| पुस्तक | अनुभव
नसोचेको सोच
•
कर्ण शाक्य
रहरै-रहरमा लेखेेको
'सोच' किताबले मलाई नसोचेका धेरै कुरा दियो । देशका विभिन्न भागबाट
पाठकहरूले दशपेजस्ाम्मका भावपर्ूण्ा चिठीहरू पठाए । हरेक दिन तीन-चार
जना पाठकले 'सोच' पढेर आ-आफ्ना भावना सुनाउन थालेपछि कुनै कविलाई कविता
सुनाउन पाउँदा रमाइलो लागेझैँ भयो मलाई पनि । लेखकलाई प्रशंसाका दर्ुइ
शब्दले पनि लाखौँ, करोडौँ रुपैयाू कमाएको भन्दा बढी आनन्द दिँदोरहेछ
। तीन सय पेजको नेपाली किताब लेख्न सकुँला भनेर मैले सोचेकै थिइनँ
। दश-बाह्र वर्षो उमेरसम्म त म नेपाली बोल्न समेत जान्दिनथेँ । अहिलेसम्म
पनि 'ट' र 'त', 'ड' र 'द' को राम्रो उच्चरण गर्न सक्दिनँ, ह्रस्व र
दर्ीघको पनि धेरै ज्ञान छैन । परिवारलाई नेपाली भाषा सिकाउन बुबाले
पर्वते बोल्ने मान्छेहरू घरमा कामदार राख्नुहुन्थ्यो तर उनीहरू नेवारी
सिकेर जान्थे, परिवारका सदस्य चाहिँ उस्ताको उस्तै । त्यस्तो कोरा
मान्छेले लेखेको किताब एक वर्षभत्रै छ संस्करण छाप्नु पर्ला भनेर कसरी
सोच्नेे ?
एक बिहान बगैँचामा अखबार पढ्दैथिएँ, भेट्न गाह्रो भएको
गुनासोसहितको एउटा टेलिफोन आयो । "क्या हो शाक्यजी ! कस्तो गाह्रो
तपाईँलाई टेलिफोन गर्न", फोनमा डा. पार्थिवेश्वर तिमिल्सिना हुनुहुन्थ्यो
। उहाँ भन्दै हुनुहुन्थ्यो, "हिजो पनि तपाईँलाई खोजेको थिएँ,
ससुराली जानुभएको थाए पाएपछि त्यहीँ फोन गरेँ, त्यहाँ पनि भेटिनुभएन
।" ससुरालीसम्म किन खोजियोे होला भनेर मलाई अलिअलि आर्श्चर्य
र चिसो पनि लाग्यो । पहिले त सोचेँ, शायद मेरो किताबबारे प्रतिक्रिया
दिन खोज्नुभएको होला । जिज्ञासा बढ्न थाल्यो र सोधेँ, "डा. साहेब,
त्यस्तो धँुइधँुइती किन खोज्नुभयो -" उहाँको जवाफ थियोे, "अँ
सुन्नुुस्, उत्तम कुँवर शान्ति पुरस्कार समितिले २०६१ सालको पुरस्कार
तपाईँलाई दिने निर्ण्र्ाागरेको छ ।" म अकमक्क परेँ । के बोल्ने
के नबोल्ने, थाहै भएन । "डा. साहेब, म न साहित्यकार न त कुनै
सिद्धहस्त लेखक । यस्तो राष्ट्रिय पुरस्कारलाई कसरी ग्रहण गर्न सकौँला
-" यो जिज्ञासालाई हाँसेरै टार्दै उहाँले भन्नुभयो, "यसको
मूल्याङ्कन तपार्इँले होइन, जनताले गर्ने हो । निर्ण्ाायक समितिले
सोच लाई बिक्री र लोकप्रियताका दृष्टिले पुरस्कार दिन खोजेको हो ।"
मैले डा. तिमिल्सिनालाई दोहोर्याएरै सोधेेँ, "के
म यो पुरस्कारको लागि लायक छु र -" त्यसै त मलाई दोसल्ला ओढ्न
र सम्मानको कार्यक्रममा भाग लिन असाध्यै अप्ठ्यारो लाग्छ । एक दिन
मदनमणि दीक्षित सपत्नी मेरो घर आउनुभएको थियो । लामो भलाकुसारीपछि
मैले उहाँसमक्ष साहित्यसम्बन्धी आफ्नो मनभित्रको लघुताभास र भाषिक
अज्ञानताको कुरा चुहाएँ । उहाँले भन्नुभयो, "कर्ण्र्ाा, जुन लेखले
लोकको मन छुन्छ, त्यही साहित्य हो ।" त्यो परिभाषा मलाई चित्त
बुझयो ।
मदनमणि दीक्षितको भनाइ सम्झँदै म उत्तम शान्ति पुरस्कार
ग्रहण गर्न बार एसोसिएसनको सभाकक्ष पुगेँ । त्यहाँ उपस्थित दिग्गज
साहित्यकारहरूको नाम मैले अवश्य सुनेको हुँला, तर कमैलाई मात्र चिन्दथेँ
। एक अधबैंसे व्यक्ति आएर, शायद साहित्यकार नै होलान्, मलाई सोधे,
"आजको पुरस्कार पाउने व्यक्ति तपाईँ नै हो -" म मुसुक्क
हाँसेँ, केही बोलिनँ । ती व्यक्तिलाई मैले पाएको पुरस्कारमा चित्त
बुझेको थिएन जस्तो लाग्यो । पछि नेपाल साप्ताहिकमा जगदीश घिमिरेले
लेख्नुभएको पढिसकेपछि मेरो संशय हट्यो । घिमिरेले सभाकक्ष पस्नै लागेको
बेला एक साहित्यकारलाई "सबै आउने बेला किन र्फकन लाग्नुभयो -"
भनेर सोध्नुभएछ । उत्तरमा ती व्यक्तिले भनेछन्, "यस्तो समारोहमा
के बस्नु जहाँ आयोजक, लेखक, उपस्थित साहित्यप्रेमीहरूको मात्र होइन,
स्वयम् सरस्वतीको पनि अपमान हुन्छ ।" घिमिरेको त्यो लेख पढेपछि
त्यो मान्छेका बारेमा जान्ने उत्सुकता बढ्यो । मनमा लाग्यो, त्यो व्यक्ति
कलेजमा पढ्दाखेरिको मेरो कवि-मित्र त परेन - ऊसित सधैँ मेरो वादविवाद
हुने गथ्र्यो । ऊ एउटा हल्लेको पातलाई विषय बनाएरै पच्चीस पृष्ठको
कविता लेख्न र आँखा चिम्लेर आकर्ष पाराले वाचन गर्न सक्थ्योे । तर
उसका कविता मैले कहिल्यै बुझनिँ ।
यता, बार एसोसिएसनको हल टम्म थियो । त्यो हुलमुलमा म
हराइरहेको थिएँ । साहित्यकारहरूका अघि बोल्न मलाई अप्ठ्यारो लागिरहेकोे
थियो । मनमनै निश्चय गरेँ- आज म यी सबैको मन जितेरै जान्छु । सभा शुरु
भयो । कवि मञ्जुलले मेरो किताबको समीक्षात्मक टिप्पणी गर्नुभयो । उहाँले
'सोच' को पाना पाना केलाउनुभएको रहेछ । पुरस्कार ग्रहण गरिसकेपछि मेरो
बोल्ने पालो आयो । सबैभन्दा पहिले मोहन कोइराला, कमलमणि दीक्षितहरूलाई
आदरसम्मान गर्दै त्यहाँ उपस्थित साहित्यकारहरूसामु आफू डराएको, खुट्टा
कामेको, मुख सुकेको, त्यसैले पानीको बोतलै लिएर आएको भन्दै भाषण आरम्भ
गरेँ । के बोलूँ, के नबोलूँ भन्दाभन्दै मैले सो सभामा एक घण्टाभन्दा
बढी बोलिसकेको रहेछु । मित्र राजेन्द्रबहादुर श्रेष्ठ कमल दीक्षितसँगै
बसेका थिए । दीक्षितले राजेन्द्रलाई भन्नुभएछ, "२० मिनेटभन्दा
लामो भाषण म सुन्न सक्दिनँ तर आज कर्ण्र्ााे एकघण्टे भाषण सुनिदिएँ
।"
लेखन-क्षेत्रमा उत्तम शान्ति पुरस्कार मैले पाएको पहिलो
सम्मान थियो । मेरो नेपाली लेखनमा समेत स्वर्गीय उत्तम कुँवरको ठूलो
हात रहेको यहाँ सम्झन चाहन्छु । पैँतालीस वर्षघि म देहरादुनमा वनविज्ञान
पढिरहेको बेला गोरो, हिस्सी परेका उत्तम कुँवर प्रिन्स-टाइप सुट लगाएर
हाम्रो कलेजमा आउनुभयो र दर्ुइ दिनसम्म हामीसितै होस्टलमा बस्नुभयो
। पछि उहाँले कतै मेरो अङ्ग्रेजी लेख पढ्नुभएछ । उहाँले त्योे लेख
नेपालीमा लेख्न मलाई उत्प्रेरित गर्नुभयो, मैले लेखेँ पनि । 'से-गुम्बाका
जङ्गली भेडाहरू' शर्ीष्ाकको सो लेख रुपरेखा पत्रिकामा छापियो । कस्तो
संयोग ! जुन व्यक्तिले मलाई नेपालीमा लेख्न घच्घच्यायो, आज त्यही व्यक्तिको
सम्झनामा स्थापित 'उत्तम शान्ति पुरस्कार' मेरो पहिलो नेपाली पुस्तकले
प्राप्त गर्यो- यस्तै भावनायुक्त भाषणको अन्तिम क्षणमा म अलि भावुक
बन्न पुगेँ । खचाखच भरिएको हलभित्र मैले स्वर्गीय कुँवरको आत्मालाई
महसूस गरेेँ र अलि भक्भके स्वरमा मुसुक्क हाँसेर मलाई चुपचाप दिनुभएको
बधाई अनुभूत गरेँ । सभापश्चात् कुँवर-परिवारका सबै सदस्यले मेरो हात
समातेर भने, "आजको कार्यक्रम साँच्चै रमाइलो भयो ।"
मैले पुरस्कार त पाएँ तर अहिलेसम्म पनि लागिरहेछ- के
यो पुरस्कार पाउन म साँच्चै लायक हुँ त ?
|