| पुस्तक | परिचय
चियाको इतिवृत्तान्त

किताबः चिया हर्ेदा सुनजस्तो
(भाग १ र २)
लेखकः करणकुमार रावल
प्रकाशकः एसिया पब्लिकेशन्स प्रा.लि., काठमाडौँ,
२०६१
पृष्ठः २७४ र २१८, मूल्यः रु.३५०
र ३२५
|
'जाडोमा चियाको
चुस्की !'- चिया-पारखीहरूका लागि श्रुतिमधुर कुरा हो । ती
व्यक्तिले चियामा आइरन, म्याग्नेसियम, सोडियम, पोटासियम, क्याल्सियम,
आयोडिन, कपर, गोल्ड, फस्फोरस आदि तत्वसँगै भिटामिन 'पी' को मात्रा
समेत उल्लेख्य हुन्छ भन्ने थाहा पाए भने के होला - चियाको सेवन बढ्न
सक्छ र थप खुल्दुली जन्मिन सक्छ- चिया साँच्चै नै यति लाभदायी छ त
- चियाविज्ञ करणबहादुर रावलले दर्ुइ भागको अनुसन्धानमूलक कृति 'चिया
हर्ेदा सुनजस्तो' मार्फ् अनेकौँ दृष्टान्तसहित यसको पुष्टि गरेका छन्
। र, औंल्याएका छन्- नेपालमा चियाको लोभलाग्दो संभावना ।
'के छ यसमा -' भन्दै पढ्न शुरु गर्नेहरूले 'के छैन -'
भन्दै टुङ्ग्याउनु पुस्तकको र्सवाधिक उल्लेख्य पक्ष हो । चियाको उत्पत्ति,
इतिहास, प्रकार, उत्पादन प्रविधि, प्रशोधन र व्यापारका कुरा पढ्ने
कि अर्थोडक्स, ग्रीन टी, ओलाङ टी, सीटीसी चिया आदिको केस्रा-केस्रा
केलाउने - चियाको रसायन कला बुझने कि यसको स्वाद र सामर्थ्य आकलन गर्ने
- पुस्तकमा चियासम्बद्ध यस्ता अनगिन्ती जिज्ञासाको जवाफ भेट्न सकिन्छ
। लेखकका अनुभव, अनुसन्धान र उद्धरणको यो सङ्ग्रहले पाठकलाई एक खालको
उर्जा दिन्छ चियाको 'केफिन' ले शरीर तताएझैँ । र, सम्झाउँछ- नेपालमा
चियाका जनक गजराजसिंह थापा हुन् जो राणा प्रधानमन्त्री जङ्गबहादुरका
ज्वाइँ पर्थे । गजराजले वि.संं. १९२० बाट नेपालमा चियाखेती प्रारम्भ
गरेका हुन् ।
लेखक रावलले चियाको इतिहासका थुप्रै प्रसङ्गलाई तन्काउँदै
अहिलेका चिया-पारखीका पृथक् रुचि तथा शैलीसम्म जोडेका छन् । जस्तो;
जर्मनहरू चियाको वास्ना र गुणस्तर ख्याल गर्छन्, अङ्ग्रेज चाहिँ पर्ूण्ा
सन्तुष्टि दिने 'फूल कप टी' रुचाउँछन् । अमेरिकीहरूले सफा, चम्किलो
चियामा वरफ हालेर चिसो पेयको स्वाद लिन थालेका छन् भने जापानमा 'ग्रीन
टी'लाई अत्यधिक महत्त्व दिइन्छ । त्यहाँ 'टी सेरेमोनी' का रूपमा सामूहिक
चियापान समेत गरिन्छ । यसरी सभ्यता र संस्कृतिको अभिन्न अङ्ग बन्दै
गएको चियाको साङ्गोपाङ्ग जानकारी दिने सर्न्दर्भ-ग्रन्थ बनेको छ पुस्तक
।
वनस्पति-विज्ञानको झझल्को दिने यो कृति नेपाली भाषामा,
चिया-संस्कृतिको एउटा भरपर्दो दस्तावेजसमेत बनेको छ । तर, ठाउँठाउँमा
ठेलमठेल गर्दै आउने प्राविधिक शब्दावलीहरूले पाठकलाई अत्याउँछन् ।
एउटै कृतिमा चियाबारीमा उम्रिने घाँसको आकारप्रकारदेखि चियामा लाग्ने
कीराफट्याङ्ग्रासम्मको जीवनचक्र केलाउने लेखकको रहरले पनि पाठकलाई
अल्मल्याउँछ । तथापि, पुस्तकले चिया-उत्पादनका सम्पर्ूण्ा प्राविधिक
पक्ष केलाएर कृषक, उद्यमी, व्यापारी, उपभोक्ता सबैलाई चियाको महत्त्व
र संभावनाप्रति सचेत बनाउने क्षमता बोकेको छ । लेखकले करीब दर्ुइ दर्जन
शुभकामना जुटाउन खर्चिएको समय पुस्तक परिमार्जनमा लगाएको भए त्यो प्रयास
अझ र्सार्थक बन्ने पक्का थियो ।
सुरक्षा-निर्देशिका

किताबः निजी सुरक्षाको सेरोफेरो
लेखकः डा. कर्ण बहादुर थापा
प्रकाशकः ध्रुवबहादुर थापा, ललितपुर, २०६२
पृष्ठः २८८, मूल्यः रु.३५०
|
जुनसुकै व्यवसायको आधारभूत
तत्व हो सुरक्षा । त्यसनिम्ति खटाइने/खट्ने जनशक्ति व्यवसायलाई नाफामुखी
बनाउने सहयोगी संयन्त्र हो । निजी सुरक्षाको दायित्व पाएका व्यक्तिहरू
बलिया, फर्ुर्तिला मात्र भएर हुँदैन, उनीहरू समयानुकूल नयाँ सीप-प्रविधिसँग
अभ्यस्त समेत हुनर्ुपर्छ । र, उत्तिकै आवश्यक छ सुरक्षासम्बन्धी सैद्धान्तिक
ज्ञान । निजी सुरक्षाकर्मीलाई कुशल, सीपसम्पन्न बनाउने यस्तै सदाशय
बोकेको छ डा. कर्ण्र्ााादुर थापाको किताब निजी सुरक्षाको सेरोफेरो
ले । कृतिमा डा. थापाले लामो सैनिक सेवा र व्यावसायिक प्रशिक्षणका
अनुभवहरूलाई सूत्रबद्ध गरेका छन् ।
नामले औँल्याएझैँ किताबमा निजी सुरक्षासम्बद्ध प्रायः
सबै पक्षहरूको धेरथोर उल्लेख छ । निजी सुरक्षाको अवधारणात्मक विकासदेखि
यसको महत्त्व र उपयोगिता अनि सुरक्षाकर्मीको ज्ञान, सीप, क्षमता-अभिवृद्धिका
अनेकौँ उपायलाई लेखकले एकसाथ समेट्ने कोशिश गरेका छन् । प्रवेश नियन्त्रण,
तलासी, अग्नि नियन्त्रण, आपत्कालीन सुरक्षा, प्राथमिक उपचार सम्बद्ध
सैद्धान्तिक/व्यावहारिक कुराहरूले पुस्तकलाई 'प्रशिक्षण सामग्री'को
स्वरुप दिएका छन् । पुस्तकले निजी सुरक्षाकर्मीलाई विश्व बजारमा प्रतिस्पर्द्धर्ीीन्ने
उत्प्रेरणासँगै सुरक्षा र्सतर्कतासम्बन्धी मूल्यवान् सुझावहरू दिन्छ
। दक्ष जनशक्ति उत्पादन र तिनको उचित व्यवस्थापन यसको अर्को अभीष्ट
हो । जानकारीको सिलसिला र विषयक्रम मिलाउने काममा लेखक केही अल्मलिएका
छन् । अगाडि आउनुपर्ने सामग्री बीचमा, पछाडि पनि छन् । तर प्राविधिक
विषयलाई सरलतापर्ूवक प्रस्तुत गर्ने लेखकीय हिम्मत र खुबी प्रशंसनीय
छ । लेखकको यो प्रयासलाई निजी सुरक्षाकर्मीको पेशागत विकासका निम्ति
र्सार्थक पहल मान्न सकिन्छ ।
प्राप्त कृति
 |
हाम्रो चिनारी,
हाम्रो संस्कृति
(जाति र संस्कृतिसम्बन्धी लेखहरूको सँगालो)
सम्पादकः जीवनचन्द्र कोइराला
प्रकाशकः कर्मयोगी बद्रीविक्रम थापा स्मृति
सेवा गुठी, २०६२
पृष्ठः ६२४, मूल्यः रु.३०० |
|
 |
डोबका काँडाहरू
(गीत-सङ्ग्रह)
गीतकारः कृष्ण अविरल
प्रकाशकः अनुराग सङ्गीत वाटिका, २०६२
पृष्ठः १०२, मूल्यः रु.५१ |
|
 |
चिरबिर चरी
(बालगीत-सङ्ग्रह)
लेखनः विश्वम्भर 'चञ्चल'
प्रकाशकः रत्न पुस्तक भण्डार, २०६२
पृष्ठः ३२, मूल्यः रु.४० |
|
 |
बेलायततिरका
झझल्का
(यात्रा संस्मरण)
लेखकः मुक्तिनाथ शर्मा न्यौपाने
प्रकाशकः शेखरनाथ शर्मा न्यौपाने, २०६२
पृष्ठः १५२, मूल्यः रु.१५० |
|
 |
अद्भुत वसन्त
(नवकाव्य)
लेखकः अग्निहोत्री रामप्रसाद गौतम
प्रकाशिकाः डा. माया गौतम
(आयर्ुर्वेदाचार्य), २०६१
पृष्ठः ३७, मूल्यः
रु.५० |
|
 |
मेरी छोरीको देश
(कविता सङ्ग्रह)
कविः शिशिर शर्मा
प्रकाशकः रामप्रसाद लामिछाने, २०६१
पृष्ठः ८५, मूल्यः रु.६० |
|
|