हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

आशलाग्दा अनुहार


किरण पाण्डे

एक दशकदेखि नेपाली महिला र बेचिएका चेलीहरूको चित्र कोरेर बेलायती चित्रकार जान साल्टर ले आफूलाई विशुद्ध चित्रकारबाट 'एक्टिभिष्ट'मा परिणत गरेकी छन् । ३० वर्षेखि नेपालमा बस्दै आएकी जानका रेखाचित्र र आकृति-चित्रहरूको सँगालो फेसेस अफ नेपाल भन्ने छुट्टै पुस्तक पनि निस्केको छ ।

जानले पछिल्लो समय भारतीय वेश्यालयबाट उद्धार गरिएका र एचआईभी भएका नेपाली चेलीहरूको भावनालाई आफ्ना चित्रहरूमा कुशलतापर्ूवक उतारेकी छन् । 'डन्ट र्टन योर ब्याक अन अल आवर र्डर्टसः किप द प्रमिस' भन्ने शर्ीष्ाकमा उनका तिनै चित्रहरू मङ्सिरको अन्तिम साता यलमाया केन्द्र, पाटनढोकामा प्रदर्शित गरिएका थिए । १० वर्षेखि माइती-नेपालसँग आबद्ध रहेर यो काम गरिरहेकी जान भन्छिन्, "शुरुमा यी युवतीहरूसँग काम गर्दा निकै गाह्रो हुने सोचेकी थिएँ । तर तिनीहरू पनि अन्य युवतीहरूजस्तै रहेछन्, हाँसखेल र ठट्टा गर्न मन पराउने ! हुन त उनीहरूलाई हाँसीखुशी रहनुपर्ने बाध्यता पनि थियो, किनभने ती सबै नै धेरै दुःख झेलेर आएका र केही अति बिरामी समेत थिए ।"

नेपाली चेलीहरूको अनुहारमा झल्किने मानवीयता, मायाममता र सहिष्णुतालाई सजिव रूपमा उतारेकी जानलाई कतिपय आलोचकले ती चित्रहरूमा अझ बढी पीडा देखाउनुपर्ने भनेपनि उनी त्यससँग सहमत छैनन् । भन्छिन्, "म कसरी त्यसो गर्न सक्छु, जबकि ती युवतीहरू चित्रमा आफूलाई कुनै उत्सव वा समारोहमा राम्रा लुगा लगाएर ठाँटिएर आएको जस्तै देखियोस् भन्ने चाहन्छन् ।" जान साल्टरले आफ्ना चित्र हेरेर मानिसहरूले बेचिएका चेलीलाई आफैँ र आफ्नै छोरी या दिदी-बहिनीजस्तै ठानुन् र माया गरुन् भन्ने चाहेकी छन् । "कुनै सानो संयोगले मात्र त्यहाँ तपाइँ पुग्नुभएन,उनीहरू पुगे", उनी भन्छिन् ।


दानवीर दलित


प्रकाश पन्थी

'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन' भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइलाई र्सार्थक तुल्याएका छन्- बुटवलका बाबुराम प्यासी ले । जातले दलित प्यासी बुटवलमा आफ्नै दर्ुइ कट्ठा जग्गामा अनाथालय खोलेर झण्डै चार दर्जन असहाय केटाकेटीको लालनपालन र शिक्षादीक्षाको अभिभारा बहन गरिरहेका छन् ।

बालबालिकाहरूलाई आफैँ पकाएर ख्वाउने प्यासीले तिनलाई स्थानीय सामुदायिक तथा निजी विद्यालयमा भर्ना गरिदिनुका साथै पढाइको स्तर राम्रो पार्न घरमा समेत शिक्षक राखेर पढाउने व्यवस्था गरेका छन् । भन्छन्, "यिनीहरू आफ्नो खुट्टामा उभिन सक्ने नभएसम्म मागेर भएपनि पाल्छु र पछि कुनै प्राविधिक क्षेत्रमा लगाइदिन्छु ।"

दायाँ हात गुमाएकी सुष्मा परियार, बायाँ खुट्टा नभएकी चन्द्रिका चौधरी, कम्मरको समस्याले राम्ररी बस्न नसक्ने परविन विक र विशाल क्षेत्रीसहित ४६ जनाको उनको 'परिवार' लमजुङ, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घर्ााँची र सिन्धुपाल्चोक समेत आठ जिल्लाबाट जम्मा भएको छ । यिनमा बाहुन, क्षेत्री, नेवार, मगर, गुुरुङ, चौधरी, बिक, मुसहरलगायत १० जातिका ३१ बालक र १६ बालिका छन्  । यीमध्ये केही द्वन्द्वपीडित पनि हुन् ।

web stats analysis