| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
"यही हालतमा मैले मन्त्री खाने - मेरो नाम
मन्त्रीमा घोषणा भएको भए तीन महिनाका लागि म त भूमिगत नै हुन्थेँ ।"
-दर्ीघराज
प्रर्साईं, पर्ूव रापंस-मन्त्री नबनाएका कारण राजासँग रिसाएको हो कि
भन्ने प्रश्नको जावफमा
(घटना र विचार, २९ मङ्सिर २०६२)
हिजो-आजका कम्प्युटरहरू देख्न, सुन्न र कुरा गर्न सक्तैनन्
। तर आउने ५-१० वर्षछिका कम्प्युटरहरू ती सबै कामर् गर्न सक्षम हुनेछन्
। हामीले लेखेका अक्षर समेत तिनले चिन्नेछन् ।
-बिल गेट्स,
माइक्रोसफ्ट कम्प्युटरका प्रमुख एवं संसारका सबैभन्दा धनाढ्य व्यक्ति-
कम्प्युटर प्रविधिले अब कुन फड्को मार्ला भन्ने प्रश्नको जवाफमा ।
- इकोनोमिक्स टाइम्स, ८ डिसेम्बर, २००५)
अङ्क र अर्थ
२५०० डलर
विश्वका न्यून आय भएका १०० दे शको प्रतिव्यक्ति आम्दानी बढीमा २५००
र घटीमा १३० डलर छ । तर, यूरोपको एउटा गाईका निम्ति नै २५०० डलर भन्दा
बढी खर्च हुन्छ ।
८ मृत्यु
अघिल्लो वर्षएक हजारमा ८ जना नेपाली मरे । वि.सं. २०४६ मा यस्तो मृत्युदर
१३ थियो भने २०३० सालतिर २१ जना।
स्रोतः जङ्गी अड्डा/डब्लुएचओ
हिँड्दा-हिँड्दै
'च्याङ्बा होई च्याङ्बा...' बोलको 'रिमिक्स'गीतले
आफूलाई चर्चाको शिखरमा पुर्याएको बताउँछिन्-पप गायिका मौसमी
गुरुङ्ग ।

अनुप प्रकाश |
तपाईँले शुरुमा कुन गीत गाउनुभयो
?
पप र आधुनिक गीत सँगसँगै जस्तो गाएँ ।
आजभोलि त पप-रिमिक्समा जम्नु
भा' छ नि ?
डीजे राजु दाइले भनेर 'च्याङ्बा होई च्याङ्बा...' बोलको पप गीत क्रान्ति
आलेसहितका साथीहरूसँग मिलेर गाएँ ।
सबभन्दा हिट गीत कुन हो ?
त्यो त 'च्याङ्बा होई च्याङ्बा...' नै हो । यसबाहेक 'म नेपाली...'
र 'झम्के फु ली...'गीतलाई पनि कम्ता हिट ठान्दिनँ ।
तपाईलाई 'मैच्याङ' भनी बोलाउँदा
कस्तो लाग्छ ?
आफूले गाएको गीतलाई मन पराएर कसैले 'मैच्याङ' भनी बोलाउँछन् भने राम्रै
लाग्छ । खुशी नै हुन्छु ।
मौसमीभन्दा राम्रो लाग्छ कि
मैच्याङभन्दा ?
मैच्याङभन्दा मौसमी नै भनेर चिनिदिए धेरै खुशी हुन्छु । किनभने मेरो
शुरुको नाउँ मौसमी हो । मैच्याङ त यो गीत गाएपछि श्रोतार्/दर्शकलाई
मन परेर जुराउनुभएको होला ।
अहिलेसम्म कति वटा गीत गाउनुभयो
?
गनेर त बसेकी छैन । त्यस्तै लगभग ३०/३५ वटा गीत गाएँ हुँला । देशै
रमाइलो भन्ने लोकगीत पनि गाएकी छु ।
|