, काठमाडौँ
मोडल स्रोतः डि्रम्स अनलिमिटेड
कला
नेपाल चिन्ने चिनाउने कला
डेसमण्ड ड्योग-
नेपाली कलामा आफ्नो सीप पोख्ने विदेशीको नाम । उनले कलायात्रामा बनाएका
धेरै चित्र नेपाल र नेपाली जनजीवनसँग सम्बद्ध थिए । हालै काठमाडौँको
सिर्द्धार्थ आर्ट ग्यालरीमा आयोजित पर््रदर्शनी त्यस्तै चित्रहरूको
लोभलाग्दो संयोजन बनेको थियो । स्व. ड्योगको योगदान उजागर गर्दै उनीप्रति
सम्मान र कृतज्ञता दर्शाउने अवसर बनेको थियो पर््रदर्शनी ।
कलात्मक साजसज्जा, पत्रकारिता, लेखन, पर्यटन पर््रवर्द्धन,
पदयात्रा, धार्मिक एवं ऐतिहासिक सम्पदाहरूको प्रचारप्रसार र तिनको
जगर्ेना गर्नेर् नौलो सोच लिएर नेपाल पसेका ड्योग सन् १९६० देखि जीवनपर्यन्त
-सन् १९८३ सम्म) कला-साधनामा तल्लीन थिए । कसैलाई आफ्नो प्रभावमा जबर्जस्ती
नल्याउने तर आफूले जानेका कुरालाई नलुकाई सिकाइदिने गुण थियो उनमा
। संभवतः यसैले हुन सक्छ, 'ड्योगबाट मैले धेरै सिकेँ... उनको कामबाट
प्रभावित छु' भन्ने नेपालीहरू थोरै मात्र छन् । उनको पदचिहृनमा हिँड्ने
निष्ठावान् नेपाली चेलाको कमी छ । कारण; उनी चेलाहरूको ताँती खडा गर्ने
रहरमा थिएनन् । उनी नयाँ-नयाँ सोच र सिर्जनामै व्यस्त रहन्थे ।
पर््रदर्शनीमा राखिएका अधिकांश कृति सङ्कलन-कर्ता डबी
भगतको सौजञ्यबाट आएका थिए, बाँकी कृतिहरू श्यामबहादुर पाण्डे, श्रीमती
रमा मल्ल, शालिनी वाध्वा र लिसा चोग्यालबाट थपिएका हुन् । ड्योगका
निकट सहयोगी रहिआएका डबी र पाण्डेबाट उनलाई उल्लेख्य र्समर्थन र सहयोग
प्राप्त थियो । पाण्डेले 'डेस्मण्ड ड्योग रुम' भनेर काठमाडौँको साङ्ग्रिला
होटलभित्र छुट्टै कक्ष सुरक्षित राखेका छन् ।
ड्योगका कृतिहरूको सूक्ष्म अवलोकनबाट नेपालका धार्मिक
प्रतिष्ठान, सामाजिक-सांस्कृतिक पर्व, रीतिरिवाज र दैनिक जीवनचर्यासँग
सम्बन्धित विविध ज्ञान आर्जन गर्न सकिन्छ । अनेक सीप र सोचका धनी ड्योगको
आफ्नै विशिष्ट शैली थियो । त्यो पहिचान उनले चार दशकको कठोर साधनाबाट
बनाएका थिए । नेपाली विषयवस्तुलाई प्रभावकारी ढङ्गले दर्शाउने उनका
चित्रहरूमा पाइने थप विशेषता हो- चमत्कारी रेखाङ्कन र तिनमा जलरंगको
पारदर्शी लेप थपेर साधारण दर्शक र कलापारखी दुवैलाई सम्मोहित गर्ने
शक्ति । उनका कृतिहरूमा शास्त्रीयताको अनावश्यक बोझ हुँदैन बरु तिनले
रेखा र रंगको सहज घुलमिलमार्फ् दर्शकलाई विषयवस्तुभित्र पस्न प्रेरित
गर्छन् । कृतिहरू सरल, आकर्ष र सत्यतथ्य नजिक लाग्छन् । तिनमा काव्यात्मक
माधर्ुय र नेपालीपन झल्कन्छन् । सङ्कलकहरू उनका चित्रहरूतिर बढी तानिनुको
मूल कारण पनि त्यही हो । वसन्तपुर दरबारभित्रको राज्यारोहण चोक, ककनीस्थित
बेलायती राजदूतावास, पाटनको हिरण्यवर्ण्र्ााहाबिहार, पशुपतिनाथ मन्दिर,
पाटन दरबार हाता, शेषनारायण मन्दिर, नरसिंह थापाको निवास, पाटनका कालीगढहरूको
कक्ष, जोछेस्थित प|mीक स्ट्रीट, टाइगर टप्स, भूमिगत रहेका स-साना तान्त्रिक
देवालयलगायत मठमन्दिर आदिको कलात्मक निरुपण भएका उनका चित्रहरूलाई
देश, काल, घटनाक्रमलाई सही प्रतिनिधित्व गर्ने चित्रित दस्तावेज मान्न
सकिन्छ ।
 |
ड्योगका धेरैजसो कृतिहरूमा उनको दस्तखत र मिति नभएकाले
दर्शकलाई केही द्विविधा अनुभव हुन्छ तर रेखाचित्रमा जलरंग मिश्रति
शैलीको सन्तुलन गर्ने उनको अनुपम खुबी बुझसिकेपछि त्यो अन्योल स्वतः
हटेर जान्छ । रेखा र जलरंगको सम्मिश्रणबाट बनेका उनका धेरै कृति उत्कृष्ट
कोटिका छन् ।
ड्योगको पर््रदर्शनी हेरेपछि कलानुरागीहरूलाई दर्ुइथरी
प्रश्नहरूले घच्घच्याउँछन्, 'ड्योगले नेपाली समसामयिक कलालाई प्रभावित
पारेका थिए त -' 'उनका नेपाली शिष्य नै थिएनन् त -' अधिकांश नेपाली
कलाकारहरूबाट नकारात्मक जवाफ आउँछ । राजधानीभित्रै खुम्चिएर बसेका
स्रष्टाहरूले अरू कलाकारको कामलाई हर्ेर्ने दृष्टिकोण र मूल्याङ्कन
गर्ने तौरतरिकाबाट ड्योग अपरिचित थिएनन् । तर, तिनलाई बेवास्ता गर्दै
उनी सदैव आफ्नै सिर्जनामा तल्लीन रहन्थे । काठमाडौँका जलरंग मिश्रति
चित्र, लेख, पुस्तक, आन्तरिक साजसज्जापर्ूण्ा कार्य, पर्यटन पर््रवर्द्धनका
लागि गरेका अन्य काम, नेपाली सम्पदाहरूको संरक्षण र प्रचारप्रसार सम्बन्धी
अभिरुचिपर्ूण्ा कामहरूको बिना पर्ूवाग्रह मूल्याङ्कन गर्ने हो भने
कलापारखीहरूले उनको योगदानको कदर नगरी सुखै पाउन्नन् ।
सिर्द्धार्थ ग्यालरीको पर््रदर्शनीमार्फ् ड्योगका कृतिहरू
सोझै आम दर्शकसामु प्रस्तुत भएका छन् । तिनले कला र राष्ट्रप्रति प्रेमभाव
जगाउँदै उनको योगदानलाई चिरस्थायी बनाउने कुरामा सन्देह छैन ।
•
रतनकुमार राई
कला
मञ्जुलको मूर्ति मोह
राज्यबाट संरक्षण नहुँदा
इटहरीका कलाकार विक्रमश्री पलायन भइरहेका बेला मोरङ उर्लाबारीका २५
वषर्ीय मञ्जुल बराइली 'मितेरी' एक हजार जना स्रष्टाको मर्ूर्ति बनाउन
लागिपरेका छन् । उनले स्वदेश तथा विदेशका एक हजार जना ख्याति-प्राप्त
स्रष्टाहरूलाई मर्ूर्तिमा ढाल्दैछन् ।
मञ्जुलले चार्ल्स डार्विन, महात्मा गान्धी, लियोनार्दो
दा भिन्ची, अर्ल्वर्ट आइन्सटाइन, लर्ुइपाश्चर, सुकरात, अरस्तु, न्युटन,
मदरटेरेसा, पारिजात, लक्ष्मीप्रसाद देवकोटा, पासाङ्ग ल्हामु शर्ेपा,
स्व. श्री ५ वीरेन्द्र जस्ता ३५ स्रष्टाका मर्ूर्ति त कुँदिसकेका छन्
। मञ्जुलका अनुसार यी मर्ूर्तिहरू व्यावसायिक प्रयोजनका लागि होइनन्,
निर्माण पूरा भएपछि राष्ट्रलाई सुम्पिइनेछ । सानै उमेरमा मर्ूर्तिकलामा
प्रवेश गरेका मञ्जुल आफ्नो योजनाबारे भन्छन्, "कलालाई पैसामा
मात्र बिक्री गर्ने मेरो सोच छैन । १० वर्षा हजार जना स्रष्टाको मर्ूर्ति
बनाएर निःशुल्क राष्ट्रलाई सुम्पन्छु ।"

महात्मा गान्धी । |
११ वर्षै उमेरमा स्व. मदनकुमार भण्डारी र जीवराज आश्रतिको
मर्ूर्ति बनाएर आफ्नो खुबी देखाइसकेका मञ्जुल पर्ूवाञ्चलका 'प्रोफेसनल'
मर्ूर्तिकारका रूपमा गनिन्छन् । भण्डारी र आश्रतिका ती मर्ूर्ति हाल
उर्लाबारीस्थित राधिका माध्यमिक विद्यालयमा राखिएका छन् । झापाको गरामनीमा
रहेको सुखानी काण्डका ६ शहीदको मर्ूर्ति, पर्ूव क्षेत्रीय सशस्त्र
प्रहरीबल पकलीमा खडा गरिएको शिवलिङ्ग तथा धनकुटास्थित कर्र्णोल भक्तबहादुर
बस्नेतको सालिक बनाएपछि उनको कला सिर्जनाले चर्चा पाएको थियो ।
आमा सरिता र्राई र बाबु इन्द्रबहादुर बि.क. का सुपुत्र
यी मर्ूर्तिकार यतिखेर स्थानीय मिक्लुक खोलामा जताततै पल्टिरहेका ढुङ्गा
बटुलेर विभिन्न स्रष्टाका मर्ूर्ति कुँद्न व्यस्त छन् । पाँच दिनमा
तयार हुने एउटा मर्ूर्तिको लगभग रु.२ हजार खर्च लाग्ने मञ्जुल बताउँछन्
। यस काममा श्रीमती कौशिला सुब्बा -बराइली) को पर्ूण्ा सहयोगप्रति
उनी खुशी छन् ।
विपन्न परिवारमा जन्मिएका यी मर्ूर्तिकार बिहान-बेलुका
दर्ुइछाक र्टार्न पाए आफूलाई अरू केही नचाहिने बताउँछन् । एक पटक बनाइसकेको
मर्ूर्ति दोहोर्याएर नबनाउने र त्यसको जतिसुकै मूल्य आएपनि बिक्री
नगर्ने उनको अठोट छ । यसअघि एउटा प्रतिमाको न्युनतम रु.२५ हजारमा बेच्ने
गरेको बताउने मञ्जुल रु.२ करोड ५० लाखभन्दा बढी मूल्य बराबरको सिर्जना
राष्ट्रलाई सुम्पन आतुर रहेको बताउँदै भन्छन्, "कुनै पदक र सम्मानको
लोभ मलाई छैन, नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरूले धन्यवाद मात्र दिए
पुग्छ ।"
•
गोपाल झापाली,
दमक
मनोज श्रेष्ठ, विराटनगर
नाटक
प्रयासः ब्यूँझिने/ब्यूँझाउने

बलीमा विप्लब ढकालको 'निर्जन बन्दरगाह' कविता मञ्चन ।
|
अबदेखि हरेक महिना
विभिन्न रङ्गसंस्थाका नाट्य प्रस्तुतिहरू एकै मञ्चमा त्यो पनि निःशुल्क
हर्ेन पाइनेछन् । त्यसको सुरुआत २ पुसदेखि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको
डबलीमा हुँदैछ । जहाँ 'सान' नाट्य समूहको अब इतिहास लेखिन्छ, मातृभूमि
रङ्गमञ्चको क्रमशः मृत्यु र ज्योतिपुञ्ज साइन थियटरको बारूद शताब्दी
र साथसाथ थियटरको अँध्यारो बाटो नाटकहरू मञ्चन हुनेछन् । र, हरेक महिनाको
पहिलो शनिबार प्रज्ञा भवनको डबलीमा संयुक्त नाटक मञ्चन गर्ने 'सामुहिक
रर्ङ्गकर्म अभियान' उद्घोष गरिनेछ । कार्यक्रममा 'प्रतिस्थापन कला'
पनि प्रस्तुत गरिने बताइएको छ । राजधानीमा सक्रिय युवा रङ्गकर्मीहरूको
सक्रियतामा स्थापित 'सामुहिक रर्ङ्गकर्म संयोजन समिति' र नेराप्रप्र
नाट्य विभागको संयुक्त आयोजनामा उक्त अभियान थालिएको हो ।
यसअघि ४३ औं विश्व रङ्गमञ्च दिवसको अवसरमा गत १४ चैतमा
विभिन्न नाट्य संस्थाहरूले गरेको सामुहिक नाट्य प्रस्तुतिको पहिलो
अभ्यास उत्साहवर्द्धक बनेको थियो । प्रज्ञा-प्रतिष्ठानको नाट्य विभागका
प्राज्ञ सरुभक्त भन्छन्, "तीनै युवा रङ्गकर्मीहरू सम्मिलित नाट्य
समूहहरूको 'सामुहिक रर्ङ्गकर्म संयोजन समिति'सँग मिलेर अभियानको थालनी
गर्न लागेका हौँ ।
रङ्गमञ्चका दर्शकहरू बढे/बढेनन् - नाटकको स्तर बढ्यो/बढेन
- बौद्धिक दर्शकहरू बढे/घटे - "यी प्रश्नहरूको जवाफ खोज्ने प्रयास
हो, सामुहिक रर्ङ्गकर्म अभियान ।" अभियानका एकजना सदस्य रङ्गकर्मी
किशोर अनुराग भन्छन्, "पर्दा पछाडि लुकेका रङ्गमञ्चको महत्त्वपर्ूण्ा
वास्तविकतालाई बाहिर ल्याएर नयाँ आयामको खोजी गर्ने चाहना पनि हो ।"
सांस्कृतिक संस्थानबाट प्रशिक्षित रङ्गकर्मीहरूको रङ्गसंस्था
'सान', ललितकला क्याम्पसको 'ललितकला सांस्कृतिक समूह', भोजपुरको सक्रिय
रङ्गसंस्था 'मातृभूमि रङ्गमञ्च', सङ्केत नाटक गर्दै आएको 'ज्योतिपुञ्ज
साइन थियटर', बाल नाट्य समूह 'किन्स थियटर' र सडक बालबालिकाहरूको नाट्य
संस्था 'साथसाथ थियटर' ले अगुवाई गरेका उक्त अभियानमा अन्य नाट्य समूहहरूलाई
पनि सहभागी गराइने आयोजकहरू बताउँछन् । अभियानले रङ्गमञ्चमा नयाँ आयाम
थप्ला-नथप्ला तर कम्तीमा राजधानीको सुषुप्त रङ्गमञ्चीय गतिविधिलाई
तरङ्गति भने अवश्य बनाउनेछ ।
•
कृष्ण शाह यात्री
कला
क्रोध-कलाका हस्ती
देवीदेवताका क्रोध-भावभङ्गीमा
झल्कने बेजोड शैलीका मर्ूर्तिकलाका एक्लो धरोहर हुन्
७२ वषर्ीय कालु कुमाले । उनका सीप र सिर्जनाले विदेशमा समेत राम्रै
ठाउँ पाएका छन् । कुमालेको जीवन-सङ्र्घष्ाले देखाउँछ- आँट र निरन्तर
साधनाको लगाव छ भने निरक्षरले समेत उल्लेख्य छवि बनाउन सक्छन् ।
अहिलेको बुझाइमा उनलाई 'अनपढ' भने हुन्छ । मुश्किलले
नाम मात्र लेख्छन् । नेवारी बोल्छन्, नेपाली बुझन समेत उनलाई गाह्रो
हुन्छ । सानैदेखिको रुचि र साथीभाइको सङ्गतले मर्ूर्तिकलामा लागेका
कुमालेले यो क्षेत्र व्यवसाय नै बन्ला भनेर चिताएका सम्म थिएनन् ।
उनी भन्छन्, "मर्ूर्ति बनाएर बाँच्न सकिन्छ भनेर कल्पनै नगरिने
समयमा यसमा लाग्नु साँच्चिकै चुनौती थियो । दिउँसो खेतको काम सकेर
रातभरि मर्ूर्ति बनाउँथेँ ।"
 |
उनको त्यही कोशिश आज पत्याउनै नसकिने गरी विश्वभरि झाङ्गएिको
छ । उनले बनाएका क्रोध-मर्ूर्तिहरू जर्मनी, सिङ्गापुर, प|mान्स, अमेरिका,
जापान, कोरिया, रूस, इटली, इन्डोनेशिया, थाइल्यान्ड, भारतलगायत दर्जनौँ
मुलुकमा पुगिसकेका छन् । मुलुकभित्रकै मठमन्दिर, गुम्बा र सङ्ग्रहालयमा
पनि उनका धेरै मर्ूर्ति स्थापना भएका छन् । राजधानीका मैत्रीगुम्बा,
स्वयम्भू, कपनगुम्बा, बालकुमारी मन्दिर, धन्वन्तरी बाराही मन्दिर,
पाटनको महाबुद्ध मन्दिर, विष्णुदेवी मन्दिर, सतुंगल गुम्बा, बज्रयोगिनी,
साम्देलिङ गुम्बालगायतका धार्मिक क्षेत्रमा कालुका कलात्मक मर्ूर्तिहरू
प्रशस्त भेटिन्छन् । उनी भन्छन्, "तर लन्डनको भिक्टोरिया एण्ड
अर्ल्बर्ट म्युजियममा राखिएको मेरो कलाकृतिमाथि धेरै गर्व लागेको छ
।"
कालु कुमालेका पिता मछिन्द्रनाथ, मीननाथ, आदिनाथ, बसुन्धरादेवीकहाँ
चढाइने माटाका भाँडा-कुँडा बनाउन गुठियारहरूका साथ वर्षो एक महिना
व्यस्त रहन्थे । त्यो समय प्रायः पितासँगै रहने कालुले त्यहीँबाट बटुलेका
हुन् माटाको मर्ूर्ति बनाउने प्रेरणा । उनले माटाका जनावर र चराका
मर्ूर्तिबाट अभ्यास शुरु गरेका हुन् । यसरी बनाइएका मर्ूर्तिहरू उनी
साथीभाइहरूलाई बाँड्ने गर्दथे । बिस्तारै त्यस्ता मर्ूर्ति बिक्री
हुन थालेपछि उनलाई थप हौसला मिल्यो । उनी भन्छन्, "नेपाल आएका
तिब्बती शरणार्थीहरूले हात, खुट्टा, टाउको नभएका, टुटेफुटेका पुराना
मर्ूर्ति बनाउन मकहाँ ल्याए । तीमध्ये अधिकांश क्रोध-मर्ूर्ति थिए,
त्यसपछि मैले क्रोधलाई नै आफ्नो विषय र शैली बनाएँ ।" त्यस्ता
मर्ूर्तिमा थपथाप गरी पुनर्निर्माणको प्रयास गर्दागर्दै कालान्तरमा
कालु त्यसैमा पहिचान बनाउन सफल भए । उनी स्वीकार्छन्, "तिब्बतीका
मर्ूर्तिहरूको मर्मत गरेपछि नै म चिनिन थालेको हुँ ।"
 |
अहिले उनीसँग पचास वर्षो कार्यानुभव छ । यस अवधिमा उनले
धेरै जनालाई प्रशिक्षण समेत दिएका छन् । उनका छोराहरू राजेश र राकेश
अवाले समेत मर्ूर्तिकलामा राम्रै दख्खल राख्छन् । कालु-परिवारले ललितपुरको
थपाट टोलमा 'कालु आर्टस् एन्ड हृयान्डिक्राफ्ट' नामक क्युरियो पसल
समेत चलाइरहेको छ । जीवनको उत्तर्रार्द्धमा आइपुग्दा पनि कालु कामबाट
थाकेका छैनन् । अहिले पनि मर्ूर्ति-निर्माणमा पर्ूववत् सक्रिय छन्
। भन्छन्, "आँखाले देखेसम्म र हात चलेसम्म क्रोध-कलामा लागिरहन्छु
। अब मलाई मेघ सम्वाराको जटिल मर्ूर्ति बनाउने धोको छ ।"
मर्ूर्तिकलाकै लागि उनले प्रतिभाशाली कलाकार सम्मान,
उत्कृष्ट कलाकारिता पुरस्कार -२०५२), राष्ट्रिय नागरिक सम्मान -२०६१)
समेत पाइसकेका छन् । गत वर्षमात्र उनलाई नेपाल कलाकार समाजले लाइफ
टाइम अचिभमेन्ट अवार्डले सम्मान गरेको थियो । हालसम्म ६ सयभन्दा बढी
मर्ूर्ति सिर्जना गरिसकेका कालु कुमाले आफूले बनाएका मर्ूर्तिहरूमा
पूजापाठ भइरहेको देख्दा अपार सन्तुष्टि मिल्ने अनुभव सुनाउँछन् ।
•
कृष्ण शाह यात्री
महोत्सव
उत्सवमय बन्यो विराटनगर
केही दिन
अघिसम्म राजनीतिक दलहरूका आमसभाले राजनीतिमय बनेको विराटनगर २८ मङ्सिरदेखि
भने मनोरञ्जन र व्यापारको उत्सव भित्र रमाइरहेको छ । रमझमको यस्तो
वातावरण व्यापार र मनोरञ्जनलाई एकै थलोमा राखिएको 'विराट महोत्सव २०६२'
-२८ मङ्सिर-६ पुस) ले बनाएको हो ।
लामो समयदेखि सुस्ताएको विराटनगरको फेशन र मोडलिङ पनि यही माहोलमा
सक्रिय बनेका छन् । हरेक दिन डेढ दर्जन मोडलहरूले आकर्ष पहिरनका साथ
र्याम्पमा प्रस्तुत भएर दर्शकको ध्यान महोत्सवतिर तानिरहेका छन् ।
'महोत्सव मञ्च' मा राष्ट्रिय तथा स्थानीय ख्यात्रि्राप्त गायक-गायिका
र टेलिभिजनका चर्चित हास्य शृङ्खला तीतो सत्य र जिरे खर्ुसानीका कलाकारहरूको
प्रस्तुति राखिएको छ ।
महोत्सव अवधिभर साँझ दैनिक दर्ुइ घण्टा हुने मनोरञ्जनात्मक
कार्यक्रममा फेशन शो र साङ्गीतिक कार्यक्रमका साथै मिस्टर विराटनगर
शारीरिक सुगठन प्रतियोगिता र चित्रकला पर््रदर्शनी राखिएका छन् । 'विराट
फेशन परेड' को र्याम्पमा विराटनगर, धरान र इटहरीका ११ युवती र ५ युवकहरू
अमित ताम्राकारको कोरियोग्राफी र सलफ्लावर बुटिक धरानकी डिजाइनर सुप्रिया
माझीले तयार पारेका पहिरनमा प्रस्तुत हुने गर्छन् ।
मोरङ व्यापार संघको आयोजना तथा एभरेष्ट इभेण्ट्स एण्ड
एक्जिविसन प्रा.लि.को व्यवस्थापनमा सञ्चालित महोत्सवमा नेपालका घरेलु,
साना, मझौला तथा ठूला उद्योगहरूका साथै पहाडी जिल्लाका खनिज र कृषिजन्य
तथा अन्य उत्पादनहरूका १ सय ३५ स्टल छन् । दर्शक तथा उपभोक्ताको आकर्षाका
लागि मनोरञ्जनात्मक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको प्रालिका
कार्यकारी निर्देशक सञ्जीव प्याकुरेल बताउँछन् ।
चार वर्षछि आयोजित महोत्सव आर्थिक क्रियाकलापमा छाएको
मन्दी हटाउन सहयोगी हुने विश्वास आयोजकहरूको छ । व्यवस्थापन संस्थाका
प्रबन्ध निर्देशक भाष्कर राज कणिर्कार महोत्सवले पर्ूवाञ्चलको व्यापार
र मनोरञ्जनात्मक गतिविधिलाई बढाउने बताउँदै भन्छन्, "औद्योगिक
उत्पादकहरूको सहभागिता र नयाँ नयाँ प्रविधि पर््रदर्शन र आकर्ष मनोरञ्जनात्मक
कार्यक्रमले गर्दा महोत्सव तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने
अनुमान गरेका छौँ ।" कार्यकारी निर्देशक सञ्जीव प्याकुरेलको अनुमानमा
महोत्सव अवधिमा रु.५ देखि ८ करोड बराबरको कारोबार हुनेछ । हिमाल खबरपत्रिका
र वेभ मासिकले मिडिया पर््रवर्द्धनको जिम्मेवारी निर्वाह गरिरहेको
विराट महोत्सवमा पर्ूवाञ्चलका प्रमुख शहर-बजारका साथै सीमावर्ती भारतीय
शहरहरूबाट समेत दर्शकहरू आइरहेका छन् । महोत्सवको उद्घाटन युवराज्ञी
हिमानीको उपस्थितिमा युवराजाधिराज पारस वीर विक्रम शाहदेवबाट २८ मङ्सिरमा
भएको थियो ।
•
डम्बरकृष्ण श्रेष्ठ, विराटनगरमा
सङ्गीत
सङ्गीतमा अर्को शुभारम्भ

प्रकाश साय्मि
|
कर्णप्रिय भइकन
पनि नेपाली सुगम सङ्गीत यतिखेर छायाँमा परेको छ । विद्युतीय सञ्चार-माध्यमहरूमा
नारायणगोपाल, भक्तराज आचार्य, बच्चुकैलाश, अरुणा लामाहरूले गाएका कालजयी
गीतहरूले अपेक्षित स्थान पाइरहेका छैनन् । एफएम, टीभी च्यानलहरूले
जस्ता गीतलाई प्रश्रय दिए, श्रोेताहरू त्यस्तै सुन्न बाध्य छन् । गीत-सङ्गीतको
बजारमा भावप्रधान गीति-शब्दहरू उपेक्षित भइरहेको अनुभव भइरहेछ । कालजयी
इतिहास बनाएको सुगम सङ्गीतले अनौठो सङ्क्रमण व्यहोरिरहेको छ ।
यस्तै अनुभूतिले छट्पटिएका पछिल्लो पुस्ताका सङ्गीतकर्मीहरूले
सुगम सङ्गीतलाई पुनर्जागरण दिने नयाँ अभियान शुरु गरेका छन् । गायक
नारायणगोपालको १५ औँ पुण्यस्मृतिको अवसरमा ललितपुर-नख्खु किनारको 'गोधूलि
संसार' बस्तीमा हालै आयोजित 'शुभारम्भ म्युजिकल जर्नी' मा उनीहरूले
नारायणगोपाल र भक्तराज आचार्यका कालजयी गीत गाएर पुनर्जागरण-यात्रा
शुभारम्भ गरे । रर्,र् इश्वरवल्लभ, रत्नसमशेर थापालगायतका गीतकारहरूले
आफूहरू पछिल्लो पुस्तामा पनि बाँचिरहेको अनुभूति गरे । दीप श्रेष्ठ,
दीपक खरेल, राजु सिंह, रामकृष्ण ढकालदेखि कर्ण्र्ाास सम्मको उपस्थितिले
कार्यक्रमलाई सङ्गीतमय बनाएको थियो ।
गायकहरू शैलेश सिंह, सत्य-स्वरुप आचार्य, जगदिश समाल,
सङ्गीतकार प्रवीण बराइली, आरोह सिंहलगायतको जीवन्त प्रस्तुतिमा कमलमणि
दीक्षित, पिटर जे कार्थकर्,र् इश्वरवल्लभ, रत्नशमशेर थापा, कालीप्रसाद
रिजाल, चेतन कार्कीलगायतका साहित्य-स्रष्टाहरूले सुगम सङ्गीतको स्वाद
लिएको सो कार्यक्रममा साहित्यकार कार्थकले अम्बर गुरुङसँगको शिष्यकालदेखि
नारायणगोपालसँगको साङ्गीतिक सहयात्रासम्मको अनुभूति बाँडेका थिए ।
गोपाल योञ्जन र नारायणगोपालको मितेरी सम्बन्धका सूत्रधार्रर् इश्वर
वल्लभले सन् १९६२ तिरको साङ्गीतिक साहचर्यको सम्झना गरे । कालीप्रसाद
रिजालले श्रोताहरूको रुचि ब्रि्रनुको कारण खोतले भने कमल दीक्षितले
वर्षा दर्ुइ वटा कार्यक्रमका लागि पाटनढोकाको यलमाया केन्द्र उपलब्ध
गराउने वचन दिए ।
साहित्य-सङ्गीत अनुरागीहरू भूपेन्द्र खड्का, अजय अलौकिक,
प्रकाश सायमिलगायतको प्रयासमा शुरु भएको यो साङ्गीतिक यात्रा हरेक
महिनाको अन्तिम शनिबार आयोजना गर्ने बताइएको छ ।
•
अविरल
सङ्गीत
स्वीकार को मेलोडी र जेनिथ को ट्रेण्ड
युवा गायक
रोशन गुरुङले श्रोताहरूमाझ नयाँ अल्बम स्वीकार पस्किएका छन् । छोटो
समयमै श्रोताप्रिय बनेका रोशनलाई स्वीकार मा समावेश गरिएका गीतहरूले
श्रोतासँगै गासिरहन सहयोग गर्नेेछन् । गायनमा परिश्रम अनि गीत-सङ्गीतको
छनौटमा ध्यान दिने बानी रोशनको सफलताको कारण हो । अल्बम स्वीकार त्यसकै
सम्मिश्रण हो ।
यसअघि राम्रै चर्चा पाएको 'भिज्ला है आँसुले पछ्यौरी...'
गीत पनि स्वीकार मा छ । उक्त गीतमा गणेश गुरुङको सङ्गीत सिर्जना र
तुलसी बस्नेतको शब्द-गठन प्रशंसायोग्य छन् । 'सलल त्यो चिसो पानीले...'
र 'सजिलै भुल्यौ..' मा प्रशस्त व्यावसायिकता छ । त्यही स्तरलाई पछ्याएका
छन्, बुद्धबीर लामाको गीत र शिलाबहादुर मोक्तानको सङ्गीत रहेको 'आकाशको
जूनतारा झार्छर्ुु.' र टीका चाम्लिङको रचना-सङ्गीतको 'कान्छीलाई मोहनी
जालमा...' ले पनि । स्व. नारायणगोपाल र दीप श्रेष्ठको गीत-सङ्गीतलाई
आफ्नो आदर्श मान्ने रोशन 'लेकै रोयो...' र 'त्रि्रो लागि...' मा आफूलाई
आधुनिक गायनमा पछिल्लो पुस्ताको सशक्त प्रतिनिधिका रूपमा उभ्याउन सफल
छन् ।
रोशन तेश्रो अल्बमको माध्यमबाट श्रोताहरूको ढुकढुकीमा
विस्तार हुन खोजिरहँदा नवगायिका वृन्दाको नारी स्वर नेपाली साङ्गीतिक
धरातलमा गुञ्जिएको छ, जेनिथ अल्बममार्फ् । सङ्गीतकार पिता विजयसिंह
मुनालबाट प्रभावित वृन्दाले औपचारिक साङ्गीतिक यात्रासँगै गायनमा राम्रो
सम्भावना देखाएकी छन् ।
नारायणगोपाल र ज्ञानु राणाको स्वरको सदावहार चर्चित
गीत 'सिरिमा सिरी..' को रिमिक्स रुप नयाँ पुस्ताले राम्रै मन पराएका
छन् । 'सक्छौ भने..' र 'छोडी जाउ..' पनि ज्रि्रोमा झुण्डिने खालका
छन् । सङ्गीतकार राहुल प्रधानले पश्चिमा र्यापमा ढालेको 'लाज नमानी
तिमी...' र 'मैले बोलेको...' मा उनको स्वर परिपक्व लाग्दछ । 'पछ्यौरी
त्रि्रो उर्डाई लैजाला...' तथा हिंसा र आतङ्कले आक्रान्त देशको वर्तमानको
आभास दिने 'मौनता छाइरहने...' कर्ण्र्ाा्रय छन् । जेनिथमा समाविष्ट
गीतकार जनकराज पराजुलीका गीतहरू आधुनिक पुस्ताको रुचिको प्रतिनिधित्व
गर्ने खालका छन् । दश वटा गीतहरूको सँगालो जेनिथ ले सबै विधाका गीत
गाउने महत्त्वाकांक्षा झल्काउँछ, वृन्दामा ।
•
सुरेश
सङ्गीत
हिमाल र सङ्गीत साइनो
टासी लाक्पा
शर्ेपा -१९) को आम चिनारी हो हिमाल आरोही । दर्ुइ पटक सगरमाथाको सफल
आरोहण गरिसकेका टासीले पछिल्लो पटक ३१ मे २००५ मा सगरमाथा शिखरमै रमेश
अधिकारीको गीत सङ्ग्रह 'मेरो देश' को विमोचन गरेर नयाँ चर्चा बटुले
। उनै टासी लाक्पा अब नयाँ चिनारी बनाउँदैछन् सङ्गीतको आरोहणमार्फ्
। टासीको सङ्गीतमा 'सोल्टिनी कान्छी' शर्ीष्ाकको गीति-अल्बम केही दिनभित्रै
र्सार्वजनिक हुँदैछ । जसमा क्रान्ति आले, राजु लामा, विजय लामा, सुमित
खड्का र टासी स्वयंको स्वर रहेको छ । लोक-आधुनिक भाकाका आठ गीतमध्ये
सात वटाको शब्द सिर्जना टासी स्वयंले गरेका छन् ।
टासीको हिमाल र सङ्गीतसँगको साइनो सँगसँगैको हो । १२
वर्षो उमेरमा संखुवासभाको वालिङ गाउँमा छँदा उनलार्इर्र्मालिङ्गो खोपेर
बाँसुरी बनाउन औधी मन पथ्र्यो । 'सिमसिमे पानीमा...' धक फुकाएर बाँसुरीमा
उतार्थे उनी । टासी सङ्गीतको मोह यहीँबाट शुरु भएको बताउँछन् । अर्कातिर
दाजुहरू मिङ्मा र दावा शर्ेपाले सगरमाथा आरोहणको कर्ीर्ति कमाई सकेकालेे
टासीले पनि १४ वर्षो उमेरमै सगरमाथा चढ्ने लक्ष्य बनाएका थिए । उनी
भन्छन्, "म त्यो बेला एकदिनमा झण्डै ८ घण्टा हिमाली क्षेत्रमा
दौड लगाउँथे ।"
१६ वर्षपुगेपछि टासी काठमाडौँ आए र हिमाल आरोहणसम्बन्धी
औपचारिक प्रशिक्षण लिए । १८ वर्षपुगेपछि थप प्रशिक्षणका निम्ति अमेरिका
पुगे । फर्केलगत्तै १६ मे २००४ मा उनले ग्रीसको टोलीसँगै सगरमाथा शिखर
टेके । त्यो आरोहणपछि टासीलाई सगरमाथामै अल्बम विमोचन गर्ने रहर लागेको
थियो । दोस्रो आरोहणको तयारी गर्दा रेकर्डिङ नसकिएकाले गीतको पुस्तक
नै भएपनि विमोचन गर्नुपरेको उनी बताउँछन् । भन्छन्, "अब सोल्टिनी
कान्छी लाई पनि शिखर पुर्याउने धोको छ ।"
लोक सेलो मन पराउने टासी हिमाल आरोहण जत्तिकै चुनौतीपर्ूण्ा ठान्छन्
राम्रो गीत सिर्जनालाई । जीवनको चालीस वसन्त पार गर्दा बीस पटक सगरमाथा
आरोहण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य बोकेका टासी त्यो अवधिमा 'सङ्गीतको
क्षेत्रमा पनि केही दिन पाइयोस्' भन्ने चाहन्छन् । भन्छन्, "हिमाल
र सङ्गीतसँगको साइनो अझै कसिलो बनाउन मन छ ।"
•
यात्री
|