खेलकुद
उमेर बढ्यो, स्तर खस्क्यो

किरण पाण्डे |
यु-१७ फूटबल प्रतियोगिताको
एसिया कपका लागि छनोट भएको खुसियालीको हृयाङओभर सकिन नपाउँदै नेपाली
फूटबललाई लगातार दर्ुइ वटा धक्का लागेको छ । पहिलो, नेपालले यु-१९
एसिया कप छनोट फूटबलमा असफलता भोग्यो भने लगत्तै साफ च्याम्पियनसीप
फूटबलको पहिलो चरणबाटै बाहिरियो ।
लगातार दर्ुइ खेलमा पराजित भएपछि हाल पाकिस्तानमा भइरहेको
चौथो साफ च्याम्पियनसीपको फूटबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ
। राम्रो तयारी गरेको दाबी गर्दै सहभागी भएको नेपाली टोलीले पहिलो
खेलमा भारतसँग २-१ ले तथा दोस्रो खेलमा बङ्गलादेशसँग २-० ले पराजय
भोग्यो ।
बङ्गलादेशविरुद्धको खेलमा नेपाल औसत भन्दा कमजोर देखियो
। तीन खेलाडीहरूको अन्तर्रर्ााट्रय 'डेब्यु' प्रतियोगिता रहेको सो
खेलमा नेपाली टोलीको पर््रदर्शनले नेपाली फूटबलको भविष्य अन्योलपर्ूण्ा
र निराशाजनक रहेको देखाएको छ । एन्फा अध्यक्ष गणेश थापाको भनाइमा भारतसँगको
खेलमा सन्तोष गर्ने ठाउँ रहेपनि बङ्गलादेशसँगको खेलमा त त्यो पनि रहेन
। भन्छन्, "भारतसँगको खेलमा फिनिसिङमा कमजोर देखियो भने जित्नै
पर्ने दबाबका कारण हुनसक्छ बङ्गलादेशसँग त राम्रो खेल्नै सकिएन ।"
यस प्रतियोगितामा भएको नेपालको पराजय दर्ुइ कारणले चर्चा
योग्य बन्न पुगेको छ । पहिलो, राम्रो राष्ट्रिय टोलीको निर्माण पछि
मात्र अन्तर्रर्ााट्रय खेलमा सहभागिता जनाउने भन्दै एन्फाले गत विश्वकप
छनोट फूटबल प्रतियोगिता त्यागेको थियो । दोस्रो, सन् १९९७ मा साफ फूटबलको
पहिलो चरणबाट बाहिरिएपछि नेपाली फूटबलको स्तर उकास्ने परिकल्पनामा
फूटबल संघले एन्फा एकेडेमीको स्थापना गरेको थियो । तर आठ वर्षछि आएर
पनि एकेडेमीका ६ खेलाडीसहितको नेपाली टोलीको हविगत जहाँको त्यहीँ देखिएको
छ । एकेडेमीका फूटबलरहरूबाट नेपाली फूटबलको स्तर वृद्धि हुने सम्बद्ध
व्यक्तिहरूको दाबी पनि त्यसै खेर गएको छ । फूटबल प्रशिक्षक अर्जुन
लामाको विचारमा खेलाडी राम्रो भएपनि प्रशिक्षकले सही उपयोग गर्न नसक्दाको
परिणाम हो, साफ च्याम्पियनसीपबाट नेपालको वहिर्गमन । त्यसो त विपक्षी
खेलाडीहरूको बारेमा खासै केही जानकारी नभएका जापानी प्रशिक्षक तोसिहारो
शिनीजावा आफूहरूका लागि उपयुक्त नभएको गुनासो खेलाडीहरूबाट समेत बेला-बेलामा
आएको थियो ।
| साफ
च्याम्पियनशिपअघिको फिफा वरियताक्रम |
भारत
श्रीलङ्का
माल्दिभ्स
पाकिस्तान
बङ्गलादेश
नेपाल
भुटान
अफगानिस्तान |
१३५
१४४
१४७
१६८
१७०
१८१
१८९
१९८ |
|
विगत पाँच वर्षता नेपालले कम उमेर समूहका विभिन्न प्रतियोगिताहरूमा
राम्रै फड्को मार्दै आएको थियो । सन् २००० मा यु-१७ एसिया कप फूटबल
प्रतियोगितामा छनोट भएको नेपालले त्यसको तीन वर्षछि यु-१४ एसिया कप
फूटबल फेस्टिबलको क्षेत्रीय उपाधि समेत जितेको थियो । त्यसपछि यु-१९
एसिया कप फूटबलको अन्तिम चरणमा छनोट भयो भने यु-१७ एसिया कपको छनोट
चरणको खेलमा अपराजित रहृयो ।
हरेक पटक उमेर समूहको प्रतियोगिता हुँदा आफ्ना खेलाडीहरूको
खेल पर््रदर्शनमार्फ् एन्फाले नेपाली फूटबलप्रेमीहरूमाझ एउटा सपना
बाँड्ने गर्छ, स्तरीय राष्ट्रिय टोलीको संभावनालाई लिएर । यसपटक पनि
यु-१७ एसिया कपमा छनोट भएपछि फूटबलको उज्वल भविष्यका बारे गफ गर्ने
बहाना एन्फाले पाएकै छ । तर राष्ट्रिय टोलीको पछिल्लो फितलो पर््रदर्शनले
विगतमा प्राप्त यी सफलताहरूलाई अर्थहीन तुल्याइदिएको छ । उमेर समूहमा
प्राप्त परिणामकै आधारमा नेपालको फूटबल स्तर चुलिएको भन्ने दाबी झूठो
ठहरिएको छ । एन्फा एकेडेमीको स्थापनापछिका आठ वर्षा फिफा वरियतामा
समेत नेपाल १२८ औँबाट तल झरेर १८१ औँ स्थानमा पुगेको छ । यसबीचमा नेपाल
भन्दा पछि रहेका माल्दिभ्स र पाकिस्तान नेपालभन्दा निक्कै माथि उक्लिएका
छन् भने भुटानसँगको दूरी पनि छोट्टदिै गएको छ -हे.बक्स) ।
उमेर समूहमा प्राप्त सफलता स्तरीय पर््रदर्शन नभएर संयोग
मात्रै हो भन्न नमिले पनि कम उमेरका खेलाडीहरूको स्तरीय पर््रदर्शनले
निरन्तरता नपाउने चाहिँ कटु यथार्थ भएको छ । जसको प्रमुख दोषी एन्फालाई
नै मान्न सकिन्छ । सन् २००० मा यु १७ एसिया कपमा छनोट हँुदा ३ खेलमा
६ गोल गरेका जीवेश पाण्डे पछिल्लो समयमा एन्फाको बेवास्ताको शिकार
भएका छन् । त्यसैताका उज्वेकिस्तानसँगको खेललाई बराबरीमा पुर्याउन
महत्त्वपर्ूण्ा योगदान दिएका रक्षक तिलक गुरुङलाई त्यसपछिका दिनमा
कुनै पनि अन्तर्रर्ााट्रय स्तरको खेलका लागि प्रशिक्षणका लागि बोलाइएको
छैन । पाण्डे र गुरुङ त उदाहरण मात्र हुन् । यी र यस्तै थुप्रै खेलाडीको
स्तरीयता कायम हुन नसक्नुमा फूटबल संघको बेवास्ता नै प्रमुख कारण रहेको
छ । एकपटक राम्रो सम्भावना देखिएका खेलाडीहरूको समयक्रमसँगै ओरालो
लाग्ने कुराले एन्फालाई कहीँ कतै चिन्तित तुल्याएको देखिन्न ।
त्यसो त एकेडेमीको दोस्रो ब्याचका युविक श्रेष्ठ, सुरज
खर्बुजा, ज्ञानेन्द्र आले जस्ता खेलाडीको पलायनले समेत एन्फालाई गम्भीर
बनाएको देखिएन । लाखौँ लगानी गरिएका यी खेलाडीहरूको पलायनले एकेडेमीको
अस्तित्वमाथि नै प्रश्न उठेको छ । साथै घरेलु फूटबललाई ध्यान नदिने
एन्फा, खेलाडीको अवस्थाका बारेमा हेक्का नभएका प्रशिक्षक, सुस्त व्यवस्थापन
र दर्ीघकालीन योजना नभएका फूटबल अधिकारीहरू भएसम्म उमेर समूहमा झैँ
राष्ट्रिय टोलीमा पनि सफलता हात पर्ला भन्ने आशा राख्नु अर्थहीन देखिन्छ
।
•
मनोज घिमिरे
सूर्य
नेपाल मार्स्र्टस
पुरस्कारसँगै सहभागितामा
पनि वृद्धि

अजय जोशी |
| १२ वर्षघि शुरु भएको र्सर्ूय नेपाल मार्स्र्टसले
देशमा गल्फ खेललाई लोकप्रिय बनाउनुका साथै खेल पर्यटनको विकासमा
समेत योगदान पुर्याएको छ । |
खेलकुदको माध्यमबाट
पर्यटनको विकास गर्दै लाने सोचका साथ पहिलो पटक सन् १९९३ देखि सञ्चालन
हुन थालेको र्सर्ूय नेपाल मार्स्र्टस गल्फ प्रतियोगिताको १२ औँ शृङ्खला
यसै हप्ता १४ डिसेम्बर, २००५ देखि ला मेरिडियन गोकर्ण्र्ााmरेस्ट रिसोर्ट
एण्ड स्पामा आरम्भ भएको छ । नेपालमा सबैभन्दा प्रतिष्ठित अन्तर्रर्ााट्रय
गल्फ प्रतियोगिताका रूपमा ख्यात्रि्राप्त यस वर्षो र्सर्ूय नेपाल मार्स्र्टसमा
सन् २००४/००५ मा एम्बी भ्याली पीजीएआई टुरका विजेता मुकेश कुमार, इण्डियन
ओपनका विजेता रहिसकेका विजय कुमार, अलि शेर र फिरोज अलि, गत वर्षर्सर्ूय
नेपाल मार्स्र्टसमा उपविजेता गर्ुवाज मान र अमृतिन्दर सिंह, एसियन
टूरका नियमित खेलाडीहरू रफिक अलि, उत्तम सिंह मुण्डी र एसएसपी चौरसियाका
साथै दीपक आचार्य, रमेश नगरकोटी, दीपक न्यौपाने, दीपकथापा मगर, पशुपति
शर्मा, तोरण शाही, सविन सापकोटा र सचिन भट्टर्राई जस्ता उच्च वरियता-प्राप्त
तथा प्रतिभाशाली खेलाडीहरूले नेपाल तथा अन्य र्सार्क मुलुकको प्रतिनिधित्व
गर्दैछन् । र्सर्ूय नेपाल मार्स्र्टस, सन् १९९७ मा इण्डिया प्रोफेसनल
गल्फ एसोसिएसन -आईपीजी) आबद्ध भएपछि भारतीय लगायत अन्य र्सार्क मुुलुकका
खेलाडीहरुको सहभागिता बढ्न थालेको छ । यही महिना भारतमा सम्पन्न टाटा
ओपन र्टर्ुसका सहभागी ६० खेलाडीहरुले पनि यस स्पर्धामा भाग लिँदैछन्
। तर गत वर्षा र्सर्ूय नेपाल मार्स्र्टस भारतका शिव कपुरको एसियन गल्फ
र्सर्किटमा व्यस्त रहेका कारण सन् २००५ को संस्करणमा भाग नलिने भएका
छन् । १७ डिसेम्बर, २००५ मा सम्पन्न हुने यस प्रतियोगिताको कुल नगद
पुरस्कार राशी गत वर्षन्दा बीस प्रतिशतले बढाएर १९ लाख २० हजार रुपैयाँ
पुर्याइएको छ । साथै प्रतियोगिताको विजेताले करीब ३ लाख २५ हजार नगद
हात पार्ने छ ।
यसैगरी र्सर्ूय नेपाल मार्स्र्टसको सुरुआतका लागि १३
डिसेम्बर, २००५ मा ९० जना एमेच्योर र ३० जना व्यावसायिक खेलाडीको सहभागितामा
स्टयार्ण्र्डड चार्ट्ड प्रो-एम सम्पन्न भयो । उक्त स्पर्धामा पार ७२
कोर्समा स्टेबलफोर्ड अङ्कका आधारमा भएको खेलमा प्रद्युम्न गुलेरिया,
राज प्रधान र विवेक राणाको टोली विजयी रहे ।
•
विवेकराज मौर्ये
|